Monday, March 15, 2021

राजनीतिक अस्थिरताको निरर्थक बहस

 


राजनीतिक अस्थिरताको निरर्थक बहस

लोकतन्त्रमा सरकार चलाउन कुनै एक दलकै बहुमत चाहिन्छ त? के धेरै दल मिलेर बनेको सरकारले देश र जनताका पक्षमा काम गर्न सक्दैन त? एकभन्दा बढी दलको सरकार हुँदैमा लोकतन्त्र र विकासको एजेन्डा नै कमजोर हुन्छ त?

राजनीतिक अस्थिरता’ नामक भाष्य वास्तवमा पूर्ण या आंशिक रूपमा समानुपातिक निर्वाचन प्रणालीमा आधारित संसदीय लोकतन्त्रको विरोधमा लक्षित देखिन्छ

Kantipur, चैत्र २, २०७७उद्धव प्याकुरेल

नेपालमा २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि जबर्जस्त प्रवेश पाएको एउटा भाष्य हो— राजनीतिक अस्थिरता यस अवधिमा प्रचलित राजनीतिक शब्दकोशमा ‘राजनीतिक अस्थिरता’ भनेर कुनै एक दलको बहुमत नभएको संसद्बाट बन्ने सरकार भन्ने बुझाउन खोजिएको

कांग्रेसले २०४८ मा पाएको बहुमत मध्यावधिमा गएर टुंगिएपश्चात् देखिएका सरकारहरूलाई हेरेर यो वाक्यांशको प्रयोग बढ्दै गई आज जनबोली जस्तै बनेको देखिन्छ एमाले–माओवादी गठबन्धनको तीन वर्षअघिको चुनावी नारा अस्थिरतामाथि विजय गरेर स्थिरता दिने थियो भने बहुमत भएको हुँदाखाँदाको संसद् पुस मा भंग गर्न पनि त्यही अस्थिरताको त्रासलाई कार्डका रूपमा प्रयोग गरियो अहिले संसद् पुनःस्थापना भइसकेको अवस्थामा पनि जनतालाई ‘कतै राजनीतिक अस्थिरता नलागोस्’ भनेर सत्ता टिकाउने कसरत देखिन्छ

यो शब्दावलीले जनाउन खोजेको परिस्थिति भनेको मूलतः अंग्रेजीमा ‘कोलिसन’ भनिने संसद्मा दुई वा त्यसभन्दा बढी दल मिलेर बन्ने मिलीजुली सरकार हो विश्वमा अत्यधिक प्रयास भएका सफल सरकारका उदाहरण यस्तै छन् आजको दिनमा पनि बहुसंख्यक लोकतान्त्रिक देशमा यही प्रकृतिका सरकार छन् ती सफल रूपमा चलिरहेका देखिन्छन् डेनमार्कले सन् १९०८ देखि िनल्यान्डले आफू स्वतन्त्र भएको समय अर्थात् सन् १९१७ देखि नै मिलीजुली सरकार चलाइरहेको छ ती देशमा आजसम्म बहुमतको सरकार बनेको देखिँदैन नेदरल्यान्डमा सन् १९१८ देखि, स्विट्जरल्यान्डमा सन् १९५७ देखि, नर्वेमा सन् १९६१ देखि यस्तै प्रकृतिका सरकारहरूले निरन्तर काम गरिरहेका छन् संसदीय लोकतन्त्रको जननी भनिने बेलायतमा पनि यस्तो अभ्यास नौलो होइन, जहाँ सन् २०१० देखि २०१५ सम्म मिलीजुली सरकार नै थियो

लोकतन्त्र र विकासका सन्दर्भमा नेपालीले नाम लिन मन पराउने क्यानडा, जर्मनीलगायत त यस्ता सरकारमा झन् बढी अभ्यस्त छन् हाम्रै छिमेकी भारतमा पछिल्ला तीन दशकदेखि मिलीजुली सरकार नै चलिरहेको सन् १९९९ पछिका तीन वटा सरकार मिलीजुलीकै हैसियतमा ५–५ वर्षे कार्यकाल पूरा गरेर बिदाबादी भए पहिलो यस्तो सरकारको नेतृत्व भाजपा नेता अटल बिहारी वाजपेयीले गरेका थिए भने सन् २००४ देखि २०१४ सम्मका पछिल्ला दुई सरकार भारतीय कंग्रेसका मनमोहन सिंहले सन् २०१४ २०१९ का दुवै चुनाव पनि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले अन्य दलको साझेदारीमै लडेका थिए, भलै जनमत भाजपाकै एकल बहुमततर्फ गएको किन नहोस्

