Saturday, August 10, 2019

छिम्केश्वरीको काखमा हिलेखर्क


छिम्केश्वरीको काखमा हिलेखर्क
शनिबार, ०४ साउन २०७६, ११ : ०३ |  विनोद ढुंगाना
गण्डकी प्रदेशबाट घुमफिरमा निस्कनेहरू आँबु खैरेनी हुँदै विभिन्न जिल्लामा पुग्छन्। तनहुँमा पृथ्वी राजमार्गको ७२ किलोमिटर दुरी यात्रा गर्नुपर्छ। यहाँ प्राकृतिक, ऐतिहासिक धार्मिक तथा आध्यात्मिक दृष्टिले पर्यटनको प्रचुर सम्भावना बोकेका थुप्रै ठाउँ छन्। तर, राजमार्गमा हुइँकिनेहरूले छेउछाउका गन्तव्य बिर्सिएर पोखरा, मुस्ताङ, गोर्खालाई नै बढी ताकेका हुन्छन्।
गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको आँबुखैरेनी गाउँपालिकाको छिम्केश्वरी डाँडा र काखैमा कुहिरोसँग मडारिने वस्ती हिलेखर्कमा पर्यटकका नजर परेका छैनन्। यसपालि असार तेस्रो साता छिम्केश्वरीसम्म पुग्ने अवसर मिल्यो।
किसानलाई रोपाईँको चटारो थियो। मलाई भने छिम्केश्वरी चुचुरोमा पुगेर गगन चुम्ने हतारो। छिम्केश्वरी अर्थात् तनहुँको अग्लो चचुरो। कक्षा चारमा पढ्ने बेला विद्यालयमा हुने हाजिरी जवाफ प्रतियोगितामा धेरै सोधिने प्रश्न हुन्थ्यो, ‘तनहुँको सबैभन्दा अग्लो स्थान कुन हो ?’ जवाफ दिन्थें ‘छिम्केश्वरी।’ त्यतिबेला बाल मस्तिष्कले यस्तो सोचिन्थो कि ‘तनहुँकै अग्लो चुचुरोमा पुगियो भने त आकाशलाई पनि छुन सकिन्छ होला ! जिन्दगीका तेइसौँ वसन्तमा यात्रा गर्दा बल्ल जु¥यो छिम्केश्वरीबाट आकाश छुने अवसर।

दमौलीको गर्मी छल्न, छिम्केश्वरी दर्शन गर्न र हिलेखर्कको संस्कृतिमा रमाउन डुम्रेबाट उकालो लाग्ने कि !
पहाडकी रानी उपमाले चिनिएको बन्दीपुरबाट छिम्केश्वरी र हिलेखर्क दुरीका हिसाबले टाढा छैनन्। बन्दीपुरबाट नजिकको गन्तव्य पुग्न एक रात दुई दिनको भ्रमण प्याकेज बनायौँ भने पुगिन्छ छिम्केश्वरी। अनि बल्ल नियाल्न सकिन्छ दन्तेलहर फिँजाएर मुस्कुराउने हिमश्रृखंला, हरियाली सुन्दर पहाडका टाकुरा, गाउँबेसी, भञ्ज्याङ चौतारी र देउरालीलाई। शीतल हिलेखर्कमा गाउँलेले दिने न्यानो आत्मीयतालाई जिन्दगीभर सम्झिरहन्छौँँ।
यात्राको पहिलो दिन डुम्रेबाट बन्दीपुर घुम्दै हिलेखर्क पुग्न सकिन्छ। दोस्रो दिन हिलेखर्कबाट हिँडेर छिम्केश्वरी र बुढीदेवी माई दर्शन गरी लाब्दी हुदै आँबु खैरेनी बजार झर्न सकिन्छ।
हिलेखर्क गाउँ
तनहुँको आब ुखैरेनी गाउँपालिका–६ मा पर्छ हिलेखर्क (१,५००मिटर)। चारैतिर पहाडले घेरिएको गाउँ। हिलेखर्कमा ५६ घरधुरी। प्रायः सबै एकै स्वरुपका। ढुंगाले छाएका। केही घरमा आधुनिकताले प्रवेश गर्दै गरेको छरपस्ट देखिन्छ, भित्तामा पोतिएको सिमेन्ट र बालुवाको मिश्रणले। अनि धुरीमा रंगीन जस्ता पाता।
गाउँमा गुरुङ समुदायको बाहुल्य छ। केही घर दलितका छन्। अधिकांश घर बुढापाकाले धानेका छन्। ‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि’ यो उक्ति गाउँमा मेल खान्छ। रोजगार खोज्दै विदेसिनु बाध्यता हो। यहाँ त छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने बाहनामा सुन्दर शान्त गाउँ छाडेर शहर झरेको समेत पाइयो।
