Showing posts with label thulung. Show all posts
Showing posts with label thulung. Show all posts

Wednesday, June 12, 2019

थुलुङ भाषाको व्याकरण

थुलुङ भाषाको व्याकरण सार्वजनिक

मंसिर २९, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — पाँचवीर थुलुङ राई लिखित ‘नाम्स्योर थुलुङ बोक्छेम’ (सजिलो थुलुङ व्याकरण) पुस्तक सार्वजनिक गरिएको छ ।
थुलुङ राई संस्कृति प्रतिष्ठानले पुस्तक प्रकाशित गरेको हो । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष असिम थुलुङ राईले काठमाडौंमा शुक्रबार आयोजित समारोहमा सार्वजनिक गरेका हुन् । ७८ वर्षीय लेखक पाँचवीर अवकाशप्राप्त शिक्षक हुन् । उनको अगुवाईमा ‘थुलुङ भाषाको शब्दकोश’ र कक्षा १ देखि ५ सम्म अनौपचारिक शिक्षाको पाठ्यपुस्तक प्रकाशित छन् ।
चालू शैक्षिक सत्रबाट थुलुङ राई बाहुल्य क्षेत्रका २२ विद्यालयमा थुलुङ भाषाको औपचारिक पठनपाठन सञ्चालनमा छ । सार्वजनिक गरिएको व्याकरण पुस्तक थुलुङ र नेपाली भाषामा अनुवादसमेत रहेको छ । प्रमुख अतिथि रहेका अध्यक्ष राईले गाउँपालिकामा आगामी शैक्षिक सत्रदेखि थुलुङ भाषाको शिक्षक कोटाको व्यवस्था गर्ने बताएका छन् । पुस्तकबारे किरात राई प्रज्ञा प्रतिष्ठानको कुलपति जयकुमार राई, डा. सुकराज राई, थुलुङ राई संस्कृति प्रतिष्ठानको अध्यक्ष निर्कुधन राईलगायतले चर्चा गरेका थिए । प्रकाशित : मंसिर २९, २०७५ १५:३८

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...