Thursday, February 14, 2019

छन् ३९ पोखरी, छैन स्याहार


छन् ३९ पोखरी, छैन स्याहार
कुनै बेला पिउन योग्य पानी हुन्थ्यो, अहिले दुर्गन्धले छेउमा पनि पुग्न सकिँदैन
फाल्गुन १, २०७५प्रशान्त माली
ललितपुरपुल्चोकको सिटुंगा पोखरीमा फोहोर पानी जमेको छ पाटनमा भएका ३९ पोखरीको हालत उस्तै छ जीवन्त छैन पुल्चोकको पोखरी कुनै बेला पुल्चोकवासीका लागि खानेपानीको स्रोत थियो खानेपानीबाहेक प्रत्येक वर्ष रातो मत्स्येन्द्रनाथ रथ बनाउँदा बेत भिजाउने पोखरी पनि यही हो
पुल्चोकका ६१ वर्षीय रूपकुमार शाक्य सानै छँदा लेले–टीकाभैरव–चापागाउँ हुँदै कुपन्डोलसम्म बग्ने राजकुलोको पानी यही पोखरीसम्म आउँथ्यो खानेपानी बाहेक नुहाउने, लुगा धुने लगायत कामका लागि यो पोखरीको पानी लाने गरिन्थ्यो अहिले भने यसको पानी प्रयोग गर्नु त टाढाको कुरा, पोखरी नजिकै जान पनि दुर्गन्धले गाह्रो छ

शाक्य भन्छन्, ‘पहिला पोखरी इनार जस्तो गहिरो थियो अहिले पुरिएर सानो भएको पोखरी सुकेपछि नजिकैको ढुंगेधारामा पनि पानी आउन छोड्यो।’ उनले जनसंख्या चापसँगै पानी सम्बन्धी दीर्घकालीन योजना निर्माण नहुँदा राजधानीवासी पानीको दुर्दशामा चेपिएको बताए ‘पानीकै लागि मत्स्येन्द्रनाथको जात्रा गरिने पाटनमा अहिले हाहाकार छ,’ उनले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि राजकुलो नगर ल्याउनेमा आशा थियो।’

कुमारीपाटीको त: पोखरी कुनै बेला १७ रोपनी क्षेत्रफलमा फैलिएको थियो ललितपुर नगर पञ्चायतले केही भाग बेच्यो केही मिचियो अहिले एक रोपनी पनि बाँकी छैन लगनखेलमा ७ वटा पोखरी थिए अहिले न्हुँ मात्र बाँकी राजदल गण परिसरको कमल र अशोक स्तूप अगाडिको सप्तपाताल पोखरी पनि अस्तित्व हराउने क्रममा छन्

ललितपुर महानगरपालिकाद्वारा केही दिनअघि जावलाखेलमा ढुंगेधारा तथा आकाशेपानी संकलन र पुनर्भरण विषयक अन्तक्र्रियामा यूएन हाविट्याडका नेपाल प्रमुख पद्मसुन्दर जोशीले पोखरी, ढुंगेधारा, राजुकलो संरक्षण गर्न ललितपुर महानगरपालिकाले पानी प्रणाली सम्बन्धी छुट्टै नीति बनाएमा संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेनीति तर्जुमा गर्दा प्राचीन स्मारक संरक्षण, जलस्रोतलगायत ऐनलाई पनि आधार मान्न सकिन्छ,’ उनले भने, ‘यी सम्पदालाई राष्ट्रिय सम्पदा भनी महानगरपालिका बोर्डले पास गरेर संरक्षण गर्न सकिन्छ।’

बर्खामा महानगरमा ढल फुट्ने समस्या दशकौंदेखि उस्तै छ पाटनभरिका ढल पाटन दरबार क्षेत्रमा आउने गर्छन् प्रत्येक वर्ष दरबार नजिकैको महापाल गा:बहाल चोकमा जलमग्न हुने गर्छ जोशी भन्छन्, ‘सहरी क्षेत्रका राणाकालीन ढल समायानुकूल फेर्न नसक्दा मात्र ढल सडकमा बग्ने समस्या भएको होइन जमिनमा पानी रिचार्ज नहुँदा जलमग्न भएको हो।’ उनका अनुसार पुर्खाले बस्तीका सिरान, बीच र पुछारमा पोखरी बनाउनुको कारण नै पानी जमिनमा रिचार्ज गर्नका लागि हो

