Tuesday, January 21, 2020

‘बड्‌डाको’ को डोब


बड्‌डाको’ को डोब
माघ ४, २०७६रवीन्द्र ढकाल
मानवशास्त्री डोरबहादुर विष्ट २०४८ सालमा जुम्लाको चौधबीसा उपत्यका पुगे । उद्देश्य थियो– समाज विज्ञानका सिद्धान्तलाई व्यवहारमा उतार्नु ।यही चौधबीसाबाट २०५२ सालको अन्त्यतिर उनी जुम्ला बजार हुँदै नेपालगन्ज उडेका थिए त्यसपछि उनी हराए
हालसम्म उनको खबर छैन डोरबहादुरले समाज–विज्ञान अध्ययन गरेको थलो बुझ्न विष्ट हराएको लगभग २३ वर्षपछि (२०७५ पुस ६) गते लेखक चौधबीसा उपत्यका पुगेका थिए डोरबहादुर हराएको दुई दशकपछि त्यस उपत्यकाको चित्र कस्तो थियो? डोरबहादुरबारे गाउँलेहरू के भन्थे?
एक आलेख :
बड्‌डाका कपाल पूरै सेतो, आँखानिर कालो कोठी राडीपाखी काँधको दुवैपट्टि हालेर कम्मरमा डोरीले बाँध्थे रे ! प्रायः एक्लै हिँड्थे कहिलेकाहीँ गाउँलेहरू भेला गराउँथे भन्थे, ‘तिमीहरू लाटा हौ, जडीबुटी भईकन पनि ठगिएका छौ
बड्‌डाको यो वचन चौधबीसा उपत्यकाको लुम गाउँका कल्लीबहादुर रावतको मनमै गडेको छ उनका ‘बड्डा’ डोरबहादुर विष्ट हुन्
चौधबीसाको विकासका लागि पहिला शिक्षा र शिक्षामार्फत अन्धविश्वास हटाउनुपर्छ भन्थे डोरबहादुर यो कुरा उनले हिमालखबर पत्रिकाको २०५२ ‘माघ–चैत’ सालमा प्रकाशित लेख ‘चौधबीसाको अनुभव : खसहरूमा आत्म–पहिचानको संकट’ मा बताएका छन्
यही परिकल्पनाअनुरूप, उनले कर्णाली इन्स्टिच्युट खडा गरे चौधबीसामा सदियौंदेखि खस जातिको आत्मविश्वास पहिचानलाई सामूहिक रूपमा कमजोर परियो भन्ने उनको बुझाइ थियो
चौधबीसा उपत्यकावरिपरि पाइने जडीबुटीको उचित उपयोगले आर्थिक स्थिति सबल बनाउँछ, अर्थ भएपछि पहिचानको संकटको खाडललाई पुर्न सजिलो हुन्छ अनि आत्मविश्वास फर्किन्छ भन्नेमा विष्ट विश्वस्त थिए विष्टले चौधबीसामा यही कुरा लागू गर्ने प्रयत्न गरेका थिए
चौधबीसा उपत्यकाभित्रको खस बस्ती हो— लुम गाउँ गाउँमुन्तिर जवा नदी फैलिएर बगेको नदीकै मास्तिर झुरुप्प माटोका छत भएका घरहरू टक्क मिलेर बसेका छन् यी घरहरूलाई जहिल्यै पतरासी हिमालले हेरिरहेको हुन्छ
लुम गाउँकै शिवलाल रावत र गोविन्द बुढालाई विष्टले त्यसबेला काठमाडौं पढ्न पठाए शिवलाल रावत अझै उनले भनेको वाक्य सम्झन्छन्, ‘काठमाडौं गएर पढ्नु अनि फर्कनु, काठमाडौंलाई चौधबीसासँग जोडने पुल हौ तिमीहरू।’
...
