Thursday, August 01, 2019

थकालीको नुन व्यापार


थकालीको नुन व्यापार
इतिहास
Share
Tweet
२०७६ असार २१ शनिबार ०९:०५:०० | काठमाडो
उन्नत वर्गमा पर्छन्, थकालीहरू डा. ओम गुरुङ नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा रहँदा नेपालमा अनुसूचीकृत आदिवासी जनजातिमध्ये कुसुन्डादेखि थकाली नेवारसम्मलाई विभिन्न वर्गमा वर्गीकरण गरियो यसमा कुसुन्डालाई लोपोन्मुख थकाली तथा नेवारलाई उन्नत आदिवासी जनजाति वर्गका रूपमा राखिएको हो
थकाली र नेवारहरूको उन्नतिको मुख्य बाटो भनेको व्यापार नै हो थकालीहरू आफ्नै थातथलो थाकखोलामा आवाद भएर व्यापार व्यवसाय गर्दै राज्यलाई ठूलो रकम कर तिरेको इतिहास पाइन्छ थाकखोला अहिले हिमालपारिको जिल्ला मुस्ताङमा पर्छ उनीहरूलाई विक्रम संवत १८६० मै आठ हजार सय एक रुपैयाँ वार्षिक कर तिर्न तत्कालीन राजाबाट तामपत्र जारी भएको थियो त्यसको ५६ वर्षपछि त्यो कर बढेर वार्षिक ४४ हजार पाँच सय एक हुँदै ५५ हजार पाँच सय एक पुग्यो यति ठूलो रकम उनीहरूबाट असुल हुनुको कारण के हो? यहाँ यसको ऐतिहासिक विवेचना गरिनेछ
ऐतिहासिक पत्रहरू
इतिहासकार महेशराज पन्तले प्रकाशमा ल्याएको थकालीहरूसम्बन्धी एउटा ऐतिहासिक पत्रबाट धेरै वर्षअघि नै उनीहरूले राज्यलाई निकै ठूलो कर तिर्दा रहेछन् भन्ने बुझ्न कठिन पर्दैन उनीहरूले विक्रम संवत १८६० िरै आठ हजारभन्दा बढी कर तिर्न तत्कालीन राजाले आदेश दिएको माथि उल्लेख गरियो पन्तले इतिहास–प्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णाङ्क ९५ (कात्तिक, २०५५ः४७–४९)मा ‘थाकभेकको स्थितिसम्बन्धी वि.सं. १८६० को अहिलेसम्म प्रकाशमा नआएको ताम्रपत्र’ शीर्षकमा यस ताम्रपत्रलाई प्रकाशमा ल्याएका छन् पत्रमा भनिएको :
‘...आगे थाकः ताकलुङ तिनी धम्मुसः घास् लिगमः ठिनि पुडि स्याङ चिम छहराका बाहिर गयक समेत बुढा बालु सव प्रजाकनः इजरा मेटी संवत १८५२ देषी गादिममा राष गोडधुवाः चुर्माउनः पञ्चखतमा गाहयियारः षुखवाहाः यी पाच कलम बाहिक कांछोसिर्ताेः मोरो अपुताली घरगनी डंडकुण्ड रहत्तावहत्ताः चाकचुकुईः लाललु बुढा ठालुपगरीका दस्तुर दर्सनी लागः अलागः लानको दस्तुर पञ्चखत मारि मेटी वर्षको महसुलः ज्मा रुपैयाँ आठ हजार छ सये येक ८६०१ वर्षप्रति मैन्हा भरमा एकै किस्ता गरी चुकाउनूः आठ हजार छ सये येकबाहेकः परेयाका बाज जुर्रा दषल गर्नु अन्त नबेचनू।’
१८६० कात्तिक सुदी ५ बिहीबार तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहको नाममा जारी यो ताम्रपत्रबाट थाकभेकका थकाली अगुवाहरूलाई त्यस क्षेत्रमा पञ्चखतबाहेक सबै अधिकार दिइएको र यसबापत त्यहाँबाट कर उठाई त्योसँगै पासोमा परिआएको बाज पक्षी सरकारलाई चढाउन आदेश दिइएको पाइन्छ यसरी थकालीहरूमाथि उनीहरूमा केही स्थानीय अधिकार दिँदै भारी रकममा कर लगाइँदै आएको इतिहास देखिन्छ यसपछि उनीहरूमाथि लगाइएको कर निकै महँगो हुँदै गयो रेग्मी