Friday, October 07, 2022

नेपाल-चीन सम्बन्ध बढाउने उपन्यास ‘रुइबा’

 नेपाल-चीन सम्बन्ध बढाउने उपन्यास ‘रुइबा’

Kantipur, आश्विन १९, २०७९गणेश राई

काठमाडौँ — गैरआवासीय नेपाली लेखकद्वारा लेखिएको सर्वोत्कृष्ट कृतिलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिँदै आएको छ । सन् २०२२ का निम्ति छनोटमा परेका पाँच उत्कृष्ट कृतिमध्ये ‘रुइबा’ उपन्यास एक हो । उपन्यासकार हुन्– चेतनाथ आचार्य, जो पत्रकार हुन् । बेइजिङमा रहेर पत्रकारिता गर्छन् 

पछिल्लो कालमा लेख्नका लागि लेख्ने र पुस्तक छाप्ने परम्परा बढेको छ । तर केका लागि, किन लेख्ने स्पष्ट भएपछि लेखिएको कृति हो– रुइबा । नेपाली चेली चीनको जेलमा सन् २००६ अक्टोबरदेखि थुनिएका छन् । चीन पुग्न सजिलो छैन । चीनको जेलमै थुनिएका मान्छेलाई अर्को नेपाली अर्थात् जेलमा बसेका मान्छेको आफन्तले भेट्न सक्ने कुरै रहेनछ । धन्न चीनमै कार्यरत नेपाली पत्रकार/लेखकले त्यो मौका पाएकाले लेखिएका हुन्– रुइबा । समाचार लेख्दा बढीमा हजार शब्द हुन्थ्यो । तर सिंगो कथा उधिन्न लामै शब्द उन्नुपर्ने हुन्छ । यसरी रुइबा ६५ हजारभन्दा बढी शब्दमा उनिएको छ 

औपन्यासिक सूत्रमा बााधिएको ‘रुइबा’मा न्याउलीको एकल कथामात्र छैन । सिंगो बौद्धमार्गी तामाङ जातिको भाषा, संस्कृति, लोकपरम्परा बोकेको छ । रुइबा बुद्ध धर्म र तामाङ संस्कृतिको लुङ्दरले बेरिएको छ । ‘रछ्छे गर ल्हापसाङकर्पो !’ अर्थात् आपतविपतको बेला उही गणेश हिमाल पुकार्ने समुदायको प्रतिनिधित्व छ । देश नेपालको धादिङ जिल्लाको उत्तरी भेग रुबिभ्याली आसपासको जनजीवन छ, जसलाई ‘पाबाङ गाउा’ उपनाम दिइएको छ । न्याउलीलाई भेट्न पत्रकार जब जेलमा पुग्छन्, त्यसपछि बक्न थाल्छिन् आफ्नो कथाव्यथा । सररर रिठ्ठो नबिराई बहदेखि गाउँघर, गोठ, मेलापातको गोहोसम्म बक्छिन् । र भन्छिन्- ‘जसको नुन खायो उसैको कुभलो चिताउन आमा र लामाले कहिल्यै सिकाएनन् ।’

दोर्जेकी प्रियतमा हुन्, न्याउली । दोर्जे मामाका छोरा र न्याउली फुफुकी छोरी । आपसमा विवाह गर्न पाउने सामाजिक परम्परा छ, त्यही फेरोमा दोर्जे र न्याउली पनि दाम्पत्यमा बाँधिए । दुर्गम पहाडी ग्रामीण जनजीवनको व्याख्या गरिबीबाट सुरु हुन्छ । गरिबीसँग टाासिएका अनेक लिखाहरू प्याट्ट–प्याट्ट कोरलिएर मान्छेका सपनाहरू तुहाइदिन्छन् 

मायाले संसार नथाम्ने भएपछि दोर्जे वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यताले गाँज्यो । मेनपावरले कालोबजारी गरेपछि छातीको कालो दाग लिएरै दोर्जे त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलाबाट बाहिरिए । नाबालक छोरा मंगले र गर्भवती पत्नीलाई छोडेर हिँडेका दोर्जे मलेसिया पुगे । बिहे भएको तीन वर्ष नपुग्दै बाध्यताले टाढिए, दोर्जे र न्याउली । त्यही बेलादेखि न्याउलीको जिन्दगीमा तुषारापात सुरु भएको हो । यता न्याउलीले एक सोमबार छोरी जन्माइन् । नाम जुर्‍यो– सोममाया 

