Tuesday, January 22, 2019

१०९ वर्षीयाको महादिव्य रथारोहण


 १०९ वर्षीयाको महादिव्य रथारोहण

माघ ८, २०७५प्रशान्त माली
काठमाडौँमहादिव्य रथारोहण अथवा देवत्व प्राप्त गरेको मानि बोसल (उड्ने घोडा) वाहन चढेर गरिने यात्रा हो नेवारी समुदायमा यो संस्कार १०८ वर्ष, महिना, ८ दिन, ८ घडी, ८ पला उमेरमा गरिन्छ
अति दुर्लभ मानिने यो पाँचौं जंक्व (महादिव्य रथारोहण) को सौभाग्य स्वयम्भूस्थित छाउनी गल्लीकी एक महिलाले पाइन् भन्दा प्रायलाई पत्याउन गाह्रो पर्ला। काठमाडौं महानगरपालिका–१५ बस्ने भाग्यमानी थकाली नंकी (ज्येष्ठ महिला) हुन् मय्जु महर्जन

शिरमा मयूरको प्वाँख, चाँदीको दाफा र अजु स्वाँ (गणेशलाई मनपर्ने फूल), शरीरमा तासको चोलो, दुपट्टाको सारीले सजिएकी महर्जनको मुस्कान आकर्षक थियो पुरोहित बज्राचार्यले यज्ञ गरेर विधिवत् मन्त्र उच्चारण गरी महर्जनलाई दिव्य दृष्टि (तेस्रो आँखा) प्रतिस्थापन गरे महर्जनबाट मंगलबार दिनभर आशीर्वाद लिन आउनेको भीडभाड थियो सबैले भेटीसहित ढोग्दै आशिष मागे दीर्घायुको कामना गरे यो संस्कार गरेकालाई नेवारी परम्परामा साक्षात् भगवान् मानिन्छ

चार छोरा तीन छोरीकी आमा उनका एक सय ८० भन्दा बढी नाति, पनाति, खनाति र बुहारी छन् उनका ४३ वर्षीय नाति रवीन्द्र महर्जन भन्छन्, ‘हजुरआमालाई अहिलेसम्म नियमित औषधि खुवाउनु परेको छैन महादिव्यरथारोहण गर्ने योजना १०० वर्ष उमेर पुगेकै बेलादेखि थियो भगवानले साथ दिएर सफल भयौं।’ उनले थपे, ‘हजुरआमाको दोस्रो पटक गरिने चन्द्ररथारोहण विधिवत् रूपमा सम्पन्न भएको थिएन यसमा चन्द्ररथारोहणमा गरिने कर्म पनि गरियो।’

नेवारी परम्पराअनुसार पहिलो जंक्व (भीमरथारोहण) ७७ वर्ष, ७ महिना, ७ दिन, ७ घडी, पला उमेर पुगेपछि गरिन्छ दोस्रो चन्द्ररथारोहण जन्म भएर एक हजार पटक पूर्णिमा दर्शन हुने बेलाको साइतमा ८२ वर्षको उमेरमा लाख बत्ती बालेर गरिन्छ यसबेला बसुन्धरा मण्डल दर्शन गराएर अष्टसिद्धिको कामना गर्ने प्रचलन छ तेस्रो (देवरथारोहण) ८८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला मा गरिन्छ यस बेला रथलाई झ्यालबाट भित्र्याइन्छ यसलाई महारथारोहणअथवा सूर्य रथारोहण पनि भनिन्छ

९९ साल, महिना, ९ दिन, ९ घडी, ९ पलामा चौथो दिव्य रथारोहण गरिन्छ यस बेलासम्म बाँचिरहने बुढाबुढीलाई नयाँ घ्याम्पोमा राखिन्छ जसलाई गर्भमा बसेको मानिन्छ गुरुजुद्वारा तान्त्रिक विधिपूर्वक घ्याम्पो पूजा गरिन्छ बच्चा जन्मेको भावले घ्याम्पो फुटालेर अगाडिपट्टिबाट निकालिन्छ यसलाई पुनर्जन्मको रूपमा लिइन्छ