यहाँ उठाउन खोजिएको सवाल के हो भने, लोकतन्त्रमा सरकार चलाउन कुनै एक दलकै बहुमत चाहिन्छ त? के धेरै दल मिलेर बनेको सरकारले देश र जनताका पक्षमा काम गर्न सक्दैन त? एकभन्दा बढी दलको सरकार हुँदैमा लोकतन्त्र र विकासको एजेन्डा नै कमजोर हुन्छ त? माथिका तथ्यहरूले यसो भन्दैनन् मानव विकास सूचकांकमा प्रथम १० स्थानमा रहेकामध्ये अधिकांश देशले यस्तो सरकारको अभ्यास वर्षौंदेखि गरिरहेका छन् तर त्यहाँ विकासको एजेन्डा अवरोध भएको , न त लोकतान्त्रिक व्यवहार नै कमजोर देखिन्छ

नेपालकै सन्दर्भमा पनि बहुमत पाएका वा बहुमतनजिक रहेका सरकारको कार्यशैलीभन्दा धेरै दल मिलेर बनेका सरकारहरूले विकास र लोकतन्त्रका सवालमा सापेक्ष रूपमा केही सफल काम गरेका उदाहरण छन् जस्तो, झन्डै ४० प्रतिशत जनमतको माओवादीसहितको पहिलो संविधानसभाले बारम्बार म्याद थपेर पनि संविधान ल्याउन सकेन, तर तीन दलको त्रिशंकु जस्तो देखिने दोस्रो संविधानसभा तोकिएको समयअगावै संघीय लोकतान्त्रिक संविधान घोषणा गर्न सफल भयो एकातिर २०६४ देखि २०६८ सम्मका माओवादी यसको नेतृत्व गर्ने प्रचण्डको अरूलाई पेलेर जाने शैली २०७० पछि उनीहरूको जनमतमा आएको ह्राससँगै अलिक लचिलो भयो भने, अर्कातिर बल्लतल्ल एक तिहाइ सदस्यसहित नरमपन्थी कांग्रेसका सुशील कोइराला सरकारको ड्राइभिङ सिटमा आउन सफल भए यसै पृष्ठभुमीमा २०७२ को संविधान घोषणा भयो दोस्रो संविधानसभामा ओली, प्रचण्ड या अन्य कसैले पनि ४० प्रतिशत या हाराहारी जनमतको नेतृत्व गरेका थिए भने त्यस सभाले पनि संविधान दिन सक्ने थिएन भन्न सकिन्छ

त्यसो त, पछिल्ला दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीमा देखिने बहुमतको दम्भ पनि एक हदसम्म २०४८ का बहुमत प्राप्त गिरिजाप्रसाद कोइराला शैलीको निरन्तरता हो शैलीमा फरक भए पनि सारमा आफ्नै दलका फरक मत राख्ने विपक्षी कम्युनिस्टलाई हेर्ने कोइरालाको दृष्टिकोण एवं अलिकति पनि आलोचनात्मक टिप्पणी सुन्न तयार नहुने अनि लोकतान्त्रिक संरचनासँगै चल्न छाडेर आफ्नो शक्ति सञ्चयका लागि अलोकतान्त्रिक बाटोतर्फ लागिपर्ने अहिलेको ओली प्रवृत्तिमा एक हदको सामीप्य छ , नेपाली नेतृत्व यस्तो देखिनुमा ‘म जनतामा लोकप्रिय छु’ भन्ने आत्मश्लाघा नै बढी जिम्मेवार छ

