Showing posts with label History. Show all posts
Showing posts with label History. Show all posts

Friday, July 03, 2020

कुलेश्वर - नेमुनिको आश्रमस्थल

कुलेश्वर - नेमुनिको आश्रमस्थल

कृष्णप्रकाश श्रेष्ठ

कुलेश्वर - नेमुनिले आश्रम बनाएर बसेको पवित्र स्थल !

यसपल्ट घर (काठमाडौंजाँदा बगलमै रहेको कुलेश्वर महादेवको स्थान पनि हेर्न जाने योजनाअनुसार एकाबिहानै भाइ तेजप्रकाश र बहिनी ताराबदन सहित म त्यहाँ पुगें । पाँच वर्षअघि पहिलोपल्ट म त्यहाँ पुग्दा जीर्णोद्धारको काम भइरहेजस्तो लागेको थियो र राम्ररी अवलोकन गर्न पाएको थिइन, तर यसपटक केही फोटो समेत खिंचेर ल्याउने मौका मिल्यो । मूल सडकबाट सिंढी उक्लेर माथि जाने ठाउँनेरै कसैले बनाइदिएको द्वारभित्र पस्नासाथ माथि ठूलो आकारको ॐ अक्षरले आकर्षित गरिहाल्दछ भने बिस्तारै माथि उक्लँदै जाँदा अगल-बगलमा बोटबुट्यान र सम्भवतः पाटी-पौवाहरू पनि देखिन्छन् । केही सम्म परेको महादेवस्थानमा रुद्राक्षको बोट समेत देख्न पाइयो । त्यहाँ भजन गर्ने पाटी पनि देखियो । कुलेश्वरको शिवलिङ्गमा अटूट जलधाराको व्यवस्था पनि गरिएको रहेछ । त्यसको पछिल्तिर अभिलेखसहितको धातुको पट चाहिं उति पुरानो थिएन, न त तल ओर्लने ठाउँनेर भित्तामा रहेको शिलापत्र नै पुरानो थियो । शिवलिङ्ग वरपरका सम्भवतः पुराना केही मूर्तिहरू र एउटा शिलापत्र पनि सुरक्षित ढङ्गले राखिएका थिए ।

आफू पूजापाठ गर्ने उद्देश्यले त्यहाँ गएको नभए तापनि प्राचीन कालमा किम्बदन्तीका नेमुनिको आश्रम रहेको स्थलमा पदार्पण गर्दा अलौकिक आनन्दको अनुभव हुनु स्वाभाविकै थियो । वास्तवमै यो स्थल काठमाडौं उपत्यकामा पशुपालनको युगमा गोरेटो मात्र भएको वेला एकातिर वाग्मतीको तीरैतिर श्लेषमान्तक वनमा पशुपतिनाथको ज्योतिर्लिङ्गसम्म पुग्न र अर्कोतिर चन्द्रागिरिको फेदीमा अवस्थित मातातीर्थ जान निकै पाइक पर्ने ठाउँमा नै नेमुनिको आश्रम हुनु आश्चर्यको कुरो भएन । यदि प्रातःकालीन ध्यान र जपमा वाधा नपुग्ने देखिएमा उनी नजिकै रहेको कीर्तिपुरको डाँडासम्म त सायद हरेक दिन नै मोर्निङ वाक मा जान पनि भ्याउँथे होलान्... 

     काठमाडौं उपत्यकामा पहिला वस्तीहरू बस्न थालेदेखि नै विष्णुमती र वाग्मतीको संगमस्थलनेर अवस्थित केही अग्लो यसै थुम्कोमा नेमुनिले आफ्नो आश्रम बनाएर वरिपरिका वासिन्दाहरूको संरक्षण गर्न थालेको प्रतीत हुन्छ । अहिले कालीमाटीको छेवैमा रहेको यस स्थानमा त्रिभुवन विश्वविद्यालयतिर जाने सडकको दुवैतिर नयाँ बस्ती बसेको छ । आधा शताब्दीअधिसम्म पनि यस स्थानमा नरकटका झाडीहरू रहेको थियो । तर थुम्कोमा रहेको कुलेश्वर महादेव भने प्राचीन काल अर्थात् गोपालवंशको शासनकालदेखि नै यहाँ स्थापित भएको हुन सक्छ । त्यस सुदूरवर्ती युगमा यहाँका वासिन्दाहरूका प्रमुख आराध्यदेव शिवजी नै भएको हुँदा यहाँ महादेवको शिवलिङ्ग स्वयं नेमुनिले नै स्थापना गरेको हुनु पनि असम्भव छैन । यिनै ने भन्ने मुनिले न्यायपूर्वक पालना गरेको देश हुनाले नेपाल नाम रहन गएको हो भन्ने सर्ववीदितै छ ।

     नेमुनिको बारेमा कतिपय किम्बदन्तीहरू प्रचलित छन् । एउटी ने भन्ने गाईले बाछो बियाउँदा पनि दूध नदिंदा गाईधनी  एक गोपालले चियोचर्चो लिंदै जाँदा वाग्मतीको किनारामा अवस्थित श्लेषमान्तक वनमा नित्य आफ्नो थुनबाट दुग्धधारा बहाउने गरेको चाल पाई त्यस ठाउँको जमीन खन्दा ज्वाला उत्पन्न भई गोपालहरूका नेता भुक्तमान भष्म भएपछि तत्कालै नेमुनि त्यहाँ पुगेर पशुपतिनाथको ज्योतिर्लिंग प्रकट भएको घोषणा गरेर भुक्तमानका पुत्रलाई देशको शासक बनाइदिएको किम्बदन्ती प्रचलित छ । यसबाट पनि नेमुनि शिवभक्त भएको स्पष्ट छ । मुनिको नाम मात्र नभई गाईको नाम समेत ने हुनु पनि विचारणीय छ । सम्भवतः स्वयं नेमुनि पनि गोपालवंशकै थिए कि भन्ने प्रतीत हुन्छ । यसै कारण गोपालहरूमा उनको प्रतिष्ठा निकै ठूलो थियो भन्ने कुरा बागभैरवको उत्पत्तिबारे किम्बदन्तीबाट समेत पुष्टि हुन्छ ।

