Monday, July 15, 2019

राजनीतिक स्वादको कुरीति !


राजनीतिक स्वादको कुरीति !
असार २८, २०७६नारायणी देवकोटा
वर्तमान नेपालमा पचासभन्दा बढी हानिकारक पम्परामा आधारित (कुरीतिजन्य) हिंसा रहेका छन् । तीमध्ये एक हो— बोक्साबोक्सीको आरोप लगाई गरिने शारीरिक मानसिक हिंसा, यातना र हत्या 
धामी र माता बन्ने होडमा कलिला बालबालिकाको बलि दिने घटना पनि सुनिएका, देखिएका छन् नेपाल प्रहरीले सार्वजानिक रूपमा राख्ने तथ्यांकमा बोक्साबोक्सीका नाममा हुने घटना भनेर गत आर्थिक वर्ष (२०७४–२०७५) मा ४८ वटा थिए भने चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३५ वटा घटना नेपाल प्रहरीले दर्ता गरेको छ
समाजमा बोक्साबोक्सीको आरोपका घटना सितिमिति दर्ता हुँदैनन् प्रहरीमा घटना दर्ता नहुनुका पछाडि समाजमा जरो गाडेर बसेको विश्वास दर्ता भएका घटनाको पनि एउटा चक्र हुन्छ दोषीले कानुनअनुसारको कारबाही हुन पनि सक्छ, नहुन पनि सक्छ त्यो कानुन कार्यान्वयनको तहमा बसेका मान्छेमा भर पर्छ तर जसलाई बोक्साबोक्सीको आरोप लगाइएको हो, जसलाई दुर्व्यवहार गरिएको हो उनीहरूको जीवन उक्त घटनापछि कस्तो हुन्छ? पछिल्लो दुई वर्षमा बोक्सीको आरोप लगाइएका तीन जनालाई मैले नजिकबाट हेरें, महसुस गरें र नेपाली समाजको सामूहिक कुरूप चित्रलाई अझ बढी देखें जुन विश्वासका आधारमा समाज नै मिलेर मान्छेको ज्यान लिन पनि पछि पर्दैन
...
२०७४ साल दसैंको मुखमा वीरगन्जकी मानवअधिकारकर्मी राजकुमारी उपाध्यायलाई बोक्सीको आरोप लगाएर कुटपिट गरियो यसरी कुटपिट गर्ने क्रममा उनका दुवै आँखा फुटाउन खोजिएका बेला परिवार प्रहरीले उद्धार गरेको थियो शारीरिक रूपमा देखिने घाउचोट नलागेको भए पनि आफूमाथि लगाइएको बोक्सीको आरोप र ज्यान लिन तयार भएर गरिएको उक्त कुटपिटपछि उनले आफूलाई पहिलाजस्तो बनाउनै सकिनन् घटनापछि टोटाउन थालेकी उनका छोराछोरीले उपचार मनोविमर्श गराए तैपनि, टोलाउने समस्या हटेन दुर्व्यवहारको एक वर्षपछि उनको निधन भयो उनकी छोरीलाई देख्दा उनकी आमा राजकुमारी उपाध्यायलाई सम्झन्छु नेपाली समाजको एउटा कुरूप चरित्र देखेर तर्सन्छु
यस्तै तर्साउने अर्को घटना छ— सर्लाहीका लालबहादुर योञ्जन दम्पतीमाथि भएको बेलाबेला लालबहादुर योन्जन फोन गरेर भन्छन्, ‘छोरी अब त हामीलाई मार्छन् होला, हामीलाई मार्ने गाइँगुइँ सुनेको छु।’ हरेकपल कसैले मार्ला कि भनेर बाँच्नु सबभन्दा डरलाग्दो कुरा हो गाउँको बीचमा घर , छिमेकीहरू कसै न कसैको घरमा बेला बेला पूजाआजा, बिहे—व्रतबन्ध भइरहन्छ छिमेकीले योञ्जनको घर छोडेर एकले अर्कालाई बोलाउँछन्, बिहे–पूजा सँगै मनाउँछन् गाउँका मान्छे मर्दा योञ्जन पनि मलामी जान्छन् तर कुनी मलामी उनीसँग बोल्दैनन् मान्छे भएर पनि नबोल्न गर्दा त्यसमाथि गाउँ नै नबोल्दा धेरै गाह्रो हुने बताउँछन् उनी