सारमा भन्दा, ‘राजनीतिक अस्थिरता’ नामक यो भाष्य वास्तवमा पूर्ण या आंशिक रूपमा समानुपातिक निर्वाचन प्रणालीमा आधारित संसदीय लोकतन्त्रको विरोधमा लक्षित देखिन्छ नेपाल जस्तो विविधतायुक्त समाजमा कुनै एक दलले बहुमत ल्याउन असम्भवप्रायः राष्ट्रवाद, एकताजस्ता लोकप्रिय नाराका साथ प्राविधिक बहुमत जुटाइहाले पनि त्यहाँ विद्यमान बहुल विचार र समूहसँग व्यवहार गर्दा जनअपेक्षित लोकतान्त्रिक संस्कारको न्यूनतम मान्यता पालना गरेर चल्न खोजिँदैन नेतृत्वको यस्तै व्यवहारका कारण बेलाबेला देखिने बहुमतलाई सम्हालेर लैजान नसकेको हाम्रो यथार्थ हो यो परिवेशलाई चिरफार गर्दै सामूहिक लोकतान्त्रिक निर्णय प्रक्रियामा नेतृत्वलाई कसरी अभ्यस्त गराउने भन्नेमा बहस गर्नुको बदला यो प्रकारको सरकार संसदीय लोकतन्त्रकै खोट हो भनेजसरी यहाँ प्रचार गरिँदै छ

समाजका प्रायः वर्ग र क्षेत्रको प्रतिनिधित्व सुरक्षित गर्ने आजको संसदीय व्यवस्था नचाहनेहरूले त यसको विरोधमा भाष्य बनाउनु अस्वाभाविक होइन, तर आफूलाई यो संविधानको मसिहा भन्न रुचाउने नेपाली कांग्रेसले समेत प्रतिरक्षा गर्न र यसका सबल पक्षका बारेमा बहस छेड्न नसक्नु भने आफैंमा अनौठो देखिन्छ पछिल्ला घटना हेरौं— संसद् भंग भयो, केही हप्तामा अदालतमार्फत पुनःस्थापित भयो, फेरि अदालतले नै सत्तारूढ नेकपाको हैसियतबारे फैसला दियो तर कांग्रेसमा यी सवालमा कसरी क्रिया प्रतिक्रिया गर्ने भन्नेमा एकमत भएन यसबारे ‘खोइ नेकपा फुटेको’, ‘यिनीहरू मिलिहाल्छन्’, ‘कम्युनिस्टहरूको विश्वास हुँदैन’ भन्ने ओठे जवाफ दिनुबाहेक कुनै पहलकदमी मुख्य नेतृत्वबाट लिइएको देखिएन के अब कांग्रेससँग नेपालको राजनीति हाँक्ने इच्छाशक्ति र जनशक्ति नै छैन त? ऊ अब अरूले चालेका गोटीको नतिजा कुरेर बस्ने अवस्थामा मात्रै पुगेको हो? कांग्रेसको कार्यशैलीका कारण यस्तो प्रश्न गर्नुपर्ने अवस्था छ हिजो नेकपा एक भइरहँदा नेपाली कांग्रेसलाई गोटी नै चाल्ने भूमिका हुन्थेन होला, तैपनि ‘प्लान ए’, ‘प्लान बी’ र ‘प्लान सी’ गरेर त्यति बेला पनि अगाडि बढ्नु एउटा जीवन्त दलको पूर्वसर्त नै हुन्थ्यो र हुनुपर्थ्यो

संसद् भंगलगायत प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि चालेका बलात् कदमलाई तत्काल असंवैधानिक करार गर्ने कांग्रेसले उक्त गैरसंवैधानिक कदमलाई सच्याउन जनअपेक्षित अग्रसक्रिय भूमिका खेल्न सकेन पुनःस्थापनापश्चात् विजय जुलुस गर्नुपर्ने कांग्रेसलाई जनताले त्यस भूमिकामा देखेनन् आफ्नो राजनीतिक अभीष्टका लागि असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री उनका त्यस्ता कार्यमा साथ दिने राष्ट्रपतिका सवालमा कांग्रेसले पुनःस्थापित संसद्को पक्षपाती रहेका शक्तिहरूसँग छलफल गरेर तत्काल केही कदम चाल्न किन सकेन भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ कतिपयले ‘कांग्रेस अस्थिरताको गोटी भयो’ भन्ने आरोपबाट बच्न उसले यसपालि सक्रियता नदेखाएको भनिरहेका छन् हुँदोखाँदो बहुमत भएको संसद् एक भइसकेको दलको अस्तित्व कसरी मेटाउन सम्भव होला भनेर तिकडममा उत्रने प्रधानमन्त्रीले स्थिरताको नारा दिइरहँदा प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसको अस्थिरतावादी करार भइन्छ कि भन्ने त्रास आफैंमा मेल नखाने संयोग हो