रिसर्च सेरिज (डिसेम्बर , १९७७ः१६१ र १६२)मा उल्लेख भएअनुसार सन् १८६० अर्थात् विक्रम संवत १९१६ मा आइपुग्दा यो कर धेरै माथि पुग्यो थाकभेगको दाना भन्सारबाट कर उठाउन कप्तान हेमकर्ण खड्कालाई जिम्मेवारी दिइँदा उनलाई वार्षिक ४४ हजार पाँच सय एक रुपैयाँ कर उठाउने दायित्व सुम्पिइएको थियो पछि उनैका छोरा चम्पासिंह खड्कालाई त्यो जिम्मेवारी दिइँदा उनले वार्षिक ५५ हजार पाँच सय एक रुपैयाँ कर उठाउने दायित्व पाए
नुन व्यापारमा थकालीलाई अधिकार
यति ठूलो रकम थाकभेगका थकालीहरूबाट उठाउन कसरी सम्भव भयो त? यसका विभिन्न कारण होलान्, र महत्वपूर्ण कारणचाहिँ थकालीहरूलाई दिइएको नुन व्यापारसम्बन्धी अधिकार एउटा हो रेग्मी रिसर्च सेरिज (डिसेम्बर, १९७८ः१) पढ्दा विक्रम संवत १९४३ मार्ग बदी ३ मा वीरशमशेरको आदेशबाट नुन व्यापारमा त्यस क्षेत्रका सुब्बा बलवीर थकालीको परिवारलाई मात्र नुन व्यापारको एकाधिकार दिइएकोमा पछि त्यो विस्तार भएको थाहा पाउन सकिन्छ
१९३३ मा बलवीर थकालीलाई तिब्बतबाट नुन ल्याउन एकाधिकार दिइएको र उनका छोरा कविराम थकालीलाई त्यो एकाधिकारमा १९४२ मा निरन्तरता दिइएको थियो तर बाह्रगाउँ, पाँचगाउँ, थाक र घेलुङका बासिन्दाले आफूहरूले पनि नुन व्यापार गर्न पाउनुपर्ने माग गरे यसैअनुसार उनीहरूलाई पनि नुन व्यापारका लागि वीरशमशेरले अधिकार दिए उनीहरूलाई मनाङ अन्य भन्सारबाट नभई दाना भन्सारबाट मात्र नुनको व्यापार गर्ने अधिकार दिइयो उनीहरूलाई नुन व्यापारबाट रोकिए एक हजार रुपैयाँ जरिवाना गरिने चेतावनी पनि वीरशमशेरले बलवीर थकालीका छोरा कविरामलाई दिए
राजस्व संकलनका हिसाबले यो क्षेत्र राज्यका लागि अत्यन्तै महत्वपूर्ण थियो यहाँ नियुक्त हुने अधिकारी अर्थात् तहसिलदारले राम्रै पारिश्रमिक पाउँथे रेग्मी रिसर्च सेरिज (डिसेम्बर १९८१ः१२५) लाई पढ्दा थकाली बुढाहरूबाट भन्सार उठाउन तालुकदारहरूबाट ब्याज उठाउन महावीर कार्कीलाई आदेश दिइएको पढ्न पाइन्छ यो तथ्य विक्रम संवत १९६७ फागुन सुदी–५ को हो त्यो वेला थाक क्षेत्रमा राजस्व संकलन गर्न मुक्तिराम नेवार खटिएका थिए
उनको ठाउँमा महावीर कार्कीलाई खटाइयो उनलाई नेवारलाई जस्तै बुढाहरूबाट भन्सार ठाउन र तालुकदारबाट १० प्रतिशतका दरले ब्याज उठाउन अनि यो नियम उल्लंघन गर्ने प्रत्येकबाट शतप्रतिशत जरिवाना गर्ने अधिकार दिइयो यदि यसमा पछुतो नगर्ने गाई काटी खानेलाई सक्दो कारबाही गर्न पनि कार्कीलाई अधिकार दिई पठाइयो यसरी कारबाही तथा जरिवाना गरेको रकममध्येबाट कार्कीलाई पनि आवश्यक पुरस्कारको व्यवस्था हुने यस पत्रमा उल्लेख छ
रेग्मी रिसर्च सेरिज (जनवरी १,  १९८१ः१०) पढ्दा के थाहा हुन्छ भने यस क्षेत्रमा १८६८ फागुन सुदी–६ सम्म नियुक्ति पाएर राजस्व संकलनका लागि खटिएका मुक्तिराम नेवार बीचैमा खोसुवामा परे उनको नियुक्ति १८६८ वैशाख १ सम्मको थियो तर, बीचमा १८६८ फागुन सुदी–६ मा उनको ठाउँमा महावीर कार्कीलाई राजस्व संकलनका लागि त्यसतर्फ नियुक्त गरी पठाइयो त्यो वेला महावीरलाई मुक्तिरामलाई चार सय, आठजना सहायकलाई जम्मा दुई सय ४० र एकजना बहिदारलाई ६० रुपैयाँ तलब भुक्तानी गर्नसमेत आदेश जाहेर गरियो
