Thursday, August 31, 2023

रामापिथेकश : आदिमानवको उत्थान र पतनको आख्यान

 


रामापिथेकश : आदिमानवको उत्थान र पतनको आख्यान

जब अन्यत्र रामापिथेकश मानव वंशजको आदिपुर्खाको लाइनबाट ओर्लेर आफ्नो समूहमा (ओराङ्ओटान) फिर्ता हुँदै थियो, नेपालमा बल्ल रामापिथेकसको जीवाश्मा भेटिएको थियो । र, उसलाई आधुनिक मानव र अपुच्छ बाँदरलाई जोड्ने ‘सेतु प्राणी’ को रूपमा स्थापित गरिँदै थियो ।

माघ २, २०७७विकास बस्नेत

सन् १८६० को जुनमा चार्ल्स डार्बिनको ‘ओरिजिन अफ स्पेसिस’ बजारमा आएको सात महिना मात्रै बितेको थियो । भिक्टोरियन समाजका उपल्ला तहका करिब पाँच सय भद्र–भलाद्मी ब्रिटिस एसोसिएसनको भेलामा पछिल्लो वैज्ञानिक उपलब्धिबारे विमर्श सुन्न भेला भएका थिए । भेलाको चौथो सत्रमा पोडियममा विशप स्यामुयल विल्वरफोर्स पुगे । माइकमा बोल्न सुरु नगर्दै उनले डार्बिनको विकासवादविरुद्ध धाराप्रवाह बोल्न थाले । हलभित्रको भीडको ठूलो हिस्सा डार्बिनविरुद्ध थियो  

भीडले मुग्ध भएर विशपको तर्क सुन्यो । आफ्नो तर्कमा श्रोता मुग्ध भएको देखेर हौसिँदै अन्त्यमा विशपले थोमस हक्स्ले (आरम्भदेखि नै डार्बिनका कट्टर समर्थक र प्रवक्ताका रूपमा उनलाई डार्बिनको बुलडगसमेत भनिन्छ) तर्फ हेर्दै ब्यङ्ग्यात्मक शैलीमा सोधे, ‘साँच्चै उनका घरतिर कि मावलीतिरका पुर्खाचाहिँ बाँदरबाट जन्मेका रे ?’

त्यसपछि सभा स्तब्ध भयो । हक्स्लेले आफ्नो तिघ्रामा हत्केला बजारे र छेउमा बसेका अर्का वैज्ञानिकतर्फ हेर्दै भने, ‘धन्न भगवान्ले यो बूढोलाई जोरी खोज्न मैकहाँ पठाएछन् !’

सभा तालीको कर्तल ध्वनिले गुन्जिरहेकै थियो । उनको समर्थनमा सेता रुमाल हावामा हल्लिरहेका थिए । मञ्चमा हक्स्लेको नाम उद्घोष भयो । कालो लङ्कोटमा सजिएका, अग्ला र भव्य व्यक्तित्व भएका उनले पोडिएममा पुगेर माइक समाते । आफू केवल विज्ञानका खातिर मात्रै उपस्थित भएको बताउँदै उनले प्राणी र वनस्पतिको यो विविधताको व्याख्या डार्बिनको सिद्धान्तले मात्रै गर्न सक्ने दाबी गरे । साथै विज्ञानबारे विशपको अज्ञानताको आलोचना गरे । तर्कको अन्तिममा गहिरो आवाज र गम्भीर टोनमा विशपलाई उनले मुखभरिको जवाफ फर्काए, ‘मलाई बाँदरको सन्तति हुनुमा लाज छैन बरु आफ्नो ज्ञानलाई अफवाह फैलाउन प्रयोग गर्ने मान्छेसँग नाता छ भन्नु लाजमर्दो कुरो हो ।’ (एप्स, एन्जेल्स एन्ड भिक्टोरियनस्, विलियम इरभाइन) 

ईश्वरको ‘विशिष्ट’ रचनाबाट मानवलाई उद्विकासकै शृंखलाको एक संयोगको रूपमा जोड्नु नै विशपको माथिको आक्रोशको कारण थियो । अपमानकै रूपमा सही मानवसँग व्यवहार र संरचना मिल्ने बाँदरबीच पहिलोपटक सम्बन्धको साइनो गाँसिएको थियो 

यद्यपि डार्बिनले ‘ओरिजिन अफ स्पेसिस’ मा मानव उद्विकास र उसको इतिहासबारे जम्मा एक लाइन मात्रै लेखेका छन्, ‘मानव जातिको जन्म र उसको इतिहासबारे बिस्तारै प्रकाश पारिनेछ ।’ आफ्नो ‘म्याग्नम ओपस’ कृतिको छैटौं संस्करणसम्म पुग्दा यो विषयमा डार्बिनले जम्मा एक शब्द मात्रै थप्ने हिम्मत जुटाएका थिए, ‘मानव जातिको जन्म र उसको इतिहासबारे थप प्रकाश पारिनेछ ।’

मानव पुर्खामाथि डार्बिनको मौनता बुझ्न कठिन छैन । भिक्टोरियन धार्मिक र रूढी समाजले मान्छेलाई ईश्वरको विशिष्ट रचना ठान्थ्यो । त्यो समाज (साथमा आफ्नी असाध्यै धार्मिक भावनाकी पत्नी) लाई चिढ्याउन नचाहेकाले डार्बिन यस विषयमा चुप बसेको ठान्छन् विज्ञहरू  (द ग्रेटेस्ट सो अन अर्थ, रिचार्ड डकिन्स) 

तर, टीएच हक्सले हठी र आँटिला थिए । उनले कुरो चपाउन सकेनन् र सन् १८६३ मा ‘एभिडेन्स एज टु म्यान्स् प्लेस इन नेचर’ प्रकाशित गरे । पहिलोपटक यसै किताबमार्फत मान्छेको नजिकको नातेदार प्राणी अपुच्छ बाँदर हुन सक्छ भन्ने वकालत गरे 

डार्बिन आफैँले चाहिँ बल्ल सन् १८७१ मा आएर हिम्मत जुटाए । त्यस साल उनको किताब ‘द डिसेन्ट अफ म्यान एन्ड सेलेक्सन इन रिलेसन टु सेक्स’ प्रकाशित भयो । विषयको गाम्भीर्यता बुझेका डार्बिनले बल्ल आएर आफ्नो पुस्तकको अन्तिम परिच्छेदमा घोषणा गरे, ‘यसरी चार हात–पाउ टेकेर हिँड्ने अपुच्छ बाँदरबाट मान्छेको जन्म भएको हो ।’ त्यसबेला जर्मनीको नियान्डर उपत्यकामा नियान्डरथल मानवको मात्रै जीवाश्मा फेला परेको थियो । उनले हाल अस्तित्वमा रहेका अपुच्छ बाँदरहरूको अवलोकनको आधारमा अफ्रिकी अपुच्छ बाँदर (अफ्रिकन एप परिवारका चिम्पान्जी र गोरिल्ला) नै अहिलेका मान्छेको सबैभन्दा नजिकका नातेदार हुन् भन्ने तर्क गरे । डार्बिनले भविष्यवाणी नै गरिदिए, ‘यदि आदिम मानवको जीवाश्मा खोज्ने हो भने अफ्रिका महादेश नै उपयुक्त स्थान हुन सक्छ ।’ (ह्युमानिमल, आदम रुदमफोर्ड) 

तर, डार्बिनले जति नै जोड गरे पनि उनका शिष्यहरूले भने मानव पुर्खाको खोजीमा एसिया र युरोपलाई प्राथमिकता दिए । डार्बिनकै समकक्षी अर्का विख्यात जीव वैज्ञानिक अर्नेस्ट ह्याकलले पनि यसमा प्रभाव पारे । अफ्रिकीभन्दा पनि एसियाली अपुच्छ बाँदर (ओराङ्उटान र गिब्बन) नै मानिसका सबैभन्दा नजिकका नातेदर हुन सक्छन् भन्ने उनको विश्वास थियो  (लोन सर्भाइभर, क्रिस स्ट्रिङ्गर) 