स्थिरताका नाममा लोकतान्त्रिक चरित्र र अभ्यासबाहिर गएर हुने र गरिने अभ्यासको परिकल्पना नेपालीको कदापि होइन लोकतन्त्र जीवन्त राख्न सके प्रधानमन्त्री फेरिँदैमा या कसैको बहुमतको सरकार नहुँदैमा केही बिग्रन्न, बरु अरू नरमपन्थी, पारदर्शी र जनपक्षीय नेतृत्वसहित समग्र विकासले मार्गप्रशस्त गर्दो रहेछ भन्ने त पश्चिमा मुलुक र भारतकै उदाहरणले देखाइसकेको छ कसैको कुर्सी स्थिर राख्नका लागि निर्माण भइरहेको अस्थिरता नामक भाष्यमा अब प्रतिपक्ष लोकतन्त्रप्रेमी जनता अलमलिन आवश्यक छैन

प्रकाशित : चैत्र २, २०७७ ०७:५७

Thursday, January 14, 2021

बुद्धको मध्यम मार्ग

 बुद्धको मध्यम मार्ग

वसन्त महर्जन, नागरिक, साउन १८, २०७६

गौतम बुद्ध (इ.पू.५६३–४८३)ले कसरी छोटो समयमै आफ्नो मतवादलाई चारै दिशामा फैलाए होलान्
? यो कौतुहलता आज पनि पाइन्छ। भारतको सारनाथमा बुद्धले प्रथम पल्ट धर्मचक्र प्रवत्र्तन गरेका थिए (इ.पूू. ५२८) भने त्यसपछि आफ्नो मतवाद प्रचारकै लागि तत्कालीन मगध साम्राज्यतर्फ लागेका थिए। पछि धेरैजसो समय श्रावस्तीमा बित्यो। बुद्ध गान्धार प्रदेशतर्फ कहिल्यै लागेनन्। तर, गान्धारका राजा बुद्धको दर्शन हेतु आएका थिए। अर्थात्, स्वयं बुद्ध पुग्न नसकेका ठाउँमा बौद्ध भिक्षु पुगेका थिए र बौद्ध धर्मदर्शन फैलाएका थिए। यो धर्मदर्शन विश्वमै फैलिएको छ र संख्याका दृष्टिले चौथौं स्थान प्राप्त छ। यो मतवाद लोकप्रिय हुनुमा मध्यम मार्गले काम गरेको छ। बुद्ध मध्यम मार्गमा जोड दिँदैनन् मात्र, आफै पनि यो मार्गमा हिँडेर बुद्धत्व लाभ गर्न सफल भएका थिए।

मध्यम मार्ग के हो ?
पहिला अतिवादी मार्ग के हो भन्ने सन्दर्भ उल्लेख गर्नु राम्रो होला। बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि ६ वर्षसम्म कठोर साधना गरेको र हाडैहाड मात्र बाँकी हुने अवस्थामा पुगेको उल्लेख गरिन्छन्। यो वर्णन स्वयं बुद्धले नै ठाउँठाउँमा गर्ने गरेका छन् र मज्झिमजिकायको बोधिराजकुमारसुत्त र महासच्चकसत्तमा संग्रहित छन्। बुद्धकै शब्दमा– ‘ ...अनि मलाई यस्तो लाग्यो– किन म अप्राणक (श्वास रोक्ने, कुम्भक) ध्यान मात्र नगरूँ ?

अनि मैले मुखबाट पनि नाकबाट पनि श्वासप्रश्वास थुनेँ। मैले मुखबाट र नाकबाट श्वासप्रश्वास थुन्दा कर्णधारबाट निस्केको आवाज बढी हुन्थ्यो, जस्तै : कालिगढले बाँसको ढुङ्ग्रो फुक्दा आवाज आउँछ, त्यसैगरी नाक र मुखबाट श्वासप्रश्वास थुन्दा कर्णधारबाट निस्केको आवाज धेरै आउँथ्यो। अनि मैले मुख, नाक र कानबाट श्वासप्रश्वास थुनेँ। अनि वायु मेरो शिरमा थुप्रन्थ्यो र हान्थ्यो। मलाई शरीरमा अधिकतम डाह हुन्थ्यो अनि अशान्ति दुष्कर चर्याको कटुताको कारणले मलाई देवताहरूले यसो भने– ‘श्रमण गौतमको मृत्यु भयो।’

कुनै देवताहरू भन्थे, ‘श्रमण गौतम मरेको छैन। तर, मर्न लागेको हो।’ कुनै देवताले यसो भने– ‘श्रमण गौतम न मरे, न मर्दै छन्। श्रमण गौतम अरहन्त हुन्। अरहन्तहरूको बस्ने स्वभाव यस्तै हुन्छ।’
मलाई यस्तो लाग्यो– किन म सबै आहारहरू नत्यागूँ?

