Monday, March 30, 2020

गुरुकुलीय शिक्षामा बिगार पर्‍यो !


गुरुकुलीय शिक्षामा बिगार पर्‍यो !
फाल्गुन ३, २०७६माधवप्रसाद पोखरेल
गुरुकुलीय शिक्षा - गुरुकुलीय शिक्षा हाम्रो उपमहाद्वीपको सबभन्दा पुरानो औपचारिक शिक्षा प्रणालीको नाम हो वैदिक काल (इपू १५००) मै त्यो थालियो, उत्तर वैदिक र पौराणिक कालमा उत्तरोत्तर मात्रामा फस्टायो र उपमहाद्वीपीय संस्कृतिको जग र चिनारी बन्यो
पश्चिम एसियाली (१२ औं शताब्दीपछि) र युरोपेली (१८ औं शताब्दीपछि) आधिपत्यपछि यसलाई छल, बल, कल गरेर अनेक किसिमले आक्रमण गरियो र उपमहाद्वीपकै युवाहरूलाई आफ्नै गौरवमय परम्परा र आफ्नै सांस्कृतिक मौलोप्रति वितृष्णा, घृणा र वैराग्य चलाउने र विदेशबारे मात्रै सकेसम्म बढ्ता जान्नुपर्ने गोरखधन्दा र भुल्भुलैयाको नाम ‘शिक्षा’ दिइयो विद्यार्थीले आफ्ना सांस्कृतिक ज्ञानलाई विद्यालयमा पढ्नै नपर्ने, होडै नगराइने, नम्बरै नदिइने, पुरस्कारै नदिइने अनि विदेश, विदेशी र आफ्ना परम्पराको निमासो गर्ने शत्रुहरूबारे जति जान्यो, त्यति सम्मान, पुरस्कार र पदोन्नति पाउने, आफ्नै संस्कृति, लोक विद्या र गुरुहरूलाई असभ्य, अविकसित, असामयिक र सिकेर उँभो नलागिने भ्रम सिर्जना गर्ने मेकालेको सिफारिसबाट बेलाइतले पराधीन शत्रु राज्य (भारत) मा दिगो रूपमा आफ्नो शासन टिकाउन लागू गरेको कुटिलतालाई नेपालीले पनि हाम्रो राष्ट्र र जातिलाई उँभो लगाउने ‘शिक्षा’ ठान्यौँ अनि भारतले पनि विदेशीबाट स्वतन्त्र भएपछि त्यसलाई आफलेर आफ्नै गुरुकुलीय शिक्षालाई समसामयिक परिमार्जन गरेर फर्काउन सकेन समृद्ध गुरुकुलीय शिक्षा अकालैमा मर्‍यो
शिक्षा भनेकै के हो?
शिक्षाको विश्वव्यापी परिभाषा (जोन डिवे, १९५९ इ, ‘डिक्सनरी अफ एजुकेसन’) अनुसार जुनसुकै बालखले आफ्नै जातिको सामूहिक चेतनामा उत्तरोत्तर गहिरो सहभागिताबाट पाउने ज्ञानको नाम नै शिक्षा हो जन्मँदैदेखि सामुदायिक सहभागितामा जानी नजानी आफ्नै जातीय चेतनामा गहिरिएर सिक्तै जाँदा मान्छेले क्रमशः आफ्नै सामर्थ्यको बान्की मिलाउँदै जान्छ, चेतना बाक्लो बनाउँदै जान्छ, बानी बसाल्दै जान्छ, विचारहरूलाई तालिम दिँदै जान्छ, अनि आफ्ना भावनाहरूलाई जगाउँदै जान्छ (पराईजस्तो हुन होइन) चालै नपाई आफ्नो समुदायबाट पाइने यस्तै शिक्षाले बिस्तारै मान्छेले पुर्खाहरूले जोगाएको बौद्धिक नैतिक सम्पदालाई आफ्नो पनि रहेछ भन्ने चाल पाउँछ महान् मानव सभ्यता बनाउन आफ्नै पुर्खाको पनि योगदान रहेछ भन्ने कुरो बुझ्छ विद्यालयमा गएर सिक्नुपर्ने औपचारिक र प्राविधिक शिक्षा पनि यो परम्परागत शिक्षाको मर्मबाट बाहिरिन सक्तैन, आफ्नै परम्परागत शिक्षालाई विशेष लक्ष्यद्वारा परिमार्जन गर्न र कुनै निश्चित दिशा दिन मात्र सक्छ कलिन्स ओ’ब्रायन (२०११ , ‘ग्रिनउड डिक्सनरी अफ एजुकेसन’) ले शिक्षालाई मानिसको चिनाइको विकाससँगै शारीरिक, प्राकृतिक, पर्यावरणीय, सामाजिक, भावनात्मक र नैतिक विकासलाई पोस्ने प्रक्रिया मानेका छन् शिक्षाले निश्चित ज्ञानलाई उत्कृष्ट ठान्छ अनि त्यता पु‍र्‍याउने उपायहरू लगाउँछ औपचारिक शिक्षाले मान्छेका व्यक्तिगत चाहनाहरू सामाजिक आवश्यकताहरूबीचमा तालमेल राख्ने उद्देश्य लिन्छ
हाम्रो प्रचलित शिक्षाको जाँच
नेपालमा हामी जुन गोरखधन्दालाई ‘शिक्षा’ भन्न बानी परेका छौँ, त्यसलाई शिक्षा शास्त्रको यहाँ लेखिएको सार्वभौम परिभाषा अनुसार लेखाजोखा गर्दा यस्तो देखिने रहेछ :
नेपालमा बालखलाई जति पढाउँदै गयो, उति उसलाई समुदायको परम्परागत ज्ञानबाट टाढा पु‍र्‍याइन्छ पारंगत भए पछि नेपाली विद्यार्थी आफ्नो मातृभाषा, जातीय चालचलन, शिष्टाचार र लोक विद्यामा अज्ञानी भएर निस्किन्छ विद्यालयको ज्ञानले उसलाई जातीय जानकारीमा निष्पट्ट बनाउँछ शिक्षा मन्त्रालयले उच्च अंक दिएर उत्पादन गरेको ‘शिक्षित’ नेपालीले नेपालको शक्ति र सामर्थ्य ठम्याउनै पाउँदैन, बरु विदेशका विषयमा चाहिँ धेरै कुरा सिक्छ शिक्षाले नेपालीलाई ‘अजात’ ‘अनेपाली’ बनाउनचाहिँ सक्छ, किन भने हाम्रो शिक्षाले नेपाल पढाउनेमा भन्दा विदेश पढाउनेमा बढ्ता जोड दिन्छ, नेपाली चिनाउनेभन्दा विदेशी चिनाउनेमा महत्त्व दिन्छ, ‘राम्रो’ र ‘उत्कृष्ट’ ठहराउँछ, तर यस बिथितिले कसै गरे पनि एउटा छँदाखाँदाको नेपालीलाई नेपाल विद्यामा अज्ञानी मात्र बनाउन सक्छ, विदेश विद्यामा पारंगत बनाउनुचाहिँ असम्भव छ
मूल्य
छरछिमेकी र समाजले गर्ने गरेका प्रशंसा–गाली, उत्कृष्ट–निकृष्ट, राम्रो–नराम्रो, आदर्श–चुत्थो, रोज्नुपर्ने–छोड्नुपर्ने बाटो, सिक्नुपर्ने–आफल्नुपर्ने कुरो, गुण–अवगुण, आकर्षण–विकर्षण, फाइदा–बेफाइदा, ठुलाबडा–मामुली, विकसित–अविकसित, सभ्य–असभ्य, जित–हार र पुरुषार्थको लेखाजोखा गरेर समाजको गन्तव्य बन्छ हाम्रो शिक्षाले गर्दा नै समाजको गन्तव्य आफ्नो आफलेर विदेशी तिर एकोहोरिएको
गुरुकुलीय शिक्षा के हो?
