Monday, August 19, 2024

जसले विचार र कामको नेतृत्व गरे

 

जसले विचार र कामको नेतृत्व गरे

फाल्गुन ७, २०७६कान्तिपुर संवाददाता

काठमाडौँ — हामी जन्मेको र हुर्केको समाज अहिलेभन्दा राम्रो भएको भए कस्तो हुन्थ्यो होला? जवाफ सजिलो छ– काइदा हुन्थ्यो अहिलेभन्दा नराम्रो भएको भए नि ! भनौँ, आज भन्दा १०० वर्षअघिको आसपासको जस्तो भएको भए : जति बेला मान्छे पशुसरह किनबेच हुन्थ्यो ! पति मरेपछि पत्नीले ऊसँगै जलेर मर्नुपर्थ्यो ! जातका आधारमा अहिलेभन्दा चर्को भेदभाव थियो ! निरंकुश शासकबाट शासित हुनुपर्थ्यो ! स्वदेशमा कलेज पढ्न पाइँदैनथ्यो, आदि आदि ! 

आज त्यस्तो समाजको कल्पनै गर्न सकिँदैन यहाँ ख्याल गर्नुपर्ने कुरा के भने हामीले जुन वातावरणमा जन्मन हुर्कन पायौँ, त्यो यत्तिकै बनेको थिएन

केही मानिसले नयाँ विचार ल्याएर, त्यसलाई साकार पार्न आफ्नो ऊर्जा र शक्ति उपयोग गरेर, अथक संघर्ष गरेर, आफूले भोग्न पाउने सुखसुविधा त्यागेर र कतिले त ज्यानै दिएर हामीलाई त्यस्तो अवस्था भोग्नु नपर्ने वातावरण बनाइदिए कान्तिपुर दैनिकको २७ औं वार्षिकोत्सवमा हामीले १०० वर्षमा दिवंगत/अलप भएका केही त्यस्ता मानिसको सम्झना गरेका छौं जसका सचेत प्रयासले हाम्रो समाज अलिकति अगाडि बढ्यो, अलिक सभ्य भयो, हाम्रो चेत र सोच अलि खुला भयो यो सूची हाम्रो हाम्रा शुभचिन्तकहरूको सीमित जानकारी तथा स्रोतसाधनका आधारमा तयार भएको हो यसमा हामीले बहुचर्चितदेखि अलि कम चर्चित व्यक्तित्वसम्म समेटेका छौं

व्यक्तित्व छान्दा हामीले उनीहरूले हाम्रो समाजमा ल्याएका नयाँ विचार तथा अवधारणालाई आधार बनाएका छौं : जस्तै मौलिक हक प्राप्त गर्न राजनीतिक दलमार्फत संघर्ष गर्नुपर्छ भन्ने विचार, जुनसुकै जातजाति र लिंगको भए पनि सबैले समान हैसियतमा बाँच्न पाउनुपर्छ भन्ने विचार विचार पूर्णत: नयाँ नभए पनि समाजमा भएका क्रूर चलन हटाउन उठाइएका कदम : जस्तै दास र सती प्रथाको अन्त्य यसमा हामीले राजनीति, अध्यात्म, जातीय र लैंगिक समानता, समाजसेवा, कलासंस्कृति, साहित्य, संगीत, कूटनीति, सामाजिक सुधार, राष्ट्रियता, बौद्धिकता, भाषा आदि क्षेत्र समेटेका छौं

नयाँ विचार एक जनाबाट मात्र आउन र अभियान एक जनाबाट मात्र चलाइन सम्भव हुँदैन यी काममा धेरै जनाको भूमिका हुन्छ हामीले त्यस्ता कामको नेतृत्व जसले गरेको ऊमार्फत ती विचार काममा योगदान दिने सबैको योगदानको कदर गर्न खोजेका हौं

हाम्रो जीवन अलि सरल र सजिलो बनाउन भूमिका खेल्ने मानिसको सम्झना गर्नु भनेको उनीहरूका योगदानको सम्झना गर्नु हो, उनीहरूका विचार र कामबाट प्रेरणा लिनु हो, अनि भोलिका पुस्तालाई युग सुहाउँदो अवस्थामा हुर्कने वातावरण तयार गर्नुपर्ने दायित्व बोध गर्नु हो, आज हाम्रो समाजमा भएका त्यस्ता चलन हटाउन कोसिस गर्नु हो जसका बारेमा आजभन्दा १०० वर्षपछि मानिसले सुन्दा उनीहरूको आङ जिरिङ्ग हुन्छ।यस परिशिष्टांकमा समेटिएका सबै व्यक्तित्वका बारेमा सबैको समान धारणा हुन्छ भन्ने छैन यो सूची पूर्ण भनेर पनि हामी दाबी गर्दैनौं यसमा छुटेका त्यस्ता व्यक्तित्वका बारेमा भविष्यमा हाम्रा नियमित अंकमा प्रकाशित गर्ने काम जारी रहनेछ

प्रकाशित : फाल्गुन ७, २०७६ १२:२५

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...