Sunday, February 23, 2020

पूर्व जोड्दै पाथीभरा महोत्सव


पूर्व जोड्दै पाथीभरा महोत्सव

फाल्गुन १०, २०७६आनन्द गौतम

ताप्लेजुङ — मेची राजमार्गलाई एउटै करिडोरमा जोड्ने उद्देश्यले पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव २०७६ शुक्रबार सुरु भएको छ सदरमुकाम फुङलिङमा पाँच दिनसम्म चल्ने महोत्सवको प्रदेश का सभामुख प्रदीप भण्डारीले उद्‌घाटन गरे

महोत्सवको शुभारम्भ बिहान कलशयात्राबाट भएको थियो सदरमुकामको तोक्मेडाँडाबाट सुरु भएको कलशयात्रा नगर परिक्रमापछि सिद्धिडाँडा पुगेर फर्किएको थियो

महोत्सव अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएका छन् महोत्सवको मुख्य आकर्षण सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिरसम्मको खुला तथा काफ्लेपार्टीसम्मको महिला म्याराथन प्रतियोगिता रहेको यसका अलावा जंगलमा चराइने भेडाको बथान सहर ल्याउने कार्यक्रम छ पाँच सयभन्दा बढीको बथान दुई दिनसम्म सदरमुकामको तोक्मेमा राखिनेछ भेडाको गोठ फावाखोलाका कमल विष्टले ल्याउने बताएका छन्

महोत्सव अवधिमा सदरमुकामको मेवा खोला हिल रिसोर्टबाट हेलिकप्टरमा चढेर सदरमुकाम फुङलिङ परिक्रमा गर्न पाइनेछ यसका लागि हजार रुपैयाँ मात्रै शुल्क राखिएको व्यवस्थापन समितिका संयोजक सुरेश लिम्बू बताउँछन् पाथीभरा जानेले जनही १० हजार, तिम्बुङपोखरी जानेले २३ हजार र फुङफुङे झरना जानेले १२ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ यस वर्षको महोत्सवमा जिल्लाका अधिकांश निजी तथा सामुदायिक विद्यालयले संस्कृतिमा आधारित नृत्य प्रस्तुत गर्ने सांस्कृतिक उपसमितिका संयोजक युवराज गिरी बताउँछन् प्रचार संयोजक खगेन्द्र अधिकारीका अनुसार महोत्सवको प्रचार भारत चीनमा समेत गरिएको भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी र चीनको घुम्तीमा पुगेर पत्रकार सम्मेलन गरिएको अधिकारीले बताए

महोत्सवमा खेलकुदतर्फ पालिकास्तरीय मेयर कप भलिबल प्रतियोगिता र महिला फुटबल प्रतियोगिता आयोजना गरिँदै छ महिला फुटबलको उपाधि मैवाखोला गाउँपालिकाले जितेको भने पुरुष भलिबल १० देखि १२ गतेसम्म हुनेछ ्याराग्लाइडिङ उडानका लागि पोखराको टोली आएको छ महोत्सवकै अवसरमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता पनि हुँदै पुराना तथा लोपोन्मुख ‘पिलो फाइट’ जस्ता प्रतियोगिता रहेको सहसंयोजक मनमणि काफ्ले बताउँछन् पर्यटनमन्त्रीको गृह जिल्ला पनि भएकाले विदेशी पर्यटक भित्र्याउन थप प्रयास गर्ने आयोजकको दाबी छ महोत्सवमा छिमेकी चीनका प्रशासन प्रमुखसमेतलाई बोलाइएको थियोतर उनले कोरोना भाइरसका कारण यात्रा रद्द गरेका छन् सिक्किमका मुख्यमन्त्री पीएस गोलले समेत आउने इच्छा देखाएका थिए उनी पनि स्वास्थ्यका कारण आउन नसकेको आयोजक समितिले जनाएको छ