गुरुकुलीय शिक्षाले यो नाम किन पाएको भने, त्यसमा राजादेखि रंकसम्मका विद्यार्थीहरूले शिक्षा लिन गुरुकै परिवार (गुरुकुल) मा स्थायी रूपमा बस्नुपर्यो, घरमा परी आएको सबै काम आफ्नै ठानेर गर्नुपर्थ्यो, सबै विद्यार्थीलाई गुरुले नै खाने लगाउने चाँजो मिलाउनुपर्यो, जस्तो परिवारको भए पनि गुरुले सबैलाई एकनासको पोसाक र भोजन दिनुपर्थ्यो, विद्यार्थीहरूले भिक्षा मागेर छाक टार्नुपर्थ्यो, मागेर ल्याएको गुरुलाई सुम्पिनुपर्थ्यो, खाने कुरो एउटै भाँडामा पाक्थ्यो पच्चीस वर्षको नहोउन्जेल गुरुकै घरमा बसेर पढ्नुपर्थ्यो
इपू चौथो शताब्दीसम्म भारतीय आर्यहरूले कुनै लिपि नै चलाउन जानेका थिएनन्, त्यसैले ऋषिमुनिले खोज अनुसन्धान गरेर बटुलेको ज्ञान सूत्र रूपमा (सूत्र विधि) विद्यार्थीहरूलाई घोकाउँथे विद्यार्थीले ध्यानपूर्वक सुनेर (श्रवण विधि) घोकेपछि गुरुलाई कण्ठस्थ सुनाउनु (कण्ठाग्रीकरण विधि) पर्थ्यो गुरुलाई पाठ बुझाउनुभन्दा अघि सबै विद्यार्थीहरू पहिले आफूलाई पाठ राम्रो आउँछ कि आउँदैन भनेर आफ्ना साथीलाई सुनाएर आफैँ जाँच्थे अनि आफूलाई राम्रो नआएको भए, आफैँ पाठ दोहो‍र्‍याउँथे (पारस्परिक जाँच विधि) आफ्नो पाठभित्र लुकेको अर्थबारे झन प्रस्ट हुन साथीहरूसित छलफल गर्थे (‘सुहृत्प्राप्ति’ विधि) भन्ने कुरो वाचस्पति मिश्रले लेखेका छन् (श्यामनारायण शुक्ल, २००४, ‘प्राचीन भारतीय पाठ्य चर्चा और शिक्षण पद्धति’, पीएचडी प्रबन्ध, झाँसी : बुन्देलखण्ड विश्व विद्यालय)
विद्यार्थीले त्यसरी पाठ बुझाएपछि गुरुले त्यस सूत्रको अर्थ बुझाइदिन्थे (व्याख्या विधि) बुझेको अर्थ मनमनै खेलाएर (मनन विधि) चेलाले गुरुसँग सिकेको ज्ञानलाई सकेसम्म गहिरिएर बढाउनुपर्थ्यो (‘स्मरणं तु गुरोर्वाक्यं मननं तदनन्तरम्’, डा. सरयूप्रसाद चौबे, १९५९ इ, ‘भारतीय शिक्षा का इतिहास’, पृ. ५)
नबुझेका ठाउँमा गुरुसँग गएर सोध्नुपर्थ्यो (ऊहापोह ‘तर्कवितर्क’ अर्थात्, शंका समाधान विधि) विद्यार्थीलाई कुनै कुरो बुझाउन उदाहरणका लागि महापुरुषहरूको जीवन वृत्तान्त अथवा इतिहास वा पुराणका प्रसिद्ध घटना अथवा काल्पनिक कथा र उपाख्यानको पनि प्रयोग (कथा अथवा दृष्टान्त विधि) गरिन्थ्यो (चौबे, २८) विद्यार्थीले गम्भीर प्रश्न सोधे गुरुले नै त्यस प्रश्न बारे ‘ध्यान’ गर्नुपर्थ्यो