घरबारी उकास्न, साहुको ऋण फच्चे गर्न विदेश गएका दोर्जेको उता मलेसिया पुगेको केही महिनामै प्राणपखेरु उड्यो । त्यसपछि त न्याउलीको जीवनधरा हिउँले पुरियो । सेताम्मे हिउँ पन्छाउादै घामको न्यानो खोज्ने क्रममा न्याउली १६ वर्षदेखि हालसम्म चीनको जेलमा छिन् । उनलाई स्याउ न्याओ भनेर बोलाइन्छ । उनको शारीरिक रूपरंग चिनियाँजस्तै हुनु र न्याउलीको अर्थ सानी चरी हुने भएकाले उनलाई जेलभित्र ‘स्याउ न्याओ’ भनिएकी हुन् 

कारुणिक उपन्यासमा न्याउली तामाङको जीवनकथा उनिएको छ । न्याउलीको जन्म २०३७ चैतमा भएको हो । उपन्यास आत्मपरक शैलीमा लेखिएको छ । चिनियाा काउथे रेल जति द्रूत गतिमा कुद्छ, त्यत्तिकै गतिमा न्याउली अर्थात् स्याउ न्याओको आत्मकथा कुदेर पाठकको मनोआइल्यान्डमा बस्छ । चीनको सछ्वान प्रान्तको कुनै जेलमा पुर्‍याउाछ, जहाा अहिले पनि न्याउली न्यायको पर्खाइमा छिन् 

लौ हाम्रो छोरी तिम्रो हातमा सुम्पेका छा । यसको रुई (हड्डी) र थरबाहेक आपाको रगत र आमाको रगत आजुदेखि तिम्रो भोयो । यसको रुइबा (वंश) माइतीकै अधिनमा रहन्छा । कालगतिले वा आगातिले मरेमा माइतीलाई रुई फिर्ता हुनुपर्छा ।’ न्याउलीलाई दोर्जेको हात सुम्पिदा भनेका थिए, आकु र आपाग्रेनले । त्यही नामबाट उपन्यासको नाम रहेको हो– रुइबा अर्थात् वंश 

सोममायाको कथा बेग्लै छ । न्याउली दु:खको गााठो फुकाउन सानी छोरीलाई काखी च्यापेर सहर छिरिन् । विशाल काठमान्डु सहरको एउटा सानो होटल साउनीको शरण लिन पुगिन् । छुच्ची साउनीको पिटाइबाट नाबालिका सोममाया थलिइन् । ज्वरोले निस्लोट छोरी बोकेर आलापविलाप गर्दै सडकमा भौतारिरहेकी न्याउलीले त्यही होटलबाट भागेर खलासी बनेका केटो विकासलाई भेट्नु, अस्पताल पुर्‍याएर उपचार गराउनु अविष्मरणीय छ । डाक्टरी उपचारपछि छोरी तङ्ग्रिन्छे । यसपछि न्याउलीले कसैको भनाइमा बालमन्दिरमा ती नाबालिका छोरीलाई बुझाएकी हुन् । अनि फुक्काफाल बनेकी न्याउली महिला अधिकारकर्मीका रूपमा परिचित दयादिज्यू, देवीदिज्यूको उद्धारमा पर्छिन् । तिनै दिज्यूले सिकाएको सभ्यताको पाठ घोक्न खोज्दा नेता, मन्त्रीका बाहुपासमा पठाइन्छन् । उद्धारको नाममा गरिने त्यसखाले हर्कतबाट न्याउली भाग्छिन् 

न्याउली र दोर्जेका छोरा मंगले, जो पाँच वर्षको हुादा पाबाङ गाउँमै छाडिए । उनी त्यतैतिरै छन् । न्याउलीले अढाइ वर्षकी छोरी सोममायालाई बालमन्दिरमा बुझाएकी थिइन्, उनी यतिखेर जर्मनीमा कुनै विदेशी आमाको साथमा छिन् । उमेरले ४१ न्याउली चीनको जेलमा मुक्तिका दिन कुरिरहेकी छिन् । न्याय दिलाउन सछ्वान प्रान्तका वकिलद्वय मिन यी न्याउलीको पक्षमा र क्वो ली मदन तामाङको पक्षमा मुद्दा लडिरहेका छन् । न्याउली सम्भवत: सन् २०२३ मा जेलबाट छुट्ने छिन् । त्यसपछि यही संसारको कुनाकाप्चामा रुमलिरहेका न्याउली र उनका कोखेसन्तान मंगले र सोममाया आपसमा भेट गर्न/गराउन सकिनेछ । त्यतिखेर यी तीन प्राणी मरिकुच्चे जिन्दगीको चौतारामा बिसाएर अकल्पनीय विरह पोख्न सक्नेछन् । उतिबेला यो उपन्यास पढेका हामी पाठकले उही पत्रकार चेतनाथ आचार्यबाट लिखित न्याउली स्वतन्त्रताको समाचार पढ्न पाउने प्रतीक्षामा छौं 