पर्यटक पर्खिबसेको छ हिलेखर्क। ग्रामीण पर्यटनका माध्यमबाट गाउँको मुहार फेर्न उत्साहित छन् गाउँले। होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङ र सल्लाहकार चन्द्रप्रकाश गुरुङ गाउँलेलाई हौस्याइरहेका छन्। सांस्कृतिक एवंम् जैविक विविधताले पर्यटकीय हिल स्टेसनको परिचय बनाउँदै छ हिलेखर्क।
गाउँका होमस्टेमा असली स्वाद पाइन्छ। हिलेखर्क सामुदायिक होमस्टेको भान्छामा स्थानीय उत्पादन पाक्छ। कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, मकै, गुन्द्रुकको अचार, निगुरो, फर्सीको मुन्टाको तरकारी, लोकल कुखराको मासु, लोकल मदिराको स्वाद मिठो हुन्छ। स्वादमा मात्र कहाँ हो र ? यहाँ त संस्कार संस्कृतिमा पनि मौलिकता पाइन्छ। कौरा र चुट्कामा कम्मर मर्काउँदै पर्यटकलाई नचाउँछन् गुरुङसेनीहरू।
होमस्टेको अर्को विशेषता खरले छाएका परम्परागत शैलीका घुमाउने घर। गाउँमा सय वर्ष पुराना दुइटा घुमाउने घर छन्। होमस्टेले पर्यटनको ढोका खोलेको भए पनि राम्रो प्रचार भैसकेको छैन। बेलाबखत पुग्ने पर्यटकलाई प्राकृतिक सुन्दरताले स्वागत गर्छ। कला, संस्कृति र परम्पराले पनि स्वागत गर्न पछाडि पर्दैनन् हिलेखर्कवासी।
शहरमा हप्हपाउँदो गर्मी हुँदा यहाँ सुसेली हाल्दै बहेली खेल्ने चिसो हावाको झोक्काले मुटुमै स्पर्श गर्छ। गर्मी छल्न मात्रै नभएर शहरको प्रदुषणबाट मुक्त हुन पनि छिम्केश्वरी उपयोगी छ। गाउँमा स्कुल, स्वास्थ्यचौकी नजिक नै छ। मोटरबाटो पुगको छ। जिप चढेर बन्दीपुर, आँबु खैरेनी आउजाउ गर्नलाई टाढा छैन्। तर सञ्चार सुविधाले वञ्चित छन्। मोबाइल फोनको टावर खोज्दै हिँड्नु पर्छ। बन्दीपुरबाट चार घन्टा पैदल यात्रा र एक घन्टा जिप यात्रामा हिलेखर्क पुगिन्छ।
छिम्केश्वरी
छिम्केश्वरी तनहुँकै अग्लो चुचुरो। धार्मिक तथा सांस्कृतिक पदयात्राका लागि परिचित डाँडो। महाभारतका पहाडमध्ये एक छिम्केश्वरी(२,१३४ मिटर) बाट धौलागिरिदेखि लाङटाङसम्मको हिमश्रृंखला, सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ। हिमाल, पहाड र तराईको सुन्दरतालाई छिम्केश्वरीको चुचुरोमा बसेर दाँज्न सकिन्छ।  
डाँडामा छिम्केश्वरीमाई र बुढीदेवी माईका मन्दिर छन्। पुरानो ढुंगाले छाएर बनाइएको  छिम्केश्वरी मन्दिर भत्काएर पुर्ननिर्माण गरिँदै छ। देवीका सात बहिनीमध्ये जेठी बुढीदेवी र माइली छिम्केश्वरी हुन्। साहिँली गोरखाकालिका, काइली मनकामना, अन्तरी इच्छाकामना, जन्तरी अन्नपूर्णा र कान्छी अकलामाई छिम्केश्वरीबाटै नियाल्न सकिन्छ। छिम्केश्वरीमाई दर्शनले मनोकांक्षा  पूरा हुन्छ।
कसरी पुग्ने ः पृथ्वी राजमार्गको आँबु खैरेनी र डुम्रेबाट छिम्केश्वरी पुग्न सकिन्छ। दुइटा रुट भए पनि डुम्रेबाट बन्दीपुर हुँदै हिलेखर्क होमस्टेमा बास बसेर छिम्केश्वरी पुग्ने उत्तम रुट हुन्छ। हिलेखर्कबाट तीन घन्टा हिँडे छिम्केश्वरी पुगिन्छ। आँबु खैरेनीबाट लाब्दी हुँदै छिम्केश्वरी ६ घन्टाको पैदल यात्रामा पुगिन्छ। एक घन्टाको जिप यात्रापछि लाब्दीबाट दुई घन्टा उकालो चढे छिम्केश्वरी पुगिन्छ।  


किशोरीमै आमा


किशोरीमै आमा