दुई–तीनपटक बोक्साबोक्सीको आरोपमा कुटाइ खाएका उनीहरू अहिले कसैले आफूतिर हेर्दै कुरा गरे पनि भरे मार्ने योजना बनाउँदैछन् कि भन्ने सम्झेर डराउँछन् केही चिनेका मान्छेलाई फोन गर्छन् कोही बचाउन भए पनि आओस् भन्ने आसमा यस्तै डर मनमा चलेको बेलामा आउँछन् गाउँका एक क्रान्तिकारी भनिरहन्छन्, ‘दाइ तपाईंलाई यहाँ बस्न गाह्रो भयो, यो जग्गा बेचेर हिँड्नोस्।’
गत वर्ष लालबहादुर योञ्जनले यो कुरा सुनाउँदा मैले पनि भनेकी थिएँ, ‘ठीकै त हो ! कोही पनि नबोल्ने गाउँमा किन बस्नुहुन्छ? त्यहाँ बेचबाच पारेर कतै सर्नू न’ उनले आफू नसर्नुका दुईवटा कारण बताएका थिए पहिलो– चोकमा उनको घर छ घरसँगै केही खेत पनि , जुन सित्तैमा हत्याउन पनि बेला बेला उनीहरूबारे खासखास खुसखुस गरिरहन्छन्– ‘यिनीहरू त बोक्साबोक्सी हुन् नि’ भनेर
आफ्नाबारेमा यस्ता खासखास खुसखुस सुनेको कैयौँ दिन योञ्जन दम्पती निदाउन नसके पनि गाउँचाहिँ नछोड्ने उनको दोस्रो कारण छ– ‘नेपालमा कुनचाहिँ त्यस्तो ठाउँ छ, जहाँ कसैले कसैलाई बोक्साबोक्सीको आरोप लगाउँदैन?’ उनको दोस्रो प्रश्नले म डरलाग्दो गरी झस्कन्छु मलाई पनि थाहा छैन, त्यो सुरक्षित स्थल कुन हो भनेर ! सायद मैले काठमाडौं भन्न पनि सक्थें तर, सक्दिनँ भर्खरै भद्रकाली मन्दिरमा आफूलाई धर्तीमाता बताउने विष्णु कुँवरले मन्दिरमा पूजा गर्न गएकी एक किशोरीलाई बोक्सी कबुल गराउन गरेको शारीरिक र मानसिक दुर्व्यवहार सम्झेर
योञ्जन दम्पतीको कुरालाई मैले कैयौंपटक आफ्नो फेसबुकमा लेखेँ, कैयौँपटक वर्तमान नेकपाका जिल्ला स्तरीयदेखि पूर्वप्रधानमन्त्रीसम्मलाई ‘एकपटक गएर गाउँमा उनीहरूको पक्षमा बोलिदिनू न, बोक्साबोक्सी हुँदैनन् भनेर भनिदिनू न’ भनेर फोनबाट बिन्ती पनि गरेँ तर कोही त्यहाँ गएर बोल्न चाहेनन् विभिन्न बहानामा पन्छाइरहे पत्रकार मानवअधिकारकर्मी उनीहरूको कुरा बुझ्न नगएका ोइनन् तर उनीहरू पनि ती वृद्ध दम्पतीलाई भेट्न गाउँसम्मै पुगेनन् जिल्ला प्रहरी कार्यालय (जहाँ योञ्जन दम्पतीको निवेदन लिन पनि मानिएन) बाट पाएको जानकारीका आधारमा फोन गरेर सोधे, ‘तपाईंको समस्या जाग्गाको हो कि बोक्साबोक्सी आरोपको?’
यस्तो सोध्नेलाई लालबहादुर आफ्नै पाराले भन्न थाल्छन्– जग्गाको पनि हो र बोक्साबोक्सीको पनि हो अनि सोध्नेले उनको पछिको ‘बोक्साबोक्सीको आरोप पनि’ चाहिँ सुन्दै नसुनी रिपोर्ट समाचार बनाए नजिकबाट नियमित लालबहादुर दम्पतीका कुरा सुनेपछि उक्त जिल्लाका धेरै मानवअधिकारकर्मी, पत्रकार र राजनीतिज्ञप्रतिको मेरो धारणा बदलियो
...
