Tuesday, January 22, 2019

१०९ वर्षीयाको महादिव्य रथारोहण


 १०९ वर्षीयाको महादिव्य रथारोहण

माघ ८, २०७५प्रशान्त माली
काठमाडौँमहादिव्य रथारोहण अथवा देवत्व प्राप्त गरेको मानि बोसल (उड्ने घोडा) वाहन चढेर गरिने यात्रा हो नेवारी समुदायमा यो संस्कार १०८ वर्ष, महिना, ८ दिन, ८ घडी, ८ पला उमेरमा गरिन्छ
अति दुर्लभ मानिने यो पाँचौं जंक्व (महादिव्य रथारोहण) को सौभाग्य स्वयम्भूस्थित छाउनी गल्लीकी एक महिलाले पाइन् भन्दा प्रायलाई पत्याउन गाह्रो पर्ला। काठमाडौं महानगरपालिका–१५ बस्ने भाग्यमानी थकाली नंकी (ज्येष्ठ महिला) हुन् मय्जु महर्जन

शिरमा मयूरको प्वाँख, चाँदीको दाफा र अजु स्वाँ (गणेशलाई मनपर्ने फूल), शरीरमा तासको चोलो, दुपट्टाको सारीले सजिएकी महर्जनको मुस्कान आकर्षक थियो पुरोहित बज्राचार्यले यज्ञ गरेर विधिवत् मन्त्र उच्चारण गरी महर्जनलाई दिव्य दृष्टि (तेस्रो आँखा) प्रतिस्थापन गरे महर्जनबाट मंगलबार दिनभर आशीर्वाद लिन आउनेको भीडभाड थियो सबैले भेटीसहित ढोग्दै आशिष मागे दीर्घायुको कामना गरे यो संस्कार गरेकालाई नेवारी परम्परामा साक्षात् भगवान् मानिन्छ

चार छोरा तीन छोरीकी आमा उनका एक सय ८० भन्दा बढी नाति, पनाति, खनाति र बुहारी छन् उनका ४३ वर्षीय नाति रवीन्द्र महर्जन भन्छन्, ‘हजुरआमालाई अहिलेसम्म नियमित औषधि खुवाउनु परेको छैन महादिव्यरथारोहण गर्ने योजना १०० वर्ष उमेर पुगेकै बेलादेखि थियो भगवानले साथ दिएर सफल भयौं।’ उनले थपे, ‘हजुरआमाको दोस्रो पटक गरिने चन्द्ररथारोहण विधिवत् रूपमा सम्पन्न भएको थिएन यसमा चन्द्ररथारोहणमा गरिने कर्म पनि गरियो।’

नेवारी परम्पराअनुसार पहिलो जंक्व (भीमरथारोहण) ७७ वर्ष, ७ महिना, ७ दिन, ७ घडी, पला उमेर पुगेपछि गरिन्छ दोस्रो चन्द्ररथारोहण जन्म भएर एक हजार पटक पूर्णिमा दर्शन हुने बेलाको साइतमा ८२ वर्षको उमेरमा लाख बत्ती बालेर गरिन्छ यसबेला बसुन्धरा मण्डल दर्शन गराएर अष्टसिद्धिको कामना गर्ने प्रचलन छ तेस्रो (देवरथारोहण) ८८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी, ८ पला मा गरिन्छ यस बेला रथलाई झ्यालबाट भित्र्याइन्छ यसलाई महारथारोहणअथवा सूर्य रथारोहण पनि भनिन्छ

९९ साल, महिना, ९ दिन, ९ घडी, ९ पलामा चौथो दिव्य रथारोहण गरिन्छ यस बेलासम्म बाँचिरहने बुढाबुढीलाई नयाँ घ्याम्पोमा राखिन्छ जसलाई गर्भमा बसेको मानिन्छ गुरुजुद्वारा तान्त्रिक विधिपूर्वक घ्याम्पो पूजा गरिन्छ बच्चा जन्मेको भावले घ्याम्पो फुटालेर अगाडिपट्टिबाट निकालिन्छ यसलाई पुनर्जन्मको रूपमा लिइन्छ

महर्जनकी ६ वर्षीय एलेक्स महर्जन र २ वर्षीय निष्मा महर्जन पाँच पुस्ताको नाति (खनाति) हुन्। एलेक्ससँगै उनका नाति पताति, छोरा छोरी ज्वाइँले लावा, अबिर छर्केर स्वागत गरी रथ तानेर स्वयम्भू परिक्रमा गराएका थिए यात्राको पहिलो पंक्तिमा इन्द्र र नाय् खिं बाजा थियो पुरोहित राजु बज्राचार्य भन्छन्, ‘इन्द्र बाजा बजाएपछि स्वर्गका राजा इन्द्र अनिवार्य आउनुपर्छ इन्द्र उपस्थित भएमा काम सफल हुने विश्वास छ।’ उनले महादिव्य रथमा चढेर नगर परिक्रमा गरेमा ३३ कोटी देवता दर्शन गर्नुसरह मानिने बताए

पुरोहितद्वारा जंक्वमा अग्नि साक्षी राखेर होम–जप गरेर सूर्यको किरणमार्फत ग्रहदशा शान्त गरेका थिए जंक्व अवघिभर इन्द्र, बाय खिं र धिमे बाजा बजाइएको थियो महादिव्य रथारोहण गर्नुअघि सुरुमा पञ्चामृतले अष्टनाग–कलशबाट स्नान गराई नङ काट्न लगाई खुट्टामा अल: (एकप्रकारको रङ) लगाएका थिए पछि यमरी चटामरीले अभिषेक गराइएको थियो

आरोग्यको कामना गरेर दुबोलाई तेल र पीठोमा डुबाएर टाउको, हात र खुट्टामा छुवाएर पूजा गरिएको थियो यसपछि देवताको रूपमा लिइने पुरोहित बज्राचार्यको भनाइ छ अन्त्यमा सप्तपथ भनेर सात पाइला हिँडाइ सगुन दिइएको थियो प्रकाशित : माघ ८, २०७५ ०७:४७

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...