Showing posts with label भाषाशैली. Show all posts
Showing posts with label भाषाशैली. Show all posts

Saturday, August 06, 2022

लोकनाटयगाथा घाटुको कथावस्तु, लोकश्रुति, परिवेश, भाषाशैली


 लोकनाटयगाथा घाटुको कथावस्तु, लोकश्रुति, परिवेश, भाषाशैली, आदिको अध्ययन गर्दा साविक पाल्पा हाल नवलपरासी जिल्लाको पहाडी क्षेत्र र देवचुलीको सेरोफेरोलाई केन्द्र विन्दु मान्न सकिन्छ । यसको समथर भागमा रहेका नवलपुर, कोल्हुवा, डण्डा, रजहर, र मुकुण्डपुर क्षेत्रका गुरौं थारुहरुले समेत चैत्रपूर्णिमा देखि वैसाख पुर्णिमा सम्म घाटु देवताको पूजाआजा गरेको पाइन्छ । देवचुलीमा घाटु देवता अर्थात कुमारवर्ती माईको पूजा गर्न जाने थारु समूहमा मादल र झयाली बजाएर नाच्ने गरिन्छ । नृत्यमा सहभागी महिला र पुरुषमा देवता चढने गर्दछ जसलाई घाटु नाटयगाथाको प्रारम्भिक रुप मान्न सकिन्छ । देवचुलीबाटै घाटु संस्कृतिको प्रसारण हुने क्रममा कालान्तरमा व्यवस्थित नाटयगाथाको रुप धारण गरेको मान्न सकिन्छ । साँस्कृतिक विकास र प्रसारको क्रममा यसको स्वरुपमा समुदाय अनुरुप परिवर्तन भएको पाइन्छ

स्राेतः मीन श्रीस, घाटु, मगर अध्ययन केन्द्र, २०६९)
देउचुली गाउँ पुर्व IGP स्व. खडगजीत बरालकाे पुर्खयाेली थलाे रहेछ । मेरा पुर्खा हरु पनि यसै गाउँबाट गुल्मीको डिब्रुङ गाउँमा बसाँइ सरेको भन्ने कथन छ । एक पटक त्यस गाउँमा जाने इच्छा छ ।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...