Thursday, March 12, 2020

उज्यालो पर्व तिहार

उज्यालो पर्व तिहार

कार्तिक ९, २०७६डा. गोविन्द टन्डन
दसैंको रमझम सकिएपछि उल्लास र उज्यालोको पर्व तिहार आउँछ कात्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ भई द्वितीया अर्थात् भाइटीका गरेर समापन हुने यो पर्वको आफ्नै महत्त्व यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध घर-घरमा दीप बालेर सजाइने हुनाले केही समययता यो पर्वलाई दीपावली भनिन्छ तिहारको प्राचीनताबारे पौराणिक आख्यानहरूदेखि हाम्रो संस्कृतिमा तिनले पाएको निरन्तरताले केही केही इतिहास बताइरहेको
तिहारको रौनक पशुपन्क्षीहरूदेखि दाजुभाइ-दिदीबहिनीहरूबीच एकआपसमा तथा आफूले आफैलाई ‘म्ह:पूजा’को रूपमा आत्मसम्मान गर्नुमा पनि छ यो फूलैफूलले घरबारी, बगैंचा र आँगनमात्र होइन, दाजुभाइलाई मखमली, दुबो, सयपत्री र गोदावरी फूलका सुन्दर मालाहरू लगाइदिएर आशिर्वाद र स्नेहले भरिपूर्ण तुल्याइदिने पर्व हो

तिहार राजसी, तामसीभन्दा पनि बढी सात्विक पर्व हो भन्दा फरक पर्दैन यस पर्वमा के केटाकेटी, के वृद्धवृद्धा, सबैजसो फलफूल र थरीथरीका मिठाइमा रमाएका हुन्छन् सेल, अनर्साजस्ता परम्परागत मिठाइहरू घर-घरमा बनाएर ताजा खाने परम्परा नेपालभरि नै छ लक्ष्मीपूजाको दिन घरमै बनाएको विभिन्न प्रकारका मिठाइ एवं सेलरोटी लक्ष्मीलाई चढाउने चलन

तिहारको पहिलो दिन कागको पूजा गरी दुनाबोतामा दालभात, तरकारीसहितका पक्वान्न खान दिने चलन छ कागलाई किन पूजा गरेको होला? काग कुनै बखत समाचारको संवाहक मानिन्थ्यो उसको बसाइ, बोलीको शैली, हाउभाउले हाम्रा पुर्खाहरू शुभ र अशुभ कुराको लख काटेर समय कटाउँथे, आफन्त नआउन्जेलसम्म हिजोआज यस्ता कुरालाई रुढीबुढी अन्धविश्वास भनिन्छ यस्ता चलन हराउँदै जानथालेका छन् कागलाई वर्षमा एकदिन सम्झिने चलन भने अझै कागले कतिपय रोगका कारक तत्त्वहरू मानिएका फोहोरलाई खाएर वरपरको वातावरण सफासुग्घर तुल्याइदिन्छ मानिसको भलो गरिरहेको हुन्छ

कागको पूजा गरेपछि दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोबर्धनपूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्ह:पूजा एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका सम्पन्न गरिन्छ

कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनको आफ्नै प्रकारको आख्यान पाइन्छ मृत्युका अधिपति यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुनाकहाँ यो पाँच दिन अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक’ भन्ने गरिएको माहात्म्य पाइन्छ भाइटीकाको दिनको पूजा तिनै यमराज यमुनाको नाममा समर्पित त्यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइहरूलाई असमयमैनडाकुन् भन्ने चाहना अभिव्यक्त भएको हुन्छ, प्रकारान्तरले कुकुर पूजाकै दिनदेखि यमदीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ

चौथो दिन गाईपूजा गर्ने प्रचलन छ, यसलाई गोबर्धनपूजा पनि भन्छन् उहिल्यै मानिसको सम्पत्ति भन्नु नै कसको घरमा कति गाई , त्यसबाट अडकल काटिन्थ्यो दुहुना गाईलाई समृद्धिको प्रतीक मान्ने चलन थियो गाईवस्तुलाई ‘गोधन’ भनिन्थ्यो अहिले समय परिवर्तन भएको गाईवस्तुले जति सम्मान पाउनुपर्थ्यो, त्यसबाट समाज विचलित हुँदैछ

गाईपूजाका दिन गोबर्धन पर्वत तथा बलिराजाको पनि पूजा हुन्छ गोबर्धन पर्वत पूजाको प्रसङ्ग भगवान् कृष्णसित जोडिएको ोपालहरूका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुर्‍याउने भएकाले पर्वतको प्रतिनिधिस्वरूप गोबर्धन पर्वतको पूजा हुन्छ गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर अनेक तरहले सिंगारेर गोबर्धन पूजा गरिन्छ

समयको अन्तरालमा विस्तारै सम्पत्ति भनेको अरू धनदौलत आउन थाले एकातिर गाईलाई लक्ष्मीको स्वरूप मान्ने प्रचलन अर्कोतिर गाईको दूध, दही, घियु, गहुँत, गोबरसमेतको शास्त्रीय महत्त्व र मान्यताको कारण पनि गाईलाई नेपाली संस्कृतिमा धेरै महत्त्व दिइएको छ

