Friday, November 23, 2018

संस्कृति जोगाउँदै थारू महिला


संस्कृति जोगाउँदै थारू महिला
कार्तिक ६, २०७५ठाकुरसिंह थारू
नेपालगन्ज धेरै भएको छैन, महिलालाई हुरडुंगा नाच्न र गीत गाउन रोक लगाएको। महिला दर्शक मात्र हुन्थे। पुरुष महिलाको रूप धारण गरी नाच्थे। गीत गाउने र मादल बजाउने (मिर्दगिया) सबै पुरुष नै हुन्थे
तर, पछिल्लो समय थारू समुदायको परम्परागत हुरडुंगा नाच जोगाउने जिम्मेवारी महिलाको काँधमा छ। नयाँ पुस्ताका युवामा परम्परागत नाचप्रति चासो नदेखिएपछि महिला त्यही संस्कृति धान्न अघि सरेका हुन्। मादल बजाउने, गीत गाउने र नाच्नेसमेत आफैं गर्छन्
लोप हुन थालेको संस्कृति जोगाउन पाएकामा खुसी पनि छन्। पुर्खाले जोगाइ दिएको लेहंगा र चोलियामा सजिएर उनीहरू संस्कृति जोगाउन लागेका हुन्। रंगीबिरंगी फुन्ना लगाइएका ढकियाले थप रौनकता थप्छ। नयाँ पुस्ताका थारू युवाहरू डिजेतर्फ आकर्षित भइरहँदा किशोरी र महिला भने परम्परालाई निरन्तरता दिइरहेका छन्

दुई/चार वर्षअघि हुरडुंगामा खुलेर नाच्न पाइँदैन्थ्यो, नाच्दा समाजले अर्कै रूपमा हेथ्र्यो,’ कोहलपुरकी रविना चौधरीले भनिन्, ‘दसैंमा नाचिने नाच महिलाले नगर्ने हो भने संस्कृति नै धरापमा पर्ने बेला आइसक्यो। युवाहरू थारू गीतमा नाच्न र गाउन छाडिसकेथारू गाउँमा दसैंको रौनक एक महिनाअघि नै सुरु हुन्छ। खास गरी भदौ महिनामा हरेरी पूजा गरेपछि दसैंको स्वागत गरिन्छ। उक्त दिनदेखि हुरडुंगा नाच्न सुरु हुन्छ। हरेरी पूजाका दिन गरिने उक्त नाच महिलालाई हेर्न परम्पराअनुसार निषेध गरिएको छ

वर्षको पहिलोपल्ट गरिने नाच देवीदेउता, भूतप्रेत हेर्न आउने मान्यताका आधारमा महिलालाई त्यस दिन नाच हेर्न नदिने परम्परा रहेको थारू अगुवा बताउँछन्। तर, त्यसपछिका दिनमा हुने नाच भने महिलाले नै गर्दै आएका छन्। परम्परागत पहिरनमा थारू महिलाहरू नाच्न थालेपछि युवाहरू हेर्न पुग्छन्पहिले महिलाले हेर्थे, पुरुष नाच्थे। अहिले महिला नाच्छन्, पुरुष हेर्छन्,’ थारू महिला अगुवा लक्ष्मी चौधरीले भनिन्, ‘महिलाले थारू पुर्खाको संस्कार, संस्कृति र पोसाक जोगाएका छन्

दसैंको अष्टमी, नवमीका दिन पश्चिम तराईका गाउँमा रातदिन हुरडुंगा र सखिया नाचको रौनक रहयो। अष्टमीलाई ढिक्रहवा, नवमीलाई पित्तरवा मनाइन्छ। त्यस दिन रातदिन नाच गर्ने चलन छ। थारू नाचका सोखिन कोहलपुरका रामसिंह चौधरीले आफ्नो समुदायको नाच र संस्कृति धरापमा परेको बताए। तर, दसैंका बेला भने महिलाले संरक्षण गरेको उनको अनुभव छहरेरीका दिन नाच हुनै मुस्किल हुन्छ,’ उनले भने, ‘महिलाले हराउँदै गरेको संस्कार जोगाइदिएका छन्

पछिल्लो समय भने थारू संस्कृतिलाई बुढापाकाको जिम्मामा छाडिएको छ। युवाको आकर्षण नभएपछि संस्कृति र संस्कार धरापमा परेको हो। युवा पुस्ता आधुनिक गीतमा नाच्न थालेका छन्। कतिपय थारू समुदायका गीत र नाच लोप भइसकेका छन्। हरेक महिना, मौसम र सिजन अनुसारको थारू समुदायमा गीत र नाच गरिन्छयुवाहरू थारू संस्कृति जोगाउनुपर्छ भन्छन् तर व्यवहारमा भने त्यस्तो छैन,’ आफ्नो संस्कृतिबारे चिन्ता गर्दै आएका रामसिंहले भने, ‘आफ्नो संस्कृति जोगाउनै धौधौ भइसक्यो

