Saturday, April 04, 2020

बिस्काः जात्रा औपचारिक पूजामै सीमित गरिने

चैत्र २०, २०७६कान्तिपुर संवाददाता
भक्तपुर — मध्यपुर थिमीको बिस्काः जात्रा औपचारिक पूजामै सीमित हुने भएको छ ।विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न नगरपालिकाले यस वर्ष बिस्काः जात्राअन्तर्गत सिन्दुर जात्रा र बोडेको जिब्रो छेड्ने जात्रालाई औपचारिक पूजा गरेर सम्पन्न गर्ने जनाएको छ  
मध्यपुर थिमि नगरपालिकाको बैठकले वैशाख २ गते मनाइने प्रसिद्ध ३२ खटसहितको सिन्दुर जात्रा र बोडेको जिब्रो छेड्ने जात्रालगायतका जात्राहरूलाई औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको हो 

जात्रामा हुने भिडभाडले कोभिड–१९ संक्रमणको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले औपचारिक पूजा मात्र गर्ने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । मध्यपुर थिमिमा बिस्काः जात्राको मुख्य आकर्षण सिन्दुरे जात्रा र सोही दिन मनाइने बोडेको जिब्रो छेड्ने जात्रा हो । जात्रामा हजारौंको उपस्थिति हुने गरेको छ 
यसअघि, भक्तपुर नगरपालिकाले जिल्लाको मुख्य बिस्केट जात्रालाई औपचारिक पूजामै सिमित गर्ने निर्णय गरिसकेको छ । बिस्केट जात्रामा विश्वभैरवनाथ र भद्रकालीको रथ तान्ने, ५५ हात लामो लिङ्गो उभ्याउने गरिन्छ 
बिस्केटजात्रा भक्तपुरवासीको महत्वपूर्ण पर्व हो । प्रत्येक वर्ष चैत अन्तिम साता सुरु भई नयाा वर्षसागै वैशाख महिनाको पहिलो सातासम्म आठ रात नौ दिन चल्ने बिस्केट जात्रामा हजारौं व्यक्ति सहभागी हुन्छन् 
प्रकाशित : कान्तिपुर, चैत्र २०, २०७६ १९:५०

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...