गाईलाई गरेको सेवाले वैतरणी नदी तर्न सहयोग पुर्‍याउँछ भन्ने पनि शास्त्रीय मान्यता छ गाईको सेवाले मानिसलाई रोगव्याधिदेखि मुक्त राख्न दूध, दही, घियुले मद्दत पुर्‍याउँछ त्यसैले गाईलाई लक्ष्मीजस्तो ठान आमा बराबर सेवा गर भनेको संकेत बुझ्न नसक्दा हिजोआज गाईलाई व्यावसायिक रूपले कसरी दोहन गरिरहेका छन् अमृतमय हुनुपर्ने गोरस विषसमान बन्दै गइरहेको स्मरणीय छ जसको कारण भेगन आन्दोलन विश्वव्यापी बन्दै गइरहेको पनि सम्झनुपर्छ

धार्मिक, वैज्ञानिक एवं आयुर्वेदीय दृष्टिकोणले मानिसको आयु बढाउन गाईको दूध, दही, घियु, महीको ठूलो महत्त्व छ त्यत्तिमात्र होइन, गोबर र गहुँतसमेत उच्चकोटीको प्राङ्गारिक मलको रूपमा प्रसिद्ध मानिन्छ यसैले हाम्रो संस्कृतिमा गाईपूजनलाई स्थान दिइयो तर पूजनले मात्र पुग्दैन, गाईको वास्तविक सेवा गर्न सकियो भने राष्ट्रको सेवा पनि हुन्छ भन्ने संकेत संस्कृतिले दिइरहेको कुरालाई बुझ्न सकेनौं भने हामी पछि पर्छौं

दाजुभाइ र दिदीबहिनी बीचको आदरभाव र स्नेहाभावको अनुपम पर्व हो, तिहार दुबैले एकआपसमा श्रद्धाभक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमली, दुबो, सयपत्री र गोदावरीको माला गलामा लगाइदिएर एकआपसमा आयु आरोग्य दीर्घायु होस्, रोगव्याधिले दु:ख नदेओस् भनेर कामना र प्रार्थना गर्ने गरिन्छ दाजुभाइ दिदीबहिनी बीचको सौहार्दता, सद्भाव र घनिष्ट सम्बन्धलाई अरू प्रगाढ बनाउन भाइटीका पर्वको ठूलो भूमिका छ

दिदीबहिनीले आफ्ना दाजुभाइहरूलाई गक्ष अनुसारको कटुस, ओखर लगायतको मरमसला, मिष्ठान्न एवं फलफूलहरू तथा दाजुभाइले दिदीबहिनीहरूलाई हातमा दक्षिणा राखेर खुट्टामा ढोग्ने चलन छ यस्तो संस्कृति विश्वमा दुर्लभमात्र होइन, छँदै छैन भने हुन्छ धेरै दाजुभाइहरू भाइटीकामा दिदीबहिनीहरू आउलान् निधारमा सप्तरङ्गी इन्द्रेणी टीकाले आफ्नो निधार सजाउन पाइएला भनेर पर्खेर बसेका हुन्छन् कतिको पर्खाइ काम लाग्छ, कति त्यसबेला भक्कानिन्छन्, दिदीबहिनीहरू आउन नसकेर निधार खाली भएकोमा आफूले सम्झेजस्तो समय, परिस्थिति कहाँ हुन्छ र?

काठमाडौंका दिदीबहिनीहरूले आआफ्ना दाजुभाइ नभएको रिक्ततामा भाइटीकाको दिन रानीपोखरीको बीचमा रहेको मन्दिरभित्रको बालगोपाल अर्थात् भगवान् श्रीकृष्णको बालस्वरूपलाई दर्शनपूजन गर्ने गर्छन् हिजोआज केही दिदीबहिनीहरूले ठाउँ-ठाउँमा सामूहिक भाइटीकाको माहोल सिर्जना गरेका छन् हनुमानढोका नजिकको काष्ठमण्डपबाट विगत बाह्र/तेह्र वर्षअघि सुरु भएको यो चलनले नेपालका विभिन्न ठाउँका दिदीबहिनीहरूलाई प्रेरित गरेको त्यस दिन दिदीबहिनी नभएका दाजुभाइहरू त्यसरी आयोजना हुने समारोहमा पुग्न भ्याई-नभ्याई गरिरहेको दृश्य देख्न सकिन्छ

तिहारको अर्को रौनकता भनेको दीपावली र देउसीभैलो हो घर-घर, मठमन्दिर र ठूलठूला भवन र कार्यालयहरूमा रङ्गीविरङ्गी बत्तीले झिलीमिली पारी आँगन सजाउने चलनले वातावरण नै मनमोहक बनेको हुन्छ पहिले-पहिले माटोले बनेको ‘पाला’मा काँचो धागोले बनाएको बत्तीमा तोरीको तेल हालेर बालेको दीयोबत्ती घर, आँगन, चोटाभरि ठाउँ-ठाउँमा लहरै बाल्ने चलन थियो अहिले गाउँघरमा कहीं कतै केही मात्रामा पालाको चलन भए पनि सुगम, दुर्गम सबैतिर लहरे बिजुलीका ससाना बल्बहरूको मालाले घर सिँगारपटार गर्ने चलनले व्यापकता पाइरहेको छ