जीवधारी सबैका स्वामी पशुपति नाथ मानिएझैं बाघभैरव चाहिं घरपालुवा जीवजन्तुको रक्षक र गोपालहरूका इष्टदेवता  बनेर रहेको मानिन्छ । पद्मकूटगिरि (अहिलेको कीर्तिपुरनेर गोपालहरू चौरमा आफ्ना भेडाबाख्रा चराउँथे । एकपल्ट सबै मिलेर माटाको बाघको मूर्ति बनाई त्यसको मुखमा जिब्रो हाल्नका लागि पात खोज्न बनभित्र जाँदा बाघको मूर्तिमा भैरव जागी भेडाबाख्राहरू खाइदिएकाले बिनाजिब्रोको बाघभैरव उत्पन्न भएको किम्बदन्ती प्रचलित छ ।

मातातीर्थसम्बन्धी एउटा अर्को किम्बदन्ती पनि गोपालहरूसित सम्बन्धित छ । सधैं चहुरमा गाईवस्तु चराउने एक गोठालोले एकपल्ट आफ्नी दिवंगत आमा सम्झेर नजिकैको कुण्डमा रोटीको टुक्रा चढाउँदा आमाले पानीको सतहमाथि निस्केर हात पसारी पुत्रले चढाएको रोटी टिपेर लिएको घटनाबारे थाहा पाउनासाथै नेमुनि त्यहाँ पुगेका थिए । उनले त्यो घटना घटेको वैशाख कृष्ण औंसीको दिनलाई मातृपर्वको रूपमा घोषणा गरी चन्द्रागिरिको उत्तरी फेदीमा अवस्थित त्यस पवित्र ठाउँको नाम मातृतीर्थ राखिदिए । वर्षोनी मातृऔंसीमा मातृविहीन नरनारीहरू त्यहाँ भेला भई स्वर्गीय आमाको स्मृतिमा पिण्ड र जल अर्पण गर्दछन् भने आमा जीवितै हुनेहरू चाहिं घरमा आमाको मुख हेरेर मिष्ठ भोजन ख्वाउँछन् ।

कुनै समयमा नेपालमा गोपालवंशको शासन थियो भन्ने कुरा 'गोपालराजवंशावलीबाट स्पष्ट हुन गएको छ । ती गोपालवंशी को थिए भन्ने ऐतिहासिक प्रमाण पाउन नसकिए तापनि प्राचीन गोपालका वंशजहरू अध्यापि चन्द्रागिरिको दुवैतिर छरिएर बसेका छन् जो आफूलाई गोपाली (नेवारीमा ग्वाभन्दछन् । खास गरी कीर्तिपुर भेकका विभिन्न उत्सवपर्वहरूमा अद्यापि यी गोपालीहरूको प्रमुख भूमिका रहने गरेको पाइन्छ । लिच्छविकालमा पनि प्रशासन र बौद्धिक क्षेत्रमा यस वंशका निकै प्रख्यात व्यक्तिहरू भएको चाल पाइन्छजसले गोमी वा गुप्त थर (आभिरवंशग्रहण गरेका थिए । नेपालका भौमगुप्त आदि प्रसिद्ध शासकहरू मात्र नभई अनुपरम नामका प्रथम ज्ञात कवि पनि यसै वंशका थिए भन्ने अनुमान गरिएको छ ।

कतिपय गोपालीहरू 'श्रीमद्भागवत् महापुराणको हवाला दिंदै आफूलाई शोणितपुर (वर्तमान थानकोट भेकका सम्भवतः किरातवंशी राजा शिवभक्त वाणासुरसंग लड्न कृष्णको साथमा आएका यदुवंशी सैन्यका सन्तति मान्दछन् । पुराणको वर्णनलाई ऐतिहासिक तथ्यबाट पुष्टि गर्न असम्भव भए तापनि वर्तमान गोपालीहरूको वंशगत सम्बन्ध तराई क्षेत्रबाट वाग्मतीको तीरैतिर काठमाडौं उपत्यकामा पसेका गोठाला (सम्भवतः अहिलेका यादवहरूसित हुनु निकै सम्भव छ । जे होस्नेवारी संस्कृतिमा भिजिसकेका गोपालीहरूको रीतिथितिमा अन्य नेवार समुदायको भन्दा केही फरक चालचलन पाइनुबाट पनि यसको पुष्टि हुन्छ । तराई क्षेत्रमा विष्णु वा कृष्णका भक्त गोपालहरूको उपत्यकामा प्रवेशको क्रममा उनीहरूले यहाँका शिवमार्गी किरातवंशी शासकहरूसंग युद्ध पनि गर्नुपरेको हुन सक्तछ । यहाँका शिवभक्त शासक वाणासुरकी सुन्दरी पुत्री उषाप्रति आसक्त भएको कुनै वैष्णव (कृष्णभक्त) सुन्दर यदुवंशी (यादवगणनायकको झपडको प्रतिबिम्ब कृष्ण र वाणासुरबीच युद्धसम्बन्धी पौराणिक कथामा परेको होला भन्न सकिन्छ ।