सामान्यतया सिरानमा बनाइएको पोखरी ठूलो आकारको हुन्छ जसले जलाशय भण्डारको भूमिका मात्र नभई वर्षाको भेलबाट बस्तीलाई जोगाउँछ राजकुलोको पानी सञ्चित गर्ने ठाउँ पनि यही हो,’ उनले भने, ‘यस्तो पोखरी पाटनको लगनखेलस्थित सप्तपाताल पोखरी, काठमाडौंको रानी पोखरी, इखा पोखरी र भक्तपुरमा न: पुखु, सिद्धिपोखरी र कमल विनायक पोखरी हुन्।’

जावलाखेल र इयुलाख्या पोखरी पाटन मूलत: वर्षातको पानी संकलन गरेर सिँचाइ गर्न बनाइएका पोखरी हुन् उनका अनुसार बस्ती बीचमा बनाइएका पोखरी सामान्यतया मध्यम आकारका छन् घरायसी पानी, आगलागी निभाउनका लागि उपयोग गरिन्छ ठूलो वर्षात्मा जल भण्डारको काम गर्छ पाटनमा पिम्बहाल, खपिंछे, पूर्णचण्डी पोखरी, काठमाडौंमा खेचा, पाको पोखरी र भक्तपुरमा क्वाथदों, सलां गणेश र नागपोखरी जलभण्डार गर्ने उद्देश्यले बनाइएका पोखरी हुन्

बस्तीका पुछारमा बनाइएका पोखरी बाढी रोक्न र पहिरोबाट जोगाउन, हाँस र गाईबस्तु पाल्नेलाई लक्षित गरेर बनाइएका हुन् फोहोर सफा गर्न पनि यही पोखरीको प्रयोग हुन्छ च्यासल, गुइता, लुंखुसी, लिंगलगायत पोखरी पुछारमा बनाउनुको कारण यही हो ललितपुर महानगरपालिका सामाजिक विकास समिति संयोजक २४ नम्बर वडाध्यक्ष दिनेश कार्कीले पानी प्रणालीसम्बन्धी नीति निर्माण गरी कार्यान्वयनमा ल्याइने बताए

यसका लागि योजनाका साथ अगाडि बढ्छौं,’ उनले भने राजकुलो पहिलो चरणमा भारतीय दूतावासको आर्थिक सहयोगमा चापागाउँसम्म पुनर्निर्माण भइसकेको छ दोस्रो चरणमा पाटनसम्म ल्याउने योजना मात्र अलपत्रमा परेको हो कुलो नचलेपछि सहरका मात्र नभई काँठ क्षेत्रका अधिकांश मल्लकालीन पोखरी, ढुंगेधारा र इनारहरू सुकिसकेका छन् पानी भएका पोखरीमा पानी फेर्न नपाउँदा दुर्गन्ध बढेको छ

राजकुलोमा नल्लुखोलाको पानी पनि मिसिन्छ नल्लुको बाँध भत्किएको राजकुलोबाट लेले खोलाको पानी मात्र चापागाउँसम्म आउने गरेको छ सुनाकोठी, ढोलाहिटी, खुमल्टार, सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक र कुपन्डोलसम्मको कुलो भत्केर जाम कतै मिचिसकेको

करिब २५ किलोमिटर लम्बाइ भएको कुलोमा ०४७ सम्म १६ जना कुलो हेर्ने कर्मचारी थिए ठेचो चापागाउँ साबिक गाविसबाट तलब दिई राखेका दुई जना कर्मचारीले साधारण मर्मत मात्र गर्दै आएका छन् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पोखरी संरक्षण गर्न चालु आर्थिक वर्षमा एक करोड ५८ लाख रुपैयाँ बजेट विनियोजित गरेको बताए