त्यसरी सिकेको ज्ञान विद्यार्थीले ठीकसित बुझ्यो कि बुझेन भनेर जाँच्न द्रोणाचार्यले कौरव पाण्डवलाई जाँचेझैँ गुरुले विद्यार्थीलाई त्यो ज्ञान उपयोग गरेरै फत्ते गर्न सकिने कुनै काम (कौशल अथवा बुद्धिको जाँच वा प्रयोगात्मक परीक्षा विधि) अराउँथे यसरी गुरुसँग पढेको हरेक नयाँ कुरो विद्यार्थीले घोक्नैपर्ने, घोकेको कुरो गुरुसँग बसेर बुझ्नैपर्ने, बुझेको कुरो मन मनै खेलाएर विद्यार्थीले गहिरिएर आफ्नै मनलाई सोधेर बढाउनैपर्ने, विद्यार्थीले बुझे नबुझेको कुरो जाँच्न गुरुले अराएको काम व्यवहारमा उतारेर जान्नै पर्ने अनि नयाँ पाठ सिक्न जाँदा अघिल्ला पाठ कण्ठस्थ बुझाउनैपर्ने (पूर्व ज्ञान परीक्षण) चलन थियो भनाइ नै थियो, ‘आचार्यात्पादमादत्ते, पादं शिष्यः स्वमेधया पादं सब्रहृमचारीभ्यः, पादं कालक्रमेण तु।।’ (गुरुले एक चौथाइ ज्ञान मात्र दिन सक्छन्, अर्को एक चौथाइ ज्ञान शिष्यले आफ्नै तर्क र बुद्धिले निकाल्नुपर्छ तेस्रो एक चौथाइ ज्ञानचाहिँ साथीहरूसँग छलफल गरेर बढ्छ भने, बाँकी चौथाइ ज्ञानचाहिँ व्यवहारमा परेर मात्र सिकिन्छ (सीताराम चतुर्वेदी, २०१४, ‘अभिनव शिक्षण सिद्धान्त’, ५१) नबुझेको कुरो गुरुलाई सोध्ने गुरुले उत्तर दिने (प्रश्नोत्तर विधि) परिपाटी गुरुकुलीय शिक्षाको एउटा मुख्य विधि थियो यो विधि उपनिषद् पतञ्जलि महाभाष्य जस्ता व्याकरणमा पनि पाइन्छ धनुर्वेद, आयुर्वेद र कर्मकाण्डजस्ता जुन–जुन विषयमा प्रयोगात्मक तालिमको आवश्यकता थियो, ती–ती विषयमा ‘प्रयोगात्मक शिक्षा’ पनि दिइन्थ्यो हरेक गुरुले हरेक दोस्रो पाठ थाल्दा अघिल्लो दिन आफूले पढाएको कुरो चेलाले कण्ठस्थ भन्न सक्छ कि सक्तैन, मनन गरेको छ कि छैन, आदि कुरो सोध्ने चलन थियो विद्यार्थीले अघिल्लो दिनको पाठ बुझाएपछि मात्र छात्रले नयाँ पाठ पढ्न पाउँथ्यो, नत्र पुरानै पाठ दोहो‍र्‍याउनुपर्थ्यो (सीताराम चतुर्वेदी, २००९, ‘भारत में सार्वजनिक शिक्षा का इतिहास’, ५९)
बेलाबेलामा अर्कै गुरुकुल वा विद्या केन्द्रका विद्वान्हरू पाहुना आएका बेलामा त्यस्ता विद्वान्हरूले ‘अतिथि कक्षा’ लिन्थे, कुनै निश्चित विषयमा प्रवचन दिन्थे अथवा विद्यार्थी अथवा गुरुले राखेका कुनै समस्यामा आफ्नो मन्तव्य दिन्थे र गुरुहरूका बीचमा अथवा बेग्लाबेग्लै गुरुकुलका गुरु चेलामा प्रश्नोत्तर हुन्थ्यो गुरुकुलका विद्यार्थीहरू त्यस्ता ‘प्रवचन’ बाट पनि सिक्थे त्यस्तै, बेग्लाबेग्लै गुरुकुलका गुरु चेलाहरू ‘ब्राह्मण संघ’, ‘शिक्षा सम्मेलन’, ‘यज्ञ स्थल’, ‘तीर्थ स्थल’, ‘श्राद्ध स्थल’, ‘राजसभा’, ‘ऋषि आश्रम’ र ‘विद्वत्परिषद्’ मा हुने ‘प्रवचन’, ‘विद्वद्विमर्श’ र ‘शास्त्रार्थ’ (र वादविवाद प्रतियोगिता) मा सहभागी भएर पनि आफ्नो ज्ञान, योग्यता र प्रतिभाको विस्तार गर्थे (शुक्ल, पृ. ४१)।
