Showing posts with label Machhapuchhare Himal. Show all posts
Showing posts with label Machhapuchhare Himal. Show all posts

Thursday, June 13, 2019

माछापुच्छ्रेको तीरैतीर

माछापुच्छ्रेको तीरैतीर
चैत्र ९, २०७५किरण पाण्डे
काठमाडौँ — करिब एक महिनअघिदेखि बेल हेलिकप्टरको डेमोन्सट्रेसन फ्लाइटमा जाने कुरा थियो  । हाई अल्टिच्युडमा जाने ‘रेस्क्यु हेलिकप्टर’ का रूपमा डिजाइन गरिएको यो क्यानाडियन र अमेरिकन हलुका हेलिकप्टरमा सगरमाथा बेसक्याम्प जान म निकै उत्साहित थिएँ  ।
धेरै हिउँ परेर मौसम बिग्रिएका कारण उडान हुन सकिरहेको थिएन । त्यसैबीच पाथीभरामा हेलिकप्टर दुर्घटना भयो । पर्यटन मन्त्री रवीन्द्र अधिकारी र व्यवसायी आङछिरिङलगायत ७ जनाको मृत्युले मेरो मनमा पनि डर पस्यो । आफूले पेसा नै यस्तो रोजियो जहाँ जोखिम उठाउन सकिएन भने पेसा नै छोड्नुपर्ने हुन्छ । मौसममा सुधार आएपछि अन्नपूर्ण बेसक्याम्प जाने भयो । मनको चिसोलाई हिमालको चिसोले जित्ने गरी हिम्मत जुटाएर लागियो पोखरातिर ।
बिहान उठ्नासाथ खुलेको आकाश र अन्नपूर्ण हिमालको रेन्ज देखेपछि मनको डर केही मात्रामा हरायो । फेरि एयरपोर्ट पुग्दा त दुईवटा हेलिकप्टर तयारी अवस्थामा । अर्कोचाहिँ त्यसलाई मोनिटेनरी गर्ने सुरक्षाका हिसाबले । करिब १५–२० मिनेटमै बेसक्याम्प पुगियो । ४२ सय मिटर उचाइको बेस क्याम्पमा पुगुन्जेल मेरो क्यामाराले फुर्सद पाएन । त्यो रुटमा जे देखिन्थ्यो सबै त्यो ग्लेसियरको माथि धौलागिरी, अन्नपूर्ण हिमचुली थिए । बेसक्याम्पमा हिउँ टेक्दाको क्षण जिन्दगीमा नै बिर्सन नसक्ने क्षणको रूपमा मानसपटलमा बसेको छ । फोटोग्राफरको सबैभन्दा पर्फेक्ट टाइम भनेको बिहान र बेलुका हो । तर, बेस क्याम्प पुग्दा माछापुछ्रेको टुप्पोबाट उदाएको घामका कारण माछापुछ्रेको टुप्पो खिच्ने अभिलासा पूरा भएन । हिँडेर ३–४ दिन लाग्ने ठाउँमा १५ मिनेटको छोटो मनमोहक यात्रामा जङ्गल, गाउँ, खोलानाला सबै देख्न पाइयो ।
प्रकाशित : कोसेली, चैत्र ९, २०७५ १२:२१

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...