Thursday, January 16, 2020

डहरे दर्शन


डहरे दर्शन
समुद्र सतहबाट दुई हजार, दुई सय मिटरको उचाइमा बसेको डहरे देउरालीमा चैत–वैशाखतिर पुग्दा लालीगुराँस फुलेर डाँडै रातो हुन्छ मानौं प्रकृतिले सारा रूख, बुट्यानमा रातो रङ पोतेको छ
अझ बिहान उदाएको सूर्य रूखका हाँगाहरूमा पर्दा टल्किएको शीत देख्दा यस वन कुनै लोककथामा वर्णित ‘मोहिनी वन’ जस्तो प्रतीत हुन्छ एनिड ब्लाइटनको बाल–उपन्यास ‘इन्द्रजाली रूख’ पढ्दा दिमागमा आएको कल्पनाको झिल्का यो लालीगुराँस–वनमा पुग्दा यथार्थ बन्छ मानौं ब्लाइटनले कल्पना गरेको वनमा साना नानीहरूसँग रमाएर खेलिरहेछु

वरिपरिको घना जंगलले त्यहाँ पुग्ने हरेकलाई विशेष किसिमको सम्मोहनमा लठ्याउँछ लामो यात्रापछि लालीगुराँसको रूखबाट खसेका गुराँसका रंगीविरंगी थुंगाले घेरिएर रूखकै फेदमा सुस्ताउनु, गुराँसका पत्रैपत्र कुल्चदै हिँड्नु वास्तवमै अलौकिक आनन्दमा रम्नुजस्तै हो यस्तो आनन्द पर्वत जिल्लाको डहरे देउरालीमा पुग्ने यात्रुले सँगाल्ने आनन्द हो
गुराँसको यस लेकबाट उत्तरतिर फर्केर हेर्दा अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रे, नीलगिरिजस्ता सुन्दर हिमालय पर्वत आँखैअगाडि उभिइरहेका देखिन्छन् सिताराझैँ टल्किरहेका हिमशिखरका यी दृश्य हेर्दा लाग्छ, जीवनको सर्वाधिक रोमाञ्चकारी क्षण यही हो त्यस्तै पूर्वबाट हेर्दा पोखरा, स्याङ्जातिरका गाउँका घरहरू तल–तल देखिन्छन् पश्चिम फर्केर हेर्दा उस्तै बागलुङ गुल्मी जिल्लाका सुन्दर हरिया पहाडी शृंखलाका अनेक आयाम देख्न सकिन्छ जिल्लाकै उचाइमा रहेको डहरेबाट यी वरिपरिका गाउँ तलतिर हेर्दा आफू संसारकै सबैभन्दा उचाइमा भएजस्तै लाग्छ
स्कन्द पुराणमा उल्लेख भएअनुसार, यस पर्वत परापूर्वकालमा महान् ऋषिमुनिहरूले तपस्या, ध्यान र योग गर्ने थलो थियो यस पर्वतलाई ‘नीलकण्ठ पर्वत’ को नामले पनि पुकारिन्छ यस विशाल पहाड पर्वत जिल्लाको कार्कीनेटा, थापाठाना र भंगारा तथा स्याङ्जा जिल्लाको आरुचौर र पञ्चमूल गाउँको सीमावर्ती क्षेत्रमा पर्छ