नुनको राजकीय महत्व
दक्षिणतिरका छिमेकीले नाकाबन्दी गर्दा नुनको हाहाकार भोगेका छौँ तर, पहिले हाम्रा उत्तरका छिमेकीले नेपाललाई नुन दिन्थ्यो त्यो वेला हाल उत्तरी नेपालमा परेका साना–साना स्थानका अगुवा वा राज्यका राजालाई उनीहरूभन्दा दक्षिण भएर रहेका राज्यले नुनका लागि नरिझाई सुखै थिएन उनीहरूलाई रिझाउन बाध्य थिए, त्योवेला शक्तिशाली मानिएका गोरखा र कान्तिपुर राज्य पनि।यहाँनेर गोरखाली राजाहरूले बारपाककी घले अगुवासँग कहिले लड्दै कहिले फकाउँदै तिब्बतबाट नुन ल्याउनुपरेको प्रसङ्ग उल्लेख गरिन्छ द्रव्य शाहको मृत्युपछि उनका छोरा पूर्ण शाह (कतै पुरन्दर शाह) गोरखाका राजा भए उनको समयमा बारपाकीसँग गोरखाको लडाइँ चल्यो बारपाकको हर्ताकर्ता त्यसवेला चाग्या घले थिए उनको भाइ सुर्तान पनि दाजुसँगै सक्रिय थिए 
बारपाकीसँग गोरखाको लडाइँ चलेपछि चाग्या र सुर्तानले गोरखामा नुन रोकिदिए गोरखामा नुनको हाहाकार भयो त्यस समयमा लमजुङ तनहुँले पनि गोरखालाई दुःख दिइरहन्थे चाग्या सुर्तानलाई मार्न वा हराउन नसकिएपछि गोरखाका राजा पूर्ण शाहले उनीहरूसँग मित्रता कायम गर्नुपर्ने निष्कर्ष निकाले गोरखा र बारपाकबीच मित्रता भए अरूले केही गर्न सक्दैन’ भन्ने प्रस्ताव राजा पूर्ण शाहले चाग्या र सुर्तानलाई पठाए गोरखाको यस्तो प्रस्तावले चाग्या सुर्तानको चित्त बुझ्यो त्यसपछि उनीहरू मित्रता गाँस्न गोरखा आइपुगे त्यतिवेला तनहुँबाट गोरखामा उपहार आएको हात्ती देखाइयो, चाग्या र सुर्तानलाई हात्ती देखाएर उनीहरूलाई भनियो, ‘पहाडमा नहुने यसले नुन खान्छ।’
त्यसपछि बारपाक र गोरखाबीच मित्रता गाँसियो चाग्या सुर्तानले हरेक वर्ष २१ मुरी नुन गोरखा पठाउन थाले यसले गोरखामा रहेको नुनको समस्या तत्काललाई टर्‍यो साथै चाग्या र सुर्तानले भोटबाट नुन ल्याउने बाटो पनि खुलाइदिए भन्ने प्रसङ्ग ‘प्राचीन नेपाल’ (श्रावण, २०३१ः३)मा परेको छ तर, चाग्या र सुर्तानलाई देखाइएको हात्ती पूर्ण शाहको समयमा नभएर राम शाहको समयको हो भन्ने तर्क इतिहासशिरोमणि बाबुराम आचार्यको रहेको छ
आचार्यले ‘श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जीवनी’ (२०६१ः११–१२)मा उल्लेख गरेअनुसार शिव सिंहका उत्तराधिकारी नाति लक्ष्मीनारायणसिंह मल्लसँग छुट्टिएर सन् १६२१ मा उनका भाइ सिद्धिनरसिंह मल्लले ललितपुर लिए त्यो वेला सुनकोसीको सिरान कुती त्रिशूलीको सिरान केरुङको बाटो गरी नुन आउँथ्यो त्यो नुन कान्तिपुरमा आउँथ्यो नुन ललितपुरले पनि पाउँथ्यो कान्तिपुरबाट ललितपुर छुट्टिएपछि कान्तिपुरबाट नुन रोकिएको खण्डमा खतरा पर्ने थाहा पाएकी बालक राजा सिद्धिनरसिंहकी आमा मन्त्रीहरूले गोरखाली राजा राम शाहसँग वाणिज्य सन्धि गरी आवश्यक परेमा गोरखाबाट लामीडाँडाको बाटो हुँदै नुन उतार्ने बन्दोबस्त गरे वाणिज्य सन्धिपछि ललितपुरका राजाले एउटा हात्ती राम शाहलाई पठाए गोरखामा पुगेको त्यो पहिलो हात्ती थियो
