Saturday, April 04, 2020

नेपाली सेनाको सच्याउनुपर्ने इतिहास


नेपाली सेनाको सच्याउनुपर्ने इतिहास

इतिहासका घटनाक्रमको अध्ययन र विश्लेषण नै नगर्दा ऐतिहासिक अभिलेखका नाममा हचुवा र प्रभावमा लेखिएका गलत तथ्यले स्थान पाएका छन् । 

प्रेमसिंह बस्न्यात, हिमाल खबर,
शुक्रबार, असोज १०, २०७६


नेपाली सेनाले देशको लागि कदरयोग्य काम धेरै गरेको छ । तर यो विषय ओझेलप्रायः छ । सेनाको बारेमा राज्यले पाठ्यपुस्तकमा नसमेट्नु, जङ्गी अड्डाले सैनिक इतिहास र सामग्रीबारे शोध–अनुसन्धान नगर्नु, गैरसैनिक प्राज्ञहरूले नेपाली सेनाको इतिहासबारे कलम चलाउन रुचि नराख्नु र नेपाली सेनामा आफ्नो इतिहास पढ्ने र बुझ्ने संस्कारको कमी हुनु यसका मुख्य कारण हुन् 
यस्तै, राणा कालअघि शिक्षाको कमीका कारण इतिहास लेख्ने मानिस ठ्याम्मै भएनन् भने पनि हुन्छ । राणाकालमा भने जङ्गी लाठ अर्थात् सेनाका कमाण्डर इन चिफको अफिस निजी निवासमै हुने भएकाले कतिपय सैनिक महत्वका कागजपत्र जङ्गी अड्डामा नभई घरघरमा सञ्चित हुँदा ती विस्मृतिमा पुगे 

राणाकालपछिका दिनहरूमा पनि सैनिक सम्बन्धी अभिलेखहरूलाई गोप्य रूपमै राख्नुपर्छ भन्ने बुझाइले जङ्गी अड्डा, परराष्ट्र मन्त्रालयको जैसी कोठा, राजदरबारमा रहेका पुराना अभिलेखमा स्वतन्त्र लेखक\प्राज्ञहरूको पहुँच निषेध गरियो । जसले गर्दा सैनिक इतिहास लेखिएन 
अर्कातिर, हालसम्म लेखिएका नेपाली सैनिक इतिहासमा कतिपय तथ्य सुनेकै भरमा तानतुन गरेर तथा आफूले काम गरेको अङ्गको बढाइँचढाइ गरेर लेखिने गरेका छन् । तर ती प्रकाशनबारे छानबिन गर्न सक्ने सम्बन्धित निकायको ऐतिहासिक शाखा नहुँदा लेखिएका इतिहास पनि अधकल्चो र अपुष्ट अवस्थामा छन् 
नेपालको सैनिक इतिहासको उल्लेखनीय कालखण्ड नेपाल एकीकरण, चीन र तिब्बतसँगका युद्ध, ब्रिटिश इष्ट इण्डिया कम्पनीसँगको युद्ध, राणाकालमा भारत शासित बेलायतलाई र बेलायतको शासन अन्त्य भएपछि भारतलाई दिएको सैनिक सहयोग आदि नै हुन् । नेपाल एकीकरण अघि गोर्खा राज्यले उपत्यकाका मल्ल राजाहरूलाई दिएको सैन्य सहयोगलाई पनि बिर्सनुहुँदैन  
नेपाल एकीकरणको विषयमा सैनिक आँखाले नेपालीमा लेखिएको इतिहास छैन । कतिसम्म विडम्बना छ भने, नेपाल–अंग्रेज युद्धबारे अंग्रेज लेखकले लेखेका युद्ध कहानी हामीले नेपालीमा उल्था गरेर पढ्दै र पढाउँदै आएका छौं । त्यसवेला नेपाली फौजको लडाइँ कस्तो थियो, कसरी युद्ध हारियो भन्नेबारेमा नेपाली आँखाबाट हालसम्म लेखिएको छैन भने पनि हुन्छ 