महर्जनकी ६ वर्षीय एलेक्स महर्जन र २ वर्षीय निष्मा महर्जन पाँच पुस्ताको नाति (खनाति) हुन्। एलेक्ससँगै उनका नाति पताति, छोरा छोरी ज्वाइँले लावा, अबिर छर्केर स्वागत गरी रथ तानेर स्वयम्भू परिक्रमा गराएका थिए यात्राको पहिलो पंक्तिमा इन्द्र र नाय् खिं बाजा थियो पुरोहित राजु बज्राचार्य भन्छन्, ‘इन्द्र बाजा बजाएपछि स्वर्गका राजा इन्द्र अनिवार्य आउनुपर्छ इन्द्र उपस्थित भएमा काम सफल हुने विश्वास छ।’ उनले महादिव्य रथमा चढेर नगर परिक्रमा गरेमा ३३ कोटी देवता दर्शन गर्नुसरह मानिने बताए

पुरोहितद्वारा जंक्वमा अग्नि साक्षी राखेर होम–जप गरेर सूर्यको किरणमार्फत ग्रहदशा शान्त गरेका थिए जंक्व अवघिभर इन्द्र, बाय खिं र धिमे बाजा बजाइएको थियो महादिव्य रथारोहण गर्नुअघि सुरुमा पञ्चामृतले अष्टनाग–कलशबाट स्नान गराई नङ काट्न लगाई खुट्टामा अल: (एकप्रकारको रङ) लगाएका थिए पछि यमरी चटामरीले अभिषेक गराइएको थियो

आरोग्यको कामना गरेर दुबोलाई तेल र पीठोमा डुबाएर टाउको, हात र खुट्टामा छुवाएर पूजा गरिएको थियो यसपछि देवताको रूपमा लिइने पुरोहित बज्राचार्यको भनाइ छ अन्त्यमा सप्तपथ भनेर सात पाइला हिँडाइ सगुन दिइएको थियो प्रकाशित : माघ ८, २०७५ ०७:४७

Sunday, January 20, 2019

थारू संस्कृति जगेर्ना गर्न खिचरा महोत्सव

थारू संस्कृति जगेर्ना गर्न खिचरा महोत्सव

भरतपुर, पुस २२ गते । थारू संस्कृति जगेर्ना गर्न चितवनमा खिचरा महोत्सव आयोजना गरिएको छ । थारू समुदायको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको खिचरा महोत्सवको छैँटौ संस्करण यस वर्ष पनि हुनलागेको हो । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा हुनलागेको महोत्सवको तयारी तीव्र पारिएको आयोजक थारू कल्याणकारिणीसभा क्षेत्र नं ७ खैरहनीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
यस वर्षको महोत्सवलाई विशेष बनाउन थारू संस्कृतिसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिइएको महोत्सव मूल आयोजक समितिका संयोजक चूडामणि चौधरीले जानकारी दिनुभयो । उहाँले थारू जातिमा मात्र सीमित रहेको संस्कृतिलाई आम मानिसमा पु¥याउन महोत्सवले महत्वपूर्ण योगदान दिने बताउनुभयो ।
चितवन जिल्लामा आदिमकालदेखि आदिवासी थारू समुदायको बसोबास रहेको क्षेत्रमा हुनलागेको महोत्सवले विशेष महत्व र अर्थ राख्ने थारू कल्याणकारिणीसभा चितवनका पुर्वअध्यक्ष तथा महोत्सवका आर्थिक समिति संयोजक टेकेन्द्र चौधरीले बताउनुभयो । उहाँले माघी पर्वलाई उत्सवका रूपमा मनाउन र थारू समुदायका मानिस जमघट हुने साझा थलोका रूपमा महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।
महोत्सवमा थारू संस्कृति झल्कने घरहरूका साथै खानाका परिकारहरु, थारू सांस्कृतिक मिनी सङ्ग्राहलय, घोघीं र चिचरको मूर्ति, हाँस समाउने प्रतियोगिता, चेपाङ र दराई जातिका परम्परागत खानाका परिकारसँगै विभिन्न प्रतियोगितात्मक खेल आयोजना गरिनेछ । त्यस्तै महोत्सवमा बालउद्यान, कृषि परिसर, अटो परिसरलगायतका स्टलहरू रहनेछन् । रासस

