Friday, February 01, 2019

उबेलाको दसैं...


आश्विन २४, २०७५
इलाम सदरमुकामका घनेन्द्र भक्तराजको यो ७७ औं दसैं हो । १९९८ सालमा जन्मिएका भक्तराजलाई वर्षको उमेरदेखिका दसैंको सम्झना  
इलाम सदरमुकामका घनेन्द्र भक्तराजको यो ७७ औं दसैं हो १९९८ सालमा जन्मिएका भक्तराजलाई वर्षको उमेरदेखिका दसैंको सम्झना छ त्यति बेला नौरथा लागेपछि स्थानीय बासिन्दा नारायणस्थन, सिंहबाहिनीलगायतका धार्मिकस्थल जाने गर्थे
माल्सिरी गाउँदै मन्दिर आउजाउ गरेको भक्तराजलाई आजैजस्तो लाग्छ ‘अहिले यो सुन्न छाडियो,’ उनले भने सप्तमीका दिन टुँडिखेलमा खेलकुद कार्यक्रम हुन्थ्य तोप पड्काउने बढाइँ हुँदा केटाकेटी तँछाडमछाड गर्दै पुग्थे उनी पनि त्यही भिडमा हुन्थे
फूलपाती बढाइँ हेर्न टाढाटाढाबाट मानिस पुग्थे अहिले त्यस्तो चहलपहल नहुने भक्तराज बताउँछन् सानो टुँडिखेललगायत स्थानमा रोटेपिङ खेलेको अनुभव उनलाई ताजै ‘सदरमुकाममा रोटेपिङ देख्न छाडेको वर्षौं भयो,’ उनले भने, ‘आधुनिकतासँगै दसैं फेरिएको छ, असली मज्जा पहिला नै हुन्थ्यो।’
हरेक दसैंदेखि तिहारसम्म हाउजीले रौनक नै बेग्लै हुने गरेको उनी बताउँछन् अझै पनि नियमित रूपमा हाउजी आयोजना हुने भएकाले तन्नेरीदेखि पाकासम्म सहभागी हुन्छन्
उति बेला घर पोत्ने कमेरो गाउँगाउँमा गएर खोजेको उनलाई अझै याद आउँछ ठूला घर हुनेले घोडामा भारततिरबाट चुना बोकाएर पोत्ने गरेको उनी सम्झछन् २०१७ सालमा फिदिममा विवाह गरेका भक्तराज पहिलो दसैंमा नै कोसेलीको भारी बोकेर ससुराली पुगेका थिए ‘पहिलो दिन राँके र दोस्रो दिन लालीखर्क बसेपछि बल्ल तीन दिनमा फिदिम पुगेको थिएँ,’ उनले सुनाए, ‘लगातार चार पटक जति हिँडेरै दसैंमा ससुराली पुगेको छु।’
रातभरि ढिकीमा चिउरा कुटी बिहान इलाम आएर बिक्री गरेको क्षण गोलाखर्ककी कुन्ता चौहानले भुलेकी छैनन् ७८ वर्षीया उनले १० वर्षको उमेरमा चिउरा बेचेर नयाँ लुगा किनेकी थिइन् उनलाई अझै पनि त्यो बेला खाएको चिउराको स्वाद आउँछ तर, अहिले ढिकीमा कुटेको चिउरा नपाउँदा न्यास्रो लाग्छ ‘पहिले अहिलेमा धेरै फरक नि,’ इलामको बिहीबारे हाटमा फलफूल बिक्री गरिरहेकी चौहानले भनिन्, ‘मासु खाने क्रमचैं उस्तै देख्छु।’
वर्षभरि खेतीकिसानी गर्ने अनि दसैंमा सबै आफन्त भेला भएर रमाइलो गर्दाको मज्जाको तुलना हुन नसक्ने उनी बताउँछिन् ‘कहिले दसैं आउँछ भनेर बर्खादेखि पर्खिरहेका हुन्थ्यौं,’ उनले थपिन्, ‘अहिलेका केटाकेटीलाई टीभी र मोबाइल भएर होला, उति धेरै चासो भएको पाउँदिनँ।’
उनलाई राणाकालको दसैं पनि अलिअलि याद छ ‘उबेला छोरा मान्छेलाई ठाडो शिर गरेर हेर्न पाइँदैनथ्यो,’ ७ सालपछि अलि हूलदंगाजस्तै भयो दसैंमा राम्रै भए अरू बेला घरका जवान मान्छेहरू दिउँसोभरि जंगलतिर हुन्थे राति मात्र घरमा आएर बस्थे’ नयाँनयाँ लुगा लगाएर मावल गएको याद उनलाई ताजै छ १४ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी चौहान दसैंमा हिँड्दै माइत गएको क्षण त्यहाँको भेटघाटलाई अविस्मरणीय मान्छिन्
इलाम नगरपालिका सिङफ्रिङका मानबहादुर तामाङलाई पनि पहिलेपहिलेको दसैं सम्झँदा रमाइलो लाग्छ रे रमाइलो गर्ने अरू उपाय नहुँदा दसैंको प्रतीक्षा हुने उनी सम्झन्छन् सबै गाउँले दसैंको रमाइलोमा रमेको देख्दा केटाकेटी उमेर कम गज्जब नलाग्ने उनी सुनाउँछन् दसैंमा सुम्बेक ससुराली गएको क्षण पनि उनलाई ताजै
६ वर्षको उमेरदेखि कोतघरमा मार हानेको देखेका वरभञ्ज्याङका टेकबहादुर सुवेदी अहिले आफूले पनि मार हान्न छाडेको बताउँछन् उबेला सेना प्रहरीले हर्षबढाइँ गरेको सम्झने उनी अहिले खल्लो बन्दै गएको सुनाउँछन् ‘पहिलेको हर्कबढाइँ गज्जब थियो,’ उनले भने, ‘अहिले को आयो गयो पत्तै हुँदैन।’
प्रकाशित : आश्विन २४, २०७५ ११:४४

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...