शिवरात्रि तथा सेना दिवसको अवसरमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले महोत्सव आयोजना गरेका हुन् महोत्सवमा १३ जातजातिको खाद्य परिकार, औद्योगिक प्रदर्शनी, कृषि मेला प्रदर्शनी, फोटो तथा वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रम छन् महोत्सवमा साहित्य सम्मेलन पनि गरिँदै मेची अञ्चलका पाँचथर, इलाम र झापासम्मकाम उद्योगीले स्टल राखेका छन् पूर्वको अन्तिम तथा हिमाली जिल्ला गत वर्षदेखि कोशी राजमार्गले पनि जोडिएको यसअघि मेची राजमार्गले मात्रै जोडिएको थियो झापाको बिर्तामोड–चारआली–इलाम–पाँचथर फिदिम हुँदै ताप्लेजुङ सदरमुकाम फुङलिङ जोड्ने राजमार्ग कोसीमा जोडिएपछि मेचीको पुरानो साख जोगाउन गत वर्षदेखि महोत्सव सुरु भएको हो अघिल्लो वर्षको महोत्सव इलामले आयोजना गरेको थियो ताप्लेजुङपछि पाँचथर वा झापालाई लोगो हस्तान्तरण गरिने महोत्सव समितिका संयोजक तथा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष तारानाथ घिमिरेले बताए

गृहजिल्ला भएकाले पर्यटनमन्त्री योगेश भट्टराई फागुन १० देखि १३ सम्म जिल्लामै बस्ने कार्यक्रम छ उनी काठमाडौंमा शिवरात्रि मनाएपछि गृहगाउँ मैवाखोला–३, साँघु हुँदै सदरमुकाम आउने मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंले बताए

नगरपालिकामा तीन दिन बिदा

महोत्सव अवधिभर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा सार्वजनिक बिदा दिइएको छ फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलका अनुसार मेची पर्यटन महोत्सव नगरपालिकाको पर्वजस्तै भएकाले बिदा दिइएको हो ‘पाँचदिने महोत्सवको पहिलो दिन शिवरात्रि, दोस्रो दिन शनिबार भएकाले बाँकी ३ दिन पनि बिदा दिइएको हो,’ उनले भनेप्रकाशित : फाल्गुन १०, २०७६ १०:०५

 

सन्थाल बस्तीमा ‘सोरहाई पर्व’



सन्थाल बस्तीमा ‘सोरहाई पर्व’

पाँच दिनसम्म मनाइने यो पर्वमा मीठा–मीठा परिकार खाने, नाच–गान गर्ने, माछा मार्ने, सिकार खेल्ने परम्परा छ 

फाल्गुन ११, २०७६अर्जुन राजवंशी

(बिर्तामोड) — कचनकवल गाउँपालिका–१ घेराबारीकी माया हेमरम तीन छोराछोरीसहित मंगलबार दिदी–भिनाजुको घर बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा आएकी थिइन् बुबाआमा नभएकाले माइती गाउँमा रहेकी ठूली दिदीको घरमा ‘सोरहाई’ पर्व मनाउन माया भागुडुब्बा आएकी हुन्

पाँच दिनसम्म बसेर दिदी घरमा सोरहाई पर्व मनाईसकेपछि उनी शनिबार घर फर्किएकी छन् भागुडुब्बाका सन्थाल जातिले गत मंगलबारदेखि शनिबारसम्म मीठा–मीठा परिकार खाने, नाच–गान गर्ने, माछा मार्ने, सिकार खेल्न गएर महान चाड ‘सोरहाई’ पर्व मनाएका छन् सन्थाल जातिको सोरहाई पर्व नेपाली नारीहरूको महान चाड हरितालिका तीज जस्तै भएको भागुडुब्बा सन्थाल बस्तीका माझीहाडाम (गाउँका मुखिया) सुनिल किस्कुले बताए

यो पर्वमा छोरी चेलीलाई बोलाएर पाँच दिनसम्म मीठो–मसिनो खुवाउने तथा रमाइलो गर्ने चलन रहेको उनले बताए ‘तीजमा छोरी चेलीहरू माइत गएजस्तै हो, हाम्रो जातिको सोरहाई पर्व सबैले आआफ्ना छोरी चेलीलाई बोलाउछन् मीठा–मीठा खुवाउने, दुःखसुखको कुरा गर्ने, सबै संगै भएर नाचगान गर्ने चलन छ,’ उनले भने।जिल्लामा सन्थाल बस्तीहरू पातलिदै गएको सन्थाल जातिको जनसंख्या घटेसंगै सोरहाई पर्वको रमाइलो पनि घटेर गएको कनकाई नगरपालिकाका भगन टुडुले बताए ‘पहिला जस्तो रमझम कहाँ , अहिलेका पर्वहरूमा’ उनले भने परम्परागत पर्व भएकाले सबैले मान्ने गरेको उनी बताउछन् साँस्कृतिक महत्वको पर्व भएपनि संस्कार धान्न गाह्रो हुँदै गएको माझीहाडाम किस्कुले बताए

