Thursday, October 11, 2018

चेमजोंग लार्इ पढेर । सोरभ

चेमजोंग लार्इ पढेर । सोरभ

२४) किराँत जातिले अफगानिस्तानदेखि आसामसम्म शासन गरेको थियो । पछिबाट खस जातिहरू उत्तरबाट आएर किराँतहरूसँग युद्ध गरे । -चेम्जोङ पेज २३९-२४०)
खसहरू काबुलदेखि टिष्टासम्म छन् भनी एटकिन्सनले लेखेका थिए । यहाँ त्यही खस शब्द झिकेर किराँत शब्द ठ्याक्कै राखिएको छ । जब कि एटकिन्सनको लेखाइको यथार्थ के हो भने बडाखसान पर्दछ आजको अफगानिस्तानको उत्तरपूर्वी र ताजकिस्तानको दक्षिणपूर्वी भूभागमा । आज पनि अफगानिस्तानले त्यसलाई बडाखसान प्रदेश नाम दिएको छ र ताजकिस्तानले पनि बडाखसान प्रदेश नाम दिएको छ । करिब ६ हजार वर्षपहिले नै त्यहाँको अर्धबहुमूल्य पत्थर नृपोपल -लेपिस लाजली) विश्वभर छरिन्थ्यो । अहिले यहाँ खसबोधक खोसाजाति बस्दछन् ।
खासी पर्वत शृंखला छ बडाखसानको सुदूरपश्चिमतिर भारतको आसाममा । यहाँ बस्ने जातिलाई भनिन्छ खासी । मंगोल नश्लका हुन् । तर, तिनमा खसकै चलन छ- लासलाई जलाउने । यसैले खस एउटा संस्कृति मात्रै हो भन्नुपरेको । प्राचीन खसलाई मातृसत्तात्मक मान्ने हो भने खासी पनि मातृसत्तात्मक हुन् । यहाँका पुरुषलाई १९४४ सम्म मत हाल्ने अधिकार थिएन पनि ।
खसम भन्दछन् आफ्नो श्रीमान्लाई उत्तरभारतीय महिलाहरूले । यो मालिक/श्रीसम्पत्ति/संसारबोधक सम्बोधन हो । यसैबाट कसम -किरिया/शपथ) बन्दछ । जस्तो कि, नेवारहरूमा श्रीमान्श्रीमतीले एकअर्काेलाई बुझाउनुपर्दा जहान भन्ने चलन छ । पृथ्वी/संसारबोधक संस्कृतको ज्याबाट उर्दूको जहाँ र नेवारीको जहान बन्दछ । अर्थात् जसरी नेवार महिलाहरूले श्रीमान्लाई आफ्नो संसार ठान्दछन् त्यसैगरी कसम खानु कुरा नमिले संसारै सकियोस् भन्ने अर्थमा बनेको प्रतिक्रिया हो ।
अब द्रङ्गको अर्थ ः यही बडाखसानबाट अमुदरियाको उद्गम हुन्छ । दरियाको अर्थ नदी हो । तर, यही दरियाबाट भेग बुझाउने गरी अहिले पनि जुम्लामा असिदरा, पाँच सय दरा, सिञ्जादरा, चौधबीस दरा, कालिकोटमा कालिकोटदरा, बाह्रबीसदरा, रासकोटदरा, पलाँतादरा, सानीदरा, खालदरा, मुगुमा मुगुदरा, करानदरा, गमदरा, सत्याडदरा, हुम्लामा हुम्लादरा, गल्छादरा, सोलुदरा र डोल्पा जिल्लामा तिबि्रकोटदरा गरी १८ दरा अझै छन् । खासी हिल्सको उत्तरपट्ट िआसाममा दरङ जिल्लै छ । कास्कीको नाउँडाँडाबाट आधा घन्टाको दूरीमा दोरंगा भन्ने ठाउँ छ, जुन द्रङ्गबाट बिग्रेको हो । 