नेपाली उखान छ– उपियाँ उफ्रेर जान्छ, उडुसको काल । न्याउली एक उडुस हुन् जो आदिवासीय गन्ध उनको आङमा काई परेको छ । दोर्जेलाई विदेश पठाउने सेते तामाङ, तिनका सहयोगी टिमुरेहरू समाजमा निर्धक्क छाती फुलाएर हिंडिरहेका छन् । ‘सपनामा सिन्डेले र विपनामा सेतेले बारम्बार सताउँथे । पीर बोक्ने सिन्डे र गाउँका युवा खेप्ने सेते दुवै डरलाग्दा थिए ।’ प्रसंग छ । धेरै पैसा कमाउन सकिन्छ भनेर न्याउली र मदनजस्ता निम्छरा मान्छेलाई लागूपदार्थ हिरोइन निल्न लगाएर, अझ यौनाङ्गमा राख्न लगाएर एयरपोर्टबाट छिराउँछन्, अपरिचित देशतर्फ । अन्तत: जेलको बास त्यही निरीहहरू बस्छन् । उपियाारूपी विनोदजस्ता तस्करहरू सधैं उम्किन्छन् । उफ्रेर जान्छन् । राज्यको कुनै कानुनले बाँध्न सक्दैन । उल्टै कानुन बनाउनेहरूको साथ लिएर खुलेआम भइरहन्छन् 

नेपालको भ्रष्ट राजनीति, आडम्बरको मजेत्रो ओडेर गरिएको अमानवीय कर्तुत, मानव तस्करीको जालो, सधैं दक्षिणतर्फ मात्र देख्ने आँखा उत्तरतर्फ पनि मोड्न कर लगाएको छ, कथावस्तुले । उपन्यासभित्र उपकथा धेरै छन् । मूलकथाले नेपाली समाज अझै उकालो लाग्न न्याउलीहरूको आयुले नपुग्ने स्पष्ट संकेत दिएको छ 

फिनिक्स बुक्सले २०७८ असोजमा प्रकाशित गरेको यस उपन्यास सीमित विषयमाथि गहन र मिहिन अध्ययनको निचोड हो । यसमा प्रयुक्त तामाङ मातृभाषा र नेपाली भाषालाई स्थानीय लवजमा जस्ताको तस्तै प्रयोग गरिनु मुख्य विशेषता हो । यसैगरी चिनियाँ संस्कृति, परम्परा, स्थानीय शब्दको प्रयोग उत्तिकै जीवन्त तुल्याएको छ । यद्यपि नेपाली पाठकले ती शब्दको अर्थ खुट्याउान सक्दैनन् 

साहित्यिक आधारभूमिले नेपाल–चीनबीचको सम्बन्धलाई जोडेको छ । औपन्यासिक कथावस्तु पत्रकारीय शैलीमा अभिव्यक्त भएकाले पाठकलाई प्रत्येक विषय स्पष्ट बुझेर, मनन् गराएर आँसुको संवेगमा बहाउन सफल छ । लेखक तथा उपन्यासकारको छैटौं कृति भएकाले पनि उधुमै खोट लगाउनुपर्ने ठाउँ रहेन । रुइबाले नेपाली उपन्यास साहित्यमा यस कृतिले एक आयाम थपेकोमा औधी खुसी लागेको छ 

 

Thursday, September 15, 2022

मारूनी नाँच र यसको बिधि तथा परम्परा


 मारूनी नाँच र यसको बिधि तथा परम्परा

 https://fairnepal.net/6570/, November 1, 2021

 

मारूनी नाच नेपालको माैलिक एवं परम्परागत नाच हो।

याे नाचमा पुरुषलाई महिलाको कपडा पहिराएर मारूनी बनाएर मादलको तालमा पुराना पौराणिक कथाहरू रामायण, महाभारत, कृष्णचरित्र अादिमामा आधारित गीतहरू गाएर नाचिन्छ ।

यो नाच नेपालका मगर, गुरुङ जातिको मुख्य संस्कृति हाे । तर पछिल्लाे समय पुस्तान्तरण हुन नसक्दा यो मारुनी नाच लोप हुने स्थितिमा पुगि सकेको छ। दशैँकाे कालरात्रीबाट विधिबत शुरू हुने याे नाँच मंसिरे पूर्णिमामा मादल पुजेपछि मात्र अन्त्य हुन्छ ।