कुलेश्वरमा नै नेमुनिको आश्रम रहेको तथ्य 'कीर्तिपुरशीर्षकको अनुसन्धानात्मक कृतिका रचनाकार वासुपासाले उल्लेख गरेका थिए । वास्तवमा नै यो स्थान उपत्यकाको मध्यभागमा रहेको हुँदा त्यस सुदूर युगमा वरिपरिको भूभागमा बसोवास गरिरहेका वासिन्दाहरूका घरगाउँसम्म पुग्न अपेक्षतया सहज हुनु स्वाभाविकै हो ।

यसपटकको काठमाडौं यात्राकालमा एक दिन बन्द घोषणा भएको हुँदा यातायात ठप भएकाले कतै टाढा जाने योजना रद्द गरी भाइ तेजप्रकाशको साथमा निजकै रहेको आवासक्षेत्रकै अवलोकन गर्न गइयो । विहानै घुम्दै रूसमा अध्ययन समाप्त गरेका रामविलास चौधरीको घरमा पुगियो । उनले मास्कोमा रूसी भाषाको अध्ययनको समयमा एकै कोठामा रही नेपाली समेत बोल्न सिकेको भन्ने थाहा पाएर तराईतिर गएका मेरा आत्मीय साथी उमेश झासंग पनि टेलिफोन-सम्पर्क गराइदिएका थिए । यत्तिकैमा रूसबाटै फर्केका डाकेशवभक्त श्रेष्ठ पनि त्यहीं पुगे । चियापानपश्चात् केशवभक्तजीको घर पनि हेर्दै फर्कने क्रममा सुनियोजित ढङ्गबाट बनेको आवासक्षेत्रमा समेत पैदल हिंड्ने बटुवाका लागि पेटी नभएको साँगुरो बाटोमा हिंड्नुपर्दा अप्ठेरो अनुभव हुनु स्वाभाविकै थियो । यो आवासक्षेत्र बनाउनुभन्दा पहिले सरकारले इन्जीनियर टोलीलाई नगरनिर्माणको अध्ययनार्थ सिंगापुर पठाइएको प्रसङ्ग रामविलास चौधरीले उठाउनुभयो । 'इन्जीनियर टोली कसरी पेटी बनाउनुपर्छ भन्ने अध्ययन नगरी भव्य सिंगापुरको रमिता हर्न गएकोले यहाँ पेटी नबनेको होलाभन्ने मेरो टिप्पणीले एक छिन हाँसोको लहर चलाएको थियो... 

वास्तवमा भन्ने हो भने हाल कुलेश्वर आवासक्षेत्रमा नेपालको विभिन्न भागबाट आएका विभिन्न भाषाभाषी व्यक्तिहरू बस्ने गर्दछन् र यसले हिमालमधेश तराईको जातीय एकत्वको उदाहरण दिंदै वास्तवमा नै सानो नेपालको प्रतिनिधित्व गर्दछ भन्न सकिन्छ । देशको नामका प्रवर्तक नेमुनिको यो आश्रमस्थल वृहत् नेपालको लागि प्रेरणास्रोत बनोस् !

२९ अप्रिल २०११ (शुक्रवार)

मास्को, रूस महासंघ ।

साभारः https://sites.google.com/site/sundarshailee2/nepali-literature/sasmarana/kulesvara---nemuniko-asramasthala

 


Tuesday, June 30, 2020

खस जातिकाे इतिहास


खस जातिका बारेमा इन्टरनेटमा खाेजी गर्दा Dress 'Albanian Illyrian people', तथा हतियार 'Karakulak knife Bulgarian shepherds' हरू संग मिल्ने भन्ने फेला पारें । अब यहाँ हरू के भन्नु हुन्छ?


Gorkhas are legendary soldiers in the world.




Gorkhas are legendary soldiers in the world. They are famous for their unchallenged level of bravery and honesty. They are better known and associated with their sharp blade 'khukuri'.


In his Foreword of IInd volume of History of the Fifth Royal Gurkha Rifles (Frontier Force), Field Marshal W. J. Slim writes:
"…Between the 1940 and 1945 I had the good fortune to have serving under me in various theaters of war all four battalions of the 5th Gurkhas. They were always among my best fighting battalions and unsurpassed for discipline and turn-out, even in ther most difficult conditions. They held a pride in themselves and in their Regiment that was magnificent and unshakeable.
All who served with them recognized the 5th Gurkhas as a splendid example of what a Gurkha Regiment can be—and that there is no higher praise. We know that to equal them in anything was to e very good indeed at it; to surpass them to be all that and have a slice of luck too.
We, their old comrades, will read this history with a glow of pride that we served with them and of sorrow that, while the 5th Gurkhas still march on with their glories untarnished, it is, alas! no longer at our side."

At the end of this history book, the epilogue by R. L. Turner, 1930, reads:
"As I write these last words my thoughts return to you who were my comrades, the stubborn and indomitable peasants of Nepal. Once more I hear the laughter with which you greeted every hardship. Once more I see you in your bivouacs or about your fires, on forced march or in the trenches, now shivering with wet and cold, now scorched by a pitiless and burning sun. Uncomplaining, you endure hunger and thirst and wounds; and at the last your unwavering lines disappear into the smoke and wrath o f battle. Bravest of the brave, most generous of the generous, never had country more faithful friends than you."