यस्तै, नेपाल–तिब्बत युद्ध र नेपाल–चीन–तिब्बत युद्ध, नेपालले अंग्रेजलाई सहयोग गरेको सन् १९५७ को भारतीय सिपाही विद्रोह, वजिरिस्तान युद्ध, पहिलो र दोस्रो विश्वयुद्ध र स्वतन्त्रतापछिको भारतलाई नेपालले हैदरावादमा दिएको सैन्य सहयोग आदिमा नेपाली सेनाले गरेको तयारी, कार्यान्वयन, युद्ध विवरण, घाइते तथा वीरगति पाउनेहरूको विषयमा सैनिक आँखाबाट लेखिएको इतिहास छैन 

यी विषयहरूमा गैरसैनिक पक्षबाट सानो पाटो मात्र लेखिएको छ । ती विवरण सैनिक इतिहासका लागि पर्याप्त नभएकाले यसतर्फ नेपाल सरकार र नेपाली सेनाले प्रयास गर्नुपर्छ । सेनाको मूल्य–मान्यता सबैले बुझ्ने गरी उपलब्ध हुनसके मात्र नागरिक र सेनाको सम्बन्ध राम्रो बन्छ 
राजा महेन्द्रको पालामा विभिन्न पक्षको इतिहास लेख्ने काम शुरू भएको हो । तर ती इतिहास पूर्ण रूपमा निष्पक्ष देखिंदैनन् । राजा महेन्द्रले साहित्यकार बालकृष्ण सम, विद्वान् सरदार भीमबहादुर पाँडे लगायत आबद्ध छनोट टोली बनाई राष्ट्रिय विभूति, शहीद, प्रधानमन्त्री, प्रधान सेनापति, अन्य प्रभावशाली व्यक्तिहरूको अभिलेख तयार पारिएको थियो 

त्यो काम राम्रो हुँदाहुँदै पनि छनोट समितिको सीमा र त्यस बखतको स्रोत–साधनका कारण सबै पक्षमा पर्याप्त अध्ययन–अनुसन्धान नै नभई अभिलेख खडा भएका छन् । जस्तो, युद्धको वर्णन कतै नगरेर तथा लडाइँको पुष्ट्याइँ इतिहासबाट नगराई अंग्रेजहरूबाट नेपाल जोगाउने भनेर भीमसेन थापा, बलभद्र कुँवर र बडाकाजी अमरसिंह थापालाई राष्ट्रिय विभूति बनाइयो । यी विभूतिहरूले कसरी नेपाल जोगाए भनेर तत्कालीन मूल्याङ्कन टोलीले कुनै आधार दिएन 

वस्तुगत रूपमा केलाउँदा भीमसेन थापाकै एकोहोरो ढिपीले प्रतिकूल समयमा नेपाल–अंग्रेज युद्ध हुँदा आधा जति नेपाल गुमेकै हो । युद्धमा अंग्रेजले घुँडा टेकाउँदा टिष्टादेखि सतलजसम्म फैलिएको नेपाललाई भीमसेन थापाले सुगौली सन्धि मार्फत मेची–महाकालीमा खुम्च्याइदिएकै हुन् 
तर यी पक्ष हेर्दै नहेरी उनलाई ‘दुश्मनको हातबाट नेपाल बचाउने महापुरुष’ भनेर राष्ट्रिय विभूतिले सम्मान गरियो । प्रशासनिक दृष्टिले उनी बलियो प्रशासक भए पनि सैनिक पाटोमा भने कमजोर थिए 