कैलालीकी किशोरी राधा चौधरीलाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटिएको केही महिनापछि धनगढीको एक कार्यक्रममा उनलाई वक्ताको रूपमा बोलाइएको थियो कार्यक्रममा उनी बोल्न सकिनन् आफ्नो बोल्ने समय भर रोइरहिन् उनी २ कक्षा पढिरहेकी छात्रा बोक्सीको आरोपमा गरिएको कुटपिटपछि गाउँ जान सकेकी थिइनन् कुनै संस्थाको सुरक्षाबासमा बसेकी थिइन् आफैँ हिंसामा पर्नु अनि आफैँ समाज घर छोडेर हिँड्नुपर्ने समाजमा जन्मनु नै उनको अपराध थियो
बोक्साबोक्सीको आरोपमा पटकपटक शारीरिक यातना भोग्ने र उक्त यातनापछि जीवनभर मानसिक यातना बोकेर बाँचिरहेका मानिसहरू यो समाजमा जतासुकै छन् जसका लागि सरकारले कानुन बनाए पनि त्यसविरुद्ध खासै कदम चलाउन सकेको छैन संघीयताको टिकट काटेर समाजवादमा जान हिँडेको सरकार चरम केन्द्रीकृत भएको उक्त केन्द्रको धुरीमा बसेर सबै नियालेको दाबी गर्ने प्रधानमन्त्रीका सल्लाहकारले बोक्साबोक्सी प्रथालाई नै बढावा दिने गरी सामाजिक सञ्जालमा पोस्ट गरेपछि सञ्जालमा तरंग आयो सबैतिरबाट चर्को दबाब हुँदा पनि उनी माथि कारबाही हुने वा उनले माफी माग्ने छाँटकाँट देखिन्न सरकारको शक्तिशाली स्थानमा भएका व्यक्तिले यस्ता अभिव्यक्ति दिँदा र सरकार चुप लाग्दा बोक्साबोक्सीको आरोप लगाउने माता र धामी बन्ने बहानामा निर्दोशलाई यातना र हत्या गर्नेकै आत्मबलबढाउने देखिन्छ
प्रकाशित : असार २८, २०७६ ११:५९

झाँक्री–बोक्सीको इतिहास र हाम्रो दायित्व

झाँक्री–बोक्सीको इतिहास र हाम्रो दायित्व
मोदनाथ प्रश्रित
एक्काइसौं शताब्दी विज्ञानका विभिन्न शाखा निर्बाध उन्नत हुँदै गएको शतँब्दी हो । अहिले आठ–दस कक्षामा पढ्ने विद्यार्थीले पनि यो तथ्य बुझ्दै गएका छन् । शरीरका प्रत्येक अंग र कोशिकामा के कारणले कस्ता रोग लाग्छन् र तिनको उपचार कसरी हुन्छ भन्ने प्रयोगमा संसारभरीका वैज्ञानिक र डाक्टर लागिरहेका छन् । उनीहरू अधिकांश रोगमा सफल भएका छन् र बाँकी रोगको उपचारबारे नयाँ नयाँ खोज र प्रयोग गरिरहेका छन् । विश्वका विकसित मुलुकहरूमा धामी झाँक्री र बोक्सी–डाइनीको युग समाप्त भइसकेको छ ।
अहिले विश्वका जुनजुन देशमा धामी–झाँक्री, बोक्सी–डाइनीहरूको फाइँफुइँ जति मात्रामा देखा पर्दैछ, ती देश त्यति मात्रामा अविकसित र असभ्य मानिन्छन् । नेपाल, भारतलगायत दक्षिण एसियाका देशहरूको सभ्यताको इतिहास लामो रहेको र यिनीहरूको ज्ञान–विज्ञान परम्परा विकसित हुँदै आएको भए पनि यी देशमा धामी–झाँक्री र डाइनी–बोक्सी विश्वास अहिलेसम्म पनि व्यापकरूपमा रहेको हामी देखिरहेका छौं ।