प्रकाशित : कान्तिपुर, फाल्गुन १, २०७५ १०:५६

कुन्क्यौली


कुन्क्यौली
शनिबार, २६ माघ २०७५, १२ : ५३हेमन्त विवश
सुदूरपश्चिमेली महिलाका सामु उभिएका छन् पीडाका अग्ला हिमालहरु।  भरिभराउ देखिन्छन् आँसुका पोखरी।  उसो त पितृसत्तात्मक समाजको बोलवाला भएको मुलुकमा हरेक क्षेत्रका महिला पीडित नै छन्।  विरह र वेदनाका सुस्केरा अलापेकै छन्।  तुलनात्मक हिसाबले ती सुस्केरा बढी नै सुनिन्छन् मध्य तथा सुदूरपश्चिममा।  यति हुँदाहुँदै पनि कुनै कुनै चाडपर्वले केही दिनलाई भए पनि ती पीडाका लहरलाई बिर्सिन सघाउ पुर्‍याउँछन्।  त्यो आत्मीयता बोक्दै संवेदना र भावनाले भरिपूर्ण भएर दुःख बिर्साउन आइपुग्ने पर्व मध्ये एउटा हो माघे त्यार।  
हरेक वर्ष धर्मी महिनाका रुपमा देखा पर्छ माघ।  पुसलाई अधर्मी महिना भनियो परापूर्व कालदेखि नै।  ‘पुसका लामा रात कटाउन नै धौ भयो, कति सुत्नु यताउति पल्टिँदै जिउ नै दुख्यो’ भन्ने भनाइ सुनिन्छन् गाउँघरतिर।  पुसको खासै महत्व देखिँदैन।  मात्र दोष व्यहोर्ने अपजसे महिनाका रुपमा चिनिन्छ।  रित्तो र अधर्मी ठानिएको पुसलाई विदाई गर्ने अनि जाडो भगाउने मान्यता अनुसार पुस मसान्तमा रातभर मुढा पोलेर आगो ताप्ने डेउडा खेल्ने गरिन्छ।  पुस मसान्तकै दिन धार्मिकरुपले मान्यता पाएका नदी किनारका क्षेत्रहरु दोभान, त्रिवेणी आदीमा विभिन्न क्षेत्रका मान्छे जम्मा भएर रात कटाउने गर्छन्।   माघेसंक्रन्तिको स्वागतका लागि यसरी रात बिताउने गरेको भनाइ सुनिन्छ। 
सुदूरपश्चिममा माघलाई विशेष गरी छोरीबेटीप्रतिको मान, सम्मान, आत्मीयता र प्रेम झल्काउने महिनाका रूपमा पनि हेर्ने गरिन्छ।  कुन्क्यौली खाइसकेपछि दिनभर डेउडा खेलेर रमाइलो गरिन्छ।   
पौराणिक र धार्मिक हिसावले पूजाआजा र रामरमिता गर्ने परम्परा जात विशेषका रहँदै आएको छ जुन धार्मिक र जातिय कट्टरताको उपज हो।  समाजमा सुरुदेखि नै हैकम जमाउँदै आएका वर्गको चतुर्‍याइँ हो।  त्यसका अलावा वर्षैपिच्छे सांस्कृतिक हिसाबले छुट्टै रौनकता छाउँदै आइपुग्छ माघ।  माघे संक्रान्तिलाई माघे त्यारका रुपमा बुझिन्छ।  त्यारको अर्थ हुन्छ पर्व।  संक्रान्तिका दिन बिहानै नदी, कुण्ड, तलाउ, खोला, कुवा वा पँधेरामा गई नुहाएर छोरीबेटी र बाहुनलाई दान दक्षिणा दिने गरिन्छ।  नातागोता आफन्तसँग भेटघाट हुने संयोग पनि हो माघेसंक्रान्ति।  माघे त्यारका रुपमा चिनिने यस पर्वलाई कतै नरहरि संक्रान्ति पनि भन्ने गरिन्छ।  धर्मी महिनाका रुपमा हेरिन थालेपछि यो महिनामा मारकाट गरिने कुरै भएन।  माघलाई विशेष गरी छोरीबेटीप्रतिको मान, सम्मान, आत्मीयता र प्रेम झल्काउने महिनाका रुपमा पनि हेर्ने गरिन्छ। 