भानुभक्तको वाल्मीकि रामायणको अशमेद काण्डमा पनि यस पर्वतबारे निकै सुन्दर ढंगबाट व्याख्या गरिएको छ यस लेक देउरालीलाई धार्मिक रूपमा पनि निकै मान्यता दिइएको यस दृष्टान्तबाट पुष्टि हुन्छ यो नीलकण्ठ पर्वतबाट कसरी डहरे देउराली बन्यो? यसको कथा रोचक छ, योगी नरहरिनाथले लेखेका छन्, ‘यस पहाडमा एक समय डहरा ऋषिले तपस्या गरेका हुनाले यस पहाडको नाम डहरे देउराली बन्न पुग्यो।’ यस्ता किंवदन्ती अनेक तरहले बनेका हुन्छन् यसको सत्यता कति त्यो खोजको पाटो हुन सक्ला जे होस्, डहरे देउरालीलाई धार्मिक पुस्तकले अति महत्त्वका साथ लेखेका छन्
यस पर्वतमा करिब २ हजार मिटर लामो डहर भएकाले यसको नाम ‘डहरे देउराली’ भएको हुन सक्ने पनि मान्छेहरूको अड्कल छ यही पहाडमा आवाल ब्रह्माचारी खडानन्द अधिकारीले ३७ वर्षसम्म कठोर तपस्या गरेका थिए पौराणिक मान्यताअुनसार, निःसन्तान दम्पतीले यस स्थानको दर्शन गरेर बर मागेमा सन्तान प्राप्त हुने साथै मनको मानोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ यस स्थानमा मानिसहरू विवाह, व्रतबन्धजस्ता विशेष शुभकार्य पनि गर्छन् विशेषतः वाला चतुर्दशी, चैतेदसैँ, महाशिवरात्रि, गुरुपूर्णिमा, बडादसैंजस्ता विशेष पर्वहरूमा यहाँ धुमधामको पूजाअर्चना गरिन्छ
अहिलेसम्म डहरे देउराली क्षेत्र संरक्षणका लागि जिल्लाका कार्कीनेटा, थापाठाना, भंगारा र स्याङ्जाको पञ्चमूल वरपरका गाउँले केही पहल गरिरहेका छन् सँगै यस स्थल संरक्षणका लागि विधिवत् रूपमा समिति नै गठन गरिए पनि त्यसबाट कुनै फलदायी कामचाहिँ भएको देखिँदैन
डहरे पुग्न जंगल छिचोल्दै हिँड्नुपर्छ करिब ६० किमि लम्बाइ १५ किमि चौडाइ क्षेत्रफल रहेको लेकलाई पतझर प्रकारको घनाजंगलले घेरेको सदियौं पुरानाजस्ता लाग्ने लहरा झ्याउले जेलिएका रूख बुट्यानका आकृतियुक्त वनक्षेत्र देख्दा कुनै विशेष जिलायु सौन्दर्यको आभास मिल्छ मानिसको पातलो आउजाउ र उपस्थिति रहने जंगलको गोरटो बाटो प्रायः रूख बुट्यान र झाडीले छोपेको देखिन्छ सुरुमा बाटो छिचोल्न नसक्दा मानिस जंगलमा हराउने सम्भावना पनि हुन्छ
लेकको चुचुराबाट वरिपरिको प्रकृति नियाल्दा मन चकित बन्छ कल्पना गरेको परिवेशभन्दा नितान्त फरक महसुुस गर्न सकिन्छ डहरे चुली टेक्दा मन एकाएक आकाशको फेरो मार्न पुग्छ प्रकृतिको बुई चढी यो वनक्षेत्र जैविक विविधतायुक्त यहाँ दुर्लभ जातका वनस्पति पनि प्रशस्तै पाइन्छन्
डहरे देउरालीका विविध पक्षबारे यहाँ चर्चा गरियो यस क्षेत्र भोट तराई क्षेत्र जोड्ने पुरानो नाका पनि हो पुर्खाहरू यही बाटो भएर कार्कीनेटा हुँदै भोट प्रस्थान गर्थे व्यापारका लागि घरायसी बन्दोबस्तीका सामान निर्यातका साथै विशेषतः नुन ओसारपसारका लागि यो ाउँ महत्त्वपूर्ण नाका बनेको थियो
त्योबेला घोडा, खच्चडलाई भारी बोकाएर पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङसम्म ढुवानी गर्ने गरिन्थ्यो हाल सडक पहुँचले पुरानो त्यो समस्या टरेर गएको , अहिले यो स्थान पर्यटकीय गन्तव्य बन्दै छ
डहरे पुग्न पोखराबाट पर्वतको कार्कीनेटा हुँदै करिब ३ घण्टाको उकालो उक्लनुपर्ने हुन्छ स्याङ्जाको सिरुबारीबाट पनि घण्टाको हिँडाइपछि डहरे पुगिन्छ केही वर्षयता नौडाडा–कार्कीनेटा–लुंखु मोटर बाटो पुगेपछि यहाँ पुग्न केही सहज भएको
प्रकाशित : मंसिर २८, २०७६ १०:४५

