Showing posts with label Saraye dance. Show all posts
Showing posts with label Saraye dance. Show all posts

Friday, June 14, 2019

देवी खुसी पार्न सराये नाच

देवी खुसी पार्न सराये नाच
प्रेमनारायण आचार्यअन्नपूर्ण,  ०४ बैशाख २०७६ ०८:१९:००
सन्धिखर्क : अर्घाखाँचीमा चैते दसंैमा पनि सराये नाचिएको छ। अर्घाखाँचीको मौलिक नाच सरायेमा महिला र पुरुष हातमा तरबार खुँडा आदि लिएर ‘वाखै भाइ हो’ भन्दै नाच्ने गर्दछन् ।
बडा दसैँमा जिल्लाका अधिकांश मन्दिरमा नाचिने सराये चैते दसैंमा पनि केही ठाउँमा नाच्ने गरिन्छ। हिन्दु सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सराये नाच नाच्ने गरिन्छ। सराये सबै जातजातिहरू एकै ठाउँ भएर नाचिने नाच हो।
मंगलबार भूमिकास्थान नगरपालिकास्थित ढिकुरामा रहेको जय दुर्गा काली मन्दिरमा सराये नाचियो। तरबार, खुँडा आदि हतियार लिएर पञ्चैबाजाको तालमा नाचिने यस नाचमा देवीहरूको प्रतीक आलमलाई समेत लिएर नाच्ने गरिन्छ। यो नाचले देवी खुसी हुने विश्वास रहेको जयकाली मन्दिर व्यवस्थापन समिति ढिकुरा चरेपानीका अध्यक्ष हुमाकान्त पौडेलले बताए।
बडा दसैंमा सन्धिखर्क, खाँची, नुवाकोट, ठाडालगायतका देवीका मन्दिर तथा शक्ति पीठहरूमा यो नाच नाच्ने गरिन्छ भने चैते दसंैमा चरेपानीसहित गौचौर, अर्घातोष र सेंगलेंगको मन्दिरमा नाचिएको जयकाली मन्दिर व्यवस्थापन समितिका सचिव खिमबहादुर खासुले बताए। सराये नाच अर्घाखाँची आसपासका जिल्लामा बढी प्रचलित छ। देवीले महिषासुर र शुम्भको वध गरेको खुसीयालीमा नाच्न थालिएको ढिकुराकी स्थानीय बृद्ध महिला धनकला गैरेले बताइन्।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...