नभन्दै आदिम मानव पुर्खा र अपुच्छ बाँदरलाई जोड्न सक्ने सेतु जीवाश्मा भेटिने पहिलो थलो हुन पुग्यो– एसिया । अगस्ट १८९१ मा युजेन डुब्बा र उनको समूहले जाभा प्रायद्वीपको ट्रिनिल गाउँ भएर बहने सोलो नदीले कटान गरेको बगरमा आदिमानव स्वरूपको बँगारा भेट्यो । उनले यसको नामकरण गरे– ‘पिथेकान्थ्रोपस इरेक्टस ।’ जाभा म्यान नामले समेत चर्चित यो जीवाश्मा पछि मानवकै अर्कै प्रजाति ‘होमो इरेक्ट्स’ को प्राप्त पहिलो जीवाश्माको रूपमा प्रमाणित भयो । तर, १८९० को दशकमा यस विषयमाथि व्यापक विरोध भयो । धेरैले यसलाई कुनै अपुच्छ बाँदरको जीवाश्मा ठाने । डुब्बा निराश भए । पछि उनी चिढिन थाले । आफ्नो काम र जीवाश्माको नमुनालाई उनले गोप्य राख्न थाले  (आवर ह्युमन स्टोरी, क्रिस स्ट्रिङ्गर) 

सन् १९२४ मा अस्ट्रेलियन एनाटोमिस्ट रेमन्ड डार्ट अफ्रिकामा रहेका बेला उनको ढोकामा कसैले एउटा काठको बाकस ल्याएर छाडिदियो । बाकसभित्र चुनढुङ्गामा खिपिएको मानव खप्परको जीवाश्मा थियो । सन् १९२५ मा डार्टले उक्त जीवाश्माको नामकरण गरे– ‘अस्ट्रालोपिथेकस अफ्रिकानस ।’ जाभा मानवभन्दा यो जीवाश्मा प्राचीन थियो । सन् १९२९ मा क्यानेडेली युवा डेभिड्सन ब्ल्याकले चीनमा एक खप्परको जीवाश्मा फेला पारे । पेकिङ मानवको नामले चर्चित यो जीवाश्मा जाभा मानवसँग मिल्दोजुल्दो भए पनि उनले यसको फरक न्वारान गरे– ‘सिनाथ्रोपस पेकिनेन्सिस ।’ तुलनात्मक रूपमा डार्टको दक्षिण अफ्रिकी जीवाश्माभन्दा यसले चर्चा पायो । रंगभेदी नजरले अफ्रिकाभन्दा एसिया मानव वंशलाई आरम्भको थलो स्विकार्न सहज मान्यो । पहिलो अन्योल आदिम मानव उद्विकासको स्थानलाई लिएर थियो 

यस्तैमा सन् १९६७ मा ब्रायन प्याटरसनले पनि मानव पुर्खाको नयाँ जीवाश्मा फेला पारेको घोषणा गरे । जनवरी– १४ को ‘द न्युयोर्क टाइम्स’ को कभर पेजमा छापियो– ‘मान्छेजस्तै प्राणीको अहिलेसम्म प्राप्त सबैभन्दा पुरानो जीवाश्मा ।’ पोटासियम आर्गन डेटिङको आधारमा यो जीवाश्मा २५ लाख वर्ष पुरानो ठहर्‍याइएको थियो । ठीक त्यही दिन ‘लिजेन्ड फोसिल हन्टर’ ६३ वर्षीय लुइस लिकीले आफूले फेला पारेको जीवाश्माबारे जानकारी दिन उता नैरोवी नेसनल म्युजियममा पत्रकार सम्मलेन गर्दै थिए । ८ थान प्राणीका केही दाँत र बंगाराको प्रमाणसहित उनले सम्मेलनमा घोषणा गरे, ‘यो सम्भवतः मानव पुर्खाको सबैभन्दा पुरानो प्रमाण हो ।’ उनको दाबीअनुसार, उक्त जीवाश्मालाई लोप भएको कुनै अपुच्छ बाँदरको नभएर मानवतर्फकै वंश मान्ने हो भने मानिस र अपुच्छ बाँदरका पुर्खा एकआपसमा छुट्टिएको समयकाल कम्तीमा २ करोड वर्षअगाडि हुने देखियो । लिकीको दाबीलाई थप पुष्टि नगरी भोलिपल्टै सन् १९६७ जनवरी १५ मा ‘द न्युयोर्क टाइम्स’ ले घोषणा गर्‍यो, ‘मान्छेको पुर्खा करिब १ करोड ९० लाख वर्ष पुरानो ।’ (द फोसिल ट्रेल, इयान टाटरसल) 

रोचक त के थियो भने अघिल्लो दिन र त्यसकै भोलिपल्टको समाचारले सबैभन्दा आदिम मानव भनेर दाबी गरिएका जीवाश्माबीचको अन्तर एक करोड ६५ लाख वर्षको थियो 

सन् १९६० को पूरै दशक र ७० को दशकको आरम्भमा मानव उद्विकासको इतिहासको अन्वेषणमा लागेका जीवाश्माशास्त्रीहरूले झेलेको यो उल्झनलाई त्यो दुई दिनको समाचारको शीर्षकले प्रतिविम्बित गर्छ 

अपुच्छ बाँदरसँग मानव पुर्खा छुट्टिएको समय करोडौं वर्षअगाडि हो या केही लाख वर्षअगाडि हो भन्ने दोस्रो अन्योलको विषय थियो । उद्विकासको अध्ययनमा लागेका विज्ञहरूमा आदिम मानव र ग्रेट एप (अपुच्छ बाँदर) साझा पुर्खाबाट छुट्टिएको करिब २ करोड वर्षअगाडि हो भन्ने पढेर विश्वास व्याप्त थियो  (द रियल प्लानेट अफ द एप्स, डेभिड आर बिगन) 

उता मान्छे र अपुच्छ बाँदरको समेत, पुर्खा अर्थात् प्राचीन अपुच्छ बाँदरको जीवाश्मा भने अफ्रिकामा २ करोड ३० लाख वर्षदेखि देखि १ करोड १७ लाख वर्षअगाडिसम्मका फेला परे । १ करोड १७ लाख वर्षयता भने आजभन्दा न्यानो मौसम भएको एसिया र युरोपभरि तिनका जीवाश्मा भेटिए । १९६० को दशकमा एसिया र युरोपमा समेत अपुच्छ बाँदरका पुर्खाहरूको पर्याप्त जीवाश्मा भेटिन थाले । अपुच्छ बाँदरका दर्जनौं प्रजातिमध्ये कुनचाहिँ एक प्रजातिबाट आदिम मानवको उद्विकासको लाइन सुरु भयो त ? तेस्रो अन्योल यही थियो 

रामापिथेकसको प्रवेश

यिनै अन्योल र उल्झनको पृष्ठभूमिमा मानव उद्विकासको रंगमञ्चमा रामापिथेकस सम्भावित पहिलो मानव प्रजातिको रूपमा प्रवेश गरेको थियो । माथि उल्लिखित अन्योल सुल्झाउन १९६० को दशकमा युवा अमेरिकी इल्विन साइमनस अगाडि बढे । फिल्ड वर्करका रूपमा भयंकर ख्याति कमाएका उनी जीवित प्राइमेटहरूको अध्ययन र जीवाश्मा खोजीका लागि इजिप्ट, मडागास्कर, भारत, इरान र नेपालमा करिब ९० भन्दा बढी अन्वेषणमा हिँडिसकेका थिए । रिसर्चरको रूपमा याले विश्वविद्यालयमा अध्ययन आरम्भ गर्दा पहिलोपटक रामापिथेकसको जीवाश्मा सम्पर्कमा आएका हुन् 

त्यसो त साइमनसले रामापिथेकशलाई पुनर्जीवन दिएका थिए भने पनि हुन्छ । किनभने यो जीवाश्मालाई ३० वर्षपहिले सन् १९३२ मा जी. एडवार्ड लेविसले भारतको शिवालिक पर्वतमा भेटेका थिए । उनले त्यसको नामकरण हिन्दु देवता रामको नाममा ‘रामापिथेकस ब्रेभिरोस्ट्रिस’ गरेका हुन् । प्रजाति नामका लागि उनले ल्याटिन शब्दचाहिँ अझ अर्थपूर्ण रोजेका थिए । यसको अर्थ हो– छोटो थुतुनो । अपुच्छ बाँदरको अगाडि उछिट्टिएको थुतुनोको तुलनामा यो जीवाश्माको थुतुनो मान्छेको झैँ अलि छोटो थियो । सन् १९३४ को आफ्नो डक्टरल थेसिसमा उनले रामापिथेकसलाई आदिम मानव ठहर्‍याउँदै होमो स्यापियन्स उसको एक मात्र जीवित सन्तति हो भन्ने दाबी गरे  (इल्विन साइमनस, साइन्टिफिक अमेरिकन, सन् १९७७ मे) 

