Wednesday, October 16, 2019

पञ्चदानको रौनक


पञ्चदानको रौनक
धान, चामल, लुगा, दक्षिणा र पिण्डपत्र दान गर्ने भएकाले यो पर्वको नाम पञ्चदान रहेको हो
भाद्र १२, २०७६दामोदर न्यौपाने
काठमाडौँ — असनको अशोक वृक्ष विहारमा सम्पदा संरक्षण अभियन्ताले बुधबार बिहान पञ्चदान मनाए अरू विहारको भन्दा भिन्दै थियो यहाँको पञ्चदान यो त्यही विहार हो, जुन गुठी संस्थानले भत्काएर आधुनिक व्यापारिक कम्पलेक्स बनाउन २५ वर्षे सम्झौतासमेत गरिसकेको छ
यहाँ करिब ६ सय वर्ष पुरानो अमिताभ बुद्ध छन् ‘यति महत्त्वपूर्ण विहार संस्थानले भत्काउन लाग्यो हामीले भत्काउन दिएनौं,’ विहार बचाउ अभियानमा लागेका सञ्जीव वज्राचार्यले भने, ‘जोगाउन आन्दोलनकै क्रममा रहेकाले यहाँको पञ्चदानलाई विशेष महत्त्व दियौं।’ विहार बौद्ध धार्मिकगुरु भिक्षु निग्रोधले धर्मदर्शना दिएका थिए

वसन्तपुरका युवाले चाहिं सामाजिक काम गर्न आर्थिक संकलन गर्ने दिनका रूपमा लिँदै आएका छन् पञ्चदानलाई वसन्तपुरको वज्राचार्य क्लबले हरेक वर्ष पञ्चदान आयोजना गर्छ

यहाँ उठेको पैसाले विहार बनाउने, विद्यार्थीलाई छात्रवृत्ति दिनेजस्ता काममा खर्च गर्दै आएको छ ‘पर्वलाई समाज सेवासँग जोड्न खोजेका हौं,’ वज्राचार्य क्बलका सल्लाहकार शैलेन्द्रमान वज्राचार्य भन्छन् गत वर्षको पञ्चदानको रकमले कुट ठहिटीको मैत्रीपूर्ण महाविहार निर्माणमा खर्च गरेका थिए पञ्चदानबाट नपुगको पैसा क्लबले व्यहोरेको थियो

नेवारी पात्रोअनुसार बुधबार दसौं महिनाको अन्तिम दिन हो भाद्र औंसी तिथि यो महिनाको अन्तिम दिन पर्छ पञ्चदानचाहिँ त्रयोदशी तिथिमा पर्छ दसौं महिनालाई नेपाल संवतमा ‘गुँला’ को नामले चिनिन्छ यो महिना विशेष महत्त्वको रूपमा लिइन्छ नेवार समुदायमा महिलालाई ंकटको महिनाको रूपमा लिइन्छ

संस्कृतिविद् यज्ञमान पति वज्राचार्यका अनुसार यो महिनामा संकटै संकट आइलाग्ने भएकाले कलियुगको रूपमा समेत पुकारिन्छ ‘कलियुग मानेर पूजापाठ, दानधर्ममा बिताइन्छ,’ वज्राचार्य भन्छन्, ‘गुँ’ भनेको जंगल र ‘ला’ भनेको महिना हो यस अर्थमा यो जंगली महिना हो जंगली हुनुको अर्थ असभ्य हुनु हो गुँला भनेको नराम्रो महिनाको विम्ब हो।’ यो महिना वर्षकै सबैभन्दा ठूलो पञ्चदान गरिन्छ यो महिनाभर विशेषबाजा बजाइन्छ

बाजालाई गुँला बाजा भनिन्छ भाद्र कृष्णपक्षको त्रयोदशी तिथिमा यो पर्व मनाइन्छ। दान लिन व्रजाचार्य र शाक्य परिवारबाट आउने गर्छन् ‘दान दिनु भनेको मैत्रीभाव प्रदर्शन गर्नु हो,’ वज्राचार्य भन्छन्, ‘जसले मैत्रीभाव प्रकट गर्दैन, उसले बौद्धधर्म बुझदै बुझदैन।’

धान, चामल, लुगा, दक्षिणा र पिण्डपत्र दान गर्ने भएकाले यो पर्वको नाम पञ्चदान रहेको वज्राचार्यले बताए अघिल्लो दिन नुहाइधुकाइ गरेर सफा भएपछि विहार, बही वा घरमा बुद्धको प्रतिमा राखिन्छ तस्बिर प्रदर्शन गरिन्छ माग्न आउने वज्राचार्य शाक्यलाई खाना खुवाइन्छ क्षमताअनुसार दान दिइन्छ ‘यसरी माग्न आउने शाक्य वज्राचार्यलाई बुद्धका चेला महामौद्गल्यानको प्रतिनिधि मानेर श्रद्धा गरिन्छ,’ वज्राचार्य भन्छन् वज्राचार्यका अनुसार पञ्चदानमा बढीभन्दा बढी दान दिइन्छ

व्रजाचार्य र शाक्यलाई मात्र दान दिने चलन छ पञ्चदान दिने दिन वज्रयान सम्प्रदाय दिपंकर बुद्धको पूजा गर्छन् बौद्ध समुदायमा महायान, हिनयान र बज्रयान गरी तीन सम्प्रदाय छन् तीमध्ये महायान सम्प्रदायले मूर्ति पूजा गर्दैनन् पञ्चदान विहार बहीमा गरिन्छ विहार बौद्ध दर्शन पढाइहुने ठाउँ हो यो स्वतन्त्र विश्वविद्यालयजस्तै हो ‘पहिला विहारमै पढाइ हुन्थ्यो,’ यज्ञमान भन्छन्, ‘अहिले यो चलन कमी हुँदै गएको छ।धेरै ठाउँमा हराई नै सकेको ।’

बही भनेको विहारबाट सम्बन्धनपाएको संस्था हो काठमाडौंमा१८ विहार छन् अनगिन्तीबही छन्प्रकाशित : भाद्र १२, २०७६ ०७:२२


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...