मिना बुढाथोकी, अन्नपूर्ण, समाज,  १९ साउन २०७६ १२:४०:००
सल्यान : शारदा नगरपालिका–१ कि १५ वर्षीया किशोरी लक्ष्मी थापाले केहि दिनअघि जिल्ला अस्पतालबाट सुरक्षित प्रसूति सेवा लिइन्। उनी जस्तै सोही अस्पतालबाट सुरक्षित प्रसूति सेवा लिएकी १५ वर्षीया धना कुँवर पनि किशोरीमै आमा बनेकी छन्। स्कुले उमेरमै बिवाह गर्ने र आमा बन्ने किशोरीहरुको संख्या बढ्दो छ।

एक वर्षको अवधिमा मात्रै साढे चारसयभन्दा बढी बालिकाले बच्चा जन्माएको जिल्ला अस्पतालको तथ्यांकमा छ। उमेर नपुगी बिहे गर्ने र आमा बन्नाले उनीहरुको स्वास्थ्यमा मात्रै होइन पढाई पनि रोकिएको छ। जिल्लामा बाल विवाह गर्नेको एकिन तथ्यांक नभए पनि जिल्ला अस्पताल सल्यानमा प्रसूति सेवा लिन आउने किशोरीको संख्या भने बढि छ। अस्पतालको तथ्यांकअनुसार एक वर्षको अवधिमा चार सय ४३ जना किशोरीले सुरक्षित प्रसूति सेवा लिएका छन्।

जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्स कोपिला पुनले सानो उमेरमा आमा बन्दा किशोरी आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिने गरेको बताइन्। ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुनिने, दिर्घकालमा पाठेघर खस्ने, पिसाव चुहिने समस्या हुन्छ’ उनले भनिन्, ‘उनीहरुबाट जन्मिएका बच्चाको तौल पनि कम हुन्छ। यसले गर्दा बच्चा जन्मजात कुपोषित हुन्छन्।’
अभिभावकले नमाने पनि स्कुले उमेरमै प्रेम सम्बन्धमा बस्ने र आफै भागेर बिवाह गर्ने क्रम बढ्दै गएको छ। जिल्लाका ग्रामिण क्षेत्रमा अझै पनि घरायासी कामका लागि बढि सन्तान जन्माउने चलन कायमै छ। कर्णाली प्रदेशको सबैभन्दा बढी बाल बिवाह सल्यानमै हुने गरेको तथ्यांकले देखाएको छ। शारदा नगरपालिका उप–प्रमुख सावित्रा बस्नेतले नगरभित्रका प्रत्येक विद्यालयमा बालबिवाह न्यूनिकरणका लागि किशोर–किशोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने बताइन्।
स्थानीय सरकारले बालबिवाह न्यूनिकरणका लागि स्पष्ट नीति बनाउनुका साथै बालबिवाह गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने मानव अधिकारकर्मी रामचन्द्र रेग्मीले बताए। शारदा नगरपालिका–१० का वडाध्यक्ष रेशमबहादुर बुढाथोकीले बालबिवाह रोक्न चुनौती बन्दै गएको बताए।
प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले गाउँमा बालबिवाह व्याप्त भए पनि प्रहरी र अदालतसम्म उजुरी नपर्ने गरेको बताए। ‘हरेक घरमा बालबिवाह भइरहेका छन्। तर अहिलेसम्म प्रहरीकहाँ उजुरी परेका छैनन्। अभिभावक र बालबालिकालाई सँगै राखेर सचेतना फैलाउनसके मात्रै यो समस्या न्यूनिकरण हुनसक्छ’ उनले भने।


ईश्वरसँग अन्तिम प्रश्न


ईश्वरसँग अन्तिम प्रश्न
जेष्ठ ३२, २०७६अशेष मल्ल
कुनै दिन तपाईं मेरो सामु प्रकट हुनुभयो भनेईश्वर!तपाईंसाग एउटै प्रश्न सोध्नेछु तपाईं एउटै हुनुहुन्छ कि अनेकन जीवन, न मृत्यु न सम्पत्ति, न यशमलाई केही चाहिएको छैन के मागूामाग्नुको सीमाभन्दा माथि उठेरतपाईंसाग एउटै प्रश्न गर्नेछुकेवल एउटै प्रश्न बस् त्यत्तिमानिसैपिच्छे फरक–फरकजातैपिच्छे फरक–फरकईश्वर कतिवटा छन् एउटा कि अनेक?