Sant Bahadur Pun has been writing articles on Gorkhas for Magar Studies Center's Journal. I would like to introduce the following paragraph from one of his articles, 'An autopsy of an ode to Gurkhas', on Gorkha soldiers. He writes:

After the bitter 1857 experience, Britain was determined to maintain a strong Gurkha Brigade in her Indian army. For this they needed fresh recruits annually from Nepal. Jung, however, was reluctant to supply these recruits as this would have not only expanded British influence but adversely affect his hold over Nepal as well. He, thus, refused to allow Gurkhas, on home leave, to wear their uniforms in Nepal and also strongly objected to recruiting parties (gallawalas) entering Nepal under any guise.23 So from 1878 the skilful British adopted the “guns for recruits” policy whereby fresh recruits from Nepal were acquired by supplying the guns/ammunition needed by the Nepalese army or by simply refusing to give recognition to the new Prime Minister24. This policy worked because when Bir Shumshere came to power after assassinating his own uncle, Ranoddip, in 1885 “He permitted the free enlistment of Gurkha recruits for the Native Army in India.”25 This signaled the first official recognition by Nepal of Gurkha recruitment into the British Indian army and Britain quickly expanded her Gurkha Brigade from five to ten regiments26. The policies of British India and the Rana government of Nepal, thus, fueled the “exclusion/expulsion” process of the “matwales” further. The Khas are recruited for the 9th Regiment while the Limbus and Rais are recruited into the 7th and 10th Regiments. For the rest of the other seven Regiments “almost the only men enlisted are Magars and Gurungs”.27 Vansittart, who had a penchant for details, gives an interesting figure of 36,107 recruits from Nepal recruited during the period 1894/’95 to 1912/’13.


Thursday, June 18, 2020

बुटवलले खर्लप्पै निलेको बटौलीको इतिहास

बुटवलले खर्लप्पै निलेको बटौलीको इतिहास

सिद्रा पसल र गयाप्रसादको मिठाइँ पसलले झल्काउँछ बटौलीको बिगत

शरण कर्माचार्य

khabarkura.com, २२ जेष्ठ २०७७, बिहीबार १८:४१

बुटवल ।  कुनैबेला सिङ्गो पश्चिम नेपालका जनताको सबै आवश्यकताको आपुर्ति क्षमता राख्ने बटौली यतिबेला एकादेशको कथा जस्तै बनेको छ । बजारभरी सामान खरिद गर्ने ढाक्रेहरुले भरिभराउ हुने बटौलीका सडक सुनसान बनेकाछन् भने आजको नयाँ पुस्तालाई जन्माएका पुराना भग्नावशेष घरहरुले नयाँ पुस्तालाई गिज्याईरहेको छ ।

बुटवलको पुरानो वास्तविक नाम हो बटौली । कुनै बेला करिव आधा नेपाल ओगटेको पश्चिम नेपालका जनताहरुको आपुर्तिको प्रमुख केन्द्र थियो बटौली । चीनको कोराला नाकादेखि पश्चिमको सुर्खेत आसपासका जनताहरुको मुख्य खरिद बिक्रीको नाका नै बनेको थियो बटौली । पहाडबाट झर्दा जडीबुटी, घ्यु, काम्लो लिएर बुटवलमा ढाक्रेहरु आउँथे भने बुटवलबाट नुन, मट्टीतेल, कपडा, साबुन, चिनी जस्ता सामानहरु लिएर जाने गर्दथे । सामान किन्न आउने ग्राहकहरुलाई तत्कालिन अवस्थामा ढाक्रे भन्ने गरिन्थ्यो ।

बटौलीको व्यसायीहरुले त्यसरी सामान किन्न आउने ढाक्रेहरुलाई दाउरा, तेल, चामल दिन्थे र उनीहरुले स्थानीय धर्मशाला पौवामा पकाएर खाने गर्दथे । जस्ले खाने र बस्नेको ब्यवस्था मिलाउँथे उनै ब्यापारीको पसलबाट ढाक्रेहरुले सामान किन्नु पर्दथ्यो । ढाक्रेहरुले ल्याएको सामान पनि तीनै ब्यवसायीले किनिदिन्थे ।

अहिलेको पश्चिम नेपालकै व्यापारिक केन्द्र मानिने बुटवल बटौली अथवा त्यसभन्दा पनि अझ प्राचीन नामबाट विकसित भएको हो। यो अहिले मात्रै होइन, सयौं वर्षअघि पनि गणराज्यको राजधानी र व्यापारिक नाका पनि थियो।

चीनको तिब्बत र भारतको गोरखपुरको व्यापारिक थलोको विश्राम नाका पहाडको फेदी मधेसको सिरान नै बटौली थियो। बुटवललाई रामदेखि बुद्धसम्म जोडेर इतिहास लेखिएका छन्। हिन्दु धर्मका भगवान् राम बटौली (तिनाउ पश्चिम) हुँदै गण्डकी नुहाउन गुल्मीको रिडी, पाल्पा रामपुरको रामनदी हुँदै गण्डकको भ्रमण गरी खस्यौली (तिनाउ पूर्व) हुँदै अयोध्या पुगेका प्रसंगहरू छन्। योगी नरहरिनाथको (हाम्रो देश दर्शन) पुस्तकले बुटवलको इतिहासलाई द्वापर युगदेखि बुद्धकालसम्मको प्रसंगमा व्याख्या गरेको छ।

बुटवल बुद्धकालमा बुद्ध खेल्ने बुद्धवल्ली थियो। योगी नरहरिनाथको प्रसंग कोट्याउँदै डा. टीकाराम पन्थीले लेखेका छन् ‘बुद्धवल्लीबाटै बुटवल नामकरण भएको हो।’ यस नगरको नामाकरण सम्बन्धमा बिभिन्न जनश्रुतिहरू सुन्न पाइन्छ । बिभिन्न ठाँऊहरूबाट मानिसहरू बटुलिएर बसेको हुनले बटौली भनिएको र अपभ्रम्स भई बुटवल भएको भनिन्छ ।