पुरा लेख पढनुस 

Saturday, June 02, 2018

Magar's origin and history



B. K. Rana & Langhali Pariwar Cambridge
11:46 PM (7 hours ago)
https://mail.google.com/mail/ca/u/0/images/cleardot.gif
https://mail.google.com/mail/ca/u/0/images/cleardot.gifReply
https://mail.google.com/mail/ca/u/0/images/cleardot.gif

Dear All,
The Magars came from the north but not from the south. Period. I mean there is no question about it. Historical linguistic evidence attest that the Magars came from the north but it still remains unclear as to what part of Asia in the north did the Magars enter the Himalayan region from ? Please read below a text in Nepali also.
Jhorle and thank you. 

B. K. Rana & Langhali Pariwar Cambrid
दक्षिण एसियाको इतिहासमा मगर जातिको प्रचीनताको प्रश्न
डिसेम्बर ३०, २०१३
[आज २१सौं शताव्दीसम्म आइपुग्दा पनि सम्पूर्ण मगर समाज अझै विकासशील अवस्थामा नै रहदा यस समाजका बारेमा अलिकति चिन्तन मनन गरिदो रहेछ यसै पनि | कम्तिमा पनि मलाइ त यस्तै हुने गर्दछ`| तर, प्राज्ञिक अभ्यासमा यसप्रकार खास जाति विशेषको आग्रह गरिनु वा कुरा उठाउनु आफैमा उपयुक्त-अनुपयुक्त जे भए पनि दक्षिण एशियामा मगर जातिको प्राचीनता के र कति भन्ने बारेमा सरोकार राख्दै आएका कारण पनि यसबारेमा धेरथोर लेख्ने प्रयत्न गरेको छु मैले आज |]