यसले एकखाले हलचल ल्याइदियो । रेमन्ड डार्ट र युजेनको जीवाश्माझैं उनको यो दाबी ठाडै अस्वीकार भयो । उनी पनि निराश बने र याले विश्वविद्यालय छोडे । उनले रामापिथेकसतर्फ फर्केर पनि हेरेनन् 

साइमनस यालेमा प्रवेश गर्दा रामापिथेकसको जीवाश्मा मान्छेको स्मृतिबाट हराइसकेको थियो । लेविसका उपकरण र अन्य सामग्री अझै विश्वविद्यालयमै थिए । लेविसले तयार पारेको शोधपत्र र रामापिथेकसको जीवाश्मा अध्ययन गर्नेबित्तिकै साइमनसले लेविसको परख बुझिहाले । उनका अगाडि एउटै यक्षप्रश्न थियो– ८० देखि ९० लाख वर्ष पुरानो यो जीवाश्मा मानव पुर्खाको हो या लोप भइसकेको कुनै अपुच्छ बाँदर पुर्खाको हो ?

प्रिन्सटन र अक्सफोर्डबाट जीवाश्माशास्त्र र मानव एनाटमीमा दुई थान पीएचडी हासिल गरेका साइमनस यो उल्झन सुल्झाउन उपयुक्त पात्र थिए । अक्सफोर्डमा रहँदा त्यसबेलाका स्टार जीवाश्माशास्त्रीले ग्रोस क्लार्कको छाप उनमा परेको थियो । त्यसबेलाका धेरै अध्येताझैँ उनी पनि दुई खुट्टाले टेकेर हिँड्नु मानव प्रजातितर्फको यात्राको सुरुआत हो भन्ने विश्वास गर्थे । तर, कम्मर र त्यसभन्दा तलको शरीरको भागको प्राचीन जीवाश्मा फेला परेको थिएन । त्यसैले उनले अपुच्छ बाँदरबाट आदिम मान्छे छुट्टिएको समयकालमा आदिम मानवको दाँत र खप्परको बनावटमा देखिन सक्ने सम्भावित गुणहरूको सूची बनाए 

मुख बन्द गर्दा तल्लो तल्लोपट्टिको दाँतमा नजुध्ने गरी माथिल्लोपट्टिको सानो कुकुर दाँतलाई ले ग्रास क्लार्कले आदिम मानवको दाँतको विशेषतामा राखे । अहिले पनि जीवाश्मा मानवशास्त्रीहरू सानो र तल्लो समानान्तर दाँतसँग नजुध्ने कुकुर दाँतलाई नै मानव प्रजाति छुट्याउने आधार मान्छन् । साथै दाँतको लहरको बनोट मान्छेमा पछाडि फराकिलो हुँदै अगाडि अंग्रेजी भी आकारको हुन्छ भने अपुच्छ बाँदरको अंग्रजी अक्षर यु आकारको हुन्छ । यसलाई पनि मानव पुर्खा र अपुच्छ बाँदरको पुर्खा छुट्ट्याउने आधार बनाइयो । (फोसिल मेन, केरमिट प्याटिसन) 

उनै क्लार्कको मापदण्डलाई आधार मानेर साइमनसले रामापिथेकस जीवाश्माको अध्ययन आरम्भ गरे । सबै मापदण्डको आधारमा लेखाजोखा गर्न मुस्किल थियो । उनीसँग जीवाश्माको नाममा च्यापु र माथिल्लो बँगाराको दुई टुक्रा मात्रै थियो । उपलब्ध जीवाश्माको आधारमा अध्ययन गर्दा उनले रामापिथेकसको कुकुर दाँत तुलनात्मक रूपमा सानो पाए, दाँतको इनामेल बाक्लो र बंगारा अपुच्छ बाँदरको भन्दा पृथक् र वर्गाकार थियो । च्यापुको पूरै भाग थिएन । साइमनसले उपलब्ध सानो भागको आधारमा च्यापुको सम्भावित आकारको पुनर्निर्माण गरे । उनको निर्माणमा च्यापु धनुषाकार र दाँतको लहर अपुच्छ बाँदरको जस्तो अंग्रजी यु आकार नभएर मान्छेको झैँ अंग्रजी भी आकारको देखियो 

यही आधारमा सन् १९६१ मा उनले रामापिथेकस मानव लाइनको हालसम्म उपलब्ध सबैभन्दा प्राचीन प्रजाति भनेर घोषणा गरे । यसले तरंग ल्याइदियो । यही लाइनको तर्कमा क्याम्ब्रिज विश्वविद्यालयका डेभिड पिलविम पनि उत्रिए । त्यसपछिका एक दशकसम्म दुवैले यही पुष्टि गर्न दर्जनौं शोधपत्र प्रकाशित गरे 

वैज्ञानिक समुदायले रामापिथेकस मानव वंशकै शृंखलाको प्राणी हो भन्ने स्विकार्‍यो । संसारका अन्य भागमा पनि रामापिथेकसको जीवाश्मा भेटिन थालेपछि साइमनस र पिलविमले रामापिथेकसका थप सम्भावित गुण/चरित्रहरूको व्याख्या गरे– रामापिथेकस औजार प्रयोग गरी आहारा जुटाउँथ्यो । औजार प्रयोगका कारण उसको कुकुर दाँत बिस्तारै सानो हुन थाल्यो, औजार प्रयोगमा हातको प्रयोग भएपछि रामापिथेकस दुई खुट्टाले मात्रै टेकेर हिँड्न थाल्यो र बिस्तारै आधुनिक मानवको गुणको उद्विकास भयो । (बोन्स अफ कन्टेन्सन, रोजर लेविन) 

यसरी रामापिथेकस सर्वप्राचीन आदिम मानवको रूपमा सेलिब्रटी बनेर लाइमलाइटमा उदायो । सन् १९६० को दशकमा आदिमानवको रूपमा रामापिथेकसको उचाइमा पुग्यो । लगभग गुमनाम भएको जीवाश्मामा पिलबिम र साइमनसले भएभरका मानव गुण– सानो कुकुर दाँत, छोटो थुतुनो, धनुषाकार दाँतको लहर, बंगारामा बाक्लो इनामेल आरोपित गरे । रामापिथेकसलाई औजार प्रयोग गर्ने र सामाजिक प्राणीको रूपमा उचाइमा चढाए । (उही रोजर लेविन) 

फ्रान्सिस क्लार्क हावेलको ‘अर्ली म्यान’ पुस्तकको पेजहरूमा रामापिथेकस दुई खुट्टा टेकेर उभियो । सन् १९६६ मा प्रकाशित चर्चित पाठ्यपुस्तक ‘ह्युमन इभोलुसन’ ले रामापिथेकसको तत्कालीन हैसियतको प्रचलित सार खिच्दै लेख्यो, ‘यो जीवाश्माको नमुनालाई दूरदराजबाट सुरुआत भएको मानव प्रजातिको आरम्भ विन्दुमा बिनाहिचकिचाहट राख्न सकिन्छ ।’ यसैको आधारमा मानववंशको आरम्भ कम्तीमा पनि एक करोड पचास लाख वर्षपहिले भएको हो भन्ने ढुक्कले भन्न सकिन्छ 