इतिहासको सहर हालको बुटवल नभई बटौली थियो। जुन तिनाउ तिरको जितगढी किल्लाको छेउमा खुम्चिएर बसेको छ। बटौली र खस्यौली नाम अहिलेको आधुनिक बुटवलमा विलय भए। खस्यौली गुल्जार हुँदै गयो। नुन र घिउ साटेर व्यापार चम्काउने बटौली सुनसान बन्यो। प्रशासनिक रूपमा बटौली–खस्यौली पञ्चायत पनि बनेको थियो कुनै बेला। पछि प्रशासनिक नाममा पनि बटौली हरायो। अहिले बुटवल उपमहानगरपालिकाका नामले चम्किएको छ। कथ्यमा बटौली जीवित रहेपछि लेख्यमा बटौली हराइसकेको छ।

वि.सं. २०१६ मा बुटवल खस्यौली नगरपालिका स्थापना भएपछि हालसम्म १५ व्यक्तिले त्यसको नेतृत्व प्रदान गरे। वि.सं. २०१७ मा बहुदलीय व्यवस्था विघटन भएपछि यसको नाम फेरियो र बुटवल खस्यौली नगरपञ्चायत राखियो। त्यसलाई बोलीचालीमा बुटवल नगरपञ्चायत भनियो। बहुदलीय व्यवस्था पुनःस्थापना भए पश्चात् त्यसको नाम बुटवल नगरपालिका रहन गयो। बुटवल नगरपालिकाको पहिलो नेतृत्व दिने व्यक्तित्वमा मुन्नीलाल शाक्य (२०१६-२०१७ साल) दोस्रामो ओमशङ्कर श्रेष्ठ (२०१९-२०२३ साल) तेस्रोमा परीक्षितप्रसाद लाकौल (२०२४-२०२६ साल), चौथोमा सरस्वतीप्रसाद शेरचन (२०२६-२०२८ साल र पुनः २०३३ देखि २०३६ सालं)भएका थिए। यसैगरी हरिबहादुर सिंह वि.सं. २०२८ मा प्रधानपञ्चमा निर्वाचित भएका थिए। उनले चार पटकसम्म नगरपञ्चायतको प्रधानपञ्च चलाए। त्यस्तै बुटवल नगरपालिकाको प्रधानपञ्चमा पत्रकार सूर्यलाल वि.सं. २०३० मा, बृजमान श्रेष्ठ, २०३६ देखि २०३९ सालसम्म तथा सू्र्यप्रसाद प्रधान (२०४९(२०५३) र भोज प्रसाद श्रेष्ठ (२०५४-२०५९) नगरप्रमुख भएका थिए।

इतिहासको यस्तो कालखण्ड गुजारेको बटौली यतिबेला भने एकादेशको कथा जस्तै बनेको छ । अहिले पनि बटौलीमा ती कालखण्डका घरहरु छन् । तीनै घरमा जन्मेका धेरै स्थानीबासी मुलुकका प्रतिस्थित ओहोदामा समेत पुगिसकेकाछन् । तर बटौलीको अवस्था भने दिनप्रतिदिन बिग्रंदै गएको छ ।

इतिहासको योगदानलाई जोगाउने जिम्मा राज्यका तीनै तहको भएपनि राज्य बटौलीको योगदानलाई जोगाउन उदाशिन देखिएको बटौली संरक्षण समितिका अध्यक्ष रबिन्द्र गोपाल लाकौल आरोप लगाउँछन् ।

बटौलीको सामाजिक र सांस्कृतिक स्वरूप निकै बेग्लै छ। यहाँको रैनाथे जाति के हो भन्न सकिने अवस्था छैन। बुद्धकालमा थारू र शाक्यवंशका मानिस बसोबास गर्थे भन्ने ग्रन्थहरूमा लेखिएका छन्। पाँच सय वर्षअघि पाल्पाका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधन (मधेसी) जातिलाई व्यापारका लागि बटौली ल्याएका थिए। कशौधनपछि नेवार जातिको बसोबास बटौलीमा रहेको देखिन्छ।

बटौलीबाट हिजोका व्यापारीहरु शहर छाडेर अन्यत्र गएपनि बुटवलको इतिहास जोगाउँदै गयाप्रसादको मिठाई पसल र केहि सिद्रा ब्यापारीले भने बटौली छाडेका छैनन् । बुढा पुरानाहरु अहिले पनि गयाप्रसादको मिठाई पसलमा जेरी खान आउँछन् भने धेरै टाढाटाढाबाट बटौलीमा सिद्रा खरिद गर्न उपभोक्ताहरु पुग्ने गर्दछन् ।

पुरानो बटौलीलाई स्मरण गर्दै तेस्रो पुस्ताकारुपमा बटौलीमा मिठाई पसल गर्दै गरेका गया प्रसाद हल्वाई पहिलेको बटौली अव त बुटवल बनि सक्यो भन्छन् ।

गया प्रसादका बाजे असर्फिलालले खोलेको मिठाईपसललाई पिता सिताराम हल्वाई देखि हाल ६२ वर्षमा गयाप्रसादले सञ्चालन गर्दै आएका छन् । उनका २ छोरा पनि मिठाई बनाउने काममा नै रहेकाछन् ।

इतिहासमा नेपालको व्यापार व्यवसायमा ठूलो योगदान गरेको बटौलीको अस्तित्वलाई जोगाउने हो भने पुरानै शैली र आकारका घरहरुको नक्सांकन गरि बटौलीको अस्तित्व जोगाउन उपमहानगर तयार हुनु पर्दछ ।