गुरुकुलभित्र ‘शास्त्रार्थ’ का रूपमा ‘सामूहिक परीक्षा’ पनि हुन्थ्यो, जसमा एउटै गुरुकुलका चेलाहरू दुई समूहमा बाँडिन्थे र कसैले पूर्व पक्ष लिन्थ्यो, कसैले उत्तर पक्ष लिन्थ्यो त्यसरी विद्यार्थीहरूको प्रतिभा, तर्क शक्ति, ज्ञान र अध्ययनको जाँच हुन्थ्यो ्यहाँ गुरु नै निर्णायक र मध्यस्थ हुन्थे ‘शास्त्रार्थ’ ‘अन्ताक्षरी’ गुरुकुल बाहिर पनि हुन्थ्यो
शिष्यगुरुको चलन
गुरुकुलमा जान्ने विद्यार्थीको ल्याकत बढाउन उही अथवा माथिल्ला कक्षाका जान्ने विद्यार्थीलाई सिकाउन लगाइन्थ्यो त्यसरी सिकाउने ‘शिष्यगुरु’ लाई सिक्ने विद्यार्थीले गुरु समानै आदर गर्नुपर्थ्यो शिष्यगुरुको चलनले एकातिर गुरुकुलमा भएको शिक्षकहरूको खाँचो पनि पूरा हुन्थ्यो भने, अर्कातिर जुनसुकै मान्छेले आफू विद्यार्थी हुँदा नबुझेको पाठ अरूलाई सिकाउँदा छर्लङ्ङ बुझ्छ, त्यसैले आफ्नै सहपाठीलाई र तल्लो कक्षाका नजान्ने साथीहरूलाई पढाउन लगाएर विद्यार्थीहरूको ज्ञान दरो बनाउने चलन गुरुकुलीय पद्धतिमा थियो त्यसरी सिकाउँदा साथीहरूमाझ सिकाउने विद्यार्थीहरूको मान बढ्ने हुनाले विद्यार्थीहरू पनि आफ्नो ल्यागत बढाउन घम्मर गर्थे यसरी विद्यार्थीहरूमा ल्याकत बढाउने होड चल्थ्यो ‘आपस्तम्बगृहृयसूत्र’ अनुसार गुरु नभएका बेलामा त्यस्तै शिष्यगुरुहरूले सिकाउँथे
यसरी शिष्यगुरु प्रणालीले गर्दा गुरुकुलभरि सबै गुरु नै गुरु हुन्थे त्यस्तो चलनले गर्दा माथिल्ला कक्षाका विद्यार्थी तल्ला कक्षाका आफ्ना विद्यार्थीले चाल पाउलान् नेर अनुशासित हुन्थे भने, तल्ला कक्षाका विद्यार्थी जताततै गुरु नै गुरु देखेर मर्यादित हुन्थे यसरी गुरुकुलमा विनयशीलता, मर्यादा र अनुशासन कायम हुन्थ्यो (चतुर्वेदी, ५३)
शिक्षाको मूल आधार : धर्म र शासन