प्रँचीनकालमा तान्त्रिक, धामी, झाँक्री, बोक्सा आदि पुरूष मात्र हैन , शाकिनी, डाकिनी, बोक्सी आदि महिला पनि तन्त्रमन्त्र (टुना–मुना) को साधना गरी मानसिक रोगहरूको उपचार गर्ने चिकित्सकहरूकै रूपमा मानिन्थे । तर समाजमा पितृसत्ताको विकास हुँदै गएपछि र धनसम्पत्तिको अधिकारमा महिला ठगिंदै आएपछि उनीहरू समाजमा झन् झन् हेपिँदै गए । अनि पुरूषले जस्तै टुनामुना गर्ने  महिलालाई रोग बढाउने दुष्ट बोक्सीको आरोप लगाई घृणा गर्न थालियो भने पुरूष धामी–झाँक्रीलाई रोग निको पापर्ने तान्त्रिक चिकित्सकका रूपमा मान मनितासाथ कुखुरा, बोका र पैसा दान गर्न थालियो । 
अहिले शरीर विज्ञान, रोग विज्ञान र उपचार विज्ञान गहन अनुसन्धान र प्रयोग सहित धेरै अघि बढिसकेछ । हाम्रै देशमा पनि शारीरिक र मानसिक रोगका ठूल्ठूला विशेषज्ञहरू अत्याधुनिक उपकरणसमेत प्रयोग गरी जटिलभन्दा जटिल रोग उपचारमा सफल हुँदैछन् । तर हाम्रा अविकसित गाउँ–सहरहरूमा समेत ढ्यांग्रो ठटाएर नाटकीय रूपमा उफ्रिने धामी–झाँक्रीले चिकित्सकको मान्यतासहित पगडी, स्याबासी र नगद पाइरहेका छन् । अर्कोतिर धामी–झाँक्री जस्तै टुनामुना गर्न जान्दछन् भनिएका अशिक्षित र अपहेलित महिलालाई बोक्सीको आरोप र रोग फैलाएको झुटा बापत लगाएर जबरजस्ती दिसापिसाब ख्वाउने, निर्मम कुटपिट गर्ने, आँखा फुटाइदिने, गाउँ निकाला गर्ने र मार्नेसम्मका जघन्य अपराध भइरहेछन् । यस्ता घोर अन्धविश्वास र अपराध निराकरण र दन्ड सजायका लागि कुनै कानूनी व्यवस्थासमेत हुन सकेको छैन । 
झाँक्री र बोक्सीको परम्परागत इतिहास ः
टुनामुना र झाँक्री–बोक्सीको परम्परा र इतिहास लामो छ । हामी जति अविकसित र पछौटे अवस्थामा रहेका, शिक्षादीक्षाविहीन गाउँ र अर्धजंगली समाजमा पुग्छौं त्यहाँ त्यति नै धामी, झाँक्री, बोक्सी, डाइनी आदि अन्धविश्वासको नांगो नाँच देख्न सक्छौं । जीवनको लामो अभ्यास र पुख्र्यौली अनुभवले त्यहाँ पनि केही मानिसले जडीबुटीद्वारा रोगहरूको उपचार गरेको देखिन्छ । मानसिक रोगहरूमा ढ्यांग्रो या कुनै धातुका भाँडाको ध्वनिद्वारा उपचार गरेका केही घटना पनि देख्छौं । तर त्यस्तो सीमित ज्ञानले पार नलागेको अवस्थामा धामीहरूले मयुरको व्वाँख जडेका टोपी, रूद्राक्ष या मुगाका माला लगाएर मुर्दाको खप्पर अगाडि राखी ढ्यांग्रो ठोकेर उफ्रीउफ्री अनेक पुर्खा र काल्पनिक जंगली देउता पुकार्ने या मसानघाटमा पुगेर हल्लिंदै अनेक कुरा धतुर्ने, आगो  दन्काएर ढ्यांग्रो ठोक्दै वरिपरि घुम्ने आदि क्रियाकलाप गरेको देखिन्छ । ती जंगली अवस्थाका बाध्यताका नाटक पनि हुन् । त्यस्ता क्रियाकलापबाट केही मनोवैज्ञानिक प्रभावद्वारा या जडीबुटीको असरद्वारा अथवा आफ्नै शारीरिक प्रक्रियाद्वारा कतिपय रोग निको पनि हुन्छन् तर त्यहाँ वैज्ञानिक उपचारको प्रणाली नभएकाले रोग बढ्दै गएर जटिल हुने र अकाल मृत्युको समेत खतरा हुन सक्छ । यस्तो समस्या जति अविकसित समाजमा गयो त्यति बढी मात्रामा देखिन्छन् ।