कुनै दिन
तपाईं मेरो सामु
प्रकट हुनुभयो भने
ईश्वर!
तपाईंसाग एउटै प्रश्न सोध्नेछु
तपाईं एउटै हुनुहुन्छ कि अनेक
न जीवन, न मृत्यु
न सम्पत्ति, न यश
मलाई केही चाहिएको छैन
के मागूा
माग्नुको सीमाभन्दा माथि उठेर
तपाईंसाग एउटै प्रश्न गर्नेछु
केवल एउटै प्रश्न
बस् त्यत्ति
मानिसैपिच्छे फरक–फरक
जातैपिच्छे फरक–फरक
ईश्वर कतिवटा छन्
एउटा कि अनेक?
धर्मैपिच्छे फरक–फरक
मुलुकैपिच्छे फरक–फरक
कालो मान्छेको फरक ईश्वर
गोराको फरक
के यो सम्भव छ?
छैन भने
कसले कोर्‍यो रेखा यो धर्मको
कुनै राज्यजस्तो सिमाना
कसले तोक्यो धर्मको
ईश्वर!
तपाईंसाग एकान्तमा सोध्ने
एउटै प्रश्न
अन्तिम प्रश्न
तपाईंकै नाममा
विभाजित मानिसहरुको युद्धले
रक्ताम्य नदीहरु
जब भत्काउाछन्
अनेक बााधहरु
अनि बस्ती–बस्ती बगेर
बगर बन्छन्
या आगो लप्का उठेर
मन्दिर, मस्जिद, गिर्जाघरहरु
आर्तनादको विगुल फुक्छन्
त्यतिखेर कहाानेर उभिएर हेर्नुहुन्छ
एउटै ईश्वरले कि
मन्दिर, मस्जिद, गुम्बज आदि–आदिका
अलग–अलग ईश्वरले?
उत्सुक छु जान्न
फरक–फरक ईश्वर छन् कि एउटै
मस्जिदको बेग्लै मन्दिरको बेग्लै चर्चको बेग्लै
मलाई अहिले यतिखेर रिङ्गटा लागिरहेछ
धर्मयुद्धले बगेका आासु नदीका
उर्लंदै गरेका बग्रेल्ती छाल देखेर
मुलुकैपिच्छे फरक शासकहरु
दम्भले मतालु हात्तीझैं
विनाश संकेत घोषणा गरेझैं
नेपथ्यमा के हुादै छ
म सशंकित मु.द्रामा त्रासले उभिएको छु
थाहा छैन यो धर्मयुद्धले
मेरो कुन मृत्यु
आगाल्न आइपुग्ने हो !
मलाई बचाउन कुन ईश्वर
मेरोसामु प्रकट हुने हुन्
कथम् कदाचित
तपाईं प्रकट भैहाल्नुभयो भने
मेरो एउटै प्रश्न हुनेछ
तपाईं एउटै हुनुन्छ कि अनेक?
तपाईंकै नाममा
उर्लेका अनेक–अनेक जत्थाहरु
रणभूमि सिर्जना गरेको
यो अत्यासलाग्दो समयमा
तपाईंचाहिा कहाा कुन पक्षमा हुनुहुन्छ?
वा तपाईं हुनुको भ्रममा
म व्यर्थै समय गुजार्दै छु
के म बुझ्न सक्छु
ईश्वर!