बिगतमा ढाक्रे भएर आउँदा बसेका घरहरु उस्तै कलामा बनाउन सके, उहिले घिउ खार्ने कराई उस्तै सजाउन सके र उहिले बनेका कलात्मक घरलाई उस्तै आकार दिन सके बटौली फेरी एक पटक इतिहास अन्वेशकहरुलाई अध्ययनको केन्द्र बन्न सक्दछ ।

गोविन्द थापाको कमेन्टः

हामीले स्यानै देखी सुनेकाे नाम बटाैली र खस्याैली थियाे अहिले बुटवल भएकाे छ । कश्मीर बाट व्यापारी आएकाे कुराले कतै तिनी हरू खस हरू त थिएनन्? प्राध्यापक बालकृषण पाेखरेलले खस्याैली लाइ खस हरूकाे इतिहास संग पनि जाेडिन्छ कि भनेर अडकल काटेका छन् । खस्याैली नाम कसरी रहन गयाे भन्ने कुरा थप खाेजीकाे विषय हाे ।

 


पहिलेका पद नामहरू-

पहिलेका पद नामहरू-

लेसी, नौसिन्दा, बिचारी, बहिदार, तहबिलदार, तहसीलदार, मुखिया, डिट्ठा, खर्दार, सुब्बा, मिर सुब्बा, सरदार, काजी, बडाकाजी । खर्दार बाबुराम आचार्य, सुब्बा हरि बहादुर श्रेष्ठ, मिर सुब्बा कृष्णबम मल्ल, सरदार रंजनराज खनाल, काजि मधुसूदन राजभन्डारी, बडाकाजी पुष्पराज राजभन्डारी । गौंडा / गोश्वारका हाकिम, बडाहाकिम, मजिस्ट्रेट, चिफ मजिस्ट्रेट, कमिस्नर, चिफ कमिस्नर, अमिनिको लप्टन,

अडडाका नामहरू

गौंडा, पहाड गोश्वारा, मधेश गोश्वारा, बजार अड्डा, भंसार अड्डा, चारखाल अड्डा, माल अड्डा, अमिनि, टक्सार अड्डा, निक्सारी अड्डा, पजनी अड्डा, हाजिरी अड्डा, बहि बुझाउने अड्डा, कोसी तोषा खाना, तेजारथ अड्डा, लेखापढी अड्डा, कुमारी चोक गोश्वारा, मुलुकि खाना, मुन्सी खाना, जैसी कोठा, जिन्सी खाना, कम्यान्डरी किताब खाना, जंगी असबाब खाना, टेकु भंसार, पुरानो भंसार, छोटी भंसार

साभारः Balram Sapkota's facebook


गुमाउँदा पनि उपलब्धि रे !

गुमाउँदा पनि उपलब्धि रे !

नेपालपाटी
दीपेन्द्र पाण्डे, बिहिबार, माघ ३, २०७५

राष्ट्रनायक पृथ्वीनारायण शाहले समयमै चिनेका पश्चिमा इसाईहरु संबिधान सभा मार्फत नेपाल फर्कने रणनीति साकार पार्ने आँतुरता र संबिधान जारी गर्दै जीवनमा पहिलो पटक प्रधानमन्त्री बन्ने तिब्र चाहाना बीच सम्पन्न अघोषित सहमती नै २०७२ साल असोज ३ गते मुलुकले दोस्राे संबिधान सभाबाट संबिधान पाउने कारण बन्यो । राजनीतिक अस्थिरता र दक्षिणको सहयोग बिना नेपालमा मजबुत स्थान जमाउन असम्भब हुने इसाई निचोड पश्चात बहुमत प्राप्त गिरिजा सरकार अल्पायु मै मार्न अनिबार्य थियो । फर्मुला शैलीमा अगाडी बढाईएको नेपालको राजनीति २०५२ साल भाद्र १२ को अदालती फैसला र सोही सालको फागुन महिना देखी शुरु गराइएको माओवादी हिंसा पछी सार्वभौम सत्ताको असली अभ्यास मुलुकले गर्न नपाएको खुलिसकेकै छ ।

नियोजित अस्थिरता चर्काउँदै तमाम उद्धोग धन्दा बन्द गर्ने, शिक्षित युवालाई मुलुकबाट पलायन हुन बाध्य पार्ने, १८ नाघेका ४५ नपुगेका तन्दुरस्त युवा जमातलाई खाडी र मलेसिया मात्र हैन मित्र राष्ट्रमा श्रम बेच्न विवश पार्ने, राजनीतिक मिलीमतोमा राष्ट्रिय सम्पतिको लुटपाट गर्न सिकाउने, अधिकार प्राप्तिको नाममा अराजकतालाई स्थापित गर्दै सिंहदरबार र राजनीतिलाई औचित्यहिन गराइएको कुरालाई बुझपचाउँदै आम जनता माझ देखाइएको उपलब्धि पछि मुलुकको अवस्था बिचित्रको बन्धकमा परेको देखिन्छ ।

 आर्थिक, सामाजिक, भौतिक रुपले मुलुकलाई अपाङ्ग पार्ने राजनीतिको पछाडी रहेका शक्तिले उपलब्धि भन्न लगाएका कुरा नेपालीले चाहेको विषयवस्तु नरहेको प्रमाण संबिधानको मस्यौदा लिएर जनताको घर आँगन पुग्दा जनता द्वारा व्यक्त गरिएका विचारलाई लिन सकिन्छ । जाती, भाषा, क्षेत्र, लिङ्ग र परम्परालाई शान्ति, स्थिरता, विकास र समृद्धिको बिरोधी तत्व देखाउँदै मुलुक भित्र स्थापित तमाम संस्थालाई निकम्मा बनाएको बुझ्न न्याय क्षेत्रको भद्धा राजनीतीकरण, निर्वाचन आयोग, भ्रष्टाचार अनुसन्धान आयोगको निस्पक्षता र कार्यक्षमता हेरे थप बताई राख्नु पर्दैन ।