सुदूरपश्चिममा तिजको महत्व त्यति थिएन।  हिजोआज अरुतिरको सिको गर्दै तिज मनाउने चलन चलेको छ। तिजको बेला दर खाने, व्रत बस्ने र पूजाआजा गर्ने चलन सदियौदेखि चल्दै आए तापनि छोरीचेलीलाई बोलाई दर खुवाउने चलन थिएन।  पछिल्ला दिनमा कहीकतै छोरीचेलीलाई बोलाई दर खुवाउने र नाचगान गर्ने गरिएको पाइन्छ तर सबैतिर त्यो चलन भित्रिसकेको देखिँदैन।  छोरीबेटीका लागि महत्वपूर्ण मनिने माघै हो।  माघभर छोरीबेटीलाई त्यारमाडो दिने गरिन्छ।  त्यारमाडो भनेको कोसेली हो।  जस अन्तर्गत मिष्ठान्न भोजन, चिउरा, सख्खर, फलफूल आदि पर्छन्।  दार्चुला र बैतडीमा भने उक्त कार्य चैतमा गरिन्छ।  ती दुई जिल्लाका छोरीबेटीहरुले माइतीको कोसेली पाउने महिना चैत हो।  नजिकका आउन सक्ने छोरीबेटीलाई माइतीले बोलाएर खुवाउने गर्छन्।  यसरी खुवाउने क्रममा वल्लापल्ला घरमा अर्थात जेठाकान्छा बुवाको घरमा पालैपालो एक छाक मिठो मसिनो खुवाउँछन्। 
घर पठाउने बेला कोसेलीको भारी बनाएर साथमा एक जना दाइभाइ, अविवाहित बहिनी वा अरु कुनै सहयोगीलाई पुर्‍याउन पठाउँछन्।  घरमा पुगेपछि देउरानी जेठानीहरुलाई पनि बडो उमंगका साथ आफ्ना माइतीले पठाएको कोसेली चखाउँछन्।  बोलाउँदा माइतीघर आउन नसक्ने छोरीचेलीका लागि दाइभाइ अथवा भरियालाई खोजेर भए पनि पठाउँछन् माघको कोसेली।  कोसेलीसँगै दिन्छन् वर्गत अनुसार लुगा कपडा पनि। 
कोसेलीका परिकार बढीजसो चामलको पिठोबाटै बनेका हुन्छन्।  दहीमा मुछेको बग्ने खालको चामलको पिठोमा प्रशस्त मात्रामा घिउ, चाहिँदो मात्रामा मह, सख्खर वा चिनी मिसाइन्छ।  यसमा नरिवल किसमिस, छोकडा पनि मिसाउन सकिन्छ।   फलामको बाक्लो भाँडोमा खरानी राखी त्यसमाथि केराको पात राखिन्छ।  उक्त पातमा तयार परिएको पिठो खन्याई पिठो माथि पनि केराका दुईतीन पात खप्ट्याइन्छ।  त्यस माथि तातो खरानी र केही कोइला खारी मन्द आगोमा पकाइन्छ।  सुइरोले गोबेर हेर्दा त्यसमा पिठो टाँसिएन भने रोटी पाकेको ठहरिन्छ।  यही विशेष प्रकारको केक जस्तो मोटो रोटीलाई निसोसे भनिन्छ।  धेरै दिनसम्म पनि यस्तो रोटी राख्न सकिन्छ।  बिग्रिंदैन।  यसलाई माघको  विशेष परिकारका रुपमा लिइन्छ।  साथै सेल, पुरी, माडा जस्ता अन्य परिकार पनि पकाइन्छ।  चामलकै पिठोबाट बन्ने त्यस क्षेत्रको अर्को प्रिय परिकार हो माडा।  पानीमा मुछेर पातलो बनाइएको पिठोलाई तावामा पकाइन्छ।  एक साइड राम्ररी पाकेपछि फर्काइन्छ र पाकेको साइडमा प्रसस्त मात्रामा घिउ लगाई त्यस माथि पुन पिठो राखिन्छ।  यसरी फर्काउँदै घिउ लगाउँदै पिठो थप्दै जादा पत्रैपत्र भएको मोटो रोटी तयार हुनजान्छ।
