Tuesday, January 21, 2020

‘बड्‌डाको’ को डोब


बड्‌डाको’ को डोब
माघ ४, २०७६रवीन्द्र ढकाल
मानवशास्त्री डोरबहादुर विष्ट २०४८ सालमा जुम्लाको चौधबीसा उपत्यका पुगे । उद्देश्य थियो– समाज विज्ञानका सिद्धान्तलाई व्यवहारमा उतार्नु ।यही चौधबीसाबाट २०५२ सालको अन्त्यतिर उनी जुम्ला बजार हुँदै नेपालगन्ज उडेका थिए त्यसपछि उनी हराए
हालसम्म उनको खबर छैन डोरबहादुरले समाज–विज्ञान अध्ययन गरेको थलो बुझ्न विष्ट हराएको लगभग २३ वर्षपछि (२०७५ पुस ६) गते लेखक चौधबीसा उपत्यका पुगेका थिए डोरबहादुर हराएको दुई दशकपछि त्यस उपत्यकाको चित्र कस्तो थियो? डोरबहादुरबारे गाउँलेहरू के भन्थे?
एक आलेख :
बड्‌डाका कपाल पूरै सेतो, आँखानिर कालो कोठी राडीपाखी काँधको दुवैपट्टि हालेर कम्मरमा डोरीले बाँध्थे रे ! प्रायः एक्लै हिँड्थे कहिलेकाहीँ गाउँलेहरू भेला गराउँथे भन्थे, ‘तिमीहरू लाटा हौ, जडीबुटी भईकन पनि ठगिएका छौ
बड्‌डाको यो वचन चौधबीसा उपत्यकाको लुम गाउँका कल्लीबहादुर रावतको मनमै गडेको छ उनका ‘बड्डा’ डोरबहादुर विष्ट हुन्
चौधबीसाको विकासका लागि पहिला शिक्षा र शिक्षामार्फत अन्धविश्वास हटाउनुपर्छ भन्थे डोरबहादुर यो कुरा उनले हिमालखबर पत्रिकाको २०५२ ‘माघ–चैत’ सालमा प्रकाशित लेख ‘चौधबीसाको अनुभव : खसहरूमा आत्म–पहिचानको संकट’ मा बताएका छन्
यही परिकल्पनाअनुरूप, उनले कर्णाली इन्स्टिच्युट खडा गरे चौधबीसामा सदियौंदेखि खस जातिको आत्मविश्वास पहिचानलाई सामूहिक रूपमा कमजोर परियो भन्ने उनको बुझाइ थियो
चौधबीसा उपत्यकावरिपरि पाइने जडीबुटीको उचित उपयोगले आर्थिक स्थिति सबल बनाउँछ, अर्थ भएपछि पहिचानको संकटको खाडललाई पुर्न सजिलो हुन्छ अनि आत्मविश्वास फर्किन्छ भन्नेमा विष्ट विश्वस्त थिए विष्टले चौधबीसामा यही कुरा लागू गर्ने प्रयत्न गरेका थिए
चौधबीसा उपत्यकाभित्रको खस बस्ती हो— लुम गाउँ गाउँमुन्तिर जवा नदी फैलिएर बगेको नदीकै मास्तिर झुरुप्प माटोका छत भएका घरहरू टक्क मिलेर बसेका छन् यी घरहरूलाई जहिल्यै पतरासी हिमालले हेरिरहेको हुन्छ
लुम गाउँकै शिवलाल रावत र गोविन्द बुढालाई विष्टले त्यसबेला काठमाडौं पढ्न पठाए शिवलाल रावत अझै उनले भनेको वाक्य सम्झन्छन्, ‘काठमाडौं गएर पढ्नु अनि फर्कनु, काठमाडौंलाई चौधबीसासँग जोडने पुल हौ तिमीहरू।’
...
जुम्लाको खलंगा बजारबाट ४५ मिनेटको जिप–यात्रापछि म लुम गाउँ पुगेको थिएँ लुममा अहिले जिन्स पाइन्ट, मास्क, टुबोर्ग बियर र मोबाइलका सेटहरू बाटोसँगै पुगेर फेसन बनेका छन्
म लुम पुग्दा घाम टाउकोमाथि पुगिसकेको थियो गाउँलेहरू विद्यालयको चउरमा जम्मा भएका थिए चउरबीचमा कुर्सी थियो कुर्सीमाथिको टपरीमा रातो अक्षता सुकेको रगतको पाप्रा देखियो