लक्ष्मीपूजाका दिनमा भैलो र गोबर्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा छ पहिले-पहिले भैलो महिलाले देउसी पुरुषले खेल्ने गरिन्थ्यो आजकाल यो बिर्से जस्तो अहिले महिला-पुरुष दुवैले देउसी-भैलो खेल्न थालेका छन् यसबेला भट्टयाइने गाथाहरू थरीथरीका हुन्छन् देउसी भैलीकै लागि केटाकेटीहरूले अनेक प्रकारका गीत, सङ्गीत र भाकाहरू तयार पारेका हुन्छन् र घर-घरमा गएर आफ्नो प्रतिभा देखाउन लामो समयदेखि तयारी गरिरहेका हुन्छन् देउसी-भैलीहरूले आशिर्वाद दिन्छन्

देउसी र भैलोको दक्षिणा संकलनबाट ठाउँ-ठाउँमा विद्यालय, चौतारा, ढुङ्गेधारा, पाटीपौवा लगायत उल्लेख्य सामाजिक कार्य गर्ने संस्थाहरू पनि बनाइएका छन्, बनाइन्छन् लक्ष्मीपूजाको दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पूजा हुन्छ चन्द्रमा लक्ष्मीका सहोदर भाइ मानिने भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी पार्नुपर्ने कुराको प्रसिद्धि छ

तिहारलाई आर्थिक-सामाजिक पक्षसँग पनि जोडेर हेर्न सकिन्छ जङ्गली कटुस, ओखर, निबुवाजस्तो अरू बेला कसैले वास्ता नगर्ने तर तिहारको बेला हारालुछ हुने फलले कुनै पनि उपलब्ध वस्तु निकम्माको छैन, त्यसलाई समय अनुसार सदुपयोग गर्‍यो भने अर्थोपार्जन हुनसक्छ भनेर सिकाइरहेको हुन्छ

तिहारलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ बाहिर मात्र उज्यालो ल्याउने बनाउने नभई अन्तर्हृदयमै उज्यालो ल्याउन हामी प्रयत्नरत हुनुपर्छ भनेर दीपावलीले संकेत गरिरहेको हुन्छ त्यसैले तिहार उज्यालोको पर्व होप्रकाशित : कार्तिक ९, २०७६ ०९:१५

ताकमकोट मुस्कुराइराख है !

 

ताकमकोट मुस्कुराइराख है !
Nagriknews, शनिबार२१ मङि्सर २०७६१० : ०६ |  अमृत भादगाउँले

जब घुमफिरको योजना बन्छ तब सबैभन्दा पहिला मौसमका बारेमा जानकारी लिइन्छ। यात्रामा निस्कँदा आकाश उघ्रियोस् र सुन्दर तस्बिर खिच्न पाइयोस् भन्ने लोभ मनमा भइरहन्छ। तरमौसम हाम्रो वशमा हुँदैनत्यसैले सधैं चाहे जस्तो हुन्न। यसपाला ताकमकोट यात्रामा भने मन प्रफुल्ल बन्योमौसमले साथ दियो। धन्यवाद प्रकृति ! 
म्याग्दी जिल्लाको पश्चिमी भेकमा पर्दछ ताकमकोट। हिमालको सामिप्यमा रहेको ताकम गाउँ घुम्न हामी ८ मंसिर ०७६ का दिन त्यता सोझियौं। बेनी बजारबाट म्याग्दी खोलाको किनारैकिनार दरबाङतिर हुँइकियौं। एउटा बोलेरो जिपमा हामी जम्मा तीन भाइ थियौंबेनीका पत्रकार मित्र घनश्याम खड्काजिपका गुरुजी शेरबहादुर र म।
म्याग्दीको सदरमुकाम बेनी बजारबाट हिमाल छर्लंग देखिँदैनन्। जिपमा चढ्नुअघि शिरमाथिको नीलो आकाश ओढेर बसेका हामीले मास्तिर हिमाल खुलेको अनुमान ग-यौं अनि मनमनै मुस्कुरायौं। हिमाललाई बादलुले अँगालोमा बेर्नुअघि ताकमकोट पुग्नु थियो हामीलाई। 
जिपमा ‘कसले जिम्मा लिन्छ र लोभी आँखैको’ गीत घन्किरहेको थियो। वसन्त थापा र लक्ष्मी मल्लले मिठो भाकामा गाएको गीत। गीतको साउन्ड घटाएर गुरुजीले ताकम पुग्न साँढे तीन घन्टा लाग्ने जानकारी गराए। 
जिप हुइँकिरह्यो। हामी तातोपानी कुण्ड कटेर दरबाङ पुग्यौं। दरबाङ क्षेत्र मालिका गाउँपालिकाको केन्द्र। त्यहाँ हामीले अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुसँग चिया गफ ग¥यौं। गाउँपालिकाको पर्यटकीय सम्भावनाबारे बुझ्यौं। आफ्नो गाउँको प्रमुख आकर्षण मालिकाधुरी घुम्ने निम्तो दिए उनीहरूले। समय मिलाएर पक्कै मालिकाको दर्शन गर्ने छौं हामी।