रामापिथेकशको अवरोह

कुनै स्टार कलाकारको अधोगतिझैं रामापिथेकसलाई पनि लाइमलाइटबाट ओर्लिन समय लागेन । सन् १९६४ को एउटा सेमिनारमै त्यसबेलाका चर्चित मानवशास्त्री सेरवुड वासबर्नले रामापिथेकसको मानव पुर्खाको हैसियतबारे प्रश्न उठाइसकेका थिए । सेमिनारमा वर्कले विश्वविद्यालयका अपुच्छ बाँदर र मानव पुर्खाको अध्ययन गरिरहेका विद्यार्थी भिन्सेन्ट सारिक पनि थिए । अपुच्छ बाँदरबाट मान्छेको पुर्खा छुट्टिएको कालखण्ड १ करोड ५० लाख वर्षअगाडि नै हो भन्ने मान्न वासबर्न तयार थिएनन् । अपुच्छ बाँदरको शारीरिक संरचना–व्यवहारको गहन अध्ययन गरेका उनले मान्छे र अफ्रिकी अपुच्छहरूको व्यवहार– शारीरिक संरचनामा धेरै समानता भेटेका थिए । मान्छेमा आएको भिन्नता केवल पछिल्लो २० लाख वर्षभित्रमा मात्रै आएको हो र मानव पुर्खा अपुच्छ बाँदरको पुर्खाबाट करिब ४० लाख वर्षअगाडि मात्रै छुट्टिएको हुनुपर्छ भन्ने उनको तर्क थियो । साथै वासबर्न नै पहिलो बायोलोजिस्ट हुन्, जसले बिस्तारै विकास हुँदै गरेको आनुवंशिक अध्ययनको प्रविधि प्रयोग गरेर मान्छे र अपुच्छ बाँदरको विविध प्रजातिबीचको सम्बन्ध कति नजिक या टाढा छ भनेर अध्ययन गर्न सकिन्छ भनेर सुझाए 

सारिक त्यो सेमिनारमा हुनु एक सुखद संयोग बनिदियो । रसायनशास्त्रमा समेत दीक्षित सारिक मानव र अपुच्छ बाँदरको उद्विकासको अलग–अलग बाटो कहिले छुट्टियो भनेर आनुवंशिक अध्ययन गर्न तयार भए 

बायोकेमिस्ट मोरिस गडम्यान यस क्षेत्रमा काममा लागिसकेका थिए । बीसौं शताब्दीको आरम्भमै उनले दुई प्रजातिमा निकटता जति कम हुन्छ ती दुईको ब्लड प्रोटिनमा त्यति नै असमानता हुने प्रमाण जुटाइसकेका थिए । सन् १९५७ मा सिकागो जुलोजिकल पार्कमा गएर उनले चिम्पान्जी, गोरिल्ला, ओराङ्ओटान र गिब्बनको रगतको नमुना लिएर आए । उनले अल्बुमिन भन्ने ब्लड प्रोटिन निकालेर कुखुरामा इन्जेक्ट गरे र कुखुराको इम्युन सिस्टको प्रतिरोध गर्ने शैलीको अवलोकन गरे । उनले गरेका थुप्रै प्रयोगले ओराङ्ओटान र गिब्बनभन्दा चिम्पान्जी र गोरिल्लासँग मानिसको नजिकको सम्बन्ध देखायो 

गडम्यानको प्रस्ताव धेरैले अस्वीकार गरे । भिन्सेन्ट सारिक अब मानिस, चिम्पान्जी, गोरिल्ला र ओराङ्ओटानका पुर्खाहरू छुट्टिएको समय पत्ता लगाउन सक्रिय भए । यसका लागि उनी ‘मोलिक्युलर क्लक’ अर्थात् यी सबै प्राणीको डीएनएमा भएको म्युटेसनको दर हिसाब गर्ने विधिमा भर पर्न खोजे । कुनै प्रजाति साझा पुर्खाबाट छुट्टिएर आ–आफ्नो ‘इभोलुसनरी पाथवेमा लागेपछि लामो कालखण्डमा उनीहरूको डीएनएमा एक निश्चित दरमा उत्परिवर्तन हुन्छ । जति समय बित्दै जान्छ उनीहरूको डीएनए उति नै फरक हुँदै जान्छ । मोलिक्युलर क्लकमार्फत डीएनएमा जम्मा हुने यही उत्परिवर्तनको कुल पृथकताको आधारमा प्राणीहरूबीच आनुवंशिक निकटता/पृथकता र पृथक् प्रजाति आरम्भको समयकाल नापिन्छ 

यसका लागि सारिकले नोबेल पुरस्कार विजेता लिनस पाउलिङ र इमिली जुकरन्डलको अध्ययन विधिको उपयोग गर्ने निर्णय गरे । उनले यसका लागि बायोकेमिस्ट्रीका युवा विद्यार्थी एलन विल्सनको सहयोग लिए । उनी मानिस र अन्य अपुच्छ बाँदरहरूको ‘ब्रान्चिङ ट्री’ अर्थात् आ–आफ्नो वंश छुट्टिएको समयकाल पत्ता लगाउन तयार भए 

सन् १९६७ को अन्त्यमा सारिक र विल्सनले मान्छे र अपुच्छ बाँदरका पुर्खा १ करोड ५० लाख वर्षपहिले नभई करिब ५० लाख वर्षअगाडि मात्रै छुट्टिएको हो भनी घोषणा गरे । सन् १९६७ को साइन्स जर्नलमा उनीहरूको दाबी थियो– मानिस र अफ्रिकन अपुच्छ बाँदरको साझा पुर्खा करिब ५० लाख वर्षअगाडिको हो । मानव उद्विकासको अध्ययनमा यो ठूलै विस्फोटक पदार्थ खसाइएको थियो । खासगरी जीवाश्मा–मानवशास्त्रीहरू यो ‘प्याराडाइम सिफ्ट’ स्विकार्न तयार थिएनन् । फेरि सन् १९७१ मा डीएनएमा आधारित अर्को अध्ययनले पनि मान्छे र अपुच्छ बाँदरको साझा पुर्खा धेरै पुरानो होइन भन्ने देखाएपछि उनले भने– ८० लाख वर्षभन्दा पुरानो जीवाश्मा हेर्दा जतिसुकै मानव पुर्खासँग मेल खाए पनि त्यसलाई मानव पुर्खा मान्ने छुट अब छैन  (द फोसिल मेन, केरमिट प्याटिसन) 

यसरी विल्सन र सारिकको तर्कले पोटासियम आर्गन डेटिङबाट करिब एक करोड वर्षभन्दा अगाडिको समयसीमा तोकिएको युरोप, एसिया र अफ्रिकामा फेला परेको रामापिथेकसको जीवाश्मालाई मानव परिवारको सदस्यको आरम्भ भएको विन्दुभन्दा निकै सुदूर कालखण्डमा पुर्‍याइदियो । र, रामापिथेकसको पजनी भयो 

त्यति मात्रै होइन, मानव स्वरूपसँग जतिसुकै सान्निध्यता भए पनि अत्यधिक प्राचीन कुनै पनि जीवाश्मा मानव पुर्खा हुन सक्दैनन् भन्ने उनीहरूले ठोकुवा गरिदिए । त्यसपछिका निरन्तर अध्ययनले अपुच्छ बाँदरहरूको परिवारबाट सबैभन्दा अन्तिममा चिम्पान्जी र मान्छेका पुर्खा छुट्टिएको प्रमाणित गरिरह्यो । अन्तिममा सन् २००५ मा चिम्पान्जीको सम्पूर्ण डीएनएको ड्राफ्ट सिक्वेन्स प्रकाशित भएपछि यो निर्विवाद तथ्य बन्यो । आधुनिक मानव र चिम्पान्जी साझा पुर्खाबाट करिब ५५ देखि ७० लाख वर्षपहिले मात्रै छुट्टिएको हो 

यही विन्दुबाट आधुनिक मानवसम्मका देखिएका मानवका विविध प्रजातिलाई मात्रै अहिले ‘होमिनिन’ भनिन्छ । रामापिथेकस होमिननभित्र परेन । करिब १ करोड ६० लाख वर्षपहिले अपुच्छ बाँदरको पुर्खाबाट छुट्टिएको एक हाँगो रामापिथेकस हुँदै आधुनिक ओराङ्ओटानको उद्विकास भएको हो  (अ पकेट हिस्ट्री अफ ह्युमन इभोलुसन) 

तर, रामापिथेकसलाई आनुवंशिक प्रमाणले मात्रै हल्लाउन सकेन । पिलविम र साइमनसलगायतलाई अझै एक दशक लाग्यो यो तथ्य स्विकार्न । जीवाश्माको ‘कडा प्रमाण’ जुटेपछि बल्ल उनीहरूले पत्याए 