 करीब मुखै सम्म पुगेर खोसिएको पहिलो संबिधान सभाको उपलब्धिलाई पश्चिमा शक्तिले दोस्राे संबिधान सभामा कुनै पनि मुल्यमा नगुमाउने नीति अन्तर्गत शिर्ष नेतृत्व माथी गरिएको वर्षौं देखीको लगानी उठाउन सफल हुँदा मुलुकले ठुलो रक्तपात र आर्थिक क्षति भोगेको सर्बसाधारण मानिसले नाकाबन्दी सँगै बुझ्न पाए । विश्वमा हँसिया हथौडा देख्न र सुन्न नचाहने पश्चिमाहरु नेपालमा भने वामहरुलाई  सबैभन्दा नजिकका मित्र बनाइएका प्रमाण देशमा अनेक नाममा प्रबेश गरेका आइएनजियो र चर्चको संख्या गने थाहा लाग्छ ।

नेपालको जातीय र भाषिक विविधता राम्रोसँग अध्ययन गरेका पश्चिमाहरु दक्षिणसँग मिल्दै आफ्ना रणनीतिको निम्ती आबश्यक एजेन्डाहरु संघीयता, धर्म निरपेक्षता, भाषाको मुद्धा, नागरिकता बिचित्र ढंगले संबिधानमा घुसाउन वामहरुलाई प्रयोग गरिएको जती अप्रिय लागे पनि वास्तविकता बनिसकेको छ । अनेक नामका फाउण्डेसन, अध्ययन केन्द्र र वर्गिय संगठन पाल्न जारी राखिएको आर्थिक सहयोगले वामहरुको हातखुट्टा बाँधिएको बुझ्ने आधार सैद्धान्तिक विचलन हेरे थाहा लाग्छ ।

 शिर्ष नेतृत्वलाई लगानी गर्दै आफ्नो लक्षको निम्ति प्रयोग गर्ने  इसाई रणनीति आम जनताले बुझ्ने कुरा रहेन । छिमेकी देश भारतको हिन्दूवादी राजनीतिक पार्टी बिजेपीको भान्सा सम्म पुग्न सफल इसाई राजनीतिले  नेपाल मामिलामा कुशलता पूर्वक खेलेको खेल संबिधान जारी गर्न लगाउँदै दक्षिणलाई बदनाम गर्न सफल भएको खेल बिस्तारै खुल्दै छ । माओवादी ज्यादति, संघीयतामा सिमाङ्कन र जातिय राजनीतिको बिरुद्ध खडा गर्दै आन्तरिक लगानीमा लोकप्रिय बनाइएका तात्कालिन एमाले नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउँदै दक्षिणसँग दुरी बढाउने खेल इसाई खेलकै हिस्सा अन्तर्गत खेलिएको खुल्दै छ । नाकाबन्दीको जगमा खडा गरिएको ओली उचाईलाई साइजमा राख्ने उदेश्य अन्तरगत प्रचण्ड मार्फत शेर बहादुर देउवालाई देखाइएको हवाई सपना तोडदै प्रचण्ड ओली मिलाउने खेल ‘इसाई सम्पती‘ बनिसकेको छ । सतहमा दक्षिणलाई बदनाम गर्ने , भित्री रुपमा आफ्ना सहयोगी मार्फत भूराजनीतिको फाइदा उठाउँदै दक्षिण र उत्तर बीच खेल्ने इसाई रणनीति खुलेको कारण संबिधानको आयु लामो नहुने राजनीतिक विश्लेषकहरुको धारणा छ ।

 नेपालको हरेक राजनीतिक परिवर्तनको फाइदा दक्षिण र पश्चिमले लिंदै आएको असंख्य प्रमाण भेटिन्छन । नेपालको प्राकृतिक स्रोत र साधन माथी सदैब अनुपयुक्त आस राख्ने दक्षिणले सन १९५० को सन्धी देखी आज पर्यन्त कुनै न कुनै फाइदा लिएको र अझै लिने खेल जारी राखेको कारण दक्षिण नेपाली जनतामाझ लोकप्रिय बन्न सकेको छैन । प्रधानमन्त्री बनेसँगै मोदीले शुरु गर्न चाहेको नविन सम्बन्ध इसाईको निम्ति महंगो हुने पश्चिमा नीतिको कारण अन्तत संबिधान जारी गराउँदै समाप्त गरियो । हिमालयको फेदी सम्म दक्षिणको सिमाना मान्ने नेहरु नीतिमा अल्झीरहेको दक्षिणको राजनीति शितयुद्ध कालिन पुर्व सोभियत संघ र माओकालिन चीनको  राजनीतिमा आएको भिन्नतालाई सहि ढंगले बुझ्न नसक्दा नेपाल मामिलामा इसाईको मोहरा बन्न पुगेको भर्खरै बुझ्न शुरु गरेको छ । अंगिकृत नागरिक मार्फत नेपालको तराई मधेशमा घटाइने हरेक अबाञ्चित गतिबिधीको फाइदा अन्तमा इसाईहरुले लिनेछ भन्ने मान्न आनाकानी गर्दैछ । नेपालमा मच्चाइने अन्तहिन नागरिकताको समस्या तत्कालको निम्ति दक्षिणलाई फाइदाजनक देखिए पनि भबिष्यमा इसाई मार्फत खडा गरिने नयाँ दवन्दले उसैलाई पिरोल्ने तयारी सिके राउत मार्फत गरिएको अन्देखा गर्दै छ ।

