Showing posts with label नेपालमा जातजाति. Show all posts
Showing posts with label नेपालमा जातजाति. Show all posts

Monday, October 19, 2020

नेपालमा जातजाति

 नेपालमा जातजाति

October 10, 2019

नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  । 

 आदिवासी/जनजाति 

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः 

जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  ।

जसको परम्परागत भाषा, धर्म, रीतिरिवाज र संस्कृति छ  । 

जसको परम्परागत सामाजिक संरचना समानतामा आधारित छ  ।

जसको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ । 

जसको आफ्नो लिखित वा अलिखित इतिहास छ । 

जो नेपालका आदिवासी हुन्  । जसले आफूलाई जनजाति भन्छन्  । 

नेपाल सरकारले वि.सं. २०५८ माघ २५ गते आदिवासी/जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ जारी गरी ५९ जनजातिलाई आदिवासी/जनजाति भित्र समेटेको छ ।

 आदिवासी जनजातिहरूको वर्गीकरण 

आदिवासी जनजाति महासंघले अनुकुल रणनीति तथा राष्ट्रिय संसाधनमा पहुँच, सुविधा बन्चनको अवस्था, विघटन, विस्थापन, विभेदको ऐतिहासिक अनुभव, राज्यको शक्ति संरचनामा वा राज्य संचालनमा पहुच, सामाजिक प्रतिष्ठा मानव विकासको स्तर आदिका आधारमा आदिवासी जनजातिहरूलाई निम्न ५ भागमा वर्गीकरण गरिएको पाइन्छ

क)  लोपोन्मुख (संकटापन्न) आदिवासी जनजातिहरू 

ख)  सुविधावञ्चित आदिवासी जनजातिहरू 

ग)  अग्रवर्ति उन्नतिशील आदिवासी जनजातिहरू 

घ)  सीमान्तकृत आदिवासी जनजातिहरू 

ङ)  अति सीमान्तकृत आदिवासी जनजातिहरू 

नेपालका सूचीकृत आदिवासी जनजाति (आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५९ अनुसार) 

बाँकी पढनका लागी तलकाे लिंक क्लिक गर्नुहाेस

https://amrenss.blogspot.com/2019/10/blog-post_53.html

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...