जी. एडवार्ड लेविसले रामापिथेकसको पहिलो जीवाश्मा भेटेको शिवालिक पर्वतमा डेभिड पिलबिमले सन् १९७३ मा अन्तर्राष्ट्रिय टिम लिएर गए । उनले शिवालिक पर्वतको पाकिस्तानी, भारत र अफ्गानिस्थानदेखि बर्मामा समेत खोजी गरे । अन्त्यमा सन् १९७५ र १९७६ मा उनीहरूको समूहले रामापिथेकसको बंगारा र दाँतका टुक्राहरू फेला पारे 

उपलब्ध सबै जीवाश्मा भेला पारेर मिलाउँदा दाँतको लहर अंग्रेजी अक्षर ‘भी’ आकारको नबनेर ‘यु’ आकारको बन्यो । यही समूहले अपुच्छ बाँदरको अर्को प्रजाति ‘शिवापिथेकस’ को पनि खप्पर र केही हड्डी भेट्टायो । पिलबिमको पारखी आँखाले देख्नेबित्तिकै चाल पायो– खासमा ‘शिवापिथेकस’ भन्नु नै ‘रामापिथेकस’ को भाले मात्रै हो । दुईबीचको आकारको भिन्न्ता ‘सेक्सुअल डाइमोर्फिजम’ अर्थात् एकै प्रजातिका भाले–पोथीबीच रहने शारीरिक संरचनागत भिन्नता मात्रै हो । त्यति मात्रै होइन, यी दुवै जीवाश्माको अनुहारको मोहडा, आँखाको भाग, नाक र च्यापु सबै अहिले अस्तित्वमा रहेको ओराङ्ओटानसँग मिल्दोजुल्दो देखियो 

बल्ल १९७९ मा आएर पिलबिम र साइमनसले रामापिथेकस शिवापिथेकस नामक अपुच्छ बाँदरको पोथी मात्रै हो भन्ने स्वीकार गरे । खोजकर्ताहरूले गलत समयमा गलत शारीरिक संरचनासहितको गलत पुर्खाको खोजी, त्यो पनि गलत भूगोलमा गरिरहेका थिए 

(एलबिन साइमन्स, साइन्स २४५, १९८७) 

जब अन्यत्र रामापिथेकस मानव वंशजको आदिपुर्खाको लाइनबाट ओर्लेर आफ्नो समूहमा (ओराङ्ओटान) फिर्ता हुँदै थियो, नेपालमा बल्ल रामापिथेकसको जीवाश्मा भेटिएको थियो । र, उसलाई आधुनिक मानव र अपुच्छ बाँदरलाई जोड्ने ‘सेतु प्राणी’ को रूपमा स्थापित गरिँदै थियो 

प्राचीन नेपाल’ जर्नलको पुस २०३७/०३८ अंकमा ‘नेपालमा मानव जातिको पुर्खा’ मा जनकलाल शर्मा लेख्छन्, ‘नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त अन्वेषण दलले १९८० को डिसेम्बर महिनामा तिनाउ खोलाको किनारमा बुटवलभन्दा केही माइल पर पहरामा टाँसिएको रामापिथेकसको माथिल्लोपट्टिको बंगाराको दाँत प्राप्त गरेको हो । यसलाई पाउने पहिलो श्रेय डा. जेएच हटचिसनलाई छ ।’ सारांशमा उनी लेख्छन्, ‘१ करोड ४० लाख वर्षअगाडि रहने/बस्ने रामापिथेकस मानव वंशको शृंखलाको पहिलो कडी भएको पुष्टि भएको छ ।’

त्यसयता मानव सभ्यताको प्राचीनता पुष्टि गर्न आजपर्यन्त हामी रामापिथेकसको सहारा लिइरहेका छौं । भर्खरै एक टेलिभिजन कार्यक्रममा आध्यात्मिक गुरु चैतन्य कृष्णले नेपाल र यहाँको सभ्यताको प्राचीनता पुष्टि गर्न थुप्रै गलत सूचनाको शृंखला जोडेका छन् । एक ठाउँ उनी भन्छन्, ‘रामापिथेकसको बंगारा त्यही गण्डकी क्षेत्रमा भेटिनुले यो आदिसृष्टिको भूमि भन्ने प्रमाण भएन त ?’

उता सूचना विभागको ‘नेपाल परिचय’ (२०७७) को संस्करणले भन्छ, ‘पश्चिम नेपालको बुटवल क्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै मानवको बसोबास सुरु भइसकेको तथ्य स्पष्ट हुन्छ ।’

तर, मानव उद्विकासको इतिहासमा रामापिथेकसको उत्थान र पतनको बिर्सनलायक कथा हो । करिब दुई दशक दुई थान विज्ञले जीवाश्मामा ‘आफूले देख्न चाहेको’ गुण/चरित्र आरोपित गरिदिँदा मानव उद्विकासको अध्ययन लामो समय बन्धक बन्यो  (रोजर लेविन) । सभ्यताको आदि आरम्भकर्ताका रूपमा भने रामापिथेकसले अझै हाम्रो सामूहिक रुमानी चेतनालाई बन्धक बनाइरहेको छ 

जीवनसँग हाम्रो अविच्छिन्न शृंखला चार अर्ब वर्ष पुरानो हो । यस धरतीमा अस्तित्वमा रहेका, आएर लोप भएका र अब आउने हरेक प्रजाति हाम्रा पुर्खा/सम्बन्धी/सन्तति हुन् । जीवन–वृक्षमा फैलिएको हाँगामा मात्रै को कति नजिक र को कति टाढा भन्ने मात्रै हो । यही वृक्षमा रामापिथेकस अर्को हाँगोमा स्थानान्तरण भएको मात्रै हो । रामापिथेकसको कडी समातेर गरिने हाम्रो सभ्यताको विशिष्टता र प्राचीनताको गफ–आधार भत्केको नै जुग बितेको मात्रै हो 

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : माघ २, २०७७ १७:०३

 

 

Wednesday, August 02, 2023

६५ करोडको डिल नमिल्दा १ क्‍विन्टल सुन समातिएको खुलासा


 

६५ करोडको डिल नमिल्दा १ क्‍विन्टल सुन समातिएको खुलासा

शलिना कुँवर,  २०८० साउन ११ गते, ९:२७ बजे प्रकाशित

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आफूले पुरस्कारको

 व्यवस्था मिलाएकाले त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट बाहिरिएको एक

 क्‍विन्टल सुन बरामद गर्न सफलता मिलेको दाबी गरे। तर, स्रोतहरूका

 अनुसार तस्कर समूहहरू बीच ६५ करोड रुपैयाँको डिल नमिल्दा उक्त

 सुनबारे सूचना सरकारी निकायले पाएका हुन्। ६५ करोडको डिलमा कुरा

 मिल्थ्यो त यसपटक पनि उक्त सुन बाहिरिने अनुसन्धानबाट खुलेको

 स्रोतहरूको दाबी छ।

हालसम्म उक्त सुनका मालिक चिनियाँ नागरिक लिङ चुवान भएको खुलेको

 छ। भारततर्फ सुन प्राप्त गर्ने मालिकहरूबारे अनुसन्धान जारी रहेको

 स्रोतहरूको भनाइ छ।

तर, नेपालमा बसेर गाडीको व्यापार गर्ने भारतीय नागरिक राकेश अडुकियामाथि अनुसन्धान टोलीले ध्यान केन्द्रित गरेको छ। उनी नेपालबाट भारतसम्म सुन पुर्‍याउने मुख्य व्यक्ति हुन सक्ने आशंका अनुसन्धान टोलीको देखिन्छ। अनुसन्धानमा असर पुग्‍ने भयका कारण अहिले सरकारी अधिकारीहरू आधिकारिक धारणा दिनबाट टाढिँदै आएका छन्। अडुकिया भने यही मौकामा नेपाल छाडेर भारत पुगिसकेका छन्। उनलाई भाग्ने मौका दिएर ढिलो गरी ८ दिनपछि बुधबार मात्र उनको घरमा छापा मारिएको छ।

गत बुधबार राजस्व अनुसन्धान विभागको विशेष टोलीले झण्डै एक सय किलो सुन बरामद गरेको थियो। परिमाणका आधारमा हालसम्मकै धेरै सुन समातिएको दाबी सरकारी अधिकारीहरूको छ।