यस्तै, बलभद्रले नालापानीको युद्ध हारेका थिए । तत्कालीन नेपाल सरकारसँग असन्तुष्ट भई उनी करीब २०० सैनिक सहित नेपालका शत्रु, पंजाबका राजा रणजित सिंहको फौजमा भर्ना भए 
रणजितको नुन खाएर अफगानिस्तानको युद्धमा मरेका उनी यता राष्ट्रिय विभूति बने । तर ७३ वर्षको उमेरमा काजी सरहको सैनिक नेता भई अंग्रेजसँग लड्दा वीरगति पाएका भक्ति थापा भने त्यो सूचीमा अटाएनन् 

इतिहासको तोडमरोड
पृथ्वीनारायण शाह राजा भएपछि गोर्खाका पहिलो सेनापति (काजी) विराज थापा मगर (विराज बखती) भए भने दोस्रो महेश्वर पन्त, तेस्रो शिवरामसिंह बस्न्यात र चौथो कालु पाँडे भए । तर सैनिक अभिलेखमा कालु पाँडेलाई पहिलो सेनापति उल्लेख गरिएको छ 
पृथ्वीनारायणले नुवाकोटमाथि पहिलो असफल आक्रमण गर्दा सेनापति कालु पाँडे भएकै आधारमा उनलाई इतिहासमा गोर्खाको पहिलो सेनापति लेखियो, त्यसअघि को–को सेनापतिहरू थिए भन्ने सोधखोज नै गरिएन  

त्यति मात्र होइन, छनोट समितिको सुझावबाटै नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापालाई बनाइयो । यो तथ्यलाई इतिहासको कुनै पनि पक्षले प्रमाणित गर्दैन । भीमसेन थापा सुवेदार, सरदार, जनरल, मुख्तियार, कमाण्डर इन चिफ भएका थिए । प्रधान सेनापतिकै अर्को पद मुख्तियार राणाकालमा पनि थियो । कमाण्डर इन चिफलाई मुख्तियार पनि भनिन्थ्यो । उनलाई नियुक्तिका हिसाबले प्रधानमन्त्री बनाइएकै थिएन । बरु उनका भतिजा माथवरसिंह थापाले भने प्राइममिनिस्टर नियुक्ति पाएका थिए 

इतिहास लेख्नेले सैनिक पाटोमा शोध नै नगरी अनावश्यक फूलबुट्टा भरिदिंदा गलत तथ्य र विवरणले ठाउँ पाएका छन् । पछिल्लो समय यस्ता विषयमा सत्य–तथ्य लेखिंदा त्यस्ता पात्रका वंशज तथा कतिपय प्राज्ञ र इतिहासकारहरूले विरोध गर्ने प्रवृत्ति छ । तर प्रमाण र तथ्य नै ठूलो कुरा भएकाले सैनिक इतिहासबारे प्रामाणिक खोज गरेर प्रष्ट्याउने वेला आएको छ । इतिहासको लेखोटमा गलत विवरणको जगमा प्रशंसित\सम्मानित गर्ने क्रम मात्र देखिंदैन, योगदान गरेका योग्य पात्रहरूलाई भने छायाँमा पारिएको वा छुटाइएको छ । राजकुमार बहादुर शाहले बालक राजा एवं भतिजा रणबहादुर शाहको नायवी लिंदै पिता पृथ्वीनारायणको बृहत् नेपालको सपना साकार पार्ने क्रममा कास्कीदेखि पश्चिम किल्ला काँगडाको नजिकसम्म गोर्खाली सेना पुर्‍याएका थिए 
उनी सैनिक रणनीतिमा कुशल थिए । तर बालक राजा रणबहादुरलाई मारेर आफैं राजा हुन खोजेको बात लगाई बहादुर शाहलाई राष्ट्रिय र सैनिक इतिहास दुवैमा देखाइएन । यद्यपि समयक्रममा भद्ररत्न वज्राचार्यले उनको बारेमा विद्यावारिधि गरेपछि उनी चर्चामा आउन थालेका हुन् 