थारू समुदायमा नाच्ने झर्रा नाच इतिहासमा सीमित बनेको छ। नयाँ पुस्ताले देख्नै नपाएको उक्त नाचको संरक्षणमा अहिले युवा जुटेका छन्। त्यस्तै बिहेबारीमा गाइने माँगर, रोपाइँका बेला गाइने गीत, चैत वैशाखमा गाइने सजना, दसैंमा गाइने दिन नच्वा, बिहेग्रा, महिरावणलगायतका सयौं गीत सुन्न छाडिएका छन्। त्यसो त पश्चिम तराईमा बसोवास गर्दै आएका थारू समुदाय संस्कृतिको खानी मानिन्छन्। त्यसैले चाडपर्वका बेला भए पनि ती गाउँमा परम्परागत गीत गुन्जिन्छन्। तर, सयौं वर्ष पुराना थारू गीतलाई लयबद्ध गर्न पनि चुनौती छ। थारू समुदायले गाउने गीत र लय समयपिच्छे फरक छ। साँझ करनउटी, जन्माउटी, फूलवार गीत र मध्यरातबाट बिहानसम्म बिहेगरा, दिउँसो दिननचवा र कहरा गीत गाउने परम्परा छ। जुनसुकै बेला जुनसुकै गीत गाउन पाइँदैन
प्रकाशित : कार्तिक ६, २०७५ ०९:३८

Breaking menstrual taboo in Nepalese Societies


Thursday, November 22, 2018

बहुपति प्रथा नमान्ने अंशविहीन


बहुपति प्रथा नमान्ने अंशविहीन

स्वतन्त्र हुन चाहनेहरू अधिकांश पैतृक सम्पत्तिबाट वञ्चित 

दाजुभाइको सामूहिक विवाह हुने भए पनि पत्नीमाथिको मुख्य अधिकार जेठाको जुनसुकै भाइबाट जन्मिएका भए पनि बच्चाले जेठोलाई बुबा अन्य भाइलाई काकाको साइनो

मंसिर ६, २०७५जयबहादुर रोकाया

हुम्ला — सात वर्षअघि भागी विवाह गरेका तञ्जन लामा ससुराली गाउँमा कोठा लिएर बस्दै आएका छन् मजदुरी गर्दै जीविकोपार्जन गरिरहेका उनले भाउजूलाई पत्नीका रूपमा स्वीकार नगर्दा पुख्र्यौली अंशबाट वञ्चित हुनुपरेको हो

पत्नी, एक छोरा र एक छोरीसहित सदरमुकाममा बस्दै आएका उनले घरबाट अन्य सहयोग पनि नपाएको जनाए सिमकोट , लिमाटाङका लामाको सदरमुकाममा पुख्र्यौली घर पनि छ त्यो उपयोग गर्न उनी वञ्चित छन्

हुम्लामा यसरी बहुपति प्रथा उल्लंघन गर्ने उनी मात्र एक्ला भने होइनन् जसलेआफूखुसी विवाह गरे उनीहरूलाईघरपरिवारले अझै स्वीकार गरेको छैन तर पनि बहुपति प्रथाको विरुद्धमा धेरै युवा उभिन थालेका छन्

सिमकोट ४, बुराउ‘सेनीका नरेन्द्र लामाका पाँच दाजुभाइ आफूखुसी एकल विवाह गरेर एक्लाएक्लै बस्दै आएका छन् बहुपति प्रथा अँगालेका बुराउँसेका लोटई लामाले दुई दाजुभाइका दुई छोरालाई बाध्य नपारिएको बताए ‘जेठोको विवाह भइसकेको छ, कान्छाको मगनी भइसकेको छ,’ उनले भने, ‘एकल विवाह गर्न थालेपछि परम्परागत रूपमा मगनी गरेर विवाह गर्ने चलन विस्तारै कम हुँदै छ।’ बुराउँसेनीकै छिरिङ लामाका पनि पाँच भाइ छन् सबै भाइले छुट्टाछुट्टै विवाह गरेका छन् आफ्नो गाउँमा अब चार/पाँच परिवारमा मात्र बहुपति प्रथा रहेको उनले बताए

भाउजूलाई अस्वीकार गर्दै घरबाट विद्रोह गरेका कसैले पनि पुख्र्यौली घरबाट अंश पाएका छैनन्,’ लामाले भने, ‘सबैले आफंै कमाएर जीवन निर्वाह गर्दै आएका छन्।’ उनका अनुसार कतिपयले आफ्नै परिश्रमबाट सदरमुकाममा घरसमेत बनाइसकेका छन्