जुम्लाको खलंगा बजारबाट ४५ मिनेटको जिप–यात्रापछि म लुम गाउँ पुगेको थिएँ लुममा अहिले जिन्स पाइन्ट, मास्क, टुबोर्ग बियर र मोबाइलका सेटहरू बाटोसँगै पुगेर फेसन बनेका छन्
म लुम पुग्दा घाम टाउकोमाथि पुगिसकेको थियो गाउँलेहरू विद्यालयको चउरमा जम्मा भएका थिए चउरबीचमा कुर्सी थियो कुर्सीमाथिको टपरीमा रातो अक्षता सुकेको रगतको पाप्रा देखियो
कुर्सीअगाडि नाइलनको डोरीले दुई हात बाँधेका ‘मान्ठा’ हरू लस्करै उभिएका थिए ती मान्ठाहरूलाई टपरीमा छुवाउँदै ‘तुइले चोर्‍या हो कि नाइ?’ भनिँदै थियो
पाठोको रगतको सुकेको पाप्रा छोएपछि चोरले सत्य बोल्नुपर्छ रे ! यदि उसले झूट बोल्यो भने धामी लाग्छ भन्ने मान्यता रहेछ यहाँ सरकारी ऐनभन्दा पनि धामीको शासन कडा रहेछ टपरी छोएर कसम खाने मान्ठाहरू मुगुका बासिन्दा थिए
लुम गाउँको सामुदायिक वनको सिमानाले मुगुलाई छुन्छ यी मान्ठाले बिनाजानकारी सामुदायिक वनमा पसेर हिड्डे र भोल्टे (जडीबुटी) चोरेका रहेछन् चोर पत्ता लगाउने यस्तो प्रथालाई स्थानीय शब्दमा ‘रक्त्यावली’ भनिन्छ धामी लाग्ने भएपछि साँचो नबोलेर भयो ?
डोरबहादुर विष्टले सधैं भन्थे, ‘धामी, देवी, देवता, बाहुनले नेपाली समाजको पौरखको बाटो छेकिदिए।’ उनी आफ्नो लेखमा यहाँका मान्ठाभित्र गडेर बसेको धामी अर्थात् अन्धविश्वास पनि हटाउने प्रयास गर्दैछु भन्थे तर, अहिले उनी आफैं अलप भएका छन्
...
चौधबीसाका मान्ठाहरूको घर अहिले पनि बर्खाभरि वनको पाटनमा कोतरेको जटामसी, वन लसुन, नक्कली च्याउ, सेतो चिनी र कटुकोले चलाइदिन्छ पहिले सुकेका जडीबुटीलाई पिठ्युँमा बोकेर २४ दिनमा मान्ठाहरू नेपालगन्ज पुर्‍याउँथे अहिले वर्षअगाडि खुलेको कच्ची बाटो हुँदै व्यापारी आउँछन् दैनिक ज्यालामा यहाँका मान्ठालाई खटाएर जुडीबुटी बटुल्छन् बोलेरोमा चढेर लुम पुगेका उनीहरूले बजारका साथै फाइदा पनि खाइदिएका छन्
गाउँलेका हातमा पचास हजारदेखि एक लाख रुपैयाँ नगद पर्छ यसबाहेक अन्य आम्दानीको स्रोत भेट्न मुस्किल गाउँ डुल्दा जडीबुटीबाट पाएको रुपैयाँ कहाँ जान्छ होला भन्ने कौतूहल जाग्नु स्वाभाविक हो किनभने उनीहरूको जीवनस्तरमा केही भिन्नता देखिन्न
हिउँ पर्दा चिसोबाट ट्टकी (बच्चाहरू) लाई जोगाउन दाउराको खोजीमा महिलाहरू साँझसम्मै व्यस्त हुन्छन् कति उब्जनी नहुने खेतमै नङ खोस्रिरहेका देखिन्छन् प्रायः महिलाहरू बिहानै पटुकीमा मकैको रोटीसँगै नुन बेरेर वन जान्छन् हिउँ पर्नुअघि नै गाई, बाख्रा र भेडाका लागि घाँस बटुल्नु जो पर्छ
व्यस्तताबीच स्याउलाको भारी बोकेर साँझको गोधूलिमा सुनकुली रावतलाई गाउँ छिर्ने गल्छेडामै भेटेँ
श्रीमान् कता हुनुहुन्छ?’