वि.सं. १६१६ पछि नेपाल (गोर्खा) को इतिहास केलाउँदा अर्थ, सेना, परराष्ट्र, न्याय आदि विभिन्न पक्षको जिम्मा लिने गरी चार जना काजी (मन्त्री जस्तै) लाई एकै पटक नियुक्ति दिई राजाले राज्य संचालन गरेको पाइन्छ । पछि चार भन्दा धेरै काजीहरू पनि बनाइए । त्यसपछि नै मूल काजी भन्ने प्रधानमन्त्री सरहको पद सिर्जना भएको थियो । पहिलो मूल काजी कीर्तिमानसिंह बस्न्यात थिए । तर चार काजीमध्ये प्रधानमन्त्री सरह र प्रधान सेनापति सरह को–को थिए भनेर अध्ययन र यकिन नै नगरी जथाभावी ढङ्गले प्रधानमन्त्री र प्रधान सेनापतिका सूचीमा राखिएका छन् 

कतिपय पाँडे, थापा र बस्न्यातहरूलाई अन्धाधुन्द प्रधानमन्त्री र प्रधान सेनापतिको महलमा राखिएको छ । तर बडाकाजी अमरसिंह थापाले ३५ वर्षभन्दा बढी काजीको पदमा काम गरे पनि उनलाई प्रधान सेनापतिको महलमा नराखिनु ठूलो ऐतिहासिक भूल हो । अर्कोतर्फ, वि.सं. १९०३ मा कोतपर्व हुनुपूर्व प्रधानमन्त्री चौतरिया फत्यजङ्ग शाह, पहिलो जनरल (प्रधान सेनापति) अभिमानसिंह रानामगर, दोस्रो जनरल गगनसिंह खवास र तेस्रो जनरल जङ्गबहादुर कुँवर थिए । अभिमानसिंह रानामगर कोतपर्वमा मारिने पहिलो व्यक्ति थिए । तर नाम एउटै भएकाले झुक्किएर हुन सक्छ, कतिपय इतिहासकारले अभिमानसिंह बस्न्यात कोतपर्वमा मारिएको भनेर लेखेका छन् । अभिमानसिंह रानामगरलाई प्रधान सेनापतिको महलमा नराखिनु उदेकलाग्दो पाटो हो 

नेपालको सैनिक इतिहासमा सैनिक महत्वका दृष्टिले पृथ्वीनारायण र बहादुर शाहपछि प्रधानमन्त्री जनरल जङ्गबहादुर कुँवर राणाको ठूलो भूमिका छ । जसले हजारौं फौजको नेतृत्व गरी आफैं युद्धभूमिमा गएर भारतमा भएको सिपाही विद्रोह परास्त गरेका थिए । यस्तै, नेपालले तिब्बतसँग गरेको अन्तिम युद्धमा पनि विजय हासिल गरेका थिए । ती दुवै युद्ध अन्तर्राष्ट्रिय तहका थिए । त्यस्ता सैनिक नेतालाई सैन्य इतिहासले सम्मान दिनसकेको छैन  पुराना अभिलेख, सम्पदाको सम्मान र तत् सम्बन्धी नयाँ तथ्य र प्रसङ्गलाई विश्लेषण गरी स्वीकार्दा नै इतिहास प्रामाणिक र परिपक्व हुने हो 

शङ्का लागेको विषय र सन्दर्भमा सम्बन्धित विद्वान्–प्राज्ञहरू बोलाई छलफलबाट निर्क्याेल गर्न जरूरी हुन्छ । राणा र शाहकालीन समयमा कतिपय इतिहास हुकुम र आदेशको भरमा बलमिच्याइँ गरी लेखिएका पनि छन् । यस्तै, कुलीन वर्गले विभिन्न प्रभाव पारेर इतिहास तोडमरोड पनि गरेका छन् । ऐतिहासिक विवरणमा वि.सं. १८०० देखि हालसम्म बनाइएका प्रधानमन्त्री तथा प्रधान सेनापतिको सूचीलाई प्राज्ञिक विश्लेषण गरिनुपर्छ, ताकि नयाँ पिंढीले सही इतिहास पढ्न पाऊन् । यो काम नेपाल सरकार, इतिहासकार, प्राज्ञ तथा नागरिक समाजको हो 

