Thursday, March 21, 2019

टुंगियो मदनोत्सव


टुंगियो मदनोत्सव
भक्तपुरफागुन शुक्ल अष्टमीदेखि सुरु भएको फागु अर्थात् भक्तपुरको प्रेमिल होली पर्व सम्पन्न भएको छ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको ऐतिहासिक भीमसेन मन्दिरको पाटीमा गुन्जने नेवारी भाषाको गीतसँगै मदनोत्सव (प्रेमको प्रतीक) का रूपमा भीमसेनलाई पुज्दै मनाइएको परम्परागत होली बुधबार साँझ सिद्धिएको छ
भीमसेन मन्दिरमा झुन्ड्याएको लिंगो बुधबार अर्थात् फागु पूर्णिमाको साँझ बोकेर भक्तपुर नगरको इनाचो, बाचुटोल, जेंला, जगाती, च्याम्हासिंह हुँदै ब्रह्मायणी मन्दिरमा लगेर ब्रह्मायणी नदीमा पखालेर पुनः च्यामासिंह हुँदै, तचपाल स्थित भीमसेन मन्दिरमा ल्याएर थन्क्याएपछि फागु पर्व समापन भएको स्थानीय बताउँछन्
मध्यकाल करिब एक हजार वर्ष पहिलेदेखि सांस्कृतिक एवं ऐतिहासिक भीमसेन मन्दिरमा भीमसेनको लिंगो (काठबाट बनेको) र द्रौपतीको योनिको प्रतीक रातो कपडालाई जुधाएर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म एक साता होली पर्व मनाइने परम्परा रहेको संस्कृति एवं इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले बताए

भीमसेन गुठीका गायजुहरूले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’–अर्थात ‘भीमसेनको लिंगले मन लोभिएकी, भाग्नु नपर्ने गरी हेर्न आउनुभएकी’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व मनाइने परम्परा छ

संगीतमा रमाउँदै प्रेमपर्व अर्थात् वसन्तको आगमनको सूचकको रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म भीमसेनको लिंग र द्रौपतीकोयोनिलाई पूजा गरी होली पर्व मनाउने परम्परा रहेको श्रेष्ठले बताए काठबाट निर्मित भीमसेनको लिंगलाई फागुन शुक्ल अष्टमीको दिन गत आइतबार दुई जनाले काँधमा बोकेर भक्तपुर नगरको इनाचो, बाचुटोल, जेंला, जगाती,ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपाल स्थित दत्तात्रय मन्दिर परिसरमा पूजा गरी साँझ भीमसेन मन्दिरको पाटीमा झुन्ड्याइएको थियो

नेवारी परम्पराअनुसार यसलाई चीरस्वायगू भनिने गरिन्छ चीरस्वायगू अर्थात् लिंग घुमाएपछि फागु सुरु हुने परम्परा छ घुमाएको लिंगलाई स्थानीयले पूजा गर्ने, ढोग्ने र दान दक्षिणा दिने परम्परा छ भीमसेनको लिंगलाई पूजा गर सुख, शान्ति र समृद्धि बढ्ने जनविश्वास रहेको छ

नगरपरिक्रमापश्चात् भीमसेन मन्दिरमा ल्याइएको लिंग र योनि आकारको रातो कपडासमेत भीमसेन मन्दिरमा झुन्ड्याइने प्रचलन छ झुन्ड्याएको लिंग हल्लाउँदा योनि आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिको रूपमा नलिई सांस्कृतिक पहिचानको रूपमा भीमसेन र द्रौपतीको यौन समागमको रूपमा संरक्षण गरिँदै आएको श्रेष्ठले बताए

फागुन शुक्ल अष्टमीदेखि फागुपूर्णिमासम्म पूजा एवं दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ दक्षिण एसियामै कतै कृष्णसँग कतै प्रल्हादसँग सम्बन्धित रहनेहोली पर्व भक्तपुरमा भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतविद्हरू बताउँछन्

चीरस्वायगू अर्थात् लिंग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठीभोज गर्नेसमेत प्रचलन रहेको स्थानीय बासिन्दा बताउँछन् यसका साथै बुधबार बिहानैदेखि साँझसम्म एकआपसमा रङ लगाई र पानी छ्यापाछ्याप गरी हर्षोलासका साथ होली पर्व मनाएको छ प्रकाशित : चैत्र ७, २०७५ ०७:५७

  About The Culture of Magar MAGAR (SHORT INTRODUCTION) https://magarworld.wordpress.com/2014/02/17/about-magar/   Magar is one of th...