अलमलमै नेपालका मातृभाषा
सन्दर्भ : अन्तर्राष्ट्रिय मातृभाषा दिवस
मातृभाषा भन्नासाथ जनजातिको भाषा बुझ्ने गरिन्छ । एकले अर्कोको अस्तित्व नामेट पार्ने मुद्दाझैं सम्झिन्छौं ।
फाल्गुन ९, २०७४गणेश राई
काठमाडौँ — देहात बस्ती र गाउँघरका सबै खाले मातृभाषी समुदायका अभिभावक छोराछोरी बोर्डिङ स्कुल पढाउन नगर र सहरतिर झरेको निकै वर्ष भइसकेको छ । प्रजातन्त्र उदयसँगै नागर सभ्यता र ग्राम परिवेशको सम्मिश्रणले आधामरो परिवेश सिर्जना हुनपुगेको छ ।
नागर सभ्यतामा हुर्केकाहरूले ग्रामवासी मिसिन आएपछि सरकारी विद्यालय छाडेर बोर्डिङतिर आफ्ना सन्तानलाई पढाउन थाले । गाउँबाट आएकाहरूले त्यतै पछ्याउन थाले । फलत: अंग्रेजी मोह बढेको बढ्यै छ । ग्रामीण जीवनबाट नयाँ परिवेशमा पनि बाउआमाहरू आपसमा मातृभाषामै कुराकानी गर्छन् । छोराछोरीले ती बाजेबोजु र बाउआमाले बोलेको भाषा ‘पाल्सी कुरा’जस्तै ठान्दै आएका छन् । कसैलाई झुक्याउन वा अरूले नबुझुन् भनेर दुईजना बीच बनावटी शब्द बोलेसरी भएको स्थिति छ, मातृभाषा । मोबाइल, इन्टरनेटको व्यापक प्रयोगसँगै पश्चिमा हावाको झोँक्का थामिनसक्नु छ । उता गाउँघरतिर त्यसको प्रत्यक्ष असर भित्रिएको छ ।
गाउँघरका बाजे, बोजु, बडाबा, बडीआमा, काका, काकी, मामा, माइजू सबैले बोल्ने गरेको भाषा अहिले उनीहरू उमेरले बुढाबुढी बनेसँगै थोत्रिन थालेका छन् । कतिपय साइनोसमेत मासिँदै जाँदैछन् । किनभने नेपाल सरकारले लामो समयदेखि चालेको कदम ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने नारा जताततै व्याप्त छ । खुबै भए माइला, माइलीसम्म रहलान् ।
मुलुकको सपाट स्थितिलाई आंँकलन गरेर सार्वजनिक गरिएको तथ्यांकले यो नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषा बोल्नेहरूको बसोबास छ भनेर देखाएको छ । नेपालको संविधानमै छ– ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् । देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ । नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ । भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ ।’
तथ्यांक अनुसार नेपाली भाषा ४४ दसमलब ६ प्रतिशतले मातृभाषाका रूपमा बोल्छन् भने ३२ दसमलब ७७ प्रतिशतले दोस्रो भाषाका रूपमा बोल्छन् । दुवै मिलाएर ७७ दसमलब ३७ प्रतिशत मानिसले नेपाली बुझ्छन् । बाँकी २२ दसमलब ६३ प्रतिशतले नेपाली बुझ्दैनन् । ‘नेपाली बुझेन भने भाषाले गर्दा राष्ट्रिय अवसर, लाभ हासिल गर्न सक्दैन,’ भाषाशास्त्री प्राध्यापक योगेन्द्रप्रसाद यादवको कथन छ, ‘सबै कुरा नेपाली भाषामा हुनु भनेको भाषा नबुझ्नेलाई सामाजिक असमावेशीकरण नै हो ।’
यहाँ बोलिने भाषाहरूमा भोट बर्मेली भाषा परिवार, भारोपेली भाषा परिवार, अग्नेय भाषा परिवार, द्रविड भाषा परिवार र अवर्गीकृत भाषाका रूपमा कुसुन्डा भाषालाई लिइएको छ । यहाँ बोलिने भाषाहरू विभिन्न लिपिमा लेख्ने गरेको पाइन्छ । जसमा देवनागरीमा नेपाली अधिकांश मातृभाषा लेखिन्छन् । अन्य रोङ लिपि, किरात (सिरिजंगा) लिपि, सम्भोटा/उ छेन लिपि, रञ्जना (प्रचलित) लिपि, ओलचिकी लिपि, खेमा लिपि, मिथिलाक्षर लिपि, अक्खा लिपि, कैथी लिपि, धेमालाई लिपि, उर्दू लिपि, ब्रेललिपि, रोमन लिपि पर्छन् । तथ्यांक केलाउने अनि संविधान सुमसुम्याउने काम हाम्रो हो । सरकारले दायित्व निर्वाह नगरे पनि लेखिदिएकै छ ।
संविधानले आधारभूत शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा परिभाषित गरेको छ । माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क हुने उल्लेख छ । तर नागरिकले आफ्नोपनको जगेर्ना होइन, छोराछोरीलाई अंग्रेजी भाषा सिकेर विश्व नै पोल्टामा पार्छन् झैं ऋणमै डुबेर किन नहोस्, ‘बोर्डिङ स्कुल’ पढाउने मोह अकाट्य बनेको छ । सरकारी विद्यालय पढाए छोराछोरीको भविष्य अँध्यारो हुने तर बोर्डिङ स्कुलको ‘इङ्लिस स्पिकिङ जोन’ छिर्नासाथ यो विश्वकै ढोका उघ्रिने सोच्छौं । त्यो जोनमा छिर्ने केटाकेटी उसले घरमा बोल्ने तामाङ–नेपाली या लिम्बु–नेपाली भाषाको के कुरो खस–नेपाली भाषा बोले सजायको भागिदार हुनुपर्छ ।