अनि म कहाँ आर्य देवता आएर यसो भने, ‘मारिष, सबै आहारहरू त्याग्ने मार्गतिर तपाईं नलाग्नुहोस्। यदि सबै आहार त्याग्ने मार्गमा तपाई लाग्नुहुन्छ भने हामी रोमकूपबाट दिव्यओज हालिदिने छौं। त्यसले तपाईको यापन हुनेछ।’ अनि मलाई लाग्यो, यदि म कुनै आहार ग्रहण गर्दिन भनूँ भने यी देवताहरूले मेरो रोमकूपबाट दिव्यओज हालिदिने छन्। त्यसबाट मेरो यापन हुनेछ। यो मेरा निमित्त झूटो हुनेछ। अनि मैले ती देवताहरूलाई ‘भइहाल्यो, यसो नगर’ भनी भनेँ।

बौद्धहरू मध्यम मार्गलाई नै आदर्शमार्ग मान्छन्। यो शब्द यिनीहरूलाई प्रिय पनि छ। यस्तै अर्को प्रिय शब्द ‘शून्यवाद’ पनि हो। शून्यवादका कुरा बुद्धका उपदेशमा नै पाइन्छन्।

अनि मैले केराउ एक अँजुली मुगीको रस, गहजातिको रस (कुलत्थयूसं), केराउ कोसाको रस अथवा मटरको रस गरी अलि अलि आहार ग्रहण गर्न थालें। यसो गर्दा मेरो शरीर अन्तिम सिमाना पार गरी अत्यन्त दुब्लो भयो, जस्तै : असी वर्षको बूढाको शरीर अथवा कालकलताको गाँठा हुन्छन्। त्यस्तै मेरो शरीरका अंगप्रत्यंग दुब्ला/पातला भए। ऊँटको पैतालाजस्तै मेरो मलद्वार गहिरो थियो। डोरीले बाटिएको जस्तै मेरो पिठ्युँका हाडहरू अग्ला र होचा भएका थिए। कुनै अति जीर्ण घरमा दलिन हल्लन्छन्, त्यस्तै मेरा करङ्ग हल्लन्थे। गहिरो कुवामा ताराहरूको छाया निकै गहिरो देखिएजस्तै मेरा आँखाका तारा गहिरा देखिन्थे। हरियो तिक्तकलाबु (लौका विशेष) काटी घाम र बतासमा राख्दा चाउरिएजस्तै मेरा टाउकाको छाला चाउरिएको थियो।

पेटमा हात राखुँ त पिठ्युँका करङ्ग समाउन पुग्थेँ र पिठमा सुम्सुम्याउन थालुँ त पेटको छाला समाउन पुग्थेँ। मेरो पेटको छाला पिठ्यूँको हाडमा जोडिएको हुन्थ्यो। दिसापिसाब गर्न जान्थेँ त त्यहींँ बेहोस भई लड्थेँ। यही शरीरलाई आश्वासन दिँदै हातले शरीर सुम्सुम्याउँदा कुहिसकेका रौं झर्थे। मान्छेहरू मलाई देखेर भन्थे, ‘श्रमण गौतम कालो छ।’ कुनै मान्छे भन्थे, ‘श्रमण गौतम कालो होइन, श्याम हो।’

कोही भन्थे, ‘श्रमण गौतम न कालो हो न त श्याम नै, न हरियो नै हो। यो त मंगुर जातको माछाको वर्ण (कालो पनि हरियो पनि नभएको) हो। मेरो स्वच्छ, गोरो र परिशुद्ध उज्यालो छवि सर्वथा नष्ट भएको थियो।’

