लोप हुने अवस्थामा गुरुङ र घले समूदायमा प्रचलित घाटु नाच
५ बैशाख २०७६, बिहीबार
https://www.news24nepal.tv/2019/04/18/507835
बसन्त
पञ्चमीबाट सुरु हुने घाटु नाच बैशाख पूर्णिमाको पञ्चमीमा सकिन्छ । यो नाच सती र
बाह्रमासे गरी दुई प्रकारको हुन्छ । सतीघाटु श्रीपञ्चमीदेखि बैशाख पूर्णिमासम्म
नाचिन्छ । बाह्रमासेका लागि खास समय निर्धारित छैन । दुवै नाचको आकर्षण चाहीँ
कुसुण्डा घाटु हो । कुसुण्डा विनाको घाटु हुँदैन । गीत र मादलको तालमा नाच्दै
गर्दा घाँटुसरी बेहोस् पनि हुन्छन् । जसलाई गीत र मादलकै तालले ब्यूँझाइन्छ ।
यो नाचमा राजा
परशुराम र रानी यम्फावतीको कथासार व्यक्त गरिन्छ । नाँचमा कम्तिमा दुई र बढीमा तीन
जना किशोरी सहभागी हुन्छन् । शीरमा लाहाको मुकुट, गुन्यु
र चोली लगाएर नाच्ने दुई घाँटुसरी एउटालाई राजा र अर्कोलाई रानीको प्रतिकको रुपमा
लिइन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेपनि घाटु नाच लोप
हुने अवस्थामा पुगेको छ ।
घाटु सुरु हुनुपूर्व
देवता बोलाइन्छ । देवता चढेपछि घाटुसरी बेहोसीमै नाच्छन् । यही अवस्थालाई
कुुसुण्डा भनिन्छ । मादलको ताल र गुरुहरुले गाउने गीतको आधारमा घाटुसरी नाच्छन् ।
मादलको ताल बिग्रियो वा गीतमा कुनै टुक्का छुटेमा घाटुसरी बेहोस हुने जनविश्वास छ
।
घाँटु नाँच्नेहरु
रजश्वला भएका, अपाङ्गता तथा अशक्त हुनु हुँदैन भन्ने मान्यता छ
। विशेष गरेर घाँटु नाच गण्डकी प्रदेशको लमजुङ, गोरखा, तनहँ, कास्की, स्याङ्जाका गुरुङ
गाउँमा बढी प्रचलित छ ।