एकै छिनको अलमलपछि उनले विद्यालय छेउको ठूलो घरमा छन् भन्ने उत्तर दिइन्
म उनले भनेको घरतिर लागेँ काठले बनेको तीनतले घर प्रत्येक तलामा चारचारवटा कोठा घरभित्र छिर्नेबित्तिकै मानिसहरू भागाभाग गर्न थाले तासका पत्ताहरू फिँजिएको थियो खाल एकाएक रित्तियो भाग्दाखेरि घोप्टिएका गिलासहरूबाट आएको ह्वास्स गन्धले नाक मथिंगल नमज्जासँग हल्लियो त्यहाँबाट भागेका उनीहरू बाहिर एकअर्कासँग भलाकुसारी गर्न थाले ‘नौलो मान्ठा देखेपछि ढुकढुक भयौं,’ भाग्नेमध्येका एकले सुस्तरी भने

डोरबहादुर विष्टको बारेमा खोज्दै आएको विद्यार्थी हुँ,’ भनेर परिचय दिएपछि स्थिति अलि सामान्य बन्यो वडाध्यक्ष, स्कुलका मास्टर सबै यहीँ आउँदा रहेछन् जडीबुटीको रुपैयाँ त्यस दिन मैले तासको खालमा छरपस्ट भएको देखेँ

तास अम्मलीलाई ट्टकीका किताब बोक्ने झोला च्यातिएको हेर्ने फुर्सद रहेनछ भनेर अनुमान लाउन मुस्किल भएन साथै श्रीमती, दिदी, बहिनी र आमाहरूलाई कामको बोझ र पौष्टिक खानाको कमीले उमेरभन्दा अगाडि नै बूढ्यौलीले छोएको पनि उनीहरूलाई वास्ता थिएन
लोग्नेको प्रतीक्षामा चिसो दाउरालाई सुधारिएको चुलोमा अबेर रातिसम्म बालिराख्न आगो फुकिरहेका महिलाहरू सायद उनीहरू तासमा जितुन् भन्ने कामना पनि सँगै गर्छन् तासमा हार्नेको घरबाट राति महिला रोएको चीत्कार आउँछ हारको रन्‍को रक्सीको मातमा लठ्ठिएको लाग्नेको कुटाइ खाएका महिलाका लागि हरेक रात चुक घोप्टिएझैं अन्धकार औंसी
एकाबिहानै म बसेको घरमा ७ जना महिला आइपुगे सबभन्दा अघिकीले सुँक्कसुँक्क गर्दै भनिन्, ‘हामी यस्तै पीरकन बूढी भया हौं।’ नौलो मान्ठालाई यस्तो कुरा बताएपछि मन हल्का हुन्छ कि भन्ने उनको आस हुँदो हो तर, तासको खाल र रक्सीको मातलाई मैले कसरी रोक्नु?
डोरबहादुर अलप भएको लगभग २५ वर्षपछि पनि लुम गाउँमा जडीबुटीको व्यवस्थापन र उचित प्रयोग भएको छैन फाइदाजति बाहिरका व्यापारीले लगेका छन् र गाउँलेहरू केवल ज्यालामै रमाएका छन् डोरबहादुर भएको भए यो स्थितिलाई कसरी विश्लेषण गर्थे होलान्?
...
काठमाडौं आइसकेपछि डोरबहादुरले त्यसबखत काठमाडौं पठाएका शिवलाल रावत र गोविन्द बुढालाई खोज्न थालें निकै दिनको प्रयत्नपछि नामनगरको मोडमा जुम्लाको ओखर, स्याउ, सिमी र मह बेच्ने पसलमा रावत फेला परे गोविन्दको पत्तो लागेन
शिवलाललाई लुमका बासिन्दाले जहिल्यै फोन गर्छन् र भन्छन्, ‘स्याउ, ओखर र मह किन्देऊ।’ गाउँलेको आग्रह टार्न नसकेर घाटै खाएर पनि किन्दिन्छन् सहरमा संघर्ष गर्दागर्दै गाउँ उनीबाट टुट्यो वर्षौं भयो उनी लुम नपुगेको
म एउटा व्यक्तिले कहिलेसम्म स्याउ किन्दिराख्ने?’ उनी प्रश्न सोध्छन् यसको उत्तर दिन सक्दिनँ ‘पहिले पनि डोरबहादुर लागेर केही भएन चौधबीसामा, राज्य नै नलागेपछि अब एउटा रावतले के गर्ने?’