कुर्सीअगाडि नाइलनको डोरीले दुई हात बाँधेका ‘मान्ठा’ हरू लस्करै उभिएका थिए ती मान्ठाहरूलाई टपरीमा छुवाउँदै ‘तुइले चोर्‍या हो कि नाइ?’ भनिँदै थियो
पाठोको रगतको सुकेको पाप्रा छोएपछि चोरले सत्य बोल्नुपर्छ रे ! यदि उसले झूट बोल्यो भने धामी लाग्छ भन्ने मान्यता रहेछ यहाँ सरकारी ऐनभन्दा पनि धामीको शासन कडा रहेछ टपरी छोएर कसम खाने मान्ठाहरू मुगुका बासिन्दा थिए
लुम गाउँको सामुदायिक वनको सिमानाले मुगुलाई छुन्छ यी मान्ठाले बिनाजानकारी सामुदायिक वनमा पसेर हिड्डे र भोल्टे (जडीबुटी) चोरेका रहेछन् चोर पत्ता लगाउने यस्तो प्रथालाई स्थानीय शब्दमा ‘रक्त्यावली’ भनिन्छ धामी लाग्ने भएपछि साँचो नबोलेर भयो ?
डोरबहादुर विष्टले सधैं भन्थे, ‘धामी, देवी, देवता, बाहुनले नेपाली समाजको पौरखको बाटो छेकिदिए।’ उनी आफ्नो लेखमा यहाँका मान्ठाभित्र गडेर बसेको धामी अर्थात् अन्धविश्वास पनि हटाउने प्रयास गर्दैछु भन्थे तर, अहिले उनी आफैं अलप भएका छन्
...
चौधबीसाका मान्ठाहरूको घर अहिले पनि बर्खाभरि वनको पाटनमा कोतरेको जटामसी, वन लसुन, नक्कली च्याउ, सेतो चिनी र कटुकोले चलाइदिन्छ पहिले सुकेका जडीबुटीलाई पिठ्युँमा बोकेर २४ दिनमा मान्ठाहरू नेपालगन्ज पुर्‍याउँथे अहिले वर्षअगाडि खुलेको कच्ची बाटो हुँदै व्यापारी आउँछन् दैनिक ज्यालामा यहाँका मान्ठालाई खटाएर जुडीबुटी बटुल्छन् बोलेरोमा चढेर लुम पुगेका उनीहरूले बजारका साथै फाइदा पनि खाइदिएका छन्
गाउँलेका हातमा पचास हजारदेखि एक लाख रुपैयाँ नगद पर्छ यसबाहेक अन्य आम्दानीको स्रोत भेट्न मुस्किल गाउँ डुल्दा जडीबुटीबाट पाएको रुपैयाँ कहाँ जान्छ होला भन्ने कौतूहल जाग्नु स्वाभाविक हो किनभने उनीहरूको जीवनस्तरमा केही भिन्नता देखिन्न
हिउँ पर्दा चिसोबाट ट्टकी (बच्चाहरू) लाई जोगाउन दाउराको खोजीमा महिलाहरू साँझसम्मै व्यस्त हुन्छन् कति उब्जनी नहुने खेतमै नङ खोस्रिरहेका देखिन्छन् प्रायः महिलाहरू बिहानै पटुकीमा मकैको रोटीसँगै नुन बेरेर वन जान्छन् हिउँ पर्नुअघि नै गाई, बाख्रा र भेडाका लागि घाँस बटुल्नु जो पर्छ
व्यस्तताबीच स्याउलाको भारी बोकेर साँझको गोधूलिमा सुनकुली रावतलाई गाउँ छिर्ने गल्छेडामै भेटेँ
श्रीमान् कता हुनुहुन्छ?’
एकै छिनको अलमलपछि उनले विद्यालय छेउको ठूलो घरमा छन् भन्ने उत्तर दिइन्
म उनले भनेको घरतिर लागेँ काठले बनेको तीनतले घर प्रत्येक तलामा चारचारवटा कोठा घरभित्र छिर्नेबित्तिकै मानिसहरू भागाभाग गर्न थाले तासका पत्ताहरू फिँजिएको थियो खाल एकाएक रित्तियो भाग्दाखेरि घोप्टिएका गिलासहरूबाट आएको ह्वास्स गन्धले नाक मथिंगल नमज्जासँग हल्लियो त्यहाँबाट भागेका उनीहरू बाहिर एकअर्कासँग भलाकुसारी गर्न थाले ‘नौलो मान्ठा देखेपछि ढुकढुक भयौं,’ भाग्नेमध्येका एकले सुस्तरी भने