कतिपयले गौतम बुद्धको यो दुश्कर चर्यालाई आदर्शका रूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ। तर, स्वयं बुद्धको दृष्टिमा यो आदर्श चर्या होइन। यो प्रशंसा यस्ता तपस्यालाई आदर्श मान्ने मतवादबाट प्रेरित देखिन्छन्। बुद्धका अनुसार तपस्याको उच्चतम अवस्थामै पुुगेका थिए। तर, बोधिलाभका लागि सहायकसिद्ध नहुँदा त्याग्नुपरेको थियो। साधनाकै क्रममा यो दुष्कर चर्यालाई त्यागेर ध्यान साधना अपनाएका थिए। यही क्रममा भोजनग्रहण गर्नुपरेको थियो र सन्तुलित भोजनपछि शरीरलाई पुुरानै अवस्थामा फर्काएर ध्यान साधना गर्दागर्दै वैशाख पूर्णिमाका दिन बुद्धत्व लाभ भएको थियो। अर्थात्, मध्यम मार्ग अपनाएपछि मात्रै यो सबै सम्भव भयो।

मध्यममार्ग र साधना
गौतम बुुद्धका समकालीन तर केही वर्षले ज्येष्ठ वर्धमान महावीर नग्न भएर हिँड्थे। उनको सम्प्रदायमा दीक्षित भएका भिक्षुहरू पनि नग्न भएरै हिँड्थे। कठोर साधनाका क्रममा वर्धमानको शरीरमा भएको लुुगा मक्किएर झरेको थियो र नयाँ लुुगा लगाउनु आवश्यक महसुस थिएन। आफूमा भएका तृष्णा तथा क्लेशहरूलाई नै त्यागिसकेको अवस्थामा लुुगाको के अर्थ भन्ने सोचाइ थियो। यो मतवादभित्र यसरी नग्न भएर हिँड्नेहरू पछि दिगम्बर र सेतो लुुगा लगाउने श्वेताम्बर नामबाट चिनिए। नग्न भएर हिँड्नेहरू अन्य पनि थुप्रै सम्प्रदाय थियो। तिनीहरुका आ–आफ्नै तर्क, दृष्टि वा जीवनदर्शन थियो। साधकहरू यस्तै हुन्छन् भनेर समाजले स्वीकारेको थियो। अझ, जो जति नांगिएर हिँड्छन्, ऊ त्यति नै ठूला साधक भन्ने भ्रमले पनि ठाउँ पाएको थियो।

तर, बुद्धले यसलाई अतिवादका रूपमा लिए। बुद्धत्व प्राप्तिअघि साधनाका क्रममा गौतम बुद्ध पनि एक समय त्यसरी नै नांगिएर हिँड्थे। नांगा साधुुहरूलाई समाजले अन्यथा नलिए पनि सहज पाच्य पनि थिएन भनेर अन्य प्रसंगहरूबाट बुुझ्न सकिन्छ। बुद्ध समाजसँग टाँसिएर वा टाढिएर बस्नुलाई अनुचित ठान्थे। यही भएर होला– बुद्धले निश्चित आकार– प्रकारको लुगा लगाउनु पर्ने नियम बनाए, जसलाई चीवर भनिन्छ। तत्कालीन समाजमा कपडा महँगो हुन्थ्यो, सहजै उपलब्ध पनि हुँदैनथ्यो। तसर्थ, मसान वरिपरि फालिएका वा अन्य कपडा बटुलेर त्यसलाई आफ्नो आकारमा काटी सिलाएर पहेँलो रंगले लगाएर चीवर बनाउँथे।

आजभोलिको भाषामा यसलाई पुनःउत्पादन (रिसाइक्लिङ) भन्न सकिन्छ। कतैबाट राम्रो चीवर प्राप्त भयो भने त्यसको प्रयोग गर्न हुन्थ्यो। मसानबाट प्राप्त कपडाले बनेको चीवर मात्रै लगाउनु पर्ने कठोर नियम बनाउन देवदत्तले दबाब दिएका थिए। तर, बुद्धले त्यसलाई स्वीकार गरेनन्। शरीर ढाक्न चीवर चाहिन्छ। तर, यस्तै चाहिन्छ वा उस्तै चाहिन्छ भन्नुको अर्थ छैन भन्ने धारणा पनि मध्यम मार्ग नै हो। छ भन्दैमा थुप्रै जोड्नुु अथवा जोड्दै नजोड्नुलाई अतिवादका रूपमा लिन सकिन्छ। बुद्धले भिक्षुहरूलाई तीन वटा चीवरसम्म राख्नलाई स्वीकृत गरेको पाइन्छ। त्योभन्दा बढी चीवर प्राप्त भएमा आवश्यक भएका अरु भिक्षुुलाई दिन भनिएको थियो।