 लेखक बि. के. राना
दक्षिण एसियाको हिमाली मुलुक नेपालमा विभिन्न जातजातिका मानिसहरु बसोबास गर्दछन् | उनीहरु मद्धे मगर जाति मुलुकको एक प्रमुख जाति हो | सरकारी तथ्यांकका हिसाबले  भन्ने हो मगर जाति गौरवमय इतिहासको धनी नेपालका क्षत्री र ब्राह्मण पछि क्रमश: तेश्रो सबभन्दा ठूलो जनसंख्या भएको जाति हो | तर, सम्बन्धित विद्वान् वा समुदायका अगुवाहरुले  यो सरकारी तथ्यांकलाइ सही मानेका छैनन् | खैर, यस विषयमा कुरा गर्दै गरौला पछि कुनै अर्को लेखमा | आज एउटा छुट्टै प्रसंग, छुटै चर्चा गरौ जस्तो  लाग्यो |
आफु मगरको सन्तति भएका नाताले यो लेखकलाई पनि आफ्नो जातिको इतिहास, भाषा र संस्कृतिका बारेमा धेरथोर चासो हुनु स्वाभाविकै हो | यसरी कुरा गर्दा वा सरोकार राखिदा जातिवादी होईन्छ होईन्न त्यसबारे  यस लेखकले कुनै सरोकार राखेकै छैन किनभने आफ्नो जातिको अर्थात् अझ स्पस्ट भाषामा भन्ने हो भने आफ्नो पुर्खाको गौरवमय इतिहास, छुट्टै स्वतन्त्र भाषा र विशिष्ट संस्कृति यसै पनि सधै प्रिय र मीठो लाग्दो रहेछ | यस्तै लागेको छ मलाइ पनि | र, यस्ता कुरा उठाउनु ठीक हो होइन त्यसबारे छुट्टै वहस गर्न सकिएला |
आज २१सौं शताव्दीसम्म आइपुग्दा पनि सम्पूर्ण मगर समाज अझै विकासशील अवस्थामा नै रहदा यस समाजका बारेमा अलिकति चिन्तन मनन गरिदो रहेछ यसै पनि | कम्तिमा पनि मलाइ त यस्तै हुने गर्दछ`| तर, प्राज्ञिक अभ्यासमा यसप्रकार खास जाति विशेषको आग्रह गरिनु वा कुरा उठाउनु आफैमा उपयुक्त-अनुपयुक्त जे भए पनि दक्षिण एशियामा मगर जातिको प्राचीनता के र कति भन्ने बारेमा सरोकार राख्दै आएका कारण पनि यसबारेमा धेरथोर लेख्ने प्रयत्न गरेको छु मैले आज |
त्यसो त मगर जातिको मानवशास्त्रीय अध्ययन-अनुसन्धान स्वयम् सम्बन्धित विद्वानहरु अर्थात् 'नेटिभ लेखक'हरुबाट हुदा सार्है राम्रो हुने हो तर त्यस्तो भै सकेको जस्तो लाग्दैन | खुद हाम्रा मगर जानिफकार वा अग्रजहरुबाट नै सूचना र तथ्य वा प्रमाण हासिल गरेर बाहिरका अरुहरुले केही अध्ययन गरिदिएकाछन वा लेखिदिएका त्यो पनि राम्रै भएको छ | अनि हामी तत्त अध्ययन-अनुसन्धान बढी रुचिका साथ पढ्ने गर्दछौ | वस्तुतः हामी त्यस प्रकारको अध्ययन-अनुसन्धानलाइ स्वीकार गर्दछौ, गर्दै  आइरहेका पनि छौ |
हिमाली क्षेत्रका सबैजसो आदिवासी जनजातिका कुरा यस्तैयस्तै छन | आफ्नो कुरा बाहिरका अरुले लेखिदिएका छन | यस्तो स्थितिमा ति बाहिरियाहरुले गरेका व्याख्यान विश्लेषणमा यताउता भएका खण्डमा अफ्ठ्यारो हुन् जानु स्वाभाविकै हो | यस्तो चाहिँ एकजना जापानी विद्वान् जिरो कवाकिताले लेखेका "पहाडका मगर जाति र उनका छिमेकीहरु  : गङ्गा नदीको समथर मैदान आसपासका पहाडी जातिहरु - १९७४ " (THE HILL MAGARS AND THEIR NEIGHBOURS: HILL PEOPLES SURROUNDING THE GANGES PLAIN - 1974 ] नामको किताबमा अलिकति नमिल्ने खालका कुराहरु पनि परेकाले त्यसबारे विरोधको स्वर सन् १९९० को दशकतिर पनि उठेको थियो |