वर्षौंवर्षदेखि बोक्सी या डाइनीको आरोपमा महिलामाथि चरम अत्याचार भएको घटना हामी यत्रतत्र देखिरहेका छौं । अविकसित देशमा मात्रै हैन, यूरोप, अमेरिका जस्ता विकसित देशहरूमा पनि टुनामुना, झाँक्री, बोक्सी आदि घटना अहिले पनि यदाकदा देखा पर्दैछन् । तर प्राचीनकालका मातृप्रधान समाजहरूमा भने टुनामुना गर्न जान्ने महिलाको ठूलो सम्मान हुन्थ्यो । खास खास रोगहरूमा तन्त्रमन्त्र फलाक्दै हाउभाउसहित पशुबलि मात्रै हैन, नरबलिसमेत दिएर उपचारको अभिनय गर्ने महिलाले समाजमा जयजयकार पाउँथे । गर्भवती महिलाका बच्चा पेटमै मरेर या तुहेर जाने रोग देखा परेमा मान्छेकै बच्चा काटेर सुत्केरी या गर्भवतीको योनीमा रगतको बलि दिने जस्ता क्रुर प्रथा पनि थिए ।
मातृतन्त्री जंगली समाजमा दुई विरोधी कविलाबीच लडाइँ हुँदा जित्ने गणका अगुवा नेतृहरूले शत्रुपक्षका नाइकेको रगत तन्काएर, मारिएका शत्रुका टाउकाको माला र काटिएका हातहरू बुनेको फटिका लगाएर विजयोत्सव मनाउने क्रुरतम चलन थियो । अहिलेको सभ्य युगसम्म पनि नरमुन्डको माला र हातका फटिका लगाएका काली, महाकाली देवीहरूको पुजा आराधानमा मुग्ध भएर लाग्ने र आफूलाई ठूला भक्त र विद्वान ठान्नेहरू पनि हामी यत्रतत्र देखिरहेका छौं । उनीहरू शत्रुको रगत खाने देवीको यसरी प्रार्थना गर्छन्–
मुखे समूहगता येकस्या रक्तपातान्महासुराः
तांश्चखादाथ चामुन्डा पर्पो तस्य चशोणितम् । (चन्डी)
(जब कालीको मुखमा महादैत्यहरू उत्पन्न भए उनले ती सबलाई चपाउँदै गइन् र रक्तबीजको रगत पनि पिइन् )
त्यही जंगली युगको नरभक्षी प्रथा परम्पराका देवी हरू अहिलेसम्म ठूलठूला मन्दिरमा परमपुज्य बनाएर राखिएका छन् । त्यही कुसंस्कृति अहिले बोका, राँगा, भेंडाहरूको संहार गर्ने बलिप्रथाका रूपमा जीवित छ । त्यस युगमा शाकिनी  डाकिनी नामका देवीलाई “कुन्डलिनी योगअनुसार विशुद्ध चक्रममा रहेको देवी” भनी स्तुति गरिन्थ्यो । पितृसत्तात्मक समाज विकास हुँदै आएपछि नारीहरूको त्यो पुरानो सम्मान र  वर्चश्व समाप्त हुँदै गयो । पछि आएर तिनै देवीमध्येका “शाकिनी” लाई “किचकन्या” र “डाकिनी” लाई “डाइन” या “बोक्सी” भनेर घोर अपमान गर्ने परम्परा चल्दै आयो ।
