Tuesday, January 22, 2019

तस्बिरको राजनीति


तस्बिरको राजनीति 
समीक्षा 
मंसिर १५, २०७५राजेन्द्र महर्जन 
काठमाडौँ — क्लिष्ट लेखन किताबको पठनीयताका लागि अवरोध हुन सक्छ। जटिलभन्दा सरल र बुझिने लेखाइ/अनुवाद जरुरी देखिन्छ। प्रत्येक वाक्यमा प्रश्न उठाउने र मथिंगल घुमाउने क्षमताको हुनु यसको लेखन विशेषता हो 
तपाईं हीरा पार्कीलाई चिन्नुहुन्छ? डोटीको शैलेश्वरी मन्दिरमा ट्याम्को बजाउने वृद्ध दलित उनले दस वर्षको उमेरदेखि ६४ वर्षसम्म बाजा बजाए, तर पनि मन्दिर पस्न दिइएन २०६३ सालमा दलित अभियन्ताहरूले संघर्ष गरेर मन्दिर प्रवेशको अधिकार जिते, तब उनलाई मन्दिर प्रवेश गर्न डर लाग्यो अभियन्ताले घिसारेर मन्दिरभित्र लैजाँदा उनी मर्ने डरले बेहोस भए 

जर्मन मनोविश्लेषक एरिक फ्रमले सुझाएझैं ‘स्वतन्त्रताको भय’ बिनाको जीवन भनेको आत्मसम्मानसहितको जिन्दगी हो तीन हजार वर्षदेखि अछूत भनिने लाखौं जनताले ‘दलित’ पहिचान बोक्दै आत्मसम्मानले भरिएको जिन्दगी जिउने संगठित प्रयास गरेको पनि जुग भइसक्यो यसबीचमा अनेक विष्ट–बराजु र शासक फेरिए, दलन–उत्पीडनसँगै संघर्षका रूप पनि फेरिए, तर आत्मसम्मानको लडाइाको सार भने फेरिएको छैन यही प्रतिरोधको सचित्र गाथा हो, ‘दलित: अ क्वेस्ट फर डिग्निटी’ (दलित : आत्मसम्मानको खोजी) 

यसका शब्द र तस्बिरले वर्णव्यवस्था–जातभात विरुद्ध संघर्ष गरेका अम्बेडकरदेखि टीआर विश्वकर्मा र उमादेवी वादीसम्मका संघर्षको कहानी देखाएका छन् कसको तस्बिर खिच्ने, कसको फोटो कहाँ झुन्ड्याउने, कसको छायाछविले शासन गर्ने भन्ने प्रक्रियामाथि प्रश्न उठाएको छ यस अर्थमा नेपाली समाजको तस्बिरले ‘तस्बिरको राजनीति’ माथि पनि सवाल उठाउँदै नयाँ सदृश्य डिस्कोर्स सिर्जना गर्न खोजेको छ 

सिंहदरबारभित्र टाँसिएका फोटोबाट र टाँसिन बाँकी जीवित तस्बिरबाट शासित छन् हाम्रा मनमस्तिष्क दुई वर्षअघि नै पाटन दरबारमा उभिएका तस्बिरले सोधेका थिए : सिंहदरबारमा झुन्ड्याइएका तस्बिरमा बाहुन–क्षत्रीका अनुहार मात्रै किन भए, किन भएनन् ‘शूद्र’ र ‘अछूत’ का मुहार पनि? आज पुस्तकका रूपमा जीवन्त भएका तस्बिर सिंहदरबारको संरचनामा मात्रै होइन,त्यहाँ झुन्ड्याइने तस्बिर र सिंहदरबारबाहिरका आम मान्छेबीच, शासक र बहुजनबीचको सम्बन्धमा हेरफेरका लागि न्यायोचित उत्तर खोज्ने कोसिसको सदृश्य दस्तावेज हुन् 

हेर्ने र नहेर्ने, शुद्ध र अशुद्ध, सम्मान र अपमान : जातप्रथाको दिनचर्याका अनेक आयाम हुन् पूजक पूजितका आखा आमुन्नेसामुन्ने नहोउन्, पूजित देवीदेवता नबिटुलियोस् भनेरै ‘अछूत’ लाई मन्दिर पस्न निषेध गर्ने परम्परा बसाइएको देखिन्छ ‘देवत्व’ सँग साक्षात् सम्बन्ध बनाउन वञ्चित गर्न नै निषेधमार्फत अपमान गर्ने जारी छ जारी मन्दिर प्रवेशको प्रयास पनि, देवत्वसँग साक्षात्कार गर्ने आस्तिक कोसिस पनि यस्ता कोसिससँगै विभेदकारी धर्ममाथि प्रश्न उठाउने क्रम पनि जारी दलित अभियन्ता जवाहररोक्काले सोधेका थिए, ‘जहाँ हाम्रो अपमान हुन्छ, त्यहाँ हामी किन जाने?’ 

राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा, सामन्तवादबाट पुँजीवादतिर जवाइको क्रममा भएका अनेक संघर्षका कारण छुवाछूत र जातीय विभेद घटेका छन् तर नयाँ खालका दलन र उत्पीडनसँगै अपमानको सिलसिला भने जारी छ हिजोका मासिन्या (दास बनाउने हुने) अछूतहरू आज कम ज्याला र धेरै अपमानसँगै श्रमिक जिन्दगी जिउन विवश छन् उनीहरूको सम्मानपूर्ण जीवनका लागि आधारभूत अधिकार मात्रै सुनिश्चित गरेर पुग्दैन, त्यसभन्दा अझै थप केही गर्नुपर्छ ‘यसका लागि दलित श्रमका विभिन्न स्वरूपलाई समाजप्रति महत्त्वपूर्ण अर्थपूर्ण योगदानको रूपमा आकलन गर्न सक्ने मूल्यमान्यताको व्यवस्थापनि चाहिन्छ।’ 

दलित हुनु भनेको जीवन र श्रमका लागि समानता, स्वतन्त्रता तथा न्यायका सिद्धान्तमा आधारित मूल्यमान्यताको नयाँ संरचना निर्माण गर्ने उद्देश्य लिनु पनि हो।’ यही उद्देश्यका लागि भएका प्रयास संघर्ष क्रममा हिजो विष्ट–बराजु, मालिक र शासकहरूबाट अछूत एवं मासिन्याजस्ता नकारात्मक पहिचान पाएका मानिसहरूले ‘दलित’ को गौरवपूर्ण पहिचान भिरेर प्रतिरोध गरिरहेका हुन् यही पहिचानका साथ आफ्ना श्रम, सीप, कला र व्यक्तित्वको सम्मानका लागि चलाएका संघर्षकै कारण उनीहरूमा ‘स्वतन्त्रताको भय’ ले कम शासन गर्न थालेको आभास हुँदै छ 

यही संघर्षसँगै अन्य आन्दोलनका कारण वर्णव्यवस्था र जातभातको हिंसा सार्वजनिकबाट निजी ठाउँमा खुम्चिँदै छ नयाँ रूपरङमा गाउँदेखि सहरसम्म अपमान गर्ने क्रम पनि अनुभूत गर्न सकिन्छ वर्णव्यवस्था र जातभातबाट मुक्त नभएको राजनीतिक, आर्थिक र सांस्कृतिक सत्ताको मूलधारले दलितको ओजपूर्ण प्रतिनिधित्व सहजै स्विकार्न नखोजे पनि ठाडै नकार्न सक्ने हालत अब छैन त्यसैले तीनवटै सत्तामा ‘वार अफ पोजिसन’ मार्फत मानवीय लोकतान्त्रिक धरातल निर्माणको क्रम जारी  

शब्द र तस्बिर पनि ज्ञानका अन्य विधाजस्तै दोधारे तरबार हुन् चाहे हीरा पार्की हुन् या उमादेवी बादी, जोकसैमा पनि यस किताबका शब्द वा तस्बिर हेर्दा आत्मसम्मानको भाव जाग्न पनि सक्छ तर, मानव बेचबिखन, चरम दुव्र्यवहार र गुलामी भोगेका बादी महिलाको तस्बिरपछि कन्डमको तस्बिर राख्दा आत्मसम्मानमा ठेस लाग्न सक्छ 

क्लिष्ट लेखन किताबको पठनीयताका लागि अवरोध हुन सक्छ जटिलभन्दा सरल बुझिने लेखाइ अनुवाद जरुरी देखिन्छ प्रत्येक वाक्यमा प्रश्न उठाउने मथिंगल घुमाउने क्षमताको हुनु यसको लेखन विशेषता हो आलोचनात्मक शब्द तस्बिरको सम्मिश्रणले सामाजिक रूपान्तरणका अनेक विषयमा नयाँ बहस सिर्जना गर्न सक्छ यसले स्वतन्त्रताप्रतिको भय भगाउन आत्मसम्मानपूर्ण मानवीय लोकतान्त्रिक जीवन बनाउन सघाउ पुर्‍याउने आशा गर्न सकिन्छप्रकाशित : मंसिर १५, २०७५ ०८:३२ 


लेकगाउँ टु खोप्रा


लेकगाउँ टु खोप्रा 
फोटो 
कार्तिक १०, २०७५यात्रा थुलुङ राई 
काठमाडौँ — अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने म्याग्दीको तातोपानीबाट पूर्व उत्तर पैदल हिंड्दै चार घन्टामा लेकगाउँ पुग्न सकिन्छ लगभग एक सय घर धुरी रहेको लेकगाउँमा मगर जातिको बाहुल्य छ   
प्राकृतिक रूपमा धनी यो गाउँको सुन्दरता भन्नु नै हिमालैहिमालको घेराबन्दी हो पदयात्रीका लागि उत्कृष्ट रुट मानिएको लेकगाउँबाट नीलगिरि हिमाल अन्नपूर्ण पहिलो देखिन्छ हिंडाइको दोस्रो दिनमा धौलागिरि, टुकुचे हिमाल आँखैसामु आउँछ स्थानीय घान्द्रुक इलाकाका संरक्षण अधिकृत विदुरविक्रम कुइँकेलका अनुसार, ३७ सय मिटर उचाइमा पर्ने खोप्रा डाँडाबाट बिहानै सुनौलो घामको प्रतिच्छायामा अन्नपूर्ण साउथदेखि गुर्जा हिमालसम्मै मनोहक देखिन्छ
kartik 10, 2075 thulung rai-यात्रा थुलुङ राई 
प्रकाशित : कार्तिक १०, २०७५ ०९:४२

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...