तथ्यांकमा उल्लेख नेपालका भाषाहरू साँच्चै जीवित छन् कि छैनन् ? स्वयं राज्यलाई थाहा छैन । तथ्यांक जप्दै सरकारका आधिकारिक निकायहरू कानमा तेल हालेर बसेका छन् । भाषाशास्त्रीहरू चाहिंँ ‘दिनदिनै मातृभाषा मर्दैछन्’ भनी भविष्यवाणी गरिरहेका छन् । वर्षमा एकदिन ‘फेब्रुअरी २१’ आइपुग्छ । नेपाल प्रज्ञा प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मातृभाषा दिवस आयोजना गर्छन् र एकदिन मातृभाषाको वकालत गर्न तम्सिन्छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानले सन् २०१२ बाट औपचारिक रूपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै आएको छ । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको बाहुलीबाट मातृभाषा कविता महोत्सव समुद्घाटन गराइएकाले औपचारिक शुभारम्भ मानिएको हो । वास्तवमा बंगलादेशमा सन् १९५२ मा मातृभाषा आन्दोलनमा केही विद्यार्थीले सहादत प्राप्त गरेपछि त्यो घटनाको स्मरणमा यो दिवसको सुरुवात भएको हो । युनेस्कोले यसलाई आधिकारिक मान्यता दिएपछि विश्वव्यापी बनेको हो । युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस सन् २०१८ का लागि ‘दिगो विकासका लागि भाषिक विविधता र बहुभाषी गणना’ नारा
तय गरेको छ । उसले विश्वमा करिब सात हजार भाषाबोलिने भए पनि केही पुस्तापछि पचास प्रतिशत भाषा लोपहुने संकेत गरेको छ, जुन भाषा विश्वको कुल जनसंख्याको ४प्रतिशतभन्दा कमले बोल्छन् ।
शिक्षा मन्त्रालय, विभाग, पाठ्यक्रम विकास केन्द्र, जिल्ला शिक्षा कार्यालय जस्ता निकायले ‘मातृभाषा’का निम्ति बोल्दैनन् । चाहे खस–नेपाली मातृभाषा होस् या संस्कृत भाषा । विश्वकै सर्वप्राचीन भाषा संस्कृतको सम्बद्र्धन, प्रबद्र्धन गर्ने जिम्मेवार निकाय नेपाल संस्कृत विश्वविद्यालय चकमन्न ढंगले राज्यकोष रित्याउने काम गर्दै रहन्छ । ‘मातृभाषा’ भन्नासाथ जनजातिको भाषा सम्झिने गरिन्छ । मातृभाषाको कुरो उठ्नासाथ निहुँ खोज्ने कायदाझैं बुझिन्छ । खिसिटिउरी गरेझैं हुने गर्छ । एकले अर्कोको अस्तित्व नामेट पार्ने मुद्दाझैं सम्झिन्छौं ।
संविधानत: भाषा आयोग गठन भई डेढ वर्षदेखि क्रियाशील छ । मुलुकमा बोलिने भाषाहरू सीमित भाषिक समुदायले बोल्छन् । व्यवहार गर्छन् । यो उनीहरूको पेवा होइन, मुलुकको सामाजिक सम्पदा हो । यद्यपि मातृभाषाको महत्त्व बुझाउने काम भइरहेको छैन । संघीय प्रदेशहरूमा यो दिवसको महत्त्व झल्काएर अघि बढ्नुपर्ने देखिन्छ । तर एकदिन दिवस मनाएर मात्र मुलुकको मातृभाषाहरू संरक्षण हुनसक्दैन । समुदाय निरन्तर जुटेर मातृभाषाका क्रियाकलाप हुनुपर्छ ।
अन्त्यमा, नेपालको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. नोवलकिशोर राईको कथन छ– ‘भूमण्डलीकरणको आँधी–व्याधीले झपक्कै छोपेर ल्याएको आजको समाजमा आफ्नो भाषा र संस्कृतिलाई ज–जसले एकदेखि अर्को पुस्तामा हस्तान्तरण गर्दै लान सक्छ, उसको मात्र ‘चिनारी’ रहन्छ, नत्रभने यो सुनामीले शनै:शनै: अनेक भाषा समुदायलाई विलय गराउँदै लाने निश्चित छ ।’ जेमिनीको भनाइ छ, ‘कुनै देश नष्ट गर्नुछ भने त्यो देशको इतिहास नष्ट गर, कुनै जातिलाई नष्ट गर्नुछ भने त्यो जातिको भाषा नष्ट गर ।’
त्यस्तै डारिल वेब विल्सनको भनाइ छ– ‘यस संसारमा बाँच्नका लागि हामीले अवश्य नै सेतो (गोराहरूको भाषा) भाषा जान्नुपर्छ । तर सधैं–सधैं बाँच्नका लागि हामीले हाम्रै भाषा जान्नुपर्छ ।’
raiganesh@gmail.comप्रकाशित : kantipur, फाल्गुन ९, २०७४ ०७:३६