हामीले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेका बेला ताकम जस्ता गाउँबस्तिमा स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउनु पर्ने हो। दुःखको कुरा भ्रमण वर्षका अभियन्ताहरूका आँखामा ताकम परेकै छैन !    
चिया गफपछि फेरि म्याग्दी खोलाको तिरैतिर अघि बढ्यौं। अलिक पर्तिर पुगेसी जिपबाट ओर्लेर खोलाका केही तस्बिर खिचें मैले। ‘धौलागिरि हिमाल नै म्याग्दी खोलाको मुहान हो’घनश्यामजीले सुनाए, ‘बेनी पुगेर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ।’
दरबाङ मास्तिर फेदीसम्म कच्ची बाटो ठिकै रहेछ। तरफेदीभन्दा माथि डरलाग्दो भिर। साँगुरो सिंगल ट्रयाकमा ख्याल गरेर गाडी चलाउनु पर्ने। शेरबहादुरजीले सकुशल उकालो कटाए।
धारापानी पुगेर ढुक्कको सास फे-यौं। त्यहाँबाट हिमालको दर्शन मिल्यो। गुर्जाचुरेनधौलागिरिमानापाथी र अन्नपूर्ण हिमालको। घनश्यामजीका लागि ताकम पानी पँधेरा भैहाल्यो। म पहिलोपटक यता आएको। गाउँ मन प-यो। 
मैले गाउँका तस्बिर पहिल्यै देखिसकेको थिएँ। केही समयअघि गुरिल्ला पदमार्गबाट ढोरपाटन हुँदै बेनी भएर काठमाडौं फर्केका मित्र गुरिल्ला (सुरेन्द्र राना)को स्मार्ट फोनमा ताकमका तस्बिर हेरेको थिएँ।
हामीले जिपबाट ओर्लेर धारापानी गाउँतिर क्यामेरा सोझ्यायौं। त्यहाँबाट अगाडि बढेपछि उद्यमी किरण थापाजीको समूहलाई भेट्यौं। धारापानीबाट बिहानैदेखि मोबाइल फोनमा थापाजी सोधिरहेका थिए, ‘कहाँ आइपुग्नु भयो ?’
उनीहरू पनि हाम्रै जिपमा बसे। केहीबेर गुडेपछि आँखामा ताकम गाउँ टाँसिन आइपुग्यो। राताम्मे घरका पृष्ठभूमिमा हिमाल हाँसिरहेका ! बारी छेउमा परालको टौवा। अति सुन्दर दृश्य ! आँखा नझिम्क्याई हेरिरहें। तस्बिर पनि खिचिरहें।
धौलागिरि गाउँपालिकावडा नं ७ को कार्यालयमा पुगेर हाम्रो जिप घ्याच्च रोकियो। त्यहाँ गाउँलेहरू हामीलाई कुरी बसेका रहेछन्। वास्तवमा अतिथि देवोः भवको उदाहरण गाउँघरतिरै भेटिन्छ। आत्मीयताको मुहान त्यहीँ हुन्छ। हामी आउने खबरले आमा समूहगाउँका अगुवा र उद्यमीहरूमा उत्साह थपिएछ। उनीहरूले मिठो मुस्कानसँगै टीका र फुलका गुच्छाले हाम्रो स्वागत गरे।    
अप्रत्याशित सम्मान पाइयो। आत्मीयताको भारी बोक्यौं हामीले। पत्रकारले पाइला टेकेपछि गाउँको प्रचार होला ! आफ्नो आँगनमा पर्यटनको घाम झुल्केला भन्ने आशा उनीहरूका आँखामा झल्केको थियो।   
त्यो सुखद् क्षणमा यात्राका सूत्रधार मित्र राजेश शाक्यलाई ‘मिस’ गरें मैले। उनैले ताकमकोट घुम्ने निम्तो दिएका। निम्तो दिएका मात्र होइननघुमफिरको चाँजोपाँजो सबै मिलाइदिएका।
स्वागत कार्यक्रमसँगै गाउँलेहरूले पर्यटन र विकासका कुरा गरे। धौलागिरि गाउँपालिकाको केन्द्र मुनामा राखिँदा सबैलाई पायक नपरेको गुनासो सुनाए। सबै हिसाबले ताकममै केन्द्र राखिनुपर्नेमा उनीहरूले जोड थियो। 
विकासको पहिलो पूर्वाधार भनेकै सडक हो। स्तरोन्नति गरेर सडक कालोपत्रे गर्न सके ताकम लगायत सेरोफेरोका गाउँ चाँडै चम्किन सक्छन्। यसमा गाउँपालिका र प्रदेश सरकारको ध्यान कहिले पुग्ला 
गाउँलेका कुरा सुनेर हतारहतार हामी उकालियौं। मौसम बदलिनु अगाडि नै हामीलाई कोटमा पुग्नु थियो। जिपमा करिब ३ किमि गएपछि सिँढी चढ्नुपर्ने  रहेछ। उकालीमा हामीसँगै गाउँका अगुवा पनि थिए।   
डाँडामा पुग्दा मध्यान्ह भैसकेको थियो। पारिपट्टि हिमाल हाँसिरहेकै थिए। थुम्कोमा सिरसिर बतास चलिरह्यो। हामीले कोटको थाप्लो (२,५०० मिटर)मा भर्खरै बनाइएको मन्दिरमा जगन्नाथ र अन्नपूर्णको दर्शन ग¥यौं। साथमा फुलप्रसादी केही बोकेको थिइनँ। त्यसैले दुई हात जोडेर भगवान्का पाउमा मन फूल चढाएँ मैले।
मौसम घमाइलो थियो। मन्दिर भित्र र बाहिर बस्दा कताकता आनन्दको अनुभूति भैरह्यो। शान्त वातावरणमा भोकप्यास सबै हरायो। मन चंगा बन्यो। चारैतिरका गाउँनागबेली पहाड र हिमालतिर नजर दौडाउँदै मनमनै भनें, ‘दुई चार दिन यतै बस्न पाए कति ऊर्जा मिल्थ्यो होला !’
गाउँलेहरूले आफैं चन्दा उठाएर करिब एक करोड रुपैयाँमा दुई तले मन्दिरसत्तल र शौचालय बनाएका रहेछन्। ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने भावनाले ओतप्रोत गाउँलेको सत्कर्मलाई नमन गरें मैले।
मन्दिर बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले योगदान पु-याएका छन्। अमेरिकामा बस्दै आएका ताकमका रघुनाथ सुवेदीले झक्झक्याएपछि गाउँलेहरू मन्दिर निर्माणमा जुटेका रहेछन्। उनले अमेरिकामारिमप्रकाश थापाले ताकममाखगेन्द्र थापाले अस्टे«लियामा र खड्गबहादुर थापाले काठमाडौंमा अर्थ संकलनको अगुवाइ गरेका रहेछन्। यसरी सबैको सहयोगले कलात्मक मन्दिर बन्यो।   