आगोमा नाच


आगोमा नाच
पुस २४, २०७६अनिश तिवारी
सिन्धुपाल्चोक — बलेफी गाउँपालिकाको फुल्पिङकोट बगाले थापा गाउँमा मंगलबार बेलुकी छुट्टै रौनक देखिन्थ्यो । बेलुकी ९ देखि १० बजेसम्म पञ्चे बाजागाजाको आवाज, वरीपरी गाउँलेको सुरक्षाबीच ८४ भारी दाउराको आगोको चाङ दन्किरहृयो । के हुन्छ भन्ने जिज्ञासा मेट्न बसेका सबैको नजर ‘अग्नीकुण्ड’ आगोको थुप्रोमा केन्द्रित थियो 
एक्कासी पञ्चे बाजाको स्वर चर्किलो बन्यो । स्थानीय गाउँले एकदमै सर्तक बनेर हेर्न थाले । आगोको थुप्रो छेउकै पालबाट एउटा समूह नाच्दै निस्के । रुद्राक्ष र घन्टी भिरेका दुई वृद्धसहित १३ जना युवा आगोछेउ आएर उफ्रिन थाले ।
फेरि त्यहाँ एउटा अपत्यारिलो घटना भयाे, एक्कासी १३ जना युवा भटाभट आगोमाथि नाच्दै दौड्न थाले । हिमाली सिरेटोमा कठ्यांग्रीँदो जाडोमा पनि सेतो कछाड र गन्जीको पहिरन । ‘हाहा हरे हरे ’भन्दै उनीहरु भटाभट आगोलाई फुटबलझैं खेल्न थाले । हेर्न आएका गाउँलेदेखि बजारभरका स्थानीयमा खैलाबैला मच्चियो । भीड नियन्त्रण गरिरहेका स्थानीय लौरा लिएर वरीपरी तैनाथ थिए । नजिकिरहेको जमातलाई उनीहरुले कुशलतापूर्वक सम्हाले ।
आगोमाथिको नृत्य ‘एडभेन्चर’ रमाइलो हेर्दै दंगदास परेको भीडको भिडियो र तस्बिर खिच्दै सामाजिक सञ्जालमा हाल्न थाले । हेर्दाहेदै ८४ भारीको आगोको दन्किरहेको आगोको थुप्रो १३ युवा नाच्दानाच्दै कोइलामा परिणत भयो । ‘बल्ल खली परम्परा सुरक्षित रुपमा सकियो, यसको लागि ६६ वर्ष लाग्यो,’ थापा गाउँ सुधार समितिका अभियन्ता शम्भु थापाले भने । २०१० सालअघि वर्षैपिच्छै यस्तो परम्परालाई मान्दै मृतात्माको शान्तीको लागि खली प्रथा गरिएको उनले सुनाए ।
आर्थिक र सामाजिक अनेक समस्या व्यर्होनुपरेकाले परम्परालाई नियमित गराउन गाउँबाटै सहयोग जुटाएको उनको भनाई छ । ‘गाउँकै ८८ घरधुरी मिलेर वर्षौपछि यो परम्परा पूरा गरिएको हो, ’उनले भने । अकालमा ज्यान गुमाएका मृतात्माको मुक्तिको लागि खली प्रथा गरिँदै आएको उनले जानकारी दिए । गाउँलेले गाउँबाटै झन्डै चार लाख ४४ हजार सहयोग संकलन गरेर यस परम्परालाई निरन्तरता दिएका हुन् ।
चमत्कार कि अन्धविश्वास ?अनार्य सभ्यताको एउटा तान्त्रिक प्रक्रिया मानिने खली प्रथा प्रेतात्माको मुक्तिको लागि गरिन्छ । तन्त्रमाध्यमबाट प्रेतआत्मा ‘वायु’लाई बोलाएर आफ्नो मृत्युबारे बकाएपछि मृतकको इच्छानुसार खली प्रथा गराइन्छ । दाउराको भारी आगोमाथि दौडाइँदा पैतालादेखि शरिरभर कुनै पोल्ने र चोट पट नलागेको देख्दा आफु अचम्मित भएको कक्षा ११ मा अध्ययनरत २४ वर्षीय साजन थापाले बताए । ‘त्यत्रो आगोमाथि दौडिए तर, पनि केही भएको छैन्, यसलाई चमत्कार मान्ने या अन्धविश्वास ?, ’उनले प्रश्न गरे । आफूमाथि सेतीदेवी चढेपछि आफै कम्पन छुटेको र अरुसँगै आगोमाथि दौडिएको उनले जनाए ।



धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...