त्यही अन्धविश्वास, त्यही नरसंहार, त्यही महिलाको अपमान जस्ता कुरा समाप्त गर्न हाम्रै  देशमा गौतम बुद्धले महान् ज्ञान अभियान चलाएथें । उनले हजारौं मान्छेको  हत्या गर्ने अंगुलिमाल र नगरबधुका रूपमा युवा उमेरभरी वेश्या बन्न विवश आम्रपाली जस्ता मानिसलाई नयाँ चेतनाद्वारा बुद्धमार्गमा ल्याएका थिए । उनले जातपात, छुवाछूत र जातीय विभेदले ग्रस्त समाजलाई समान मर्यादाको मानवीय समाजमा रूपान्तरण गर्न ठूलो अभियान चलाएका थिए । त्यो प्रभाव अहिले विश्वमा डेढ अर्ब बौद्धमार्गका रूपमा परिणत भएको छ । तर बुद्ध जन्मेकै देशमा एक्काइसौं शताब्दीमा पनि गरिब, अशिक्षित, निर्दोष नारीहरूलाई बोक्सीको आरोपमा घोर अपमानसहित सार्वजनिक रूपमा जबरजस्ती मूलमुत्र ख्वाउने, निर्मम रूपले कुटपिट गरी गाउँबाट निकाल्ने, आँखा फोर्ने, अंगभंग गर्ने र कुट्दाकुट्दै मार्ने समेतका घटना गाउँ गाउँ र सहरहरूमा समेत लगातार भइरहेका छन् । 
उस युगका एउटा बुद्धले जातपात, छुवाछूत जस्ता अन्धविश्वासविरूद्ध नयाँ मानवीय दर्शनसहित व्यापक अभियान चलाएका थिए । उनको मानवीय ज्ञानको प्रकाशले टुनामुना, बोक्सी, झाँक्री जस्ता रूढीवादी अन्धविश्वास हराउँदै गएका थिए । विवेकहीन समाजमा असंख्य “आम्रपाली”हरू बुद्धको आलोक पाएर मानवीय समता र मर्यादाको गरिमामय जीवन बाँच्न सफल भएका थिए ।
तर अहिले आफूलाई माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादका व्याख्याता ठान्ने कम्युनिस्टहरू आधुनिक पुँजीवादी दर्शन र समाज व्यवस्थाको स्पष्ट विकल्प दिनु त परै जाओस्, जनतालाई मध्ययुगीन झाँक्री र बोक्सी प्रथा जस्ता अन्धविश्वासबाट मुक्त गर्ने अभियान चलाउन समेत असमर्थ भएका छन् । बरू त्यसको उल्टो अहिले कतिपय कम्युनिस्ट नेताहरूका दिमागमा उल्टै मध्ययुगीन  झाँक्री तन्त्र सवार भएको छ । उनीहरू इतिहासले निषेध गरेका जातपातका गणतन्त्र र दलितहरूका सीमाहीन राज्य स्थापना गर्ने उन्मादी “झाँक्रीतन्त्र” तिर उन्मूख हुँदै आएका छन् ।
विज्ञानसम्मत नयाँ समाज व्यवस्थाको स्थापना र विकास गर्ने महायात्रामा झाँक्री बोक्सी जस्ता अन्धविश्वासविरोधी वैज्ञानिक सांस्कृतिक अभियानको कति ठूलो ऐतिहासिक महत्व हुन्छ । आफैले आदर्श मानी अंगालेको माक्र्सवाद र  माओ विचारधाराले झाँक्री दर्शन र बोक्सी आरोपबाट उत्पीडित महिलाको उन्मुक्तिनिम्ति कस्तो अभियान चलाउने निर्देशन दिन्छ ? आदि विषयतिर व्यापक रूपमा ध्यान दिई विज्ञानसम्मत सांस्कृतिक अभियान चलाउनुपर्नेमा नेताहरूको खास चिन्ता देखिंदैन । त्यसैले अब जागरूक जनता आफ्ना आमा, दिदीबहिनीलगायत सम्पूर्ण महिलालाई बोक्सी, डाइनी जस्ता घृणित आरोप, अपमान र हत्या जस्ता युगीन अपराधबाट पूर्णरूपले मुक्त गर्ने महाअभियानमा अघि बढनैपर्छ ।
जुन देशका मान्छेले झाँक्री, बोक्सी जस्ता मध्ययुगिन अन्धविश्वासबाट जनतालाई मुक्त गर्न सक्दैनन, तिनले सिंगो देश र जनतालाई रोग, अशिक्षा, अन्याय, गरिबीबाट मुक्त गर्लान् भनी कसले विश्वास गर्न सक्छ ?

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...