बुद्धको सम्पर्कमा ठूल्ठूला व्यापारी तथा साहुमहाजन थिए। बुद्धकै मार्गदर्शनमा लागेका राजा महाराजा पनि उत्तिकै थिए। आफ्नो ऐश आरामको जीवन त्यागेर भिक्षु बनेका उनी त्यागका ज्वलन्त नमुना मानिन्छन्। यसअनुसार व्यापारी तथा साहुमहाजनहरूलाई परिश्रम गर्न छाडेर भएभरको धनसम्पत्ति पनि त्याग्न उक्साउँथे कि भन्ने अनुमान पनि हुन्छ। तर, त्यस्तो होइन। बुद्ध उद्योग व्यवसायमा लाग्न तथा उत्पादन गरेर धनसम्पत्ति आर्जनमा पनि जोड दिन्थे। यसरी कमाएको धनसम्पत्ति तृष्णाले वशीभूत भएर थुपारेर राख्ने मात्रै नभएर समाजको हितमा केही प्रतिशत दान गर्न प्रेरित गर्थे। कमाउने मात्र होइन, दान दिन पनि प्रेरित गर्ने भएकाले सर्वसाधारणमा पनि तृष्णा क्षय गर्न सघाउ पुुग्दथ्यो र यसलाई साधनाकै रुपमा लिन सकिन्छ।

मध्यम मार्गको लोकप्रियता
बौद्धहरू मध्यममार्गलाई नै आदर्शमार्ग मान्छन्। यो शब्द यिनीहरूलाई प्रिय पनि छ। यस्तै अर्को प्रिय शब्द ‘शून्यवाद’ पनि हो। शून्यवादका कुरा बुद्धका उपदेशमै पाइन्छन् र यसको विवेचना ‘प्रज्ञापारमितासूत्र’ ग्रन्थमा भएको छ। यही सूूत्रलाई अझ विस्तृत व्याख्या गरी एक प्रकारले शून्यवादका प्रवर्तक नै भनेजस्तो प्रख्याति पाएका आचार्य नागार्जुन (दोस्रो शताब्दी)ले ‘माध्यमिक कारिता’को रचना गरे। शून्यलाई नै परमार्थ मान्ने भएका कारण नागार्जुनको मतवादलाई शून्यवाद भनियो भने यसैको अर्को नाम ‘माध्यमिक’ पनि हो। बुद्धद्वारा प्रतिपादित मध्यम मार्गप्रति दृढ पक्षपाती भएका कारण यसले यो नाम पाएको बुुझ्न सकिन्छ।

तत्वविवेचनामा शाश्वतवाद र उच्छेदवाद दुुइटैलाई बुद्ध अतिवादका रूपमा लिन्थे। यही अतिवादका कारण कतिपय साधकहरू अघि बढ्न सकिरहेका थिएनन्। तर, बुद्धले मध्यम मार्ग वा मध्यम मतको अवधारणा ल्याएपछि कतिपय साधकको मार्गप्रशस्त भएको थियो। मध्यममार्गलाई बिर्सेको खण्डमा स्वयं बुद्धको धर्मदर्शनलाई बुुझ्नमा कठिनाइ आउन सक्छ। आचारविचारमा पनि मध्यममार्ग अपनाइएन भने बुद्धद्वारा निर्दिष्ट जीवनदर्शनमा विचलित भएको आभास हुन थाल्छ। मध्यम मार्ग भएकै कारण यो व्यावहारिक पनि हुनसक्यो। सांसारिक जीवनमै पनि अतिवादहरूले द्वन्द्व निम्त्याइदिन्छ भने मध्यममार्गले सुलह गर्न सजिलो पारिदिन्छ। बौद्धहरूको आदर्श नै मध्यम मार्ग भएका कारण यो मतवाद शान्त, सौम्य र शिष्ट देखिनु स्वाभाविक हो र यसले आकर्षित पनि पार्छ।

प्रकाशित: १८ श्रावण २०७६ ०८:५४ शनिबार

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...