अब यसकुरालाइ यहि छाडेर मगर जातिको प्राचीन इतिहासका कुरा गरौ | मगर जातिको प्राचीन इतिहास के कस्तो थियो त ?
महाभारत र पुराणमा मगरका कुरा ?
केही भारतीय तथा पाश्चात्य विद्वान हरुले  मगर जातिको उल्लेख महाभारतमा पनि भएको कुरा औल्याएका छन् | विश्व प्रशिद्ध  हार्वार्ड  विश्वविद्यालयका प्राध्यापक तथा  विख्यात इन्डोलजिष्ट माइकल वित्ज़लका अनुसार मगरहरु महाभारतकालमा नै चिरपरिचित थिए भन्ने लेख्नु भएको छ | किनभने महाभारत महाकाव्यको भाग ६ अध्याय १२ का ३३ र ३४ श्लोकहरुमा हालको हाम्रो मगर जातिलाइ सम्बोधन हुन सक्ने क्रमश: 'मगाश र मगा" भन्ने दुइ नाम शव्दहरु आएका छन् | जस्तै :-
३३. तत्र पुण्या जनपदाश चत्वारॊ लॊकसंमताः
मगाश च मशकाश चैव मानसा मन्दगास तथा
३४. मगा बराह्मणभूयिष्ठाः सवकर्मनिरता नृप
मशकेषु तु राजन्या धार्मिकाः सर्वकामदाः
अब यहाँ कुरा के पनि आउछ भने स्वयम महाभारतको प्राचीनता के कति हो त ? यसबारेमा भारतीय विद्वानहरुको मतानुसार महाभारतको युद्ध ३१३९ इशा पूर्व अर्थात् ५,१५१ वर्ष पहिले भएको थियो | तर यो मितिमा विवाद रहेको छ हालसम्म पनि | पाश्चात्य विद्वानहरु के अनुमान लगाउदछन् भने महाभारत महाकाव्य ९०० इशा पूर्व अर्थात् चानचुन २९०० वर्ष पहिले लेखिएको हो | ति माथि उल्लेख भएका " मगाश र मगा" ले आजका मगर जातिलाइ सम्बोधन गर्ने नगर्ने बारेमा थप विश्लेषण  हुनु बान्छनीय छ | यसबारे छुट्टै चर्चा पछि गरिने छ |
यसबाहेक 'मंगर' नाम शव्द कुर्म पुराण को ४९:३६ सौ श्लोक र विष्णु पुराणको २. ४. ६९ श्लोकमा पनि प्रयोग भएको छ | भारतीय विद्वान् राधाकृष्ण चौधरीले यी पुराणहरुमा आएका 'मंगर' शव्दले हालका मगरहरुलाई बुझाउने कुरा लेख्नु भएको छ | (वित्ज़ल  1993 :226)
तर यी माथि भनिएका महाभारत, कुर्म पुराण वा विष्णु पुराणमा वर्णित 'मगाश', 'मगा'  वा 'मंगर'ले  हालका मगर जातिलाइ नै बुझाउदछन भन्नेमा यसै हो भन्ने अवस्था छैन किनभने संस्कृत भाषाको 'मग' शव्दबाट यीमाथिका शव्दहरु व्युत्पन्न भएकाछन् वा बनेकाछन्  । र, यो  'मग'  शव्दले सूर्यको पूजारी मुख्य रुपमा ब्राह्मणहरुद्वारा  मात्र बसोबास गरिएको भनिएको शकद्वीपका  वासिन्दालाइ  बुझाउदछ । सूर्यको पूजारी हुनु रब्राह्मणहरुको वाहुल्य भएको प्राचीन शकद्वीपमा  आजका मगरहरुका पूर्वजहरु बसोबास गर्दथे भन्न का निम्ति यो मात्र कुनै गतिलो आधार हुनसक्दैन । त्यसमा एउटा मात्र विचारणीय पक्ष के छ भने उही 'मग' शव्दबाटबन्ने अर्को शव्द  'मगस'ले  चाहिँ शकद्वीपका लडाकु  जातिलाइ पनि जनाउदछ (मोनियर 1899: 772)। मगर जाति वस्तुतः एउटा लडाकु जाति पनि हो । तर, यसकै आधारमा मात्र यो कुरोको निरुपण हुन् सक्दैन किनभने आजका मगर जातिको तीनै किसिमका भाषाहरु भोट-बर्मेली परिवारका भाषाहरु हुन् भने संस्कृत भारोपेली परिवारको भाषा हो। यहाँ भाषिक भिन्नताका कारण पनि यस कुरालाई स्वीकार गर्ने ठाउ छैन।