प्रकाशित : माघ ४, २०७६ १०:३३

Sunday, January 19, 2020

राजदूतका किस्सा


राजदूतका किस्सा

सन्तोष खडेरी, फुर्सद,  ०७ मङि्सर २०७६ ०९:१०:००

पार्थिव शरीरलाई कुनै पनि गैरहिन्दू नागरिकले छुन नहुने र वहानले बोक्न नहुने। केही हिन्दू मलामीले खाली खुट्टा शव बोकेको। बाटोभर चाँदी र तामाको सिक्का फ्याँक्दै हिँडेको। जनरल बहादुर शमशेरले नेपाली राजदूतका रूपमा लन्डनमा एक वर्षभन्दा बढी समय बिताएको भए पनि उनी एउटै पनि औपचारिक रात्रिभोजमा सामेल भएनन् किनकि उनी हिन्दू भएकाले भोजमा केही पनि खान सक्दैनथे।
बहुपत्नीका साथ जम्बो टोली लिएर त्यहाँ पुगेका शंकर त्यहाँका प्रेसलाई आश्चर्यजनक लागेछ। उनीहरूले लेखेका छन् कि यो सहरमा असामान्य अतिथि आएका छन्। नेपालबाट पहिलोपटक सन् १९३४ अप्रिलमा बेलायतका लागि मिनिस्टर स्तरमा जनरल बहादुर शमशेर जंग बहादुर राणा नेपाली राजदूतका रूपमा नियुक्त भएदेखि अमेरिकामा पहिलो आवासीय राजदूतका रूपमा हृषीकेश शाहसम्म (सन् १९५६-१९६१) का केही नेपाली राजदूतसँग जोडिएका केही रोचक प्रसंग यहाँ उठाइएको छ।
सार्वजनिक रूपमा विभिन्न डिजिटल आर्काईभहरूमा उपलब्ध भएका तत्कालीन समयमा बेलायत, अस्ट्रेलिया र अमेरिकाबाट प्रकाशित हुने दैनिक, साप्ताहिक एवं मासिक पत्रिकाहरूमा नेपालबारे प्रकाशित खबर अध्ययन गर्ने क्रममा फेला पारेका ती राजदूत र तिनका पारिवारिक सदस्यसँग सम्बन्धित खबरको आधारमा तिनलाई नै स्रोत मानेर यो लेख तयार पारिएको छ।
कुनै समय समुद्रपार गर्दा जात नै जान्छ भन्ने संस्कृति व्याप्त रहेको नेपालबाट राजाका प्रतिनिधिका रूपमा राजकीय कार्यका लागि सन् १८५० मा तत्कालीन प्रधानमन्त्री एवं कमान्डर इन चिफ जंग बहादुर राणाले बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका थिए। सुगौली सन्धिलगत्तै बेलायतको आवासीय प्रतिनिधि भने काठमाडौँमा रहने गरेको भए तापनि सन् १९३४ भन्दा अघि बेलायतमा नेपालको आवासीय प्रतिनिधि भने थिएनन्।
त्यस बीचमा नेपालबाट बेलायत र बेलायतबाट नेपाल प्रतिनिधि आउने-जाने क्रम भने जारी नै रह्यो। सन् १९०८ मा चन्द्र शमशेरको युरोप भ्रमण भयो। सन् १९११ मा बेलायती राजा जर्ज पाँचौं तराईको जंगलमा शिकार खेल्न नेपाल आइसकेका थिए।


राजदूतलाई आएका निमन्त्रणा 
नेपालबाट पहिलोपटक सन् १९३४ को अप्रिलमा बेलायतका लागि मिनिस्टर स्तरमा कमान्डिङ जनरल बहादुर शमशेर जंग बहादुर राणा (तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरका पुत्र) लाई नेपाली राजदूतका रूपमा नियुक्त गरिएको हो। यसै घटनालाई दी न्युज अस्ट्रेलियाले ३१ मार्च १९३४ को अंकमा यस्तो लेखेको रहेछ  :