माघ ३ गतेलाई उत्तराइनी पर्वका रुपमा मनाउँछन् अविवाहित चेलीहरु।  त्यही दिनदेखि सूर्य मकर रेखाबाट कर्कट रेखातिर जाने अर्थात सूर्य उत्तर दिशातिर ढल्किने, दिन लामा हुँदै जाने, बिस्तारै जाडो हट्दै जाने मान्यता छ।  त्यही मान्यता अनुसार उक्त दिनलाई विशेष रुपले मनाउने गरिन्छ।  घरघरबाट भाँडाकुडा, खानाका विभिन्न परिकार पकाउन आवश्यक सामग्री जम्मा पारेर गाउँभन्दा टाढा एकान्तमा जम्मा हुन्छन् छोरीचेली।  मिष्ठान्न परिकार पकाई लहरै बसेर खाने गर्छन्।  जसलाई कुन्क्यौली भनिन्छ।  जसको अर्थ हुन्छ आफु र आफ्ना मनपर्ने मान्छेले मात्रै उपयोगमा ल्याउने काम–वनभोज।  यसरी कुन्क्यौली खाइसकेपछि दिनभर डेउडा खेलेर रमाइलो गर्छन्।  वर्षमा एकै दिन भए पनि आफुलाई मनपर्ने परिकार खाएर स्वतन्त्र ढंगले नाचगानका साथ मनोरञ्जन गर्ने छुट पाएका छन् उनीहरुले। 
सुदूरपश्चिमको चलनमा बिवाहिता हुन् वा अविवाहिता छोरीबेटीलाई खाना पकाइएका र अरुले खाएका जुठा भाँडा माझ्न दिइन्न।  त्यस्तै ससाना भाइबैनीका बाहेक अरुका लुगा कपडा समेत धुन लगाइदैन।  पाप लाग्छ भन्ने मान्यता छ।  माघको महिनामा त झनै सजग रहन्छन् उनीहरु।  
यहाँ ऋतु, बार, महिना सबै परिभाषित छन् धर्मका हिसाबले।  र त कुनै महिना धार्मिक मानिन्छन् कुनै मानिँदैनन्।  कुनै बार र गतेलाई शुभ मानिन्छ त कुनैलाई अशुभ।  जस्तै केही भनाइ नै छन् ‘छन्चर छूट नै मङ्गल भीट नै। ’ शनिबार छुट्टिनु हुँदैन, मंगलबार भेट्नु हँुदैन्।  त्यस्तै ‘मैनाइँ उन्नैसाइँ बाहिर नै दिनै उन्नैसाइँ भितर नै’ महिनाको उन्नाइस गते लामो यात्राका लागि घरबाट हिँड्नु हुँदैन, घर छाडेको उन्नाइसौं दिनमा घरमा पस्नु हुँदैन।  ठाउँ अनुसार केही फरक भए पनि यस्ता खाले मान्यता पूर्वदेखि पश्चिमसम्म छन्।  यस्ता कयौ खाले अन्ध बिश्वासले प्रवेश पाएका छन् संस्कृतिभित्र।
सांस्कृतिक महत्व बोकेको माघ महिना महिलाको पक्षमा उभिए जस्तो पनि देखिन्छ।  गाउँगर्खातिर हरेक जातजाति र समुदायका मानिसका लागि उत्तिकै प्रिय छ।  सडक किनारा हुन वा गाउँघरतिरका गोरेटा, सबैले थेगिरहेकै हुन्छन् अनगिन्ति पाइला।  कोसेलीका डोका हुन् वा पोका पुन्तुरा सुन्दर बिम्ब बनेर उक्लिरहेकै हुन्छन् उकालोमा।  माइतीका पाइला हेर्न बाटोमा आँखा बिछाइरहेकी हुन्छन् छोरीबेटीहरु।  विवाहका लगनहरुले उस्तै सजिएको हुन्छ माघ।  टाढाका डाँडाकाडा, पाखापखेरु समेत झङ्कृत हुने गरी जब छुट्छ पञ्चे बाजा र सौनाइको रन्को तब छुट्टै अनुभूति दिलाउँछ जिन्दगीको।  बिवाहको बेला गाइने फाग, माङ्गलका लय, ज्यूँतीमा देखिने कलात्मकता आदिले  बढाएझैं लाग्छ त्यस क्षेत्रको गरिमा।  सुन्दरता, आत्मीयता, संवेदना र भावनाले भरिएका छन् हाम्रा संस्कृतिका आयाम।  त्यही संस्कृतिभित्र केही प्राप्ति छ।  केही हानी छ।  केही संसारभर फैलाउन उचित हुने र केही छोड्नु पर्ने अनि केही समय सापेक्ष परिवर्तन गर्नु पर्ने कुरा पनि छन्।  यति हुँदाहुँदै पनि भन्न सकिन्छ सांस्कृतिक मान्यताले नै यहाँको जनजीवनलाई प्रेमिल बनाएको छ। 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...