Thursday, March 21, 2019

टुंगियो मदनोत्सव


टुंगियो मदनोत्सव
भक्तपुरफागुन शुक्ल अष्टमीदेखि सुरु भएको फागु अर्थात् भक्तपुरको प्रेमिल होली पर्व सम्पन्न भएको छ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको ऐतिहासिक भीमसेन मन्दिरको पाटीमा गुन्जने नेवारी भाषाको गीतसँगै मदनोत्सव (प्रेमको प्रतीक) का रूपमा भीमसेनलाई पुज्दै मनाइएको परम्परागत होली बुधबार साँझ सिद्धिएको छ
भीमसेन मन्दिरमा झुन्ड्याएको लिंगो बुधबार अर्थात् फागु पूर्णिमाको साँझ बोकेर भक्तपुर नगरको इनाचो, बाचुटोल, जेंला, जगाती, च्याम्हासिंह हुँदै ब्रह्मायणी मन्दिरमा लगेर ब्रह्मायणी नदीमा पखालेर पुनः च्यामासिंह हुँदै, तचपाल स्थित भीमसेन मन्दिरमा ल्याएर थन्क्याएपछि फागु पर्व समापन भएको स्थानीय बताउँछन्
मध्यकाल करिब एक हजार वर्ष पहिलेदेखि सांस्कृतिक एवं ऐतिहासिक भीमसेन मन्दिरमा भीमसेनको लिंगो (काठबाट बनेको) र द्रौपतीको योनिको प्रतीक रातो कपडालाई जुधाएर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म एक साता होली पर्व मनाइने परम्परा रहेको संस्कृति एवं इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले बताए

भीमसेन गुठीका गायजुहरूले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’–अर्थात ‘भीमसेनको लिंगले मन लोभिएकी, भाग्नु नपर्ने गरी हेर्न आउनुभएकी’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व मनाइने परम्परा छ

संगीतमा रमाउँदै प्रेमपर्व अर्थात् वसन्तको आगमनको सूचकको रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म भीमसेनको लिंग र द्रौपतीकोयोनिलाई पूजा गरी होली पर्व मनाउने परम्परा रहेको श्रेष्ठले बताए काठबाट निर्मित भीमसेनको लिंगलाई फागुन शुक्ल अष्टमीको दिन गत आइतबार दुई जनाले काँधमा बोकेर भक्तपुर नगरको इनाचो, बाचुटोल, जेंला, जगाती,ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपाल स्थित दत्तात्रय मन्दिर परिसरमा पूजा गरी साँझ भीमसेन मन्दिरको पाटीमा झुन्ड्याइएको थियो

नेवारी परम्पराअनुसार यसलाई चीरस्वायगू भनिने गरिन्छ चीरस्वायगू अर्थात् लिंग घुमाएपछि फागु सुरु हुने परम्परा छ घुमाएको लिंगलाई स्थानीयले पूजा गर्ने, ढोग्ने र दान दक्षिणा दिने परम्परा छ भीमसेनको लिंगलाई पूजा गर सुख, शान्ति र समृद्धि बढ्ने जनविश्वास रहेको छ

नगरपरिक्रमापश्चात् भीमसेन मन्दिरमा ल्याइएको लिंग र योनि आकारको रातो कपडासमेत भीमसेन मन्दिरमा झुन्ड्याइने प्रचलन छ झुन्ड्याएको लिंग हल्लाउँदा योनि आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिको रूपमा नलिई सांस्कृतिक पहिचानको रूपमा भीमसेन र द्रौपतीको यौन समागमको रूपमा संरक्षण गरिँदै आएको श्रेष्ठले बताए

फागुन शुक्ल अष्टमीदेखि फागुपूर्णिमासम्म पूजा एवं दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ दक्षिण एसियामै कतै कृष्णसँग कतै प्रल्हादसँग सम्बन्धित रहनेहोली पर्व भक्तपुरमा भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतविद्हरू बताउँछन्

चीरस्वायगू अर्थात् लिंग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठीभोज गर्नेसमेत प्रचलन रहेको स्थानीय बासिन्दा बताउँछन् यसका साथै बुधबार बिहानैदेखि साँझसम्म एकआपसमा रङ लगाई र पानी छ्यापाछ्याप गरी हर्षोलासका साथ होली पर्व मनाएको छ प्रकाशित : चैत्र ७, २०७५ ०७:५७

Thursday, February 21, 2019

लिच्छवि को थिए ?