नेपालले आफ्नो कूटनीतिक दायरा विस्तार गरी बाँकी विश्व समुदायसँग पनि सम्पर्क स्थापित गर्ने हेतुले छिट्टै बेलायतको लन्डनमा नेपाली दूतावास स्थापना गर्दैछ। त्यसका लागि पहिलो राजदूतमा प्रधानमन्त्रीका जेष्ठ पुत्र क.ज. बहादुर शमशेर जबरालाई सिफारिस गरिएको छ र अहिले उनी उताबाट स्वीकृतिको पर्खाइमा छन्। उनी छिट्टै नै आफ्नी बिमारी पत्नी ‘रानी साहेब’का साथ लन्डनतर्फ प्रस्थान गर्नेछन् जसलाई भर्खरै भारत पुगेका लन्डनका विशेषज्ञ डाक्टरले चेक जाँच गरेका थिए र उनको अबको उपचार लन्डनमा हुनेछ। बहादुर शमशेरको पहिलो कार्य आफ्ना पिता महाराजा जुद्ध शमशेरका तर्फबाट बेलायती राजा जर्जलाई नेपालको सर्वोच्च सम्मान ‘ओजस्वी राजन्य’ प्रदान गर्ने हुनेछ।’
राजदूतमा नियुक्त भएर काठमाडौंबाट साइत गरी बेलायत प्रस्थान गरेका बहादुर शमशेर ९ अप्रिल सोमबारका दिन कलकत्ता त्यस्तै मुम्बई हुँदै २८ मेमा मात्रै बेलायत पुगेका थिए। (दी सिड्नी मर्निङ ९ अप्रिल र दी डेली न्युज पर्थ २८ मे १९३४)
स्ट्रेचरमा नै बेलायत पुर्‍याइएकी राजदूत पत्नीको करिब दुई महिना भित्र नै १८ जुलाईको बिहान उपचाररत एक नर्सिङ होममा उपचारकै क्रममा निधन भयो। उनको निधनपछिको अन्तिम संस्कारले भने बेलायती इतिहासमा नै हिन्दू परम्पराअनुसार पहिलो हिन्दूको अन्तिम संस्कारका रूपमा एउटा इतिहास नै कायम गरेछ। (दी मर्करी होबार्ट १८ जुलाई १९३४)
पत्नीको निधन हुँदा राजदूत बहादुर शमशेर बेलायतमा थिएनन्। उनी महत्वपूर्ण राजकीय जिम्मेवारीसाथ इटालीका राजालाई नेपालको सर्वोच्च सम्मान ‘ओजस्वी राजन्य’ प्रदान गर्न इटालीमा खटिएकाले उनलाई त्यहीँ नै पत्नीको अवस्था अत्यन्तै जटिल रहेको भन्ने खबर टेलिफोनमार्फत गराइएको रहेछ तर निधन भइसकेको भने उनलाई बताइएनछ। यसले के देखाउँछ भने उति बेलादेखि नै हाम्रो प्रचलन रैतीदेखि राजासम्म पनि घरबाहिर रहेका कसैलाई जानकारी गराउनुपरे निधनभन्दा पनि जटिल बिरामी भएको खबर पुर्‍याइने रहेछ।
हिन्दू परम्पराअनुसार शवलाई तत्कालै जलाउनुपर्ने र शव लामो समयसम्म राख्न नहुने भएकाले उनी पत्नीको अन्तिम संस्कारका लागि समयमा नै बेलायत आइपुग्न सकेनन् र उनको उपस्थितिबिना नै दाहसंस्कार भयो। (दी क्यानबेरा टाइम्स २० जुलाई १९३४)
हाम्रो हिन्दू धर्म संस्कारअनुसार यो हाम्रा लागि सामान्य पारम्परिक अभ्यास भए पनि उतिबेला बेलायतीलाई अनौठो लागेछ र उनीहरूले शवदहन र अन्तिम संस्कार प्रक्रियाको सविस्तार वर्णन गरेका छन्।

बहादुर शमशेरकी पत्नीको अन्तिम श्रदाञ्जली । 
उनको पार्थिव शरीरलाई कुनै पनि गैरहिन्दू नागरिकले छुन नहुने र वहानले बोक्न नहुने भएकाले दूतावासमा कार्यरत हिन्दू कर्मचारीसहित अन्य दर्जन बढी हिन्दू मलामीले बेलुकी ६ बजे अगावै स्ट्रेचरमा नै उनको शवलाई बोकेरै खाली खुट्टा निधन भएको स्थान नर्सिङहोमबाट बाटोभर नै चाँदी र तामाको सिक्का फ्याँक्दै आधा माइल टाढा जेम्स स्ट्रिट नजिकैको एउटा खुला चौरमा अन्तिम संस्कारका लागि पुर्‍याइएको थियो। त्यस्तै व्यस्त सडकमा मान्छेको चाप हुँदा अरु मान्छेद्वारा छोइने आशंका जताइए पनि त्यसबारे थप खुलाइएको छैन।
