Wednesday, May 24, 2023

नक्कली शरणार्थी प्रकरण: ११५ पीडितमध्ये ९० जनाभन्दा बढीले नगद बुझाएको विवरण पेश

 नक्कली शरणार्थी प्रकरण: ११५ पीडितमध्ये ९० जनाभन्दा बढीले नगद बुझाएको विवरण पेश

न्यूजपोलार
 
१० जेष्ठ २०८०, बुधबार १७:०९

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ९० जनाभन्दा बढी पीडितले नगद पैसा बुझाएको विवरण पेश गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तयार गरेको अभियोगपत्रमा

समावेश भएका ११५ पीडितमध्ये करिब २० जनाले मात्र चेक, बैंक,

आईएमई जस्ता माध्यमबाट पैसा बुझाएको उल्लेख छ ।

सरकारी वकिल कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ५० रुपैयाँको बिगो माग गरेको मध्ये १० जनाले पैसा कसरी बुझाएका थिए भन्ने केही उल्लेख छैन ।

यो प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

मुद्दा दर्ता गरिएकामध्ये १६ प्रतिवादी पक्राउ परेका छन् भने १४ फरार रहेका छन् ।

 

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...