छुट्टै भागी विवाह गर्ने अधिकांश युवाले घरबाट अंश नपाउँदा पनि घरमा अंश दाबी गरेका छैनन् लामा जातिमा अंश मुद्दा विरलै पर्ने गरेको उनका अनुसार देवरले विवाह गर्दा भाउजूले पनि सौता ल्याएसरह ठान्छन् त्यसैले पनि तत्काल पुरुषहरू पुख्र्याैली घरमा जान नसक्ने उनको भनाइ छ

उत्तरी भेगको उच्च हिमाली भेगमा बसोबास गर्दै आएका लामा जातिमा परम्परादेखि नै प्रचलनमा आएको बहुपति प्रथा विस्तारै हराउँदै गएको छ पछिल्लो पुस्ताले बहुपति प्रथाप्रति अरुचि देखाएपछि परम्परागत प्रथा हराउँदै गएको हो बौद्ध धर्मावलम्बी लामा जातिका पाका मानिसले अझै पनि यो प्रथा अँगालिरहेका छन् नयाँ पुस्तामा अस्वीकार गर्ने बढ्दै जाँदा बहुपति प्रथा नमान्ने ९५ प्रतिशत पुगेको तथ्यांकले देखाएको

पहिले खेती पनि धेरै थियो, धेरै पशु पाल्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘त्यो समयमा भाइभाइका भागमा भेडाबाख्रा तथा अन्य चौपाया हुन्थे कामकाजमा रहँदा व्यस्त रहनुपथ्र्यो, भेटघाट हुँदैनथ्यो।’ उनका अनुसार कुनै भाइ भेडाबाख्रा पालन गर्दै हिउँद अछाम वर्षामा भोट जान्थे कुनै भाइ गाईबस्तु लिएर खर्क जाने गर्दथे भने कसैले घर सम्हाल्थे सबै दाजुभाइको सम्पत्ति सगोलमा हुने भएकाले पनि बहुपति प्रथाको चलन थियो।े

बहुपति प्रथामा दाजुभाइको सामूहिक विवाह हुने भए पनि पत्नीमाथिको मुख्य अधिकार जेठाको हुन्थ्यो जुनसुकै भाइबाट जन्मिएका भए पनि बच्चाले जेठोलाई बुबा अन्य भाइलाई काकाको साइनो लगाएर सम्बोधन गर्दथे कुन बच्चा कसको हो भन्ने कुरा महिलाले छुट्याउने चलन छ त्यसरी जन्मेका सबै भाइको पनि एउटै पत्नी हुने चलन थियो बहुपति प्रथा हुँदा महिलाले विवाह गर्न पुरुष नपाउने समस्या थियो प्रकाशित : मंसिर ६, २०७५ १०:००

https://www.kantipurdaily.com/news/2018/11/22/154286013165843714.html


Wednesday, November 14, 2018

Tharu people of Nepal



Tharu people of Nepal
The Tharu people are an indigenous ethnic group who have lived in the lowlands of Nepal for centuries. Until recently, the region was covered by a thick malarial jungle that kept away outsiders and guaranteed the Tharus free but difficult lives. Their relative isolation led them to develop a distinct and self-sufficient society with their own language, religion, and culture differing from the hill people in the north.The land in Nepali Tarai or plains is the rice basket of Nepal. It is most productive and sought after agricultural land. But is not much more than sixty years ago that the area was only sparsely cultivated. A hundred years ago the vast majority of the Tarai was still covered by thick, malarial jungle. At this time the area’s only full year residents were various indigenous groups, the largest of which was the Tharu. They tolerated the jungle’s malaria and wild animals, in return for which they had ample land off which to live.  It was a time that old men still talk about, when a family entering a new settlement could have as much land as they could carve out of the jungle. In this environment, the Tharus developed largely self-sufficient communities in and around the jungle, with building styles, settlement patterns, religion and agricultural practices very distinctive from what is practiced in the hills or further south in the Gangetic Plains of northern India.

Read more

Sunday, November 11, 2018

Thangmi tribe of Nepal




A geolinguistic analysis of historical writings on the Thangmi people and language of Nepal by Mark Turin, University of Cambridge & Cornell University

Thangmi is a Tibeto-Burman language spoken in the middle hills of central-eastern Nepal. The majority of Thangmi speakers still inhabit the districts of Dolakha and Sindhupalck, which they see as their traditional homeland. Both the Dolakha Thangmi speakers as well as their Sindhupalcok neighbours claim to be autochthonous to the areas in which they live. There is also a Thangmi community in north-eastern India, largely concentrated in Darjeeling, which is the product of an emigration earlier this century from high-altitude villages in Dolakha. According to the Ethnologue of the Summer Institute of Linguistics (Grimes 1978), there is also a Thangmi-speaking population in Tibet, although I was unable to verify this interesting proposition on a recent trip to Tibet.

Read more

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...