 बिहान केटा खोज्ने, दिउँसो विवाह गरे संगै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्दै सांसद र मन्त्री बन्न पाउँने मुलुकमा पटक पटक संबिधान संसोधन मार्फत अंगीकृत नागरिकलाई राज्यको उपल्लो स्थानमा पुर्याउने खेल कालान्तरमा दक्षिणको टाउको दुखाई बन्ने निस्चित छ । राजनीतिक अस्थिरताको जगमा  २०६३ माघ १ देखि फागुन मसान्तसम्म (हिमाली जिल्लामा चैत १५ सम्म) देशभरि ‘नागरिकता वितरण अभियान कार्यक्रम’ सञ्चालन गर्दै २६ लाख १५ हजार ६१५ नागरिकता वितरण गरियो । नेपालको संबिधानले नेपाली नागरिकलाई कुनै पनि मुल्यमा नागरिकताबाट बञ्चित नगर्ने संबिधानमै किटान गरिसकेको अवस्थामा दक्षिणबाट मुलुक भित्रीने बुहारी कै निम्ती संबिधान संशोधनमा वर्तमान सरकार फस्न बाध्य पार्ने खेल दक्षिण र मुलुकको हितमा छँदै छैन । नेपालको संविधान २०७२ जारी भएयता करिब दुईलाख ५० हजार भन्दा बढी ‘बुहारी’हरूले वैवाहिक नागरिकता पाइसकेको अवस्थामा खोजिएको थप अधिकार एक जनप्रतीनिधी र दुई स्थानियवाशी साक्षी बस्दै बाँडिने नयाँ नागरिकता प्राबधानमा राजी हुने वर्तमान प्रधानमन्त्रीको बाध्यताको ॠण मुलुकले कहिले सम्म तिर्न सक्छ १८०८ किलोमिटर खुला सिमानाको फाइदा उठाउदै नेपाली कर्मचारीलाई किन्दै प्राप्त गरिएका नेपाली नागरिकता हुन कि रणनीतिक फाइदाको निम्ती राजनीतिक अस्थिरताको जगमा वितरण गरिएको लाखौ नागरिकता हुन । मुलुकको शान्ति, स्थिरता, विकास र समृद्धिको निम्ती कसरी सहयोगी बन्न सक्छ संबिधान संसोधनको औचित्य पुष्टि गर्न हम्मे पर्ने अवस्थामा हुँदै गरेको सिंहदरबारको सक्रियता मुलुकको हितमा नरहेको संकेत मिल्दै छ ।

 भारतीय विदेशमन्त्री जसवन्त सिंहले २०५८ सालमा बिहारका सांसद डाक्टर रघुवंश सिंहको प्रश्नको जवाफमा ‘नेपालको तराईमा रहेको जनसङ्ख्या मध्ये ४८ प्रतिशत भारतीय नागरिक रहेको, ती मध्ये ४० लाखले नागरिकता नपाएको र उनीहरूको व्यवस्थापनका लागि विदेश मन्त्रालय योजनाबद्ध ढङ्गले काम गरिरहेको जवाफ दिएका थिए नेपालको संसद्ले २०५७ साउन ११ गते पास गरेको नागरिकता सम्बन्धी (छैटौँ) संशोधन विधेयकलाई सर्वोच्च अदालतको विशेष इजलाशले १२ बैशाख २०५८ मा खारेज गरिदियो । अदालतले नागरिकता बिधेयक खारेज गरेसँगै जागेको माओवादी हिंसाको विश्राम पछी नागरिकता ऐन २०६३ ले जन्मको आधारमा २७ लाख नागरिकता वितरण गर्दै डाक्टर वाबुराम र प्रचण्डले खाएको नुनको ॠण तिर्न तात्कालिन सात दल र माओवादी राजी भयो ।

 पहाडी समुदायलाई मोरङ , सुनसरी , झापा , कैलाली र कञ्चनपुर समेत मिसिएको प्रदेश हुन नदिने आवाज मुखरित गर्न लगाउने , तराई मधेश केन्द्रीत दललाई एक मधेश प्रदेश वा बहुराष्ट्रिय राज्यको माग सुनियोजित तवरले गर्न लगाउने खेल भित्र लुकेको षडयन्त्र दिर्घकालिन अस्थिरतासँग गाँसिएको पुष्टि भइसकेको छ । आफ्नो राजनीतिक सार्वभौम सत्ता गुमाउँदै जारी गरिएको संबिधानमा जनताले नचाहेको अनुपयुक्त एजेण्डालाई हटाउँने मुद्धा संबिधान संसोधनको विषय कहिल्यै बन्न दिने छैन । बिकाउ राजनीतिको दलदलमा फसेको दलिय राजनीति दक्षिण पश्चिमकाे राेड म्यापमा हिडेकाे कारण हिमाल, पहाड र तराईवासी देशभक्त नेपालीले चाहेको अनुसार संविधान  संसोधन  सम्भव हुने छैन । इसाई र दक्षिण स्वार्थमा गरिने संबिधानको छेडखानी मुलुकको विकास, स्थिरता र समृद्धिको निम्ति झनै घातक हुनेछ ।  फलस्वरुप गुमाउँदा पनि उपलब्धि मान्ने राजनीतिको ‘वाई प्रोडक्ट‘ हरु अंगिकृत र इसाई जनसंख्या दुर्गतीको कारण बन्ने छ ।

 


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...