संसारभरमा शिक्षा दिने मूल कारण नै धर्म र शासन (वा राजनीति) हुने रहेछ अंग्रेजहरूले भारतमा अनिवार्य अंग्रेजी शिक्षा थाल्दा (१८३४ ) थोमस मेकालेले आफ्ना हिन्दु इस्लाम धर्ममै आक्रमण गरेका थिए त्यो शिक्षा लागू भएको पाँच वर्षमा आफ्ना बाबुलाई लेखेका चिठीमा भनेका थिए, ‘अबदेखि अंग्रेजी पढेको कुनै हिन्दु पनि आफ्नो धर्ममा इमानदार हुन सक्तैन अब कतिले हाम्रै नीतिको पालन गरी रहन्छन्, अनि कति त, धर्म परिवर्तन गरेर इसाई नै हुन्छन् मलाई के विश्वास भने, हाम्रो शिक्षा योजना यसैगरी सफल भएर चल्यो भने, अब आजको ३० वर्षपछि बंगालका छेत्री–बाहुनका घरमा मूर्ति पूजा गर्ने मान्छे एउटै पनि भेटिँदैन यो सबै काम धर्म परिवर्तन गराउने कुनै प्रयास नगरे पनि, धार्मिक स्वतन्त्रतामा कुनै हस्तक्षेप नगरे पनि उनीहरूले पाएको ज्ञान र त्यसले जन्माउने सोचबाटै स्वतः सम्भव हुन्छ यो कुराले कस्तो गदगद भएको छु ! मेकालेको यस भनाइबाट भारतमा संस्कृत शिक्षा बन्द गरेर अनिवार्य अंग्रेजी लादेका बेलामै त्यस्तो शिक्षाको मूल उद्देश्य नै अरूको धर्ममा रोक लगाएर आफ्नो धर्म फैलाउनु थियो
मेकालेले बेलाइती संसद्मा (२ फरबरी १८३५) यस्तो प्रस्ताव राखेका थिए अरे, ‘मैले भारतवर्षमा सर्वत्र चाहार्दा एउटै माङ्ने पनि देखिन, एउटै चोर पनि फेला परेन त्यहाँका मान्छेको कस्तो उच्च नैतिकता ! कस्तो महान् चरित्र ! त्यहाँको कस्तो समृद्धि ! अहँ! मलाई के लाग्यो भने, त्यहाँको आध्यात्मिक र सांस्कृतिक सम्पदा अनि प्राचीन शिक्षा प्रणालीलाई हटाएर (अर्थात्, तिनीहरूको अस्मिताको ढाड भाँचेर) त्यसका ठाउँमा हाम्रो लादेनौँ भने, मरी गए, हामी त्यस देशलाई जित्न र त्यहाँ दिगो शासन गर्न सक्तैनौँ संस्कृत माध्यमको उनीहरूको शिक्षाको साटो अंग्रेजी माध्यमको हामीले योजना गरेको शिक्षा लाद्यौँ भने मात्रै, बल्ल, भारतीयहरूलाई जे जे बेलाइती र विदेशी हो, त्यो नै आफ्नोभन्दा उन्नत हो भन्ने पर्छ त्यति भएपछि चाहिँ तिनीहरूले आत्मसम्मान जातीय संस्कृति गुमाउँछन्, अनि मात्र हामी पराजित राज्यका नागरिकलाई झैँ तिनीहरूलाई हामीले जे भन्यो त्यही मान्ने बनाउन सक्छौँ।’
गुरुकुलीय शिक्षा पनि धर्मद्वारै अनुप्राणित थियो, त्यसैले विदेशीले अर्काको मुलुकमा दिगो शासन गर्न ‘शिक्षा’ का बाहाना बुनेर धर्ममै आक्रमण गर्नुपर्ने रहेछ भन्ने मेकालेको कुटिल मन्त्रबाट बुझ्नुपर्छ पश्चिमाहरूले हाम्रो शिक्षा, अनुशासन, न्याय, समाजशास्त्र र जीवनाधार बुझाउने ‘धर्म’ शब्दको अनुवाद युरोपमा बदनाम भएको ‘रिलिजन’ शब्दमा गरेर बुझ्नाले हामी मेकालेले चिताएकै बाटामा आफ्नो लोक समृद्धि स्वाहा पार्दै विदेश पोस्न तँछाडमछाड गरी रहेका छौँ !