The value of the intangible


Published: September 12, 2015 1:40 am On: Art & Culture
Kai Weise
BAGAN: A workshop on Intangible Heritage that took place in Bagan Myanmar raised some basic questions on the value of the intangible. What is intangible cultural heritage? Even though the 2003 UNESCO Convention for the Safeguarding of the Intangible Cultural Heritage (ICH) defines ICH, it is hardly clear what it really is and especially how we are to grasp this ethereal determinant of culture.
The intangible is in constant flux as it adapts to changing circumstances. It is in minds of humans that intangible heritage exists in the form of knowledge. Through skills derived by the human body it is possible to express intangible heritage. The knowledge and skills are passed down from generation to generation and each generation will add, amend, elaborate or remove aspects as communities develop and change. This process ensures that communities retain their own identity whereby ensuring the overall safeguarding of cultural diversity.
The 2003 Convention defines five domains of ICH which are (1) oral tradition, (2) performing arts such as traditional music, dance and theatre, (3) social practices, rituals and festive events, (4) knowledge and practices concerning nature and the universe and (5) traditional craftsmanship. The convention’s goals are to safeguard intangible cultural heritage while ensuring its respect, raising awareness on its importance and providing assistance to do so. Safeguarding would mean “to ensure the long-term viability of intangible heritage within communities and groups”. There is no definition provided for ‘community’ since the understanding of what a community is may vary from case to case. It is, however, necessary for communities to respect each other’s differences while conforming to internationally acknowledged principles of human rights.
The 1972 UNESCO Convention Concerning the Protection of the World Cultural and Natural Heritage addresses intangible heritage in a slightly different manner. As a convention that is concerned with immovable tangible heritage, the value of the intangible heritage lies in its association with the site. Both Kathmandu Valley and Lumbini were inscribed on the World Heritage List based on their associative value to the intangible. The nomination dossier states that the Kathmandu valley “is tangibly associated with the unique coexistence and amalgamation of Hinduism and Buddhism with animist rituals and Tantrism. The symbolic and artistic values are manifested in the ornamentation of the buildings, the urban structure and often the surrounding natural environment, which are closely associated with legends, rituals and festivals”.
Great expectations are placed on intangible heritage as the vehicle for cultural continuity. This can be the means of unifying communities and creating resilient societies. It is especially evident after a major disaster such as the recent earthquake that communities resort to their cultural roots to provide strength and reassurance for their healing and rehabilitation. The fervour with which the festivals are celebrated with people singing and dancing through the rubble strewn streets shows their will to ensure continuity.
The rehabilitation and reconstruction of the monuments will only be possible if we have knowledgeable and skilled artisans. The master crafts-persons must be identified and acknowledged. They must be seen as ‘living national treasures’ as the Japanese do for ‘keepers of important intangible cultural properties’. The system of apprenticeship must be expanded to ensure that sufficient artisans are trained to allow for the restoration of the tangible heritage.
The rehabilitation of our cultural sites will depend more on the strength of the intangible than that of the tangible heritage. We talk of strengthening the monuments to withstand the impact of earthquakes. There are misconceived ideas floating around promoting the use of modern technology and materials to ensure resilient structures. Over time it is not the structures that will persist. Cultural continuity can only be ensured through the knowledge and skills of the community being passed on from generation to generation.
The author is an architect and can be contacted through paharnepal@hotmail.com
A version of this article appears in print on September 12, 2015 of The Himalayan Times.

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...