खुला चौरलाई पर्दाले चारैतिरबाट बेरेर तयार गरिएको स्थानमा हिन्दू संस्कारअनुसार गैर हिन्दूसँगै छालाबाट बनेका सामग्रीहरूको प्रवेश निषेध गरिएको थियो। शव दहनका लागि बहुमूल्य चन्दन र निकै महँगो अन्य काठका दाउरा प्रयोग गरिएको थियो। उनको अस्तु भारतको गंगा नदीमा सेलाउने गरी छुट्टै राखिएको थियो। करिब दुई घण्टासम्म चलेको अन्तिम संस्कार समारोहमा जनरल विष्णु शमशेर, कृष्ण मोहन, हिन्दू पण्डित, आर.एस. नेहरा, डा. सी.एल. कटियाल, सरदार अर्जुन सिंह, गोश्वामी र टेल्करको उपस्थिति रहेको थियो। (दी अर्वान कुरियर जुलाई र दी मोर्निक बुलेटिन अगस्ट १९३४)
उनका नजिकका मान्छेहरूको हवाला दिँदै बहादुर शमशेरको आफ्नी बिरामी पत्नीसँग भावनात्मक सम्बन्ध अत्यन्तै निकट रहेको उल्लेख गरिएको छ। (दी कुरियर मेल अक्टोबर १९३४)
यसभन्दा सात वर्ष पहिले बहादुर शमशेरकी अर्की एक पत्नी ‘प्रिन्सेस स्नेहलता’को समेत १९२७ मे १४ मा भारतको मसूरीमा उपचारका क्रममा निधन भएको खबर देहरादूनबाट प्रकाशित हुने गोर्खा लिगको मुखपत्रले जुलाई महिनामा छापेको रहेछ। भावीको लीला अपरम्पार छ भन्दै नुवाकोटका राजा धर्मध्वजकी पुत्री स्नेहलताको निधन भएको डेढ घण्टापछि पिता धर्मध्वजको समेत निधन भएको उल्लेख छ।
अर्को रोचक प्रसंग भने नेपाली राजदूतलाई निम्त्याइएको रात्रिभोजसँग सम्बन्धित छ। सन् १९३४÷३५ मा संसारको ठूलो भूभागमा उपनिवेश कायम गरेर विश्व राजनीतिको मियो रहेको बेलायती सहर लन्डनमा संसारका थुप्रै अन्य स्वतन्त्र र शक्तिशाली मुलुकका दूतावास थिए। सार्वजनिक रूपमा उपलब्ध भएका निमन्त्रणापत्रलाई मात्र आधार मान्ने हो भने पनि नेपाली राजदूतलाई शोभियत युनियन, जापानी, डच, दक्षिण अफ्रिका, अफगानिस्तानका राजदूतावासका साथै थुप्रै बेलायती निकायले रात्रिभोजका लागि आमन्त्रण गरेका रहेछन्।
जनरल बहादुर शमशेरले नेपाली राजदूतका रूपमा लन्डनमा एक वर्षभन्दा बढी समय बिताएको भए पनि उनी एउटै पनि औपचारिक रात्रि भोजमा सामेल भएनन् किनकि उनी हिन्दू भएकाले भोजमा केही पनि खान सक्दैनथे। (कर्निस पोस्ट ९ सेप्टेम्बर १९३४)
आफूलाई निम्त्याइएका रात्रिभोजमा उपस्थिति हुनु र आफूले समेत रात्रिभोजको आयोजना गरी अतिथि निम्त्याउनु राजदूतको सम्बन्ध विस्तारको आधुनिक कूटनैतिक शैली हो तर उक्त खबरअनुसार त्यतिबेला हामीलाई त्यहाँ हाम्रो सांस्कृतिक परम्पराले रोक्ने गरेको देखिन्छ।