म भ्रमित त छैन
के तपाईं
साँच्चिकै हुनुहुन्छ कि
हुनुहुन्छ भन्ने भ्रममा
लेखिएका हुन् तपाईंकै अनेक–अनेक आत्मकथाहरु
अनेक–अनेक धर्मग्रन्थहरु
हैन भने
एक पटक प्रकट त हुनुस्
म एउटै प्रश्न गर्नेछु
तपाईं एउटै हुनुहुन्छ कि अनेक!
अशेष मल्ल
प्रकाशित : जेष्ठ ३२, २०७६ १२:११

कर्णाली प्रदेशका भाषा


कर्णाली प्रदेशका भाषा
डा. दुबि नन्द ढकाल, अन्नपूर्ण, विचार,  ०२ चैत २०७५ ०९:५२:००
डोल्पामा गुरुङ भाषाका २४३५ वक्ताहरू देखिन्छन् तर डोल्पामा तिब्बती भाषासँग साइनो राख्ने डोल्पाली भाषा हुन सक्ने देखिन्छ। त्यसैगरी मुगुमा बोलिने भाषा मुगोम भनेर उल्लेख गर्ने गरिन्छ तर त्यसलाई तामाङ भनेर उल्लेख गरिएको छ। शेर्पा भाषा मूलतः मध्य तथा पूर्वीहिमाली जिल्लामा बोलिन्छ। त्यसकारण शेर्पा भनेर डोल्पामा सूचीकृत गरिएको भाषा डोल्पो भाषा हुने देखिन्छ।
कर्णाली क्षेत्रमा बोलिने नेपाली भाषाका भेदबारेमा विभिन्न अनुमान छन्। राष्ट्रिय जनगणनामा दैलेखी भाषा अलग्गै भाषाका रूपमा सूचीकृत रहेको छ। तर दैलेखमा यो भाषाका वक्ता पाइँदैन। यसकारण कैलाली र कञ्चनपुरमा सूचीकृत भएको दैलेखी भाषा स्वतन्त्र भाषा हो अथवा होइन भनेर निक्र्योल गर्न गाह्रो छैन किनभने यो मूलतः दैलेखबाट बसाइँ सरी कैलाली कञ्चनपुरमा बसोवास गर्नेले आफ्नो मूल थलोको नामबाट भनिएको भाषा हुनुपर्छ। पूर्वीसुर्खेत, जाजरकोट, रुकुम र रोल्पामा बोलिने नेपाली भाषालाई ‘सिम्ताली’ नामले पनि चिनिने गर्छ। जुम्लाको सिंजा उपत्यकामा बोलिने जुम्ली भाषा यस क्षेत्रका आसपासमा समेत बोलिने गर्छ। यो भाषा जुम्ला, कालिकोट, मुगु र हुम्ला जिल्लामा समेत बोलिन्छ। यसका छिमेकी जिल्लामा यस भाषालाई हुम्ली, कालिकोटे आदिबाट समेत चिनिनेछ।
जिल्लागत वितरण
कर्णाली प्रदेशका सबै जिल्लामा नेपाली भाषा ठूलो भाषा रहेको छ। मगर भाषा पाँच स्थानमा दोस्रो ठूलो भाषा रहेको छ। खाम भाषालाई पनि मगरभाषाको समूह मान्दा मगर–खाम समूहका भाषा ६ दोस्रो ठूला स्थानमा आउँछन्। त्यसैगरी तामाङ भाषा दोस्रो ठूलो स्थानमा रहेको छ। त्यसैगरी गुरुङ र खाम पनि एकएक स्थानमा दोस्रो ठूला भाषामा आएका छन्। त्यसैगरी खाम र मगरमा पनि प्रस्टता नभएजस्तो देखिन्छ। मगर, खाम, काइके नाममा सूचीकृत भाषालाई केके नामबाट समावेश गर्नुपर्छ, त्यसमा समुदायको भावनासमेत समाविष्ट हुनुपर्छ।
स्थानीय निकायमा भाषा