डोरबहादुर विष्टको बारेमा खोज्दै आएको विद्यार्थी हुँ,’ भनेर परिचय दिएपछि स्थिति अलि सामान्य बन्यो वडाध्यक्ष, स्कुलका मास्टर सबै यहीँ आउँदा रहेछन् जडीबुटीको रुपैयाँ त्यस दिन मैले तासको खालमा छरपस्ट भएको देखेँ

तास अम्मलीलाई ट्टकीका किताब बोक्ने झोला च्यातिएको हेर्ने फुर्सद रहेनछ भनेर अनुमान लाउन मुस्किल भएन साथै श्रीमती, दिदी, बहिनी र आमाहरूलाई कामको बोझ र पौष्टिक खानाको कमीले उमेरभन्दा अगाडि नै बूढ्यौलीले छोएको पनि उनीहरूलाई वास्ता थिएन
लोग्नेको प्रतीक्षामा चिसो दाउरालाई सुधारिएको चुलोमा अबेर रातिसम्म बालिराख्न आगो फुकिरहेका महिलाहरू सायद उनीहरू तासमा जितुन् भन्ने कामना पनि सँगै गर्छन् तासमा हार्नेको घरबाट राति महिला रोएको चीत्कार आउँछ हारको रन्‍को रक्सीको मातमा लठ्ठिएको लाग्नेको कुटाइ खाएका महिलाका लागि हरेक रात चुक घोप्टिएझैं अन्धकार औंसी
एकाबिहानै म बसेको घरमा ७ जना महिला आइपुगे सबभन्दा अघिकीले सुँक्कसुँक्क गर्दै भनिन्, ‘हामी यस्तै पीरकन बूढी भया हौं।’ नौलो मान्ठालाई यस्तो कुरा बताएपछि मन हल्का हुन्छ कि भन्ने उनको आस हुँदो हो तर, तासको खाल र रक्सीको मातलाई मैले कसरी रोक्नु?
डोरबहादुर अलप भएको लगभग २५ वर्षपछि पनि लुम गाउँमा जडीबुटीको व्यवस्थापन र उचित प्रयोग भएको छैन फाइदाजति बाहिरका व्यापारीले लगेका छन् र गाउँलेहरू केवल ज्यालामै रमाएका छन् डोरबहादुर भएको भए यो स्थितिलाई कसरी विश्लेषण गर्थे होलान्?
...
काठमाडौं आइसकेपछि डोरबहादुरले त्यसबखत काठमाडौं पठाएका शिवलाल रावत र गोविन्द बुढालाई खोज्न थालें निकै दिनको प्रयत्नपछि नामनगरको मोडमा जुम्लाको ओखर, स्याउ, सिमी र मह बेच्ने पसलमा रावत फेला परे गोविन्दको पत्तो लागेन
शिवलाललाई लुमका बासिन्दाले जहिल्यै फोन गर्छन् र भन्छन्, ‘स्याउ, ओखर र मह किन्देऊ।’ गाउँलेको आग्रह टार्न नसकेर घाटै खाएर पनि किन्दिन्छन् सहरमा संघर्ष गर्दागर्दै गाउँ उनीबाट टुट्यो वर्षौं भयो उनी लुम नपुगेको
म एउटा व्यक्तिले कहिलेसम्म स्याउ किन्दिराख्ने?’ उनी प्रश्न सोध्छन् यसको उत्तर दिन सक्दिनँ ‘पहिले पनि डोरबहादुर लागेर केही भएन चौधबीसामा, राज्य नै नलागेपछि अब एउटा रावतले के गर्ने?’
प्रकाशित : माघ ४, २०७६ १०:३३

इतिहासको विपरीत धार

  इतिहासका विपरीत धार - - युग पाठक रेग्मीको इतिहास लेखनबाट वीरताका मिथक गायब हुन्छन् र पात्रहरू खुट्टाले टेकेर हिँड्न थाल्छन् । आश्विन ७...