त्यसै गरी त्यतिबेला विदेशी भूमिमा समेत औपचारिक समारोहमा सहभागी हुँदा रोलक्रममा रहेका ती राणा राजदूतहरूले श्रीपेच र फौजी पोसाक पहिरिने चलन रहेछ। १९३४ कै अक्टोबर १० मा इटाली सरकारले बहादुर शमशेरलाई प्रदान गरेको ‘अर्डर अफ द क्राउन अफ इटाली’ सम्मान थाप्न जाँदा पनि उनले श्रीपेच पहिरिएको निकै दुर्लभ भिडियो इटालीका सञ्चार माध्यमबाट सार्वजनिक भएका छन्।
बहादुर शमशेर बेलायतबाट फिर्ता भएपछि बेलायतका लागि नयाँ राजदूतमा नियुक्त भए जनरल कृष्ण शमशेर जबरा (चन्द्र शमशेरका पुत्र)। बेलायती राजासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन राजदरबार जाँदा उनी श्रीपेचका साथ पुगेका बेला अन्तर्राष्ट्रिय समाचार संस्था एपीले उनको एउटा तस्बिर लियो र उनको शिरको श्रीपेचसहितको उक्त तस्बिरलाई प्रमुखताका साथ अन्तर्राष्ट्रिय अखबारले दुई लाख पचास हजार अमेरिकी डलर मूल्यको बहुमूल्य टोपी सम्पन्नशाली नेपाली राजदूत कृष्ण शमशेरको भन्दै खबर छापे। (दी एसोसियट प्रेसमार्फत दी डेली इलिनी)
कृष्ण शमशेरले आफ्नो दिवंगत छोरीको सम्झनामा लन्डनको अक्स्फोर्डस्थित अस्पतालमा शैय्या पनि थपिदिएका रहेछन्। त्यतिबेला त्यहाँका जनमानससहित अन्य तमाम कूटनीतिक अधिकारीमा समेत नेपालको राम्रो प्रभाव पर्ने गरी उक्त खबर प्रमुखतासाथ छापिएको रहेछ। (दी इभिनिङ स्टार डिसेम्बर १९३५)
कृष्ण शमशेरकी पत्नीबारे पनि अर्को एउटा रोचक खबर छापिएको छ प्रिन्सेस अफ नेपाल भनेर गरिएको सम्बोधनमा अघिल्लो बहादुर शमशेर पत्नी र यिनकी पत्नीसमेत कुनैमा पनि नाम भने छापिएको छैन।
सन् १९३६ को अप्रिल महिनामा स्थानीय अखबारमा ‘प्रिजनर प्रिन्सेस’ शीर्षकमा खबर छापियो जुन कृष्ण शमशेरले अस्पताललाई बेडदान गरेपछिको थियो।
सोही खबरअनुसार एक सम्पन्न त्यस्तै सुन्दरी राजकुमारी दूतावास परिसरमा कैदी जीवन बिताइरहेकी छिन्। उनी नेपालका महाराजाका दिदी र बेलायतस्थित नेपाली राजदूतकी पत्नी हुन्। उनी अहिलेसम्म पनि एक्लै बाहिर निस्किएर कुनै पनि सामान खरिद गर्न पनि गएकी छैनन्। उनलाई कुनै पनि औपचारिक समारोहमा उपस्थिति जनाउन अनुमति नभएकाले पनि उनी आफ्नो मुलुकको आधा सम्पत्तिको मालिक भइकन पनि पीडित भएर कैदीझैँ जीवन जिउन बाध्य छिन्।
लन्डनमा रहेका चन्द्र शमशेरका छोरा विष्णु शमशेर सन् १९३४ को सुरुवात तिरैबाट अमेरिकन डान्सर युवतीसँगको प्रेम सम्बन्धका कारण निकै चर्चामा थिए त्यस्तै सन् १९४६ मा उनको रहस्यमयी निधन भयो जसको चर्चा-परिचर्चा अद्यापि कायम नै छ। (यसबारे विस्तृतमा कुनै अर्को आलेखमा लेखौंला।)
लन्डनको ह्याम्प्स्टेडस्थिति विष्णुको आवासमा सन् १९३६ को नोभेम्बरको एकरात पाइपबाट चढेर चोर पसेछ र करिब दस हजार पाउन्ड बराबरको गहना लुटपाट भएछ। चोरी हुँदा विष्णु भारतमा रहेछन् भने आवासमै रहेकी पत्नीले थाह पाइनन्। त्यतिबेला त्यो चोरीको घटना पछिल्ला केही वर्षमा घटनामध्येमा ठूलो धनमाल चोरीको घटना थियो। पछि लन्डन प्रहरीले ती सातै जना चोरलाई समातेको भन्ने पनि छापिएको थियो। एकाध संख्यामा बेलायतमा रहेका ती शासक नेपालीहरूसँग सम्बन्धित घटनाले त्यहाँको जनमानसमा नेपालीहरू अत्यन्तै सम्पन्नशाली भएको भान पर्न गएको देखिन्छ।