सरकारी कामकाजमा तथा शिक्षामा प्रयोगको सम्भावना हेर्न कर्णाली प्रदेशका स्थानीय निकायमा कुनकुन भाषाको विवरण हेर्नुपर्छ। स्थानीय निकायमा नेपाली भाषा ७४ स्थानमा मूल भाषा बोलिने देखिन्छ। यसका अतिरिक्त अन्य भाषा पनि प्रथम स्थानमा रहेका छन्। जस्तै– तामाङ ९२०, डोल्पाली ९१०, गुरुङ ९१०, शेर्पा ९१०। त्यसैगरी दोस्रो ठूलो भाषामा मगर ९२८०, मैथिली ९१२०, तामाङ ९८० स्थानमा रहेका छन्। त्यसैगरी नेपाली सांकेतिक भाषा ९५०, गुरुङ ९५०, खाम ९६०, शेर्पा ९२०, नेवारी ९२०, नेपाली ९२०, बोटे ९२०, डोल्पाली ९१०, हिन्दी ९१०, उर्दू ९१०, नखुलेको ९३०, अन्य ९१०, स्थानीय निकायमा दोस्रो स्थानमा छन्। यस प्रकारको वितरणले सरकारी कामकाजको अतिरिक्त यहाँ बोलिने भाषालाई दिन सकिने स्थान र कार्यका बारेमा निक्र्योल गर्नुपर्छ।
भाषा अभिलेखीकरण र विकास
भाषा अभिलेखीकरणलाई साँचो अर्थमा परिभाषित गर्ने हो भने यस प्रदेशमा बोलिने कुनै पनि भाषाको अभिलेखीकरण गरिएको छैन। डोल्पामा बोलिने काइके भाषाको व्याकरण र पाठसंग्रह उपलब्ध पनि छ र यस भाषाको अभिलेखीकरणका लागि छुट्टै कार्य पनि भइरहेको छ। पूर्वीया राजी भाषामा केही डिजिटल सामग्री उपलब्ध भए पनि यसबाहेकका भाषाको अध्ययन प्रारम्भिक चरणमा मात्र रहेको छ। त्रिभुवन विश्विविद्यालयको भाषाविज्ञान केन्द्रीय विभागले माथि उल्लिखित अधिकांश भाषामध्येमा जुम्ली, राजी, मुगो, काइके, डोल्पो आदि भाषाको समाज भाषावैज्ञानिक सर्वेक्षण कार्य सम्पन्न गरेको छ। डिभेड ई. वाटर्सले संसारकै दस उत्कृष्ट व्याकरणमा पर्ने खाम व्याकरण तयार गरेका छन्।
यस प्रदेशमा बोलिने अन्य भाषाका भने यस प्रकारका व्याकरण, शब्दकोश तथा पाठसंकलन भएको पाइँदैन। खाम, मगर, काइके, पोइकेबीचको सम्बन्ध र स्वीकार्य समुदायको सहभागितमा हुनुपर्छ।
नेपाली भाषाका भएका कार्यहरूलाई भारोपेली परिवारका भाषामध्येमा थारू र जुम्ली भाषामा केही काम मात्र भएका छन्। भोट–बर्मेली परिवारको राउटे भाषासमेत यही प्रदेशमा बोलिन्छ। राउटेसँगै निकटमा साइनो राख्ने राजी भाषाको पूर्वीया भाषिकासमेत सुर्खेत जिल्लामा बोलिन्छ। कर्णाली प्रदेशका हिमाली जिल्लामा तिब्बती भाषासँग निकटको साइनो राख्ने केही भाषा बोलिन्छ। यसमध्येमा काइके भाषाको अभिलेखीकरणको प्रयास भए पनि डोल्पो, तिचुरोङ, मुगोम आदिमा अनुसन्धानको खाँचो छ।
भाषा विकासको मार्गचित्र
सर्वप्रथम यस प्रदेशमा बोलिने भाषाहरूको पहिचान र सूचीकरण गरिनुपर्छ। भौगोलिक दृष्टिकोणबाट पहुँच नपुगेका हिमाली जिल्लामा बोलिने तिब्बती भाषासँग निकटको पारिवारिक साइनो राख्ने भाषाको स्थिति अन्योलपूर्ण छ। भाषाको विकास र प्रवद्र्धनमा संघ (केन्द्र) को आशा र भरोसाभन्दा पनि प्रदेश सरकारले तत्परता देखाउन र संरचना निर्माण गरेर ठोस कदम चाल्न कर्णाली प्रदेश सरकारको ध्यान पुगेमा यस प्रदेशमा रहेको भाषिक विविधताको सूचीकरण, संरक्षण र विकास हुन सक्छ।
