Showing posts with label Dhabaja. Show all posts
Showing posts with label Dhabaja. Show all posts

Friday, June 14, 2019

धाः बाजा महोत्सव

धाः बाजा महोत्सव
२३ औं नगरपालिका स्थापना 
वैशाख ८, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — दिवसको अवसरमा कीर्तिपुर नगरपालिकाले नेवारी संस्कृति झल्काउने महोत्सव गरेको छ । कीर्तिपुरको पाँगा, ल्हाछीमा भएको नेवारी संस्कृति जर्गेना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको सहसंयोजक विनोद महर्जनले बताए ।
‘नेवारी संस्कृतिलाई जर्गेना र नयाँ पिँढीलाई प्रोत्साहन गर्दैर् छौं,’ उनले भने, ‘लोपोन्मुख नेवारी बाजाको संरक्षण गर्न र ऐतिहासिक पक्षलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेका हौँ ।’ नेवारी जीवनमा जन्मदेखि मृत्युसम्म चलाइने वस्तुहरू प्रदर्शनीमा छन् ।
पौराणिककालदेखि चलिआएको संस्कृतिलाई परिमार्जन गरी आधुनिक जीवनमा पनि जीवन्त राख्न स्थानीयले पुराना, ऐतिहासिक वस्तु र बाजालार्ई संरक्षण गर्न निरन्तरता दिइरहेका छन् । संगीत तथा नाट्य प्रतिष्ठान परिषद् साहित्यका सदस्य प्राज्ञ रामकृष्ण दुवालका अनुसार धाः बाजा बुद्धको पालादेखि सुरु भएको मानिन्छ । बुद्धले बुद्धत्त्व प्राप्त गरी फर्केपछि लुम्बिनीमा गई धाः बाजा बजाएर भिक्षाटन गरेको पौराणिक विश्वास छ ।
धाः बाजा इतिहास ईसापूर्व १ हजार वर्षपछिको ४ सय ३० देखि प्रादुर्भाव भएको नृतक शास्त्रीयहरूको भनाइ रहेको छ । यो बाजाले अब आउने पुस्तालाई दिशा निर्देशन गराउन प्रदर्शन गरिएको उनले बताए । तान्त्रिक पद्धतिअनुसार बजाइने धाः बाजा गाईजात्रा, लाखे जस्ता संस्कृतिमा प्रयोग गरिन्छ । लौकिक शास्त्रीय पद्धतिअनुसार बजाइने यो बाजा नेपालबाहेक अन्य कहीँ छैन ।
महोत्सवमा संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित ‘कीर्तिपुर नगरपालिकाको सांस्कृतिक ऐतिहासिक सम्पदा’ नामक पुस्तक विमोचन गरिएको थियो । कीर्तिपुर नगरपालिका २ का अध्यक्ष रमेशमान डंगोलका अनुसार उपत्यकाभित्र लोप हुँदै गएका सांस्कृतिक सम्पदालाई जगेर्नाका लागि महोत्सव गरिएको हो । ‘संस्कृतिको महत्त्व झल्काउन यस्ता महोत्सवले सहयोग पुर्‍याउनेछ,’ उनले भने, ‘प्रदर्शनले पर्यटनका सम्भावना बढाउन सहयोग पुर्‍याएको छ ।’
नुमा थाम्सुहाङ (प्रशिक्षार्थी)प्रकाशित : वैशाख ८, २०७६ ०८:०६

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...