लिच्छवि को थिए?
'लिच्छविकालमा मुद्रामा संस्कृत र किरात भाषाका शब्दहरूको उल्लेख पाइन्छ, तर आफूलाई लिच्छवि भनेर दाबी गर्ने कुनै जाति फेला पर्दैनन्’
फाल्गुन ९, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — नेपालको इतिहासमा गोपाल र महिषपालपछिका शासक थिए– किरात किरातकालपछि लिच्छविले शासन गरेका थिए
लिच्छविकाललाई स्वर्णकाल भनेर उल्लेख गरिएको पाइन्छ लिच्छवि को थिए? इतिहासविद्को मत छ– ती लिच्छविको वंश दाबी गर्ने कुनै जाति छैन तर, किरात जाति भनेर दाबी गर्नेहरूमा छन्– राई, लिम्बू, याक्खा र सुनुवार

किरात राई प्रज्ञा परिषद्द्वारा हालै राजधानीमा आयोजित किरात राई प्राज्ञिक गोष्ठीमा किरात राई जातिको इतिहास, भाषा, लिपि, साहित्य, मुन्धुम संस्कृति, कलाबारे चर्चा चल्यो मुन्धुमविद् बैरागी काइँलाले िरात जातिले बाँचेको जीवनले इतिहास खोतल्न नसकेको बताउँदै थपे, ‘ती इतिहासको सत्यतथ्य खोतल्न सके संसारलाई हेर्ने दृष्टिकोण बन्न सक्छ।’

इतिहासविद् दिनेशराज पन्तको मतमा लिच्छवि काल प्रामाणिक काल हो ‘लिच्छविकालमा मुद्रामा संस्कृत र किरात भाषाका शब्दहरूको उल्लेख पाइन्छ, तर आफूलाई लिच्छवि भनेर दावी गर्ने कुनै जाति फेला पर्दैनन्,’ गोपाल राजवंशावली र भाषा वंशावलीको चर्चा गर्दै पन्तले भने, ‘किरात काल थियो भन्ने प्रष्ट हुन्छ गोपाल राजवंशावलीले काल दिएको छैन

अहिलेभन्दा पाँच हजार वर्षअगाडि विक्रमपूर्व ३ हजार वर्षअगाडि साल छन् हामीले भाषा वंशावलीका आधारमा भन्न सक्छौं जति माथि गयो, उनीहरूको कुरा अर्धसत्य, कतै पूर्ण असत्य, कतै असत्य छन्।’ दुई सय वर्षअघि लेखिएको अभिलेखले किरातकाल कायम गर्नु मूर्खता हुने उनको भनाइ थियो

किरात समाज र जनजीवन मुन्धुमबाट निर्देशित रहेको र मुन्धुम श्रुति र स्मृतिमा आधारित दर्शन भएको अध्येता चतुरभक्त राईले बताए ‘मुन्धुमले मान्छेको इतिहास, जनावरको उत्पत्तिबारे व्याख्या गर्छ र यो ठोस हुँदैन,’ मुन्दुम अलिकति काल्पनिक र बढी दार्शनिक अलिखित ग्रन्थ भएको उल्लेख गर्दै उनले भने, ‘चेतना कि पदार्थ पहिला भन्ने बहस पनि छ पदार्थपछि चेतना आएको भन्ठान्छु मुन्धुम दर्शन दुवै कोणबाट निर्देशित यसले धार्मिक सहिष्णुताकोकुरा गर्छ।’

दर्शनशास्त्री डा. भक्त राईले पूर्वीय सभ्यतासँग मुन्धुम जोडिएको बताउँदै थपे, ‘नेपालमा पूर्वीय दर्शनको बहस हुँदा नौ वटा दर्शनको मात्र उल्लेख गरिन्छ श्रुति स्मृति परम्पराले निर्देशित मुन्धुम फरक दर्शन हो मुन्दुममा पनि पाँच चिन्तन छन्।’

भाषाशास्त्री प्रा. नोवलकिशोर राईले किरात राई जातिको परम्परागत ज्ञान, सीप, कला, भाषा, संस्कृति लोपोन्मुख रहेको औँल्याए अर्का भाषाशास्त्री प्रा. टंक न्यौपानेले किरात जातिले आफ्नोपन जोगाउन एकढिक्का हुनैपर्ने बताए आयोजक संस्थाका कुलपति जयकुमार राईले किरात इतिहास, भाषा, संस्कृतिको पुनःउत्थानको प्रयास जारी रहने सुनाए
 प्रकाशित : KANTIPUR, फाल्गुन ९, २०७५ ०८:०४

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...