नेपालको संविधान २०७२ अनुसार प्रदेशहरूले पनि ‘प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछन्। संघमा तय गरिने भाषा नीतिका अतिरिक्त प्रदेश तहमा समेत भाषाहरूको सरकारी कामकाजमा प्रयोगको चर्चा चल्न थालेको छ। राज्य पुनर्संरचनापश्चात् भूगोलका आधारमा कर्णाली प्रदेश सबैभन्दा ठूलो छ तर जनसंख्या भने न्यून रहेको छ।
प्रदेशका मातृभाषा
२०६८ सालको जनगणनाअनुसार कर्णाली प्रदेशमा ५५ भाषा बोलिन्छ। यस प्रदेशमा बोलिने मूल भाषाहरूको सूची हेर्दा नेपालीसहित १२ भाषासमेत थपिन्छ। भारोपेली परिवारका नेपाली, थारू, जुम्ली र खस भाषा सूचीकृत भाषामा पर्छन्। त्यसैगरी मगर, खाम, राजी, डोल्पाली, काइके, खाम्ची (राउटे) भोट–बर्मेली परिवारका भाषा पनि यस प्रदेशमा मूलतः बोलिन्छ। सांकेतिक भाषाका बारेमा जनगणनामा एउटा भाषा मात्र सूचीकृत गरिएको छ।
अन्य प्रदेशमा जस्तै जनगणनामा पनि यस प्रदेशमा केही भाषा सूचीकृत हुनबाट छुटेका छन्। एथ्नोलोगको सूचनालाई आधार मान्दा कर्णाली भेगमा बोलिने अन्य आठ भाषाहरू– झांकोट सांकेतिक भाषा, जुम्ली सांकेतिक भाषा, जुम्ली, खाम (गमाले, शेशी, पश्चिमी पर्वते), मुगोम, सोनाहा, तिछुरोङ भाषाहरू थपिन जान्छन्। इथ्नोलगमा खाम भाषाको अर्काे भेद पूर्वीया पर्वते खाम पनि उल्लेख छ तर यो भेदचाहिँ बाग्लुङको निसी क्षेत्रमा बोलिन्छ।
डोल्पा जिल्लाको काइके गाउँपालिकाका कोहला, ताछिन, गुम्बातारा, खानीगाउँ जस्ता गाउँमा पोइके भाषा बोलिने केही सन्दर्भमा पाइन्छ। मगर–काइके–पोइके भाषाको अन्तरसम्बन्धका बारेमा अध्ययन हुनुपर्छ। कर्णाली प्रदेशमा समेत हिमाली भेगमा बोलिने तिब्बती मूलका केही भाषाहरू सूचीकरणबाटै छुटेका छन्। डोल्पाको लिमीमा बोलिने भाषालाई छुट्टै भाषा (लिमिरोङ) भनेर पनि उल्लेख गरेको पाइन्छ। ग्लोटोलगमा चाहिँ डोल्पो–तिचुरोङलाई एउटै भाषामा सूचीकृत रहेको छ भने कतै यिनीहरू अलग्गै भाषा ठानिएको छ। राष्ट्रिय जनगणनामा यसलाई डोल्पाली मात्र भनिएको छ। यी स्रोतहरूका आधारमा कर्णाली प्रदेशमा करिब २० ओटाजति भाषा बोलिने देखिन्छ।
सूचीकरणमा अलमल
यस प्रदेशका हिमाली भेगमा बोलिने भाषाहरूको सूचीकरणमा अलमल देखिन्छ। यस प्रदेशमा भारोपेली परिवारको बोटे भाषाका १४०३ वक्ता रहेको उल्लेख छ तर तिब्बती मूलको ‘भोटे’ भाषाको सूचीकरण गर्दा बोटे भएजस्तो देखिन्छ। डोल्पा जिल्लामा मात्र बोटे भाषाका १३९४ वक्ता रहेको देखिन्छ। यस प्रदेशका दुई स्थानीय निकायमा तामाङको बाहुल्य देखिन्छ। हुम्लाको नाम्खा गाउँपालिकामा तामाङ भाषाको बाहुल्य भएको तथ्यांकले देखाउँछ। तर अन्य सन्दर्भग्रन्थमा यहाँ हुम्ला (तिब्बती) हुनुपर्छ। तामाङ भाषाको सट्टा यहाँको हुम्ली (तिब्बती) हुन सक्ने देखिन्छ। मुगुमा बोलिने मुगोम भाषा भए पनि जनगणनाको सूचीकरणमा तामाङ भनेर राखिएको छ।


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...