सन्थाल बस्तीमा ‘सोरहाई पर्व’
पाँच दिनसम्म मनाइने यो पर्वमा मीठा–मीठा
परिकार खाने, नाच–गान
गर्ने, माछा
मार्ने, सिकार
खेल्ने परम्परा छ ।
(बिर्तामोड)
— कचनकवल गाउँपालिका–१ घेराबारीकी माया हेमरम तीन छोराछोरीसहित मंगलबार
दिदी–भिनाजुको घर बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा आएकी थिइन् । बुबाआमा नभएकाले माइती गाउँमा रहेकी ठूली दिदीको घरमा ‘सोरहाई’ पर्व मनाउन माया भागुडुब्बा आएकी हुन् ।
पाँच दिनसम्म बसेर दिदी घरमा सोरहाई पर्व
मनाईसकेपछि उनी शनिबार घर फर्किएकी छन् । भागुडुब्बाका सन्थाल जातिले गत मंगलबारदेखि शनिबारसम्म मीठा–मीठा परिकार खाने, नाच–गान गर्ने, माछा मार्ने, सिकार खेल्न गएर महान चाड ‘सोरहाई’ पर्व मनाएका छन् । सन्थाल जातिको सोरहाई पर्व नेपाली नारीहरूको महान चाड
हरितालिका तीज जस्तै भएको भागुडुब्बा सन्थाल बस्तीका माझीहाडाम (गाउँका मुखिया)
सुनिल किस्कुले बताए ।
यो पर्वमा छोरी चेलीलाई
बोलाएर पाँच दिनसम्म मीठो–मसिनो खुवाउने तथा रमाइलो गर्ने चलन रहेको उनले बताए । ‘तीजमा छोरी चेलीहरू माइत गएजस्तै हो, हाम्रो जातिको सोरहाई पर्व । सबैले आआफ्ना छोरी चेलीलाई बोलाउछन् । मीठा–मीठा खुवाउने, दुःखसुखको कुरा गर्ने, सबै संगै भएर नाचगान गर्ने चलन छ,’ उनले भने ।जिल्लामा सन्थाल बस्तीहरू पातलिदै गएको छ । सन्थाल जातिको जनसंख्या घटेसंगै सोरहाई पर्वको रमाइलो पनि घटेर गएको कनकाई नगरपालिकाका भगन टुडुले बताए । ‘पहिला जस्तो रमझम कहाँ छ र, अहिलेका
पर्वहरूमा’ उनले भने । परम्परागत पर्व भएकाले सबैले मान्ने गरेको उनी बताउछन् । साँस्कृतिक महत्वको पर्व भएपनि संस्कार धान्न गाह्रो हुँदै गएको माझीहाडाम किस्कुले बताए ।