हृषीकेश शाह अमेरिकी विदेशमन्त्री जोन फोस्टर डलेससँग।
त्यस्तै एउटा अर्को रोचक प्रसंग भने जनरल शंकर शमशेरसँग जोडिएको छ सन् १९४९ देखि सन् १९५४ सम्म बेलायतका लागि आवासीय र अमेरिका एवं फ्रान्सका लागि गैरआवासीय राजदूतको जिम्मेवारीमा रहेका जनरल शंकर शमशेर जबरा १९५३ अप्रिलमा दश सदस्यीय टोलीका साथ अमेरिकाको टेक्सास राज्यको डालस सहर पुगेका थिए। बहुपत्नीका साथ जम्बो टोली लिएर त्यहाँ पुगेका शंकर त्यहाँका प्रेसलाई आश्चर्यजनक लागेछ। उनीहरूले लेखेका छन् कि यो सहरमा असामान्य अतिथि आएका छन्। अमेरिकाका लागि नेपाली राजदूत शंकर शमशेर जबरा आफ्ना पत्नीहरूका साथमा यहाँ आएका हुन्। नेपालमा बहुपत्नी प्रथा कायम रहेकाले उनका पनि बहुपत्नीहरू रहेका छन्। (एन.बि.सी. न्युज ०१ अप्रिल १९५३)
यहीँनेर राजा त्रिभुवनसँग सम्बन्धित एउटा प्रसंग उल्लेख गर्नु वाञ्छनीय हुन आउँछ। सन् १९५४ मा बिरामी परेका तत्कालीन राजा त्रिभुवनले औषधोपचारका लागि अमेरिका जाने कोसिस गर्दा सन् १९५२ मा जारी भएर लागू भएको अमेरिकी अध्यागमन कानुनअनुसार बहुविवाहका कारण उनलाई अमेरिकाले भिसा दिन अस्वीकार गर्‍यो। (दी डेली न्युज टेलिग्राफ ३० डिसेम्बर १९५४) अमेरिकाबाट भिसा नपाएपछि राजा त्रिभुवन उपचारका लागि स्वीट्जरल्यान्ड गए तर सन् १९४९ देखि गैरआवासीय राजदूत रहेका शंकर भने बहुपत्नीसाथ सन् १९५३ मा निर्बाध रूपमा अमेरिकाको शयर गरे।
त्यस्तै अर्को रोचक प्रसंग अमेरिकाका लागि पहिलो आवासीय नेपाली राजदूत एवं संयुक्त राष्ट्रसंघका लागि नेपालका पहिलो स्थायी प्रतिनिधि हृषीकेश शाह (१९५६-६१) सँग सम्बन्धित छ।
१९५७ सेप्टेम्बर १७ को साँझ न्युयोर्क म्यानहार्टर्नको सेन्ट्रल पार्कमा घुम्दा हृषीकेश शाहलाई दुई लुटेराले उनको साथमा रहेको पन्चानब्बे अमेरिकी डलर, उनको पर्स र हाते घडीसमेत लुटी कुटपिट गर्दै छुरासमेत प्रहार गरेछन् र उनी घाइते भए। तत्काल उनलाई उपचारका लागि नजिकको ल्याटर्स अस्पतालमा भर्ना गरियो। (दी डेली न्युज टेलिग्राफ १८ सेप्टेम्बर १९५७)
अर्को दिन १८ सेप्टेम्बरमा वासिङ्टनबाट न्युयोर्कको अस्पतालको शैय्यामा उपचाररत हृषीकेशलाई भेट्न पुगेका तत्कालीन अमेरिकी विदेशमन्त्री जोन फोस्टर डलेसले उक्त घटनाप्रति शाहसँग आफ्नो सरकारका तर्फबाट क्षमायाचनासमेत गरेका थिए। त्यसै समयको उक्त तस्बिर यहाँ देख्न सक्नुहुनेछ। (दी एसोसियट प्रेस १८ सेप्टेम्बर १९३४)


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...