Monday, July 15, 2024

नेपालमा ठकुरी !

 नेपालमा ठकुरी !

Chandra Prakash Baniya, Facebook, Dec. 1, 2023

ठकुरी अलगै जाति हो भन्नेहरु पनि छन् । अलग जाति बन्नको लागि अलग भाषा, अलग बासस्थान, अलग रीति संस्कृति हुनुपर्छ ।
त्यसरी हेर्दा अलग जाति हो भन्न सकिदैन । ठकुरी शब्द ठाकुर र ठकुराईबाट बनेको हो । भारतको हिन्दीभाषी इलाकामा ससाना सामन्त राज्यहरुलाई ठकुराई भनिन्थ्यो । राज्यको मुखियालाई ठाकुर भनिन्थ्यो । ठाकुरबाटै ठकुरी बनेको हो ।
आफूलाई सबभन्दा पहिले ठकुरी भन्ने खसराजाहरु हुन । नागराजले साम्राज्य खडा गर्नुपूर्व कास्मिर, कुमाउँ गढवाल, र सिंजा क्षेत्रमा ससाना खस राज्यहरु बनेका थिए । तिनै भुरेटाकुरे राजाहरुले आफूलाई ठकुरी भनेका हुन ।
पछि भारतिरबाट उक्लेका चन्दलगायतका रजपूतहरुले पनि आफूलाई ठकुरी भने । तिनीहरुकै सिको गरेर मगरातका मगर राजाहरुले पनि आफूलाई ठकुरी भने । बैशालीतिरबाट काठमाडौं उक्लेका मल्लहरुले पनि आफूलाई ठकुरी भने । काठमाडौ वरपर नुवाकोट रसुवातिरका वैश्य राजाहरुले पनि आफूलाई वैश्य ठकुरी भने ।
आजकाल वैश्य ठकुरी नभनेर ठकुरीहरुमा चलेका शाही, शाह वा मल्ल थर चलाउन थालेको देखिन्छ ।
एउटा गजबको चलन के भने कसैले ठकुरी बन्न जनै लगाउन थाले, कसैले ठकुरी भनिए पनि पहिले लगाउने गरेको जनै लगाउन छोडेको देखिन्छ ।
कुनै जमानामा राजा बन्न ठकुरी हुनैपर्छ भनेर टाढाटाढा पुगेर ठकुरी खोजेर राजगद्दीमा राखिन्थ्यो रे भन्ने लोककथन छ । तर वास्तविकता त्यस्तो होइन । जसलाई राजगद्दीमा राखिन्थ्यो वा आफ्नै बलबुतामा राजगद्दी हासिल गर्थ्यो त्यसलाई ठकुरी भनिन्थ्यो ।
ठकुरी र राजा पर्यायवाची शब्द हो । तर राजाका सन्तान, नाता, गोता, आफन्त, कुटुम्बहरु बढ्दै गएपछि सबैलाई ठकुरी भनियो तर सबै राजा भनिएनन ।
उसो त अनौपचारिक रुपमा सबै ठकुरीहरुलाई अझै पनि "राजासाहेब" भनेर सम्बोधन गर्ने परम्परा पूरै मेटिएको छैन ।

क्रूर प्रथा अन्त्य गर्ने प्रधानमन्त्री

  क्रूर प्रथा अन्त्य गर्ने प्रधानमन्त्री कान्तिपुरको २७ औं वार्षिकोत्सव विशेष अग्रणी फाल्गुन ७ , २०७६ मोहन मैनाली काठमाडौँ — उहिले–उह...