प्राचीन 'मगध' राज्यका बासिन्दाहरु वर्णाश्रम व्यवस्था मान्दैनथे । त्यसै हुनाले पनि त्यसले माथीको कुरालाइ स्पष्ट गर्दैन ।न त सो मगधमा पर्ने हालको 'मुङ्गेर' जिल्लाले नै  स्पष्ट गर्दछ (झा 2004: 82) । प्राचीन मगधवासीहरु गीत गाइहिड्ने 'गाईने जस्ता' थिए पनि भनिएको पनि छ  (मोनियर 1899: 772)। त्यो पनि आजका मगरहरुको परम्परा होइन ।
तिब्बत र 'मंगोर'का कुरा
तिब्बतीहरु आफुहरुलाई 'बो' भन्दछन । यो तिब्बत भन्ने शव्द  'तिबे ' वा 'थिबे' ( Cf : नेपालका 'थेबे' थरका लिम्बुहरुसंग तुलना गर्नुहोस)बाट आएको छ । ज्यान्बेइ (Xianbei)  भाषामा तिब्बतीहरुलाई 'तिबे ' वा'थिबे' भनिन्छ । त्यो 'तिबे ' सम्भवत: तोबा ज्यान्बेइ (Tuoba Xianbei)  को  नामबाट आएको पनि हुनसक्छ ।तोबा ज्यान्बेइ (Tuoba Xianbei)  ले दक्षिण लियांगको स्थापना गरेका हुन् भन्ने विश्वास गरिन्छ । यसमा 'छागनमंगोर' अर्थात सेता मंगोल ("Chaghan Monguor"or White  Mongols ) को कुरा गर्नु पर्ने हुन्छ । यसमा 'मंगोर' भन्ने शव्द 'मुरोंग ज्यान्बेइ' (Murong Xianbei) भाषाबाट  बनेको हो भन्ने भनाइ छ । फ्लेमिश क्याथोलिकमिशनरी लुई स्क्य्रामले  सन् 1911 -1922 का बीच यो 'मंगोर'  वा 'मंगोल' भन्ने शव्दलाई अन्तर्राष्ट्रियकरण गरेका हुन् ।
जहाँ सम्म 'मंगोल' जातिको कुरा छ ; यही 'मंगोल'बाट  'मंगर वा मगर' बनेको देखिन्छ । 'मंगोर' भाषामा 'मंगोलियाली भाषा'को अन्तिम  'ल' अर्थात 'मंगोल'को 'ल'लाइ  'र' उच्चारण गरिन्छ। यसरी  मगर शव्दको व्युत्पत्ति भएकोदेखा पर्दछ सरसर्ती हेर्दा । तर लुई स्क्य्राम' भन्दा  सय वर्ष वा सो भन्दा पनि पहिले नै कर्णेल  कर्कप्याट्रिकले नेपालका 'मगर'हरुबारे उल्लेख गरिसकेका हुन् (कर्कप्याट्रिक 1811 :249)। उनले 'मुङ्गर' वा ‘मंगर’ लेखेका छन् ।
एउटा चाख लाग्दो कुरा के पनि छ भने शाह राजाहरुको कुनै पनि लालमोहरहरुमा आजका सम्पूर्ण मगर जातिको 'जात जनाउने' शव्द 'मगर' भने कहिँ कतै उल्लेख छैन । बरु, मगर जातिका बिभिन्न थरहरु जस्तै: राना , थापा ,खड्का, आले, रोका , मास्की, ग्यामी, पुलामी, भुषाल,  थापासारु, अर्घुम्ले, त्रोक्छाकी, जैसिराना, थापाझेडी , थापारखाल,  थापासिन्जाली , अस्लामी, गरन्जा, आले त्रोक्छाकी, तर्कुले राना' इत्यादी  भने बारम्बार प्रयोग गरिएको छ ।(क्रमश:)
सन्दर्भ सूचि :
 क) विभिन्न लालमोहरहरु
ख) योगी, नरहरिनाथ - 2022: इतिहासप्रकाशमा सन्धिपत्र संग्रह  भाग -1
ग) रेग्मी, शारदाप्रसाद - वि. शं  2009 : गोर्खावंशावाली
a) Jha, D. N. - 2004: Early India, A Concise History . Manohar Publishers & Distributors, New Delhi.
b) Kirkpatrck , Colonel - 1811 : Account of the  Kingdom of Nepaul : London
c) Monguor : Wikipedia
d) Monier-Williams, Monier - 1899: A Sanskrit-English Dictionary – Oxford
e) Toffin, Gerrad - 1993: Nepal Past & Present - CNRS, Paris
@ https://sites.google.com/site/rana1616/daksina-esiyako-itihasama-magara-jatiko-pracinatako-prasna


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...