मूल मन्दिरसँगैको पुरानो भवनमा प्राचीन हतियारहरू ढालतरबारतोप र छेलो राखिएको रहेछ। बाहिर खुला आकाशमुनि ओदान छ। चौबीसे शासनकालमा सुरक्षाकर्मीले खाना पकाउने प्राचीन ओदान रे ! 
मन्दिर निर्माण समितिका अध्यक्ष तेजिन्द्र बहादुर थापाका अनुसार विसं २०७२ वैशाख १२ को भूकम्पले मन्दिर जीर्ण बनेपछि नयाँ मन्दिर बनाइएको हो। यहाँ विशेषतः बडा दसैं र शनिबार तथा मंगलबार भीड लाग्छ। दसैंमा पञ्चबलि दिने चलन छँदै छ।  
झलक्क हेर्दा नव निर्मित मन्दिरले समग्र ताकम गाउँकै सौन्दर्य बढाएको छ। यद्यपि पुरातत्व विभागले सिमेन्टगिटी र फलाम प्रयोग गरेर बनाइएका मन्दिरलाई मान्यता दिँदैन। त्यसैले उसले पुराना मूर्ति र हतियार राख्न परम्परागत शैलीमा अर्को मन्दिर बनाउने उद्घोष गरेको रहेछ। त्यो मन्दिर बनेपछि ताकमकोटमा जोर मन्दिर हुने छन्। 
ताकमकोटका विषयमा वडाध्यक्ष कलानिधि शर्मा लगायत अगुवाबाट धेरै जानकारी पाइयो। ताकमकोट ऐतिहासिक थलो। विसं १२४६ देखि १५४५ सम्म कोटमा बसेर आत्रे गोत्रीय बगाले थापाले राज्य चलाएका थिए। पछि विसं १८४२ सम्म समालवंशी मल्लहरूले शासन गरे। विसं १८४३ असोज १४ गते काजी अमरसिंह थापायोगनारायण मल्लदामोदर पाण्डे र जीव शाह नेतृत्वको गोरखाली फौजले ताकमलाई नेपाल राज्यमा एकीकृत गराएको थियो।
नेपाल राज्यमा विलीन हुनुअघि चौबिसे शासनकालमा थुम ताकम राज्यले सेरोफेरोका गाउँमा शासन गथ्र्यो। कोटका जगन्नाथ–अन्नपूर्णलाई गुर्जामुदीचेचुङनेरबाङखिबाङमुनादरलमसुङलुलाङखोरियापन्थोकजुग्जादाङाकुइनेमल्कबाङमलम्पारमराङबिमदुखुदरबाङनिस्कोटच्युरीबोटमगरदाङघर्तिथोकलाममेलातमानबोङखानीधारापानी र ताकम गाउँले शक्तिपीठका रूपमा मान्दा रहेछन्। 
तल ताकम गाउँमा ३३५ घर धुरी छन्। ताकम जातजातिको सुन्दर फुलबारी हो। यहाँ मगरछन्त्यालक्षत्रीबाहुनगुरुङथकालीगिरीदमाईकार्मीसार्की आदि जातजाति मिलेर बसेका छन्।
धानमकैकोदो र आलु ताकमको मुख्य उत्पादन। सागसब्जी राम्रो हुन्छ। घरघरै जस्तो बाख्राकुखुरा र भैंसी पालिएको छ। दूधदहीमोही र घ्यू पाइन्छ।
गाउँमा सामान्य खाना र बास पाइने आधा दर्जन होटल छन्। त्यस्तै गत  असारदेखि ५ घरमा होमस्टे सुविधा थपिएको छ। यसरी ताकम पर्यटनको बाटोमा बामे सर्दैछ। राम्रो प्रचार गर्न सके पर्यटकीय गाउँका रूपमा चम्किन सक्छ। 
अर्को कुराताकम गाउँ विभिन्न पदमार्गको प्रवेशद्वार पनि हो। यतैबाट ढोरपाटन शिकार आरक्षधौलागिरि राउन्डगुर्जा र गुरिल्ला पदमार्गको यात्रा गरिन्छ। यति सुन्दर गाउँमा आइपुग्दा आफुलाई भाग्यमानी सम्झें मैले। अनि घुम्ने व्यवस्था मिलाएकामा मित्र राजेशजीलाई धन्यवाद दिएँ।
मन त त्यतै बसिरहेकै थियोफर्कनुपर्ने हाम्रो बाध्यता थियो। हामीले बिहान खाना खान भ्याएका थिएनौं। त्यसैले दिउँसो ३ बजे दालभात खाएर गाउँलेसँग बिदाइका हात हल्लायौं।
फर्कने बेला मनमा कुरा खेलिरह्यो–हामीले नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेका बेला ताकम जस्ता गाउँबस्तिमा स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउनु पर्ने हो। दुःखको कुरा भ्रमण वर्षका अभियन्ताहरूका आँखामा ताकम परेकै छैन !   