पहिले हाम्रा उत्तरका छिमेकीले नेपाललाई नुन दिन्थ्यो । त्यतिवेला हाल उत्तरी नेपालमा परेका साना–साना स्थानका अगुवा वा राज्यका राजालाई उनीहरूभन्दा दक्षिण भएर रहेका राज्यले नुनका लागि नरिझाई सुखै थिएन ।
पछि राम शाहले षड्यन्त्रमूलक ढंगले मितेरी लगाउने बहानामा बारपाककी अगुवा घले चाग्यालाई गोरखाको बालुवाबेसीमा बोलाएर मराए, उनका भाइ सुर्तान भाग्न सफल भए पनि उनलाई केहीपछि धादिङको सल्यानटारमा हत्या गरियो भन्ने पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ (श्रावण, २०३१ः३)मा पढ्न पाइन्छ
आचार्यले ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः१०) मा उल्लेख गरेझैँ राम शाहको अधीनमा रहन गाह्रो मान्ने र नुनको व्यापार हातमा लिएका बार्पाकीहरूलाई तह लगाएर राम शाहले लार्केमा जाने नयाँ बाटो खोली लार्के भञ्ज्याङदेखि पल्लापट्टि रुही नामक बस्तीसम्म आफ्नो अधिकार गरी नुन सटही गर्न सजिलो गराएका थिए।यसका लागि बार्पाकी अगुवा घले चाग्या सुर्तानको षड्यन्त्रमूलक रूपमा हत्या गर्नुपरेको भन्ने बुझ्न माथि उल्लेखित ऐतिहासिक तथ्यबाट सहज हुनेछ
सम्भावित रेसम मार्ग
अहिले प्राचीन रेसम मार्गबारे महत्व दिँदै आइएको छ नेपालमा पनि त्यसको रुट थियो कि भन्ने पुरातात्विक अध्ययन भइरहेको पुरातत्वविद् शुक्रसागर श्रेष्ठहरू यस कार्यमा जुटिरहेका थिए यी अध्येताको अनुमानअनुसार रेसममार्गको एउटा शाखा हालको नेपालमा पनि पर्छ श्रेष्ठहरूलाई उद्धृत गर्दै युवा संस्कृतिकर्मी गोविन्द न्यौपानेले अन्नपूर्ण पोस्ट दैनिकको साप्ताहिक परिशिष्टाङ्क ‘फुर्सद’ (१४ भदौ २०७१ःक) मा यस विषयमा ‘रेसमी मार्गको रेसमी सपना’ शीर्षकमा एक लेख छपाएका छन्
यसअनुसार पश्चिम एसियाको टर्कीदेखि मध्य एसियाको चीन हुँदै दक्षिण एसियाको नेपाल र भारतमा अत्यन्तै महंगा सामग्री रेसम, कागज, लाहा, चिया, बारुद, साल धुप, मुगालगायतको व्यापार हुन्थ्यो यसबारे अध्ययनका क्रममा गुङ्गे–मुस्ताङ–कुसीनारा, मानसरोवर–सुर्खेत–बोधगयालाई छनोट गरिएको छ तीमध्ये लोमान्थाङबाट चीन जोड्ने कालिगण्डकी करिडोरलाई रेसम मार्ग हुन सक्ने उत्तम मार्ग मानिएको छ।यसै क्षेत्रमा थकालीहरूको आवादी रहेका कारण पनि उनीहरूले ब्यापारिक अब्बलता हासिल गरे त्यसमा पनि नुन व्यापारको भूमिका प्रमुख रह्यो उनीहरू उन्नत वर्गमा पुगे भन्न सकिन्छ
मानवशास्त्री डोरबहादुर विष्टको ‘सबै जातको फूलबारी’ (२०६४ः७५) मा व्यक्त मतअनुसार पनि थकालीहरूले कालिगण्डकीको बाटो भएर तिब्बतसँग सबै व्यापारमा एकाधिकार कायम गर्न थालेपछि उनीहरूको शक्ति, सम्पत्ति र महात्वाकांक्षामा पनि असाधारण तरिकाले वृद्धि भएको हो 



