Saturday, July 06, 2024

राजा त्रिभुवनले गद्दी छाडेर भारत जानु अगाडि चीन जान खोजेका रहेछन

 राजा त्रिभुवनले गद्दी छाडेर भारत जानु अगाडि चीन जान खोजेका रहेछन

Courtesy: Prem Singh Basnyat’s Facebook

१) राजा त्रिभुबन ले राजगद्दि छाडेर भारतीय दुताबास मार्फत सम्पूर्ण परिवार ( नाती ज्ञानेन्द्र बाहेक) सहित् दिल्ली जानु भन्दा धेरै अगाडि देखी चीन को सहायता बाट नेपालमा राणा प्रसासनिक् पकडको अन्त गर्न खोजेका रहेछन। उनले यस बारेमा अङ्रेजी भाषा बाट चीनका माओत्सेतुङ लाई गोप्य पत्र पठायका थिय। त्यो पत्र को जवाफ मा माओ ले " हामी भौगोलिक दुरी र यातायात को साधन बाट धेरै टाढा छौ । हजुरको इच्छा लाई साथ दिने चाहना हुँदा हुँदै पनि चिने ले भन्दा यो मामिलामा भारतले छिट्टो र भरपर्दो मद्घत दिन सक्छ । भारत सँग पहल गर्नु हुन सुझाब दिन्छु " भनी गोप्य जवाफ दियका रहेछ, माओले।

२ ) त्यस पछी मात्र धर्म भक्त। नर्स एरिका आदी माध्यामा बाट भारतीय दुताबास माअर्फत भारतको सहयोग बाट श्री ५ त्रिभुवन भारत पुग्न सफल भयका रहेछन।

३) माओत्सेतुङ लाई चिट्ठी पठाउन कसरी सफल भयको थियो त ?

क) काठमाडौं कोहिटी "मिनाक्षे" निवासि त्रिभुवनका बिस्वासिला काजी कृष्ण लाल चित्रकार ले पहिला काठमाडौं बौद्ध निवासि चिनिया लामा लाई राजा त्रिभुवनअको खबर सुनाय पछी चिनिया लामा तयार भय छन। त्यस पछी राजा त्रिभुवन ले अङ्रेजी भाषामा सिधै माओत्सेतुङलाई नेपालमा प्रजातन्त्र ल्याउन को लागि सहयोग गर्न र आफ्नो परिवार लाई पेकिङ पुग्ने ब्यबस्था हुन अनुरोध पत्र लेखेका रहेछन। त्यो गोप्य पत्र लाई गीता पुस्तकको बाहिरी सार्हो जिल्द ( कभर ) लाई खुर्केर त्यो गोप्य पत्र गीता पुस्तक को कभर बनाइ जिल्द भित्र लुकाइयको रहेछ।

ख ) त्यो गीता को पुस्तक चिनिया लामाले बिशेष सुत्र बाट भारत उतारी माओत्सेतुङ को मा चीन पठाइयको र अनी सोही तरिकाले माओको जवाफ राजा त्रिभुवनको मा प्राप्त भयको रहेछ। यो काममा काजी कृष्ण लाल र उनकी छोरी समेत को ठुलो हात रहेछ।

४) फेरी लेखे कि , त्यो पत्र को जवाफ मा माओले " हामी लाई यो बिषयमा सहयोग गर्ने चाहना छ। तर यातायात को साधन र भौगोलिक दुरी ले गर्दा त्यत्ती व्याबहारिक नहोला ? तसर्थ भारत लाई बिस्वासमा लियर यो काम गर्दा राम्रो हुन्छ " लेखेछन। अनी मात्र राजा त्रिभुवन भारत तर्फ फर्केका रहेछन।

५) अर्को महत्वपूर्ण कुर के पनि रहेछ भने : २००७ साल फागुन मा राजा त्रिभुवन दिल्ली बाट नेपाल फर्कनु अगी बेलायतको योजनामा UN को प्रतिनिधिहरु नेपाल पठाइ के नेपाली जनताले राजा त्रिभुवन लाई स्विकार्छन वा स्विकार्दैनन ? भनी भुझ्न लगायका रहेछ। त्यस पछी UN ले एउटा प्लेन चार्टर गरेर पठाइ काठमाडौं गौचरण उत्रेको रहेछ। यो कुरा गोप्य रुपले भारतीय दुताबास ले प्रजातन्त्रबादी नेतालाई खबर गरेकोले राणा सरकारको आँखा छलेर सयौ जनता गौचरण पुगी सकेका रहेछन।

६) अनी UN का प्रतिनिधि हावाइ जहाज बाट उत्रे र जनता लाई " के तपाईंहरु राजा त्रिभुवन लाई राजा भयको हेर्न चाहनु हुन्छ " भनी सोधे पछी सबैले नेपाली भाषा बाट नै हामी लाई त्रिभुवन राजा हुनै पर्छ भन्ने जवाफ दियछन। उनिहरु एअर्पोर्ट बाटइ फर्केछन। यो रिपोर्ट UN पुगे पछी अब बेलायत मार्फत भारत हुँदै राजा त्रिभुवनअलाई नेपाल फर्काउने काम भयको रहेछ।

७) मैले आज काठमाडौं म न पा - १३ ताहाचल निवासि काजी कृष्ण लाल का छोरा इन्जिनियर रविन लाल चित्रकार सँग अन्तर्वाता लियकोछु। सोही श्रोत बाट मैले माथिका कुरा लेखे। यो बारेमा भिडियो पनि आउँदैछ।

८) काजी कृष्ण लाल १६ बर्षको उमेर मा राजा त्रिभुवनको पाला मा राजा दरवार को नोकरी मा प्रबेस गरी राजा महेन्द्र र राजा बिरेन्द्र को समेत जम्मा ७४ बर्ष सेवा गर्नु भयको रहेछ। उनको स्वर्गबास होस्।

९) पहिलो तस्बिर काजी कृष्ण लाल को र अर्को तस्बिर इन्जिनियर रविन सँग म छु। हातमा राजा त्रिभुवनको ब्यक्तिगत निसानी " टि " लेखियको फ्रेम आफ्नो फोटो काजी कृष्ण लाल लाई दियको रहेछ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...