हाम्रो यात्रा सफल भयो। फर्कने क्रममा धारापानी हुँदै अघिकै भिरनेर पुग्यौं।  ओरालोमा अचानक गुरुजीले जिप रोके। ‘घनश्यामजी ओर्लेर ओत हाल्नुस्न गाडीमा प्रोब्लेम आयो’गुरुजीको आग्रह सुन्नेबित्तिकै ओर्लेर उनले चक्कामुनि ढुङ्गा अडेस लगाए। 
मैले पनि सघाएँ। अगाडिका चक्कामा ढुङ्गाको ओत राखिसकेपछि गुरुजी ओर्लेर पछाडिको चक्का देखाए। अहोटायर त बाहिरपट्टि निस्केको रहेछ ! झन्डै उछिट्टिनुअघि जिप रोकेर उनले हामीलाई बचाए। अल्लारे ड्राइभर भैदिएको भए हामी चारै जनाको एकै चिहान बन्न सक्थ्यो ! गुरुजी अनुभवी भएकाले हामी बच्यौं। 
उनले तल दरबाङमा गाडी बनाउने मिस्त्रीलाई फोन गरे। हामीलाई दरबाङमा गएर कुर्नुस् भने। पैंतीस मिनेट हिँडेपछि हामी दरबाङ पुग्यौं। त्यहाँ खाजा खाईवरी दुई घन्टा कुरेपछि गुरुजी जिप लिएर आइपुगे। बल्ल उनले जिपमा आएको ‘प्रोब्लेम’बारे प्रस्ट बताए।
ओरालोमा ब्रेक फेल भयो। तुरुन्तै मैले फोरव्हिल तानेकाले मात्र जिप रोकियो’उनले भने, ‘गाडीमा फोर व्हिल सुविधा नभइदिएको भए रोक्न सकिँदैनथ्यो।’
हामी आत्तिन्छौं भनेर उनले अघि सबै कुरा नभनेका रहेछन्। उनका कुरा सुनेर बल्ल मुटु ढुक्ढुक् गर्न थाल्यो। घनश्यामजी र मैले एकै सासमा भन्यौं, ‘हाम्रो ज्यान बचाएकामा तपाईलाई धन्यवाद !’
जिपमा लिफ्ट मागेर आएकी गाउँकी बहिनी अघि नै दरबाङबाट ट्याक्सी चढेर बेनीतिर सोझिइसकेकी थिइन्। हामीचाहिँ राति अबेर मात्र बेनीमा पुग्यौं।
आखिर यात्रा सोचे जस्तो नहुन सक्छ। कहिले सजिलो हुन्छ त कहिले अफ्ठेरो। नमरी बाँचे कालले साँचे घुम्नुपर्ने धेरै ठाउँ बाँकी छन्। त्यसो त एक जुनीमा नेपाल घुम्न भ्याइँदैन। फेरि ताकमकोट जस्ता आत्मीय गाउँमा एक फेरा घुमेर पुग्दैनफेरिफेरि पुगिरहनु पर्छ।
हरियाली वातावरणमा टलक्क टल्केका हिमाल हेर्न असोज–कात्तिकतिर फेरि ताकम घुम्ने रहर पलाइसक्यो मनमा। आशा गरौंत्यतिबेला अस्तिको भन्दा राम्रो मौसम हुने छ !
कसरी पुग्ने : काठमाडौं–पोखरा–बेनी २८८ किमिबसमा ९ घन्टा। बेनीबाट पश्चिम ३२ किमिमा ताकम गाउँ। ताकमबाट ३ किमिमा ताकमकोट। बेनी बजारबाट  बिहान ८ बजे११ बजे र दिउँसो १ बजे मुना गाउँका लागि बस छुट्छन्बसमा ४ घन्टा। ताकममा बसबाट ओर्लेर कोटमा चढ्नुपर्छ। त्यस्तै मुना गाउँबाट बेनीका लागि बिहान ८ बजे१० बजे र ११ बजे बस छुट्छन्। 
शक्तिपीठ
कलानिधि शर्मा,वडाध्यक्षधौलागिरि–७
ताकमकोटको जगन्नाथ–अन्नपूर्ण मन्दिर शक्तिपीठ हो। दर्शन गरे मनोकामना पूरा हुन्छ। हामीले २०७२ सालको भुइँचालोबाट जीर्ण बनेको मन्दिर पुनर्निर्माण गरेका हौं। हामी मन्दिर हातामा धर्मशाला बनाउँदै छौं। भान्छा घर पनि बनाउने छौं। आवश्यक पूर्वाधार विकास गरी ताकमकोटलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्छौं।
पर्यटनको उज्यालो
अमृता भण्डारी,वडा सदस्यधौलागिरि–७