Tuesday, July 30, 2019

भार्ता नाच्दै कर्णाली


भार्ता नाच्दै कर्णाली
श्रावण १४, २०७६राजबहादुर शाही
मुगु — गमगढीको शिरमा सेतो घर छ बाहिर कालो अक्षरमा लेखिएको छ– ‘कर्णाली आर्टस सेन्टर।’ भुइँतलामा कर्णालीको लोकबाजा हुड्को बजिरहेको सुनिन्छ त्यहाँ कुनै विवाह समारोह हैन रंगकर्मी हीरा बिजुली नेपालीले भार्ता रेकर्डिङ गरिरहेका छन् हुड्को बजाउँदै हीरा मिठो स्वरमा भार्ता गाउनमै व्यस्त छन् ‘नमो नमो नारायनय राजयौं तुमी दाइना भयाँ ओ ! तुमी दाइना भयाँ...।’ 

यसरी भार्ता गाउन हीरालाई विष्णुमाया परियार, जयलक्ष्मी हमाल, गणेश खड्का, रामु बिक, राज मल्ललगायतका कलाकारले पनि साथ दिइरहेका छन् ।

हालै राजधानीमा हुड्के नाच देखाएर जन्मथलो फर्किएका उनले ‘भार्ता जोगाउ अभियान’ को थालनी गरेका हुन् । दूरदराजका गाउँबस्तीमा पुर्ख्यौली बाजा हुड्को बजाउँदै गाउने भाका भार्ता हराउँदै गएकोप्रति यो समूहको चिन्ता छ । त्यही भएर उनीहरू यसलाई रेकर्डिङ गरेर श्रोतामाझ पुर्‍याउने अभियानमा छन् । ‘लोकसंस्कृति जोगाउने यो नयाँ तरिका हो,’ हीराले भने, ‘पुरानै तरिकाले अब परम्परा बचाउन नसकिने भयो ।’

भार्ता खासमा गायन शैलीमार्फत् कथा भन्ने पुरानो परम्परा हो । लामो स्वर निकालेर गाउने एक प्रकारको गीतजस्तै हो यो । शुभ र अशुभ दुवै कार्यमा भार्ता सुनाउने चलन गाउँ घरमा पहिले थियो, अहिले हराउँदै गएको छ । देवीदेवता राजामहाराजलाई पुकार गर्दै भार्ता सुरु गरिने हीराको भनाइ छ ।