रातो मत्स्येन्द्रनाथको महास्नान


रातो मत्स्येन्द्रनाथको महास्नान गर्ने निर्णय
चैत्र १९, २०७६प्रशान्त माली
काठमाडौँ — लकडाउन जारी छ । सडक गल्ली टोल चोक सुनसान छ । सर्वसाधारण घरबाहिर निस्कन त्रासपूर्ण वातावरण छ । यस्तो अवस्थामा जात्रापर्व चलाउन सम्भव होला ? सबैमा यस्तो जिज्ञासा उत्पन्न भइरहेका बेला गुठी संस्थान ललितपुर शाखा कार्यालयले रातो मत्स्येन्द्रनाथको महास्नान गर्ने र रथ बनाउने निर्णय गरेको छ 
संस्थान ललितपुर प्रमुख राजन भुजुको अध्यक्षतामा बुधबार बसेको बैठकले लगनखेलमा २७ गते मत्स्येन्द्रनाथको महास्नान र २८ गतेबाट पुल्चोकमा रथ निर्माण सुरु गर्ने निर्णय गरेको हो।
बैठकले महास्नानमा सहभागी हुने १३ जना पुजारी, पुल्चोकमा ‘हामोकी’ पूजा गर्न बाराही गुठीका ५ जना नाइके, यवाल र अन्य गुठीका २/२ जना गरेर ६ जना गुठीयारका लागि आवतजावत गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय ललितपुरलाई अनुरोध पनि गरेको छ।
चैत २८, २९ र ३० गते पुल्चोकमा रथ निर्माण गर्न बाराही गुठीका गुठीयार प्रत्येक दिन ५० जनाका दरले तीन दिनका लागि एक सय ५० जना र ३० गते युवाल गुठीका ३५ जनाको सहभागी हुने निर्णय गरेको छ। रथमा काठको काम बाराही र बेथको काम यवाल गुठीयारले गर्छन्।
प्रकाशित : कान्तिपुर, चैत्र १९, २०७६ २१:४५

बिस्काः जात्रा औपचारिक पूजामै सीमित गरिने


बिस्काः जात्रा औपचारिक पूजामै सीमित गरिने 

चैत्र २०, २०७६कान्तिपुर संवाददाता
भक्तपुर — मध्यपुर थिमीको बिस्काः जात्रा औपचारिक पूजामै सीमित हुने भएको छ ।विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न नगरपालिकाले यस वर्ष बिस्काः जात्राअन्तर्गत सिन्दुर जात्रा र बोडेको जिब्रो छेड्ने जात्रालाई औपचारिक पूजा गरेर सम्पन्न गर्ने जनाएको छ  
मध्यपुर थिमि नगरपालिकाको बैठकले वैशाख २ गते मनाइने प्रसिद्ध ३२ खटसहितको सिन्दुर जात्रा र बोडेको जिब्रो छेड्ने जात्रालगायतका जात्राहरूलाई औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको हो 

जात्रामा हुने भिडभाडले कोभिड–१९ संक्रमणको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले औपचारिक पूजा मात्र गर्ने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । मध्यपुर थिमिमा बिस्काः जात्राको मुख्य आकर्षण सिन्दुरे जात्रा र सोही दिन मनाइने बोडेको जिब्रो छेड्ने जात्रा हो । जात्रामा हजारौंको उपस्थिति हुने गरेको छ 
यसअघि, भक्तपुर नगरपालिकाले जिल्लाको मुख्य बिस्केट जात्रालाई औपचारिक पूजामै सिमित गर्ने निर्णय गरिसकेको छ । बिस्केट जात्रामा विश्वभैरवनाथ र भद्रकालीको रथ तान्ने, ५५ हात लामो लिङ्गो उभ्याउने गरिन्छ 
बिस्केटजात्रा भक्तपुरवासीको महत्वपूर्ण पर्व हो । प्रत्येक वर्ष चैत अन्तिम साता सुरु भई नयाा वर्षसागै वैशाख महिनाको पहिलो सातासम्म आठ रात नौ दिन चल्ने बिस्केट जात्रामा हजारौं व्यक्ति सहभागी हुन्छन् 
प्रकाशित : कान्तिपुर, चैत्र २०, २०७६ १९:५०