हाम्रो गाउँमा पर्यटनको प्रचुर सम्भावना छ। गाउँमा आन्तरिक र बाह्य दुवै पर्यटक रमाउन सक्छन्। हाम्रो गाउँसम्म आइपुग्ने सडक पक्की बनाउन स्थानीयप्रदेश र केन्द्र सरकार तात्नुपर्छ। साथै गाउँलेलाई पर्यटनसम्बन्धी विभिन्न तालिमहरू चाहिएको छ। यहाँका होमस्टे र पर्यटकबीच पुल हाल्न सरोकारवालाले हातेमालो गर्नुपर्छ।
अल्लो उत्पादन
किरण थापा,अध्यक्षअल्लो उत्पादन समूह
हामीले गाउँमा विसं २०७२ सालदेखि अल्लोको धागोबाट कपडा उत्पादन गर्न थालेका छौं। समूहका ६ जना सदस्यले उत्पादन गर्दै आएका छौं। हामीले उत्पादन गरेका कपडा पोखरा र काठमाडौंमा विक्री गर्छौं। कोटको कपडागलबन्दीब्यागशर्ट र जुत्ताका कपडाको डिमान्ड बढी छ। हामी पर्यटकका लागि स–स्याना कोसेली उत्पादन गर्ने तयारीमा छौं।
सस्तो होमस्टे
कृष्ण भण्डारी,अध्यक्षसामुदायिक होमस्टे
हाम्रो ताकम गाउँमा क्षेत्री र बाहुनका ५ घरमा गएको असारदेखि होमस्टे सुविधा दिन थालेका छौं। होमस्टेमा एकै रात ४० जनासम्म बस्न सक्छन्। होमस्टेमा अर्गानिक खानामा जोड दिन्छौं। एक छाक सादा खानाको २५० रुपैयाँमासु खानाको ३५० रुपैयाँ र सुतेको १०० रुपैयाँ मात्र लिन्छौं।  
सम्पर्क : ९८६४३७२८४० 
उदाहरणीय युवा  
व्यापारसमाजसेवा र पर्यटन अभियानमा समर्पित छन् बेनी बजारका राजेश शाक्य। समाजमा आफ्ना लागि मात्र बाँच्नेहरू धेरै हुन्छन्। तरअरूका लागि बाँच्नेहरूको जीवन सार्थक बन्छ। यस्तै उदाहरणीय युवा हुन्–राजेश शाक्य। व्यापारसमाजसेवा र पर्यटन अभियानका पर्याय।
शाक्यको चिनारीका तीन पाटा छन्। पहिलो उनी व्यापारी हुन्। म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष रहेका शाक्य बेनीमा पाउरोटी कारखाना र डिपार्टमेन्टल स्टोर चलाउँछन्। दोस्रो उनी ओमकुमारी शान्ति कोषमार्फत् गरिबहरूको उपचारमा सहयोग पु-याउँछन्  र तेस्रो उनी म्याग्दीका पर्यटन अभियन्ता हुन्पर्यटन विकासमा समर्पित छन्।  
व्यापारमा उनी सफल छन्। उनले १६ जनालाई रोजगारी दिएका छन्। त्यति मात्र होइनउनकै सहयोग र प्रेरणाले बेनी बजारमा केही युवा उद्यमशीलताको भ-याङ चढ्दै छन्।
अर्को सन्दर्भउनी ओमकुमारी शान्ति कोषका अध्यक्ष हुन्। कोषले ११४ जना गरिबको उपचारमा सहयोग पु-याइसकेको छ। विसं २०७१ मा कोष गठन भएको थियो। बोन म्यारोको उपचार गर्दागर्दै १८ वर्षीया ओमकुमारी पुनले जीवन गुमाउनु प-यो त्यतिबेला। उनको उपचारबाट बचेको रकम १३ लाख रुपैयाँबाट कोष गठन गरियो। 
दिन जान्योबाँच्न जान्यो’ भन्ने मूलमन्त्र बोकेर उनीहरू आर्थिक अभावमा कसैले उपचार नपाई मर्नु नपरोस् भन्ने अभियानमा जुटेका छन्। कोषको खातामा ९० लाख रुपैयाँ छ। मुलुकभित्र र बाहिरका म्याग्देलीले थप ८० लाख रुपैयाँ सहयोग गर्ने बचनबद्धता जनाइसकेका छन्।
हामी दुई करोड रुपैयाँको अक्षय कोष स्थापना गर्दैछौंं’शाक्य भन्छन्, ‘यसको व्याजबाट गरिबको उपचार गरिरहनेछौं।’