तस्कर समूहले बा२ज २३२४ नम्बरको ट्याक्सीमा राखेर विमानस्थलबाट बाहिरिँदै गर्दा विभागको टोलीले सुन बरामद गरेको थियो। हङकङबाट कार्गोमा आएको उक्त सुन विमानस्थल भन्सार कार्यालयमा सोझै झारेर कर्मचारीकै मिलेमतोमा भन्सार जाँच पास भएको खुलासा भइसकेको छ। र, यति ठूलो परिमाणमा ल्याइएको सुन भन्सार जाँचपास कसरी भयो भन्‍ने प्रश्‍न उठेको छ। त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेललाई सरकारले जिम्मेवारीबाट हटाइसकेको छ।

हालसम्म सुन प्रकरणमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाका दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरका हर्कराज राई, ट्याक्सी चालक अशोक लामा, ठेगाना नखुलेका राजन श्रेष्‍ठ, कृष्‍ण श्रेष्‍ठ, ट्रान्स ग्लोबल सर्भिसका सञ्‍चालक पुष्‍करराज भट्ट, भन्सार एजेन्ट राजेन्द्र राई छन्। यस्तै, चिनियाँ नागरिक लिङ चुवान र एक तिब्बती मुलका भारतीय नागरिक थिप्तेन छिरिङ पनि पक्राउ परेका छन्। सुनका मालिक चिनियाँ नागरिक लिङ चीनतर्फ भाग्‍न लाग्दा त्रिभुवन विमानस्थलबाट समातिएका थिए।

प्रहरीले यसअघि मालिक रहेको आशंका गरेका दोलखा मेलुङ गाउँपालिका-१ का दिलिप भरिया मात्र भएको अनुसन्धान अधिकारीहरूको भनाइ छ। उनलाई मालिकको रूपमा व्याख्या गर्नुको पनि कारण छ। किनकि, हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर सामान मगाएको ‘रेडी ट्रेडर्स प्रालि’ नामक कम्पनी उनकै नाममा दर्ता छ। अनुसन्धान अगाडि बढाउँदै लैजाँदा दिलिप भरिया मात्र रहेको पाइएको छ। कम्पनी आफ्नो नाममा दर्ता गरेवापत तीनजना व्यक्तिले २० हजार दिएको कुरा अनुसन्धानका क्रममा खुलेको छ। उनको नाम दर्ता रहेको ‘रेडी ट्रेडर्स प्रालि’ले सुन जडित ब्रेक सु ल्याएको पाइएको छ।

जागिरको सिलसिलामा त्रिभुवन विमानस्थलमा समेत काम गरेका राष्‍ट्रिय अनुसन्धान विभागका एक पूर्वअधिकृतका अनुसार अवैध सुन सुरक्षा जाँचबाट उम्काउन भन्सार कर्मचारी र प्रहरीको मिलोमतो हुने गर्छ। माथिल्लो तहको संरक्षण नभई उनीहरूले सुरक्षा जाँच पार गराउने हिम्मत नगर्ने उनी बताउँछन्। खासगरी, सामानको एक्स-रे जाँच गर्ने भन्सार कर्मचारीलाई ‘मिलाइएको’ हुन्छ। र, प्रहरीले नदेखेजस्तो गरेर बाहिरिन दिन्छ। सुन राखिएको सुटकेस एक्स-रेमा छिराइन्छ तर नदेखेजस्तो गरेर छाडिन्छ। आपसमा कारोबार नमिल्दा मात्र सुन समातिने गरेको ती अधिकृत बताउँछन्। त्यसका लागि सुनको परिमाणअनुसार ठूलो रकमको चलखेल हुन्छ।

भन्सारका ३ कर्मचारी निलम्बित

भन्सार जाँचपास भएर निस्किएको देखिएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई ६ साउनमा निलम्बन गरिएको छ। निलम्बनमा पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र सरोज  श्रेष्‍ठ छन्। तर, त्यति ठूलो परिमाणको सुन भन्सार नेतृत्वको मिलेमतोबिना सहजै जाँचपास भएर बाहिरिन सम्भव छ ? त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल भन्सार कार्यालय र विमानस्थल सुरक्षामा तैनाथ प्रहरीको नेतृत्वमाथि प्रश्‍न उठेको छ।

भन्सार प्रमुख पोखरेल र विमानस्थल सुरक्षा प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरी सुन तस्करीको समयमा विदामा रहेको खुलेको छ। यस्तो बेलामा उनीहरू विदामा बस्‍नुलाई पनि रहस्यका रूपमा लिइएको राजस्व अनुसन्धान विभागका एक अधिकारीले बताए।

यस प्रकरणमा अनुसन्धानका लागि पाँच सदस्यीय टोली गठन भएको छ। अन्यको नाम नखुलाइए पनि नेपाल प्रहरीले एसपी कृष्‍ण पंगेनीलाई टोलीको सदस्य बनाएको छ।

इतिहासमा सुन तस्करी

अवैध सुन बरामद गरिएको यो पहिलोपटक भने होइन। यसअघि पनि पटक-पटक प्रहरी र राजस्व अनुसन्धान विभागले अवैध रूपमा भित्र्याइएको सुनलाई बरामद गर्दै आएका छन्।

गत १० पुसमा पनि त्रिभुवन विमानस्थलबाट १९ किलो सुन मरामद गरिएको थियो। चीनबाट आएको ७३० थान ‘भेप’भित्र फिट गरेर तस्करले सुन ल्याएका थिए। तर, भेपले भरिएका दुईवटा सुटकेसमा सुन रहेको तथ्य पत्ता लगाउन करिब ५ महिना लागेको थियो। उक्त प्रकरणमा पनि विमानस्थल भन्सारको नेतृत्वमाथि प्रश्‍न उठेको थियो।

विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्काले उक्त सुन पास गराएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ। खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उक्त सुन तस्करीमा संलग्‍न रहेको आरोपमा खड्कासहित ४ जना हाल सीआईबीको हिरासतमा छन्।

यस्तै, १३ पुस ०७३ मा रसुवाको टिमुरेबाट तस्करी गरी ल्याइएको ७ किलो सुनसहित कुन्साङ लामालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। १९ भदौ ०७४ मा प्रहरीले रसुवागढी नाका हुँदै काठमाडौं ल्याइएको ८८ किलो सुन बरामद गरेको थियो। त्यतिबेला सुन कारोबारमै संलग्‍न काठमाडौंका केही व्यापारीसमेत पक्राउ परेका थिए। उक्त सुन चीनको केरुङ नाका हुँदै अवैध रूपमा नेपाल भित्रिएको थियो। त्यसअघि सोही नाकाबाट १५ किलो सुन  केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बरामद गरेको थियो।

यस्तै, ०७५ सालमा साढे ३३ किलो सुनकाण्डमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासमेत भएको थियो। ०७६ कात्तिकमा २३ किलो अवैध सुन प्रहरीले बरामद  गरेको थियो। सोही वर्ष हङकङबाट आएका दुई चिनियाँ नागरिक ८ किलो सुनसहित विमानस्थलमा पक्राउ परेका थिए।

११ माघ ०७७ मा त्रिभुवन विमानस्थलबाटै अवैध सुनसहित दुईजना पक्राउ परेका थिए। कतारबाट आएका सुवास गुरुङ र तनहुँका टकबहादुर गुरुङ डाइपरमा लुकाएर ल्याएको अवस्थामा सुनसहित पक्राउ परेका थिए। त्यति बेला प्रहरीले ३४४.९९ ग्राम सुन बरामद गरेको थियो।

२०७१ देखि ०७८ सालसम्म करिब साढे ६ सय किलोभन्दा बढी सुन बरामद भएको थियो। र, त्यसयता ०७८ देखि ०८० सम्म आइपुग्दा सुन तस्करी झनै फस्टाएको देखिन्छ।