चैत्र २०, २०७६कान्तिपुर संवाददाता
भक्तपुर — मध्यपुर थिमीको बिस्काः जात्रा औपचारिक पूजामै सीमित हुने भएको छ ।विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न नगरपालिकाले यस वर्ष बिस्काः जात्राअन्तर्गत सिन्दुर जात्रा र बोडेको जिब्रो छेड्ने जात्रालाई औपचारिक पूजा गरेर सम्पन्न गर्ने जनाएको छ  
मध्यपुर थिमि नगरपालिकाको बैठकले वैशाख २ गते मनाइने प्रसिद्ध ३२ खटसहितको सिन्दुर जात्रा र बोडेको जिब्रो छेड्ने जात्रालगायतका जात्राहरूलाई औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको हो 

जात्रामा हुने भिडभाडले कोभिड–१९ संक्रमणको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले औपचारिक पूजा मात्र गर्ने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । मध्यपुर थिमिमा बिस्काः जात्राको मुख्य आकर्षण सिन्दुरे जात्रा र सोही दिन मनाइने बोडेको जिब्रो छेड्ने जात्रा हो । जात्रामा हजारौंको उपस्थिति हुने गरेको छ 
यसअघि, भक्तपुर नगरपालिकाले जिल्लाको मुख्य बिस्केट जात्रालाई औपचारिक पूजामै सिमित गर्ने निर्णय गरिसकेको छ । बिस्केट जात्रामा विश्वभैरवनाथ र भद्रकालीको रथ तान्ने, ५५ हात लामो लिङ्गो उभ्याउने गरिन्छ 
बिस्केटजात्रा भक्तपुरवासीको महत्वपूर्ण पर्व हो । प्रत्येक वर्ष चैत अन्तिम साता सुरु भई नयाा वर्षसागै वैशाख महिनाको पहिलो सातासम्म आठ रात नौ दिन चल्ने बिस्केट जात्रामा हजारौं व्यक्ति सहभागी हुन्छन् 
प्रकाशित : कान्तिपुर, चैत्र २०, २०७६ १९:५०


Tuesday, March 31, 2020

Discrimination against Dalits still rife


Discrimination against Dalits still rife, continue to be left out of decision-making processes

Marginalisation of members of Dalit communities still persists even though several laws and constitution bar discrimination.
Chandan Kumar Mandal
Published at : September 8, 2019,  Kathmandu

Family members of Maya Bishwokarma, who was brutally murdered after being gang-raped, are slowly losing hopes of getting justice. Maya, who was involved in collecting household data from Gauriganga Municipality, Kailali, was gang-raped by five of her co-workers last year.

“She had repeatedly refused sexual advances of her co-workers, and they raped her and killed her. They must have thought that they were entitled to her body,” said Kamal Bishwokarma, her uncle in Kathmandu on Saturday.

Ajit Mijar, 18, originally from Pachkhal, Kavre was reportedly murdered after he married a woman from another caste. Within a week of their wedding, his dead body was found buried by the riverbank of Furke Khola in Dhading district. Even after three years of his death, the dead body still lies at the Tribhuvan University Teaching Hospital. According to his family members, Ajit did not commit suicide. They say it was a staged-murder.

The two cases are isolated. But what is common between these two cases are the victims are from the Dalit community.

“The culprits have been arrested, but conspiracies are going around to protect those arrested. The court hearing has already been postponed six times,” said Bishwokarma. “How long can we wait for justice? How long should her soul suffer? Is it just because she was a Dalit that the central government has maintained silence in Maya’s case?

