यसरी मनाइयो ललितपुरमा उधौली पर्व
पुस १०, २०८०
तस्बिर
: अंगद ढकाल, तस्बिर
: सन्जोग मानन्धर
ललितपुर — प्रकृति
पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ
मनाइएको छ । हरेक वर्ष संसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली
चाड मानिस,
जीवजन्तु तथा चराचुरुंगी
लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको
खुशियालीमा मनाउने गरिन्छ । ललितपुरमा मंगलबार
किराती समुदायले किरात पूजाघरमा जम्मा भएर उधौली चाड मनाएका छन् ।
किरात राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । यस चाडमा किरातीहरु एकापसमा भेला भएर संगठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् ।
किरातको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किरात
समुदायको बुझाइ छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी
लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ
अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित
भूमिको पूजा गर्ने गरिन्छ ।