सेटिङ’मा चल्दै आएको धन्दाको शृंखला लामै छ। लागूऔषध र सुन तस्करी गर्न नेपालीलाई सिकाउने पोल्यान्डका नागरिक हुन्। पञ्‍चायतकालमा राजा महेन्द्रले मनाङका बासिन्दालाई सामान ल्याउन छुट दिएपछि शुरु भएको हो, सुन तस्करी। सुन र लागूऔषध तस्करीबीचको ‘कनेक्सन’ सन् १९७० कै दशकदेखि हो। सुनको अवैध कारोबार सन् १९८० को दशकमा ‘नोटिस’मा आएको हो। ०४५ सालतिर सुन तस्करीमा विमानस्थलमा तैनाथ प्रहरीको संलग्‍नता रहेको खुलेपछि पूरै सेट फिर्ता गरिएको थियो, एक प्रहरी अधिकृत पनि पक्राउ परेका थिए।

हङकङ, दुबई, थाइल्यान्ड, मलेसिया, कतार र चीनलगायतबाट भित्रिने अवैध सुनमध्ये थोरै नेपालमा खपत हुन्छ भने धेरै भारत पुर्‍याइन्छ।

उत्तरकोरियाली दूतावासका कर्मचारीको पनि संलग्‍नता देखिने गरेको थियो, त्यतिबेला। पञ्‍चायतकालमा सुन आउने-जाने भइरहन्थ्यो। ०४५ सालयता परिमाण ठूलो देखिन थालेको हो। खुमबहादुर खड्का र बामदेव गौतम गृहमन्त्री हुँदा संगठित रूप पायो यस धन्दाले। बहुदल कालमा शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द नेतृत्वका सरकारका पालामा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवैध धन्दा उत्कर्षमा थियो। त्यो पनि, सरकारका उच्चपदस्थ र प्रहरी अधिकृतकै प्रत्यक्ष संलग्‍नतामा।

त्यतिबेला एकपछि अर्को गृहमन्त्री बनेका खड्का र गौतमकै संरक्षणमा सुन र अमेरिकी डलरको अवैध ओसारपसार हुने गरेको थियो। डलर अन्य मुलुक पठाउने तथा सुन र चरेस भित्र्याउने धन्दा चलेको थियो। केही वर्षअघि अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्‍न एक नेपाली कारोबारीको खाता हङकङमा फेला पर्‍यो। एक चरेस व्यापारी काठमाडौंमा समातिए। उनको पैसा ती सुन व्यापारीको खातामा जम्मा भएको भेटियो। एक प्रतिशत कमिसनमा चरेस कारोबारीले काठमाडौंमै भुक्तानी पाइरहेका थिए।

बैंकसँग प्रहरीले खाताको विस्तृत विवरण माग्यो तर बैंकले कोड अर्डर माग्यो, जुन प्रहरीसँग थिएन। र, सुन कारोबारीलाई समाउने आधार भएन। पछिल्लो समय राज्य-प्रायोजित धन्दा सतहमा नदेखिए पनि सुनको अवैध व्यापार उस्तै छ। तस्करीमा मुछिने प्रहरी अधिकृत र सरकारी कर्मचारीहरू व्यक्तिगत हिसाबमा मात्र गिरोहको पछाडि लागेको देखिन्छ। बरु, भन्सार यसमा संगठित देखिन्छ। विमानस्थलमा ‘सेन्ट्रल कलेक्सन’ हुन्छ, त्यही बास्केटमा आएको रकम माथिदेखि तलसम्म बाँडचुँड हुन्छ।

जग्गा खरिद गर्दा मालपोतको अभिलेखबाट देखिन्छ, ठूलै परिमाणको सुन पनि सहजै लुकाएर राख्‍न सकिन्छ। नेपालमा आउने अवैध पहेंलो धातुको मुख्य बजार भारत हो। त्यसमध्ये थोरै परिमाण नेपालमै खपत हुन्छ। सुन बिग्रिने डर हुँदैन। र, मूल्य बढिरहने कारणले सञ्‍चिति सजिलो छ। खासगरी, भारत सरकारले यसअघि पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि भारतमा सुनको माग ह्वात्तै बढेको छ। मानिसले बैंकमा रकम जम्मा गर्नुको साटो सुन किनेर घरमै राख्‍ने गर्न थालेका छन्।

२० किलोको ग्यापका कारण तस्करी

नेपालमा दैनिक करिब ३५ किलो माग छ, वैध ढंगले १५ किलोभन्दा बढी ल्याउन पाइँदैन। नेपालमा भारतीय मुद्रा अभाव भए उताबाट सुन आइरहेको र पर्याप्त रहे नेपालबाट भारत सुन गइरहेको बुझिने गरेको छ। भारतमा वार्षिक ११६ टन सुन खपत हुन्छ। वर्ल्ड गोल्ड काउन्सिलका अनुसार चीनमा सबैभन्दा बढी २४१ टन खपत हुन्छ।

नेपालमा दैनिक २५ किलो अवैध सुन प्रयोग हुँदै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले भनाइ रहँदै आएको छ। व्यवसायीले बजार मागअनुसार माल पाएका छैननन्। सरकारी कोटाको १५ किलोले बजार माग धान्दैन र अवैध रूपमा सुन भित्रिन्छ।

ठूला तीन सुन काण्ड

बुधबार समातिएको सुन इतिहासमै ठूलो बरामदी भएको प्रहरीको दाबी छ। तथापि, २९ मंसिर ०५४ मा पनि त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाटै १०० किलो सुन बरामद गरिएको थियो। उक्त सुन प्रकरणमा कोरियाली नागरिक जो कुन ह्वा र युन सोङ समातिएका थिए। उक्त सुन काण्डलाई अहिलेसम्मकै ठूलो बरामदी मानिँदै आएको थियो। १७ भदौ ०७४ मा रसुवागढी नाका हुँदै काठमाडौं ल्याइएको ८८ किलो सुन पनि ठूलो परिमाणको बरामदीमा पर्छ। त्यसमा सुन कारोबारमा संलग्‍न काठमाडौंका केही व्यापारीहरू संलग्‍न थिए।

कुन देशबाट भित्रिन्छ सुन ?

नेपालमा पछिल्ला ८ वर्षमा विभिन्‍न देशबाट दुई खर्ब ३५ अर्ब ४५ करोड २० लाख ४३ हजार रुपैयाँको सुन भित्रिएको पाइएको छ। उक्त रकमअनुसार ३९ हजार ९१५.९ किलो सुन भित्रिएको देखिन्छ। भन्सार विभागका अनुसार यो आँकडा वैध रूपमा नेपाल भित्रिएको सुनको मात्र हो। नेपालमा सबैभन्दा ठूलो मात्रामा कच्चा र ढिक्का सुन युनाइटेड अरब इमिरेट्स (यूएई), टर्की र स्विट्जरल्यान्डबाट आउने गरेको छ।

विभागका अनुसार गत आर्थिक वर्ष ०७९-८० को ११ महिनामा मात्र नेपालले यूएईबाट करिब १९ अर्ब रुपैयाँ बराबरको सुन आयात गरेको छ। नेपालमा हालसम्म अस्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, बुल्गेरिया, कम्बोडिया, क्यानाडा, चीन, फिनल्यान्ड, फ्रान्स, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, मोरक्को, ओमान, कतार, साउदी अरेबिया, सिंगापुर, थाइल्यान्डलगायत मुलुकबाट सुनका गहना आयात हुँदै आएका छन्।

गत आवमा मात्र नेपालले साढे ४४ अर्ब रुपैयाँभन्दा बढी मूल्यको ३४९३.४४ किलो सुन वैध रूपमा आयात गरेको थियो। अघिल्लो आव ०७८-७९ मा ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रुपैयाँ खर्चेर नेपालले ५६२७.२९ किलो सुन आयात गरेको थियो।

किन बढ्दै छ सुन तस्करी ?