म्याग्दीका धेरै युवा विदेशमा श्रम गर्दैछन्। प्रकृति र संस्कृतिको अनुपम भण्डार म्याग्दीमा पर्यटनको प्रचुर सम्भावना छ। त्यही देखेर शाक्य पर्यटन अभियानमा होमिएका। उनी बेलाबेलामा निजी खर्चमा पत्रकारलाई घुमाएर म्याग्दीको पर्यटकीय सम्भावना उजागर गराउँछन्। पर्यटन गाउँ बनाउन सरोकारवालालाई झक्झक्याउँछन्।  
उनकै नेतृत्वमा ‘धौलागिरि सेन्चुरी पदमार्ग’ पहिचान गरिएको छ। उनी बेनी नगरपालिका सहित म्याग्दीका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो बुक प्रकाशनको तयारीमा जुटेका छन्। ‘पर्यटनबाट मात्र म्याग्दीको आर्थिक समृद्धि सम्भव छ’३९ बर्से शाक्य भन्छन्, ‘हाम्रा जनप्रतिनिधिहरू जिम्मेवार भएर पर्यटन विकासमा हातेमालो गर्नुपर्छ।’
स्याबास् लाहुरे
भारतीय सेनाबाट निवृत्त भएपछि ताकम गाउँको विकासमा खटिएका छन् तेजिन्द्र बहादुर थापा। हाम्रो समाजमा सामाजिक काममा अगुवाइ गरी केहीले रिटायर्ड लाइफलाई सुखद् बनाएका छन्। त्यस्तै अगुवा हुन्–तेजिन्द्रबहादुर थापा। उनकै नेतृत्वमा ताकमकोटमा जगन्नाथ–अन्नपूर्ण मन्दिर बनेको हो।
मन्दिरको शिलान्यास २८ मंसिर २०७५ मा गरियो। गत दसैंमा मन्दिर निर्माण पूरा भयो। ट्रष्टमार्फत् मन्दिर निर्माण गरिएको हो। निर्माणमा एक करोड रुपैयाँ खर्च भैसक्यो। सबै संरचना पूरा गर्दा अढाई करोड रुपैयाँ खर्च हुनेछ।
नवनिर्मित मन्दिर भित्र जगन्नाथ र अन्नपूर्णका धातुको मूर्ति पनि राखिने छ। धमाधम यसको निर्माण हुँदै छ। दुबै मूर्ति ४१ इन्च अग्ला हुनेछन्। मन्दिरमा रहेको पञ्चधातुको मल्लकालीन मूर्ति २०३२ सालमा चोरी भएको थियो। त्यतिबेला चोरले पूजारी काइँलाको हत्या गरेर चोरेका थिए। 
मन्दिर बनाउन अहोरात्र खटिएका छन् थापा। ताकममा धार्मिक पर्यटनको फूल फुलाउने अभियानमा जुटेका छन्। मान्छेहरूले कबुलेको रकम दिइसकेका छैन। त्यो रकम उठाउने दौडमा छन् यतिबेला। उनको सक्रियता तारिफयोग्य छ।
अमेरिकामा बस्ने रघुनाथ सुवेदीले ताकमकोट मन्दिर पुननिर्माणका लागि ११ लाख रुपैयाँ उठाइसकेका थिए। ‘अब हामी पनि जुट्नुपर्छ भनेर समिति बनाएर मन्दिर निर्माणमा लाग्यौं’थापा सुनाउँछन्, ‘मन्दिर बनाउँदा आत्मसन्तुष्टि मिलेको छ।’
धारापानीमा जन्मेहुर्केका तेजिन्द्रसँग अनेकौं सम्झना छन्। उनले १९ वर्षकै उमेरमा कोट क्षेत्रमा छेलो जितेका थिए। २१ वर्षको उमेरमा बागलुङको उत्तर गंगाको जनैपूर्णिमा मेलामा पनि जितेका थिए।
खासमा उनी लाहुरे हुन्। विसं २०३५ सालमा भारतीय सेनामा भर्ती भएका थापाले २४ वर्ष जागिर खाए। सन् २००३ मा रिटायर्ड भएपछि वर्ष दिन नेपालमा बसे। लगत्तै मकाउ पुगेर ४ वर्ष काम गरे। अनि केही समयपछि बहराइन पुगे। मकाउ र बहराइनमा बस्दा उनले गैरआवासिय म्याग्देलीको संस्था मोना र म्याग्दी उद्धार समिति लगायतमा बसेर काम गरे।
अढाई वर्ष भयो उनी नेपाल फर्केको। उनका छोराछोरी कोही अस्टे«लिया त कोही जर्मनमा छन्। नेपालमा बुढाबुढी मात्र बस्छन्। ‘बाँकी जीवन सामाजिक काममै विताउँछु’५९ बर्से थापा भन्छन्, ‘आफ्नै गाउँलाई उज्यालो बनाउने छु।’

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...