माछापुच्छ्रेको तीरैतीर
चैत्र ९, २०७५किरण पाण्डे
काठमाडौँ — करिब एक महिनअघिदेखि बेल हेलिकप्टरको डेमोन्सट्रेसन फ्लाइटमा जाने कुरा थियो । हाई अल्टिच्युडमा जाने ‘रेस्क्यु हेलिकप्टर’ का रूपमा डिजाइन गरिएको यो क्यानाडियन र अमेरिकन हलुका हेलिकप्टरमा सगरमाथा बेसक्याम्प जान म निकै उत्साहित थिएँ ।
धेरै हिउँ परेर मौसम बिग्रिएका कारण उडान हुन सकिरहेको थिएन । त्यसैबीच पाथीभरामा हेलिकप्टर दुर्घटना भयो । पर्यटन मन्त्री रवीन्द्र अधिकारी र व्यवसायी आङछिरिङलगायत ७ जनाको मृत्युले मेरो मनमा पनि डर पस्यो । आफूले पेसा नै यस्तो रोजियो जहाँ जोखिम उठाउन सकिएन भने पेसा नै छोड्नुपर्ने हुन्छ । मौसममा सुधार आएपछि अन्नपूर्ण बेसक्याम्प जाने भयो । मनको चिसोलाई हिमालको चिसोले जित्ने गरी हिम्मत जुटाएर लागियो पोखरातिर ।
बिहान उठ्नासाथ खुलेको आकाश र अन्नपूर्ण हिमालको रेन्ज देखेपछि मनको डर केही मात्रामा हरायो । फेरि एयरपोर्ट पुग्दा त दुईवटा हेलिकप्टर तयारी अवस्थामा । अर्कोचाहिँ त्यसलाई मोनिटेनरी गर्ने सुरक्षाका हिसाबले । करिब १५–२० मिनेटमै बेसक्याम्प पुगियो । ४२ सय मिटर उचाइको बेस क्याम्पमा पुगुन्जेल मेरो क्यामाराले फुर्सद पाएन । त्यो रुटमा जे देखिन्थ्यो सबै त्यो ग्लेसियरको माथि धौलागिरी, अन्नपूर्ण हिमचुली थिए । बेसक्याम्पमा हिउँ टेक्दाको क्षण जिन्दगीमा नै बिर्सन नसक्ने क्षणको रूपमा मानसपटलमा बसेको छ । फोटोग्राफरको सबैभन्दा पर्फेक्ट टाइम भनेको बिहान र बेलुका हो । तर, बेस क्याम्प पुग्दा माछापुछ्रेको टुप्पोबाट उदाएको घामका कारण माछापुछ्रेको टुप्पो खिच्ने अभिलासा पूरा भएन । हिँडेर ३–४ दिन लाग्ने ठाउँमा १५ मिनेटको छोटो मनमोहक यात्रामा जङ्गल, गाउँ, खोलानाला सबै देख्न पाइयो ।
प्रकाशित : कोसेली, चैत्र ९, २०७५ १२:२१