गाउँका गरिव पिछडिएका दमाई जातिले कम्मरमा सेतो पटुका, कालो जुहारीकोट र टाउकामा सेतो मथेरो लाएर हुड्को बजाउँदै भार्ता गाउने चलन पुरानै हो । हीराका अनुसार हुड्को बाजा बजाउँदै गीत भट्ट्याउनेलाई हुड्के भनिन्छ । ‘एक जना हुड्केले सुरु गरेपछि चार/पाँच जनाले सहयोगीको रूपमा लयबद्ध स्वरले गाउने चलन छ,’ उनले भने, ‘विशेष गरेर कर्णालीका बस्तीहरूमा छोरीलाई ज्वाइँको घर पठाउँदा र बुहारीलाई आफनो घर ल्याउँदा हुड्केले भार्तागाउने गरिन्छ ।’

यस्तो बेला चेलीे जन्मेदेखि विवाह बन्धनमा बाँधिदासम्मको दुःखान्त र सुखान्त दुबै कुरालाई भार्ताद्वारा गाइन्छ । विवाह व्रतबन्धनको दिन सम्पूर्ण गाउँले जम्मा भएर हुड्केको भार्ता सुन्ने गर्छन् । हीराका अनुसार परम्परागत भार्तामा भने हुड्केलाई इच्छाअनुसारको पैसा दिएर मनखुसी बनाइदिने चलन पनि छ । गाउने क्रममा महादेव, गुरा, बिजई, मष्टा कुलदेवता, भवानीलगायत देवी–देवतालाई धामीझाँक्रीले पूर्णिमाका दिन पूजा गर्ने पनि गरिन्छ । ‘भार्ता गाउँदा गाउँदै झाँक्री काँपेर हुड्केलाई अक्षता फूलमाला दिने गर्छन्,’ उनले भने, ‘अचेल छोरा नाति जन्मिँदा मुखिया घरमा रातभरि भार्ता गाउने चलन भने हराउँदै गएको छ ।’

उनका अनुसार कुनै समय न्वारानको बेला हुड्केले ‘पइकेलो’ शब्द उचारण गर्दै भार्ता सुनाउँथे । राजामहाराजको छोरालाई ‘पैइकेलो’ भन्ने चलन छ । रोपाइँका दिनमा हुड्केलाई निम्तो गरेर भार्ता गाउने चलन ग्रामीण भेकमा अझै छ । खेतमा महिला पुरुष तन्नेरीले धान रोप्ने र हुड्केले खेतको आलीमा बसेर भार्ता गाउँदै फनफनी नाच्ने गरिन्छ । ‘मृत्यु संस्कारमा पनि भार्ता गाउने गरिन्छ,’ उनले भने, ‘गाउँबस्तीका भद्रभलादमी एवं झाँक्रीको मृत्यु भएको खण्डमा पनि भार्ता गाइन्छ ।’

मृतकलाई घरदेखि घाट पुर्‍याउँदा सम्म हुड्केले दुःखान्त शब्दमा भार्ता गाउनुपर्छ । भार्ता खस भाषाको प्रयोग हुन्छ । हीराका अनुसार खस राज्यकै पुर्ख्यौली सांस्कृतिक सम्पदाको रूपमा यो अभ्यास हुँदै आएको हो । ‘नयाँ पुस्ताले चासो नदिँदा भने यो ओझेलमा पर्दै गएको छ,’ उनले भने, ‘हुड्को खेल्ने र भार्ता गाउँने दमाई समुदायबाहेक यसलाई अरूले निरन्तरता दिएनन् । त्यसमाथि यो युवामा हस्तान्तरणहुन सकेन ।’