 यो पर्वमा गाउँका पुरुष, महिला, युवायुवती सबै माछा मार्न जानुपर्ने चलन छ पर्वको एक दिन पानीमा भिजेर माछा मार्नैपर्छ, यो अनिवार्यजस्तै चलन हो’ उनले भने,‘तर, अहिले कुनै कुनै बस्तीमा मात्र सामूहिक माछा मर्ने चलन छ अन्यत्र यो संस्कार नै मासिएर गयो।’ पर्वको अन्तिम िन नजिकैको जंगलमा गएर सामूहिक सिकार गर्ने चलन पनि रहेको समय हेमरमले बताए


 तर, सरकारले हतियारसहित जंगल प्रवेशमा निषेध गरेकाले सिकार खेल्ने आफूहरूको संस्कार संकटमा परेको उनको गुनासो छ ‘हाम्रो संस्कार नै सामूहिक माछा मार्न जानुपर्ने, जंगलमा सिकार खेल्न जानुपर्ने हो तर, सरकारले जंगलमा सिकार खेल्न रोक लगाएको छ’ उनले भने,‘कानूनी अड्चनका कारण संस्कार जोगाउन गाह्रो भइरहेको छ।’ जंगलमा सिकार खेल्न जाँदा सन्थाल जातिले तीर–धनुष प्रयोग गर्छन्

 परम्परागत रुपमा पर्व मनाउन नपाउदा सोरहाई बारे नयाँ पुस्ता अनविज्ञ हुदै गएको प्रकास सोरेनले बताए ‘यो पर्वमा जंगलमा सिकार खेल्न जानैपर्छ सिकार खेलेर पर्किएपछि घरपरिकारका सबैको रक्षाका लागि राक्षसको प्रतिमा बनाई त्यसलाई तीरले ढाल्नुपर्ने परम्परा छ’ उनले भने,‘यति गरेपछि मात्र सोरहाई पर्व औपचारिक रुपमा समापन हुन्छ।’प्रकाशित : फाल्गुन ११, २०७६ ०८:५९


 






Lohorung language on verge of extinction



Published: February 23, 2020 10:15 am On: Nepal

RASTRIYA SAMACHAR SAMITI
Itahari, February 22
Indigenous Lohorung language, spoken by the Lohorung community in Province 1, is on the verge of extinction. The Nepal Language Commission has listed Lohorung as ‘endangered’ language. There are very few people who can fluently speak the language. Family of Balkrishna Lohorung Rai, 62, is an example. Balkrishna, originally from Pangwa village in Sankhuwasabha district, which is densely populated by the people of Lohorung community, can fluently speak his mother tongue. He is an ardent activist, who has been working to promote and preserve Lohorung language.

However, he can only speak his mother tongue with his wife Urmila. ‘’I have two sons. But, they can’t speak the language as we do. They can just understand few words and sentences,’’ he said. Mohan Kumari Rai, 55, is another fluent Lohorung speaker. Professionally a primary school teacher at Kaseni Secondary School of Belbari, Morang, Mohan Kumari can talk in her mother tongue only with her nonagenarian fatherin-law, Amar Bahadur Rai.
‘’I also talk in my mother language with my husband Chakra Bahadur Rai occasionally. But, he is not a fluent speaker,’’ she said.

Mohan Kumari was born and raised in a Lohorung-majority village, Diding Danda in Sankhuwasabha. She has five siblings, two brothers and three sisters, none of whom are fluent speakers of the language. Based on Nepal’s census-2011, there are only 3,633 Lohorung speakers in the province. This number has not increased due to social and economic factors, said Bigyan Rai, a fluent Lohorung speaker from Itahari, Sunsari. “Lohorung people are getting married with people from other communities. This has adverse impact on their mother tongue,” he said.

Besides, marriage, migration is another reason for declining population of Lohorung speakers, said Balkrishna, who teaches his mother tongue to younger people of the community.
‘’These days people from our community migrate to urban areas of Nepal and abroad for job and permanent settlement. This has decreased the number of people speaking the indigenous language spoken for centuries,” he said. Dictionary, digital content and school textbooks in Lohorung could save the language from going extinct, according to Mohan Kumari. She added Lohorung language needs strong support from the local government and early education in mother tongue would help to preserve the language.
Balkrishna said bringing out a well-researched dictionary and sufficient digital content could help preserve minority indigenous languages like Lohorung.

A version of this article appears in print on February 23, 2020 of The Himalayan Times.

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...