Narrating similar pain and struggles for the justice for his son, Hari Bhakta Dhakal Mijar, father of Ajit, said: “Everyone seems unaffected because the son of a Dalit died.”

Despite strong legal protection against any discrimination based on caste, class, religion, region, and any other grounds, Dalit families like that of Maya and Ajit continue to face subjugation and discrimination—in society and also by the state— across the country, according to rights activists, Dalit leaders, political party leaders and civil society members.

According to Pradeep Pariyar, executive chairperson of Samta Foundation, at least 16 deaths have been reported in which victims were killed only because of their caste since the new Caste Based Discriminations and Untouchability (Offence and Punishment) Act 2011 came into force.

“Dalits were at the forefront of the People’s War. They have died for various democratic movements of the country. They are discriminated and left aside by those in power,” said Pariyar. “Even after seven decades of Dalit’s struggle history, the Dalit movement has not yet gained the expected momentum although the democratic movement in the country has flourished in the same period.”

Participants at the event organised by Samata Foundation, who had assembled to discuss mainstreaming of Dalits in the state and their quest for dignity, said plights of Dalits have not yet improved the way it should have with the arrival of the new constitution in 2015.

According to Ramprit Paswan, a National Assembly member, Dalit’s marginalisation has been falsely blamed with their fate.

“Now, we have the best political system, but Dalit’s struggle continues to be same,” said Paswan. “Dalits are protected in the Constitution and other laws. If these laws are not followed, then that’s a crime. But the protector of the constitution—the state—itself practises discrimination.”

Jagat Bahadur Sunar BishwokarmaMinister for Youth and Sports, admitted that the socio-cultural transformation of the country has not happened along the lines of the new constitution. However, the condition of the Dalits has improved in comparison to the past.

“The Dalit liberation movement is not in a disappointing phase now. But there are still incidents of caste-based discriminations and violence against Dalits, which is shameful for all of us,” said Minister Bishwokarma.

“The caste system has victimised other groups as well. Therefore, the whole Nepali society should come together to eliminate this system.”

Braj Ranjan Mani, an Indian scholar and writer on Dalit communities and their struggles, said educating people is the tool that will liberate Dalits, and they have started sharing their stories of struggles.

“History has not been written from the perspective of Dalits,” said Mani. “Breaking the imposed culture of silence, they have started sharing their stories which animate Dalit literature and have sprung up in all languages of the sub-continent.”

The country adopting the federal system has also not yielded expected results in terms of placing Dalits at the leadership level, say Dalit activists. Even those in power are unable to fully exercise their rights.

They pointed out that there is not a single Dalit minister in all the seven provincial governments and not a single appointment at the 13 different commissions. At the local level, only one Dalit mayor has been elected at a rural municipality and six at the municipality level.

According to Nira Devi Jairu, head of the joint parliamentary committee titled State Directives, Policy and Liability Implementation, Monitoring and Evaluation Committee, political parties should give significant representations to Dalit and marginalised groups.

“Now, we don’t need yet another revolution to improve the condition. But improvement is required inside the political system and political party,” said Jairu.

According to Mani, the spread of education and political consciousness has been changing the structure of public discourse and public space.

“Despite these welcome changes, Dalits are still struggling to enter the crucial areas of knowledge production and policymaking,” said Mani. “More recently, Dalits are resisting the newer forms of caste hegemony, cultural tokenism and political co-option. Dalits are not merely an identity marker but also a metaphor for human suffering, human resilience and human resistance against the inhuman system. This metaphor signifies Dalit’s undying spirit to fight back and regain their stolen rights, dignity, liberty and property.”  

Chandan Kumar Mandal
Chandan Kumar Mandal is the environment and migration reporter for The Kathmandu Post, covering labour migration and governance, as well as climate change, natural disasters, and wildlife.

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...