स्वर र बजाउने कला भएको व्यक्तिले मात्र हुड्को खेलेर भार्ता गाउन सक्ने स्थानीयको भनाइ छ । राज्यको नजर नपर्ने हुड्को बजार जीविका चलाउने अवस्था पनि नभएको पुरुमुरु गाउका प्रसिद्ध हुड्के कलाकार मानवीर दमाईले सुनाए । अर्कोतिर हुड्को बाजा बनाउने सिपको पनि संरक्षण र हस्तान्तरण हुन नसक्दा गाउँबस्तीमा यो परम्परागत बाजा नै पाउन मुस्किल हुन थालेको छ । द्वन्द्वकालीन समयमा माओवादीले हुड्केलाई जनसांस्कृतिक कलाकारको रूपमा समेत प्रयोग गरेका थिए ।

निर्वाचनको समयमा होस् या दलको आमसभाको बेला जनतालाई आकर्षित बनाउन पनि ‘हुड्के नाच’ प्रयोग हुँदै आएको छ । ‘तर यसको जर्गेनातिर पनि कसैले ध्यान पुर्‍याउन सकेको छैन,’ हीराको गुनासो छ ।

हीराकै कर्णाली आर्टस सेन्टरले भने समसामयिक विषयलाई पनि भार्तामा मिसाएर प्रस्तुत गर्दै आएको छ । सामाजिक परिवर्तन र जागारणका लागि उनीहरूले यसो गरेका हुन् । हालै उनीहरूले चैन गाउँको मन्दिर प्रवेश, रुघा गाउँका लावड जातिको बाबियो र थार्पको मष्ट तथा पिना साहनी बाँडाको निगालोको कथालाई पनि भार्तामा रूपान्तरण गरेका छन् । सामाजिक विसंगतिका मुद्दालाई समेत भार्तामार्फत भनेर जनचेतना फैलाउन सकिने भएकाले यसो गरिएको हीराले बताए ।प्रकाशित : श्रावण १४, २०७६ ०९:०८

आज गँठेमंगल


आज गँठेमंगल
श्रावण १४, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — नेवार समुदायले मंगलबार राक्षसी स्वरूपमा घण्टाकर्ण दहन गर्दै गँठेमंगल मनाउँदै छन् साउन कृष्ण चर्तुदशीका दिन यो पर्व मनाइन्छ त्यसैले यसलाई घण्टाकर्ण चर्तुदशी पनि भनिन्छ भूतप्रेत पन्छाउन घर सफा गर्दै घण्टाकर्णलाई दहन गर्ने चलन
दिनभर ठड्याइएको नर्कटले बनेको गँठेमंगललाई घाम अस्ताएपछि नदीमा लगेर विर्सजन गरिन्छ त्यस अगाडि छालीको चिराग समातेर तीनपल्ट परिक्रम गराइने चलन पनि

केही स्थानमा भने विभिन्न स्थानका गँठेमंगललाई एकत्रित गरेर जलाउने चलन मात्र पनि छ धान रोपेर सकिएपछि घरभित्रका दूषित किटाणु भगाउन धुप बालेर धुवाँ पठाउने पनि गरिन्छ यसबाट किटाणु भाग्ने विश्वास परापूर्व कालमा नास्तिक व्यक्तिले कानमा घण्ट झुन्ड्याएको उनको आतंकले धेरैलाई गाह्रो भएको उनलाई दहन गरिएको कठन पनि

यस्तै अर्को किम्बदन्तीअनुसार ठूलो खानदानकी युवतीसँग प्रेममा परेका एक युवालाई समाजले नस्विकारे बेवारिसे बनाइएको थियो उनै युवाको मृत्यु सडकमै भएपछि दहन गरेको थियो

त्यसै हुनाले पछि परालको मान्छे बनाई दहन गर्ने परम्परा चलेको पनि मानिन्छ यस दिन घरको मूल ढोकामा भूतप्रेत अन्य भयबाट जोगिन फलामको तीनखुट्टे गाड्ने पनि गरिन्छ यस्तै फलामको औंठी लगाउने चलन पनि ज्यापू समुदायमा धान रोप्ने बेलामा आमन्त्रित शक्ति पन्छाएर पनि यो पर्व मनाउने गरिन्छप्रकाशित : श्रावण १४, २०७६ ०७:५४


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...