आचार र संस्कार नै शिक्षाको लक्ष्य
आजको नेपाली शिक्षाको लक्ष्यचाहिँ पढेर आफ्ना दाजुभाइ, नातेदार, कुटुम्ब, छिमेकी, देशवासी र आफ्नो समाजभन्दा एकदम फरक अर्थात् अद्वितीय हुने देखिन्छ, तर यस्तो लक्ष्य त न माथि लेखिएको शिक्षाको परिभाषासित मिल्छ, न आजको जापानी शिक्षासित मिल्छ आदर्श चरित्र भएका नागरिक बनाउनु नै गुरुकुलीय शिक्षाको लक्ष्य थियो आचार सिकाउने हुनाले नै मूल गुरुलाई ‘आचार्य’ भनिन्थ्योप्रकाशित : कोसेली, फाल्गुन ३, २०७६ १४:१९


Thursday, March 26, 2020

Thimi’s urban tissue


Thimi’s urban tissue
A new book describes the Kathmandu Valley town that was a planned settlement since ancient times
Mark Turin
In this impressively detailed and visually arresting study, Mohan Pant makes a convincing scholarly case for why social and cultural traditions should be considered fundamental structures in shaping Thimi, a historic Newar settlement situated in the central-eastern segment of the Kathmandu Valley that dates to the early medieval period. In addition, the reader is shown both why and how Newar towns like Thimi should be appraised as planned settlements of historical consequence.
Part ethnography, part archaeology, geography, history, architecture and planning, Thimi: Community and Structure of a Town is an updated and refashioned version of Pant’s 2002 doctoral dissertation, whose stated objective was to provide a developmental account of Thimi in service of the conservation of the settlement’s heritage.
Pant integrates ancient inscriptions and chronicles with contemporary oral histories, observations of ritual, household surveys, meticulous maps and elegant floor plans to create a complex and composite understanding of Thimi, one of 31 significant Newar settlements in the Valley.
Thimi is also the 15th publication in the Himalayan Traditions and Culture Series by the Saraf Foundation that supports the Taragaon Museum, the Nepal Architecture Archive (NAA) and associated heritage activities of profound consequence and value to our understanding of the cultural history of the Kathmandu Valley.
A central message that comes across loud and clear from Pant’s study is that in the case of Thimi, the nani — a Newar term to describe the socio-spatial unit of clan clusters — is the ‘urban tissue’ that bound the town together. Only by appreciation of the roles of desha, tole, nani and chhen can the configuration of dwellings and development of Thimi be properly understood.
Pant argues that while the 2015 earthquake didn’t substantially damage the historical parts of Thimi, the reconstruction that followed has rapidly changed the ‘medieval townscape’. This rebuilding, together with the settlement’s changed status from village development committee to municipality, is resulting in a great transformation.
The deliberate and ritually-circumscribed planning of ancient Thimi stands in stark contrast to the haphazard and mostly unregulated construction of roads across the nation. When you next find yourself in a traffic jam in Madhyapur Municipality, in that ever-expanding urban strip that links Kathmandu to Bhaktapur with barely a field in between, spare a thought for the intentional town of Thimi and it historic importance to the diverse and creative communities that have lived there for centuries.
Thimi: Community and Structure of a Town (Kathmandu Valley)
by Mohan Pant
Saraf Foundation for Himalayan Traditions and Culture 2019
Distributed by Himal Books
181 pages Rs2,000
Mark Turin teaches at the University of British Columbia in Vancouver. He has lived and worked in Nepal for many years.



Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...