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी नेपाल र भारतमा बजार मागअनुसार सुन आयात गर्न सरकारले नदिएका कारण तस्करी मौलाएको बताउँछन्। भन्छन्, ‘वैध आयात र स्थानीय बजारको मागबीच ठूलो ग्याप छ। सोही कारण सुन तस्करी मौलाएको छ।’

यो ग्याप नमेटिएसम्म सुन तस्करी यही रूपमा अझ बढी परिमाणमा पनि हुन सक्ने उनको भनाइ छ। भन्छन्, ‘विगतमा सुन तस्करी परिमाणात्मक हिसाबले कम हुन्थ्यो। तर, समयअनुसार जनसंख्या बढ्दै गएअनुसार सुनको माग पनि बढ्दै गएकाले विगतभन्दा अहिले सुन तस्करी परिमाणात्मक हिसाबले बढ्दै गएको छ।’

पछिल्ला वर्षमा नेपालमा सिंगापुर र हङकङबाट बढी अवैध सुन आउने गरेको छ। चीनाबाट पनि नेपालमा सुन आयात हुन्छ। तर, चीनले सुन निर्यात गर्दैन। चीनबाट निर्यात भई रसुवाबाट आउने सुन पनि हङकङबाट निर्यात भई आउने गरेको पूर्वडीआईजी मल्ल बताउँछन्।

नेपालमा हुँदै आएको सुन तस्करीका मालिक नेपाली नभई भारतीय नागरिक रहेको उनको भनाइ छ। भन्छन्, ‘ठूलो  मात्रामा सुन जाने भनेको भारतमै हो। नेपालीहरूले सानोतिनो लगानी गर्ने र सुनको ओसारपोसारको चाँजोपाँजो मिलाइदिने काम मात्र गर्छन्। तर, यसको लगानीकर्ता र मालिक भनेका भारतीयहरू हुन्छन्।’ उनका अनुसार बेलाबेलामा नोटबन्दी गरेर भारत सरकारले नोटमा कारोबार र बचतप्रति नागरिकमा अविश्वास सिर्जना गरेको छ। र, भारतीय नागरिकहरू त्यसको साटो सुन सञ्‍चित गर्न लालायित देखिन थालेका छन्। नेपाललाई ट्रान्जिट बनाएर भारतमा सुन तस्करी हुनुको मुख्य कारण पनि त्यही हो। उनी भन्छन्, ‘यसैकारणले पनि आगामी दिनमा सुन तस्करी अझै बढ्न सक्ने देखिन्छ।’

 

Thursday, July 06, 2023

French riots and Nepal’s ‘respectable’ casteism

 French riots and Nepal’s ‘respectable’ casteism

By Mitra Pariyar, The Kathmandu Post, 2023, July 4

Everyone pretends that Dalits have been afforded unprecedented amounts of rights and privileges.

The violent unrest in France over the past few days, following the murder of a 17-year old Algerian-descent man, Nahel M, by a Parisian policeman on June 27, has shaken the country. There have been deadly clashes with the enforcement officials on the streets of Paris, Marseillie and many other cities and towns. Hundreds of protestors have been arrested and many shops and businesses vandalised or looted. A Parisian mayor’s family home was attacked and his family injured.

Similar to the 2020 uprising in the United States of America after the killing of George Floyd in police custody, in the city of Minneapolis, the French uprising has drawn global attention. Not many people would support this level of violence, but the spontaneous outpouring of rage by the underprivileged youth and their supporters deeply resonates with the feelings of many oppressed peoples in Europe and around the globe, including, of course, Nepali Dalits.

The United Nations has alluded that the French riots are a reaction to a deep culture of racial hatred and violence in society, including police brutality. It issued a statement urging France to recognise this reality and address its “deep issues” of racial hatred.

Indeed, many activists, scholars and journalists have also commented that the nation-wide disturbance is much more than an issue of law and order, although the government would be inclined to represent it as such. The flaring of the street violence is a form of fightback against persistent racial discrimination and police brutality mainly targeted at the immigrants and their descendants originally from North Africa.

On June 30, the French author, film director and activist Rokhaya Diallo wrote an angry commentary in The Guardian, where she held the state responsible for the destructive rioting on the streets. She observed, “France has ignored racist police violence for decades. This uprising is the price of that denial.”

Many published research papers and books demonstrate the endemic problem of racial profiling and violence in France. Above all, I found Jim Wolfrey’s 2017 book Republic of Islamophobia: The rise of respectable racism in France interesting and useful. An academic at the University College London, Wolfrey specialises in French history. In this remarkable book, he unveils how the French political class has systematically whitewashed racism in recent decades. I was particularly struck by Wolfrey’s novel concept of “respectable racism”. I believe this can be a useful lens to understand the dynamics of racism and similar issues in almost any country.

The author argues that racist policies have become widely accepted and “respectable” in French society in the past decades under the veneer of secularism and gender equality. The 2011 ban on full-face cover, for example, has been described as a step towards promoting female freedom amongst Muslim minorities. On the contrary, the policy has been a powerful tool to demonise and suppress minority religions and cultures, thereby promoting Islamophobia.

Through Wolfrey’s perspective, one can discern that Nepal, too, has been promoting what might be called “respectable casteism” over the past decades. The problem has become further entrenched, particularly since the fall of the Hindu monarchy in 2008.

Paradoxically, the end of the royal regime has led to the bolstering of Brahmanism. Whereas in the past, Brahmins were in charge of religious/moral authority and Chhetris of political authority, now Brahmins control both. Even the second tier of the social structure now feels alienated and disempowered. Forget about those at the bottom of the ladder.

Strengthened Brahmanism has inevitably led to further Hinduisation of politics (actively promoted by the BJP government across the border). So much so that Prime Minister Pushpa Kamal Dahal, who destroyed Hindu temples and slaughtered cows to feed Brahmins during the so-called People’s War, recently performed an elaborate six-hour puja at the Mahakaleshwar Temple in Ujjain, India. That too in a saffron suit, in Narendra Modi’s fashion.

This means greater intolerance towards minority religions (Christians, Muslims) and suppressed groups—particularly Janajatis and Dalits. The latter are religiously and culturally perceived as impure, inauspicious and polluted.

Much of the national federal and provincial budget is now spent on building or decorating Hindu temples and religious sites. But not a rupee is spent on steps necessary to enforce the new laws in favour of Dalit freedom. Everyone seems content with the false belief that Dalits have become free and equal under the veneer of constitutionalism, liberal democracy and secularism.

In the past, when autocratic Shah kings and Rana families ruled the land, caste discrimination was a clearly stated policy. The 1854 Muluki Ain introduced by Jung Bahadur Rana was so casteist that even penal laws were different for different castes, and the Dalits were officially treated worse than slaves. In contrast, the 2015 constitution of republican Nepal has guaranteed full civic and human rights to every cater, including Dalits. Caste discrimination has become a punishable crime.

These are great achievements, of course, which potentially open the gates of Dalit liberty. Of equality and humanity. But these letters in the law books seem toothless in the face of traditional Hindu laws or the code of Manu.

Violence against Dalits has gone up in recent years. Dalits attempt to exercise their rights as stated in the constitution, which becomes unacceptable for the so-called upper caste. The latter refuse to give up caste discrimination not only to preserve the traditional power structure, but also to avoid the potential wrath of their lineage and other deities.

All the parties and their leaderships understand too well that casteism has remained strong even today mainly due to the mismatch or contradiction between modern secular laws and the traditional Hindu laws. As Nepal is a Hindu majority country where most people are religious—or firmly spiritual—this becomes an intractable problem.

But, instead of dealing with this caste conundrum, governments and parties, and society in general, have chosen to deny the very existence of the problem. Everyone pretends that society is changing rapidly in a new republican setup and Dalits have been afforded unprecedented amounts of rights and privileges. With this culture of denial—the supposition that Nepal has moved to a post-caste society—comes the harassment of anyone trying to speak up for caste equality. This is seen in social media discourse, mainly on Facebook and TikTok.

The following are some of the false but popular understandings about Dalits: i) Contemporary Dalits enjoy too much freedom and privilege from the state, especially through the quota system; ii) If they want to enjoy state benefits as low castes, they should naturally expect to be treated as such; iii) State laws are squarely on Dalit’s side, at the expense of sacred laws and cultural traditions; iv) Dalits also exclude other castes from their homes and ritual performances; so why blame only the higher castes for bigotry and intolerance.

In other words, casteism has now become much more accepted and respectable in Nepali society. Unlike in the past, when fighting against the state, political parties don’t attack caste discrimination. The media and civil society aren’t bothered either. And, always led and indoctrinated by the upper castes, many Dalit activists themselves are confused; they lack the guts to speak up.

Mitra Pariyar: A graduate of Oxford University, Pariyar is a Dalit rights activist who has worked in universities in Australia and England.


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...