यद्यपी अाजभाेलि परम्परागत बिधिपूर्पक नाच्चे प्रचलन भने लाेप भइसकेकाे छ । गुल्मी, पाल्पा, तनहुँ, म्याग्दी र बाग्लुङका केही स्थानमा अहिले पनि यदाकदा नाच्ने गरिए पनि माैलिकता भने हराउँदै गएकाे छ ।

युवा पुस्तामा लाेक तथा दाेहाेरी गायक प्रसाद खप्तरी मगरले याे गीतकाे संरक्षाणका लागि केही प्रयास गरे पनि अन्य कलाकार वा मगर गुरूङ समुदायकै अगुवाहरू यसकाे संरक्षणका लागि लागेकाे देखिँदैन ।

पहिले मारूनी नाच परम्परा मात्र हाेइन मनाेरञ्जनकाे माध्यम पनि थियाे तर अहिले अाधुनिकता र पश्चिमा संस्कृतिकाे प्रभाबका कारण लाेप हुँदै गएकाे छ ।

त्यसाे त याे नाँचकाे सबै विधि पुरा गर्न निरन्तर लामाे समय दिनु पर्ने भएकाले पनि ब्यस्तताका कारण नसकिएकाे जानकारहरू बताउँछन् ।

मारूनी नाचको एक समूह

मारुनी नाँचमा दुर्इ जना मारूनी दुईदेखि तीनजना मादले (मादल बजाउने मान्छे), एक जना पुरसिँगे र ६ जनादेखि १० जनासम्म गायकहरू हुन्छन्।

गायकहरूमा एक जना गुरु हुन्छ जसलाई मारुनी नाचको बारेमा सबै थाहा हुन्छ, जसले मारूनी नाचमा गाइने हरेक गीतहरूको लय जानेको हुन्छ, जसले नाचमा बजाइने ताल र नाचिने चालको बारेमा पूरा ज्ञान हुन्छ,

त्यसैलाई मात्र गुरु मानिएको हुन्छ । खास गरेर दशैँ, तिहार, देउसी, भैलीमा नाचिन्छ । कहीँकतै न्वारन, पूजा इत्यादी उत्सवहरूमा यो मारूनी नाँच नाच्ने गरिन्छ । यसकाे अाफ्नै विधि र परम्परा छ ।

मारूनी

मारूनी नै यो मारूनी नाचको मुख्य पात्र हुन् । दुइजना जुङ्घा दारी न आएका कलिला केटाहरू अथवा जुङ्घा दारी खौराएका ठुला पुरुष मानिसलाई महिलाको कपडा जस्तै:- चोलो, गुन्यू, चुरा, पोते, तिलहरी आदी महिलाले लगाउने गहनाहरू पहिराएर मारूनी बनाइन्छ।

मारूनीहरू मादलेकोसँगै अगाडि पछाडी घुमेर नाँच्दछन्। मारूनीलाई सिङारू (सिंगारीयको मान्छे) पनि भनिएको सुनिन्छ। सिङारू एक पटक बनि सके पछि नाचको पुरा अवधि सम्म तिनै मानिसहरू बाहेक अरु बदलिन पाउदैनन्।

पुरसिङे

पुरसिङे मारुनीहरू सँगै नाच्ने एक अर्को पात्र हो। पुरसिङेले महिलाको कपडा लगाएको हुदैन । पुरसिङे मादले र मारूनीकाे अघिपछि नाच्छ ।

भने याे नाचकाे समग्र लिड नै पुरसिङेले गरेकाे हुन्छ । पुरसिङेले हाउ भाउ तथा ताल चाल पुरै मारुनीकै मिलाउनु पर्ने भएकाले यसलाई पुरसिङे भन्ने गरिएकाे हाे ।

मादले

मादलेको पदबाटै थाह भएको छ की यिनिहरू मादल बजाउने मान्छे हुन्छन्। मादलेहरूले मादल कमरमा भिरेर बजाउदै मारूनीसँगै नाच्ने गर्छन्।

मादलेहरूमा एकजना गुरु मादल भिरेको हुन्छ गुरुमादल बजाउने मान्छेले मादलको ताल निकाल्छ । मारूनी नाचमा गीत अनुसार मादलको ताल पनि अलग अलग हुने भएकाले यदी मादलको ताल बिग्रियो भने र गुरुलाई स्वर तथा गीत परिवर्तनको संकेत दिनु परेमा गुरु मादल बजाउने मादलेले नै मादलमा जोरले ठोकेर ताल दिन्छ अथवा गुरुको अगाडि गएर मादल ठोक्छ ।

यसै गरी मारूनीलाई नचाउने मुख्य काम मादलेहरूको हो । मादलेले जुन चालमा खुट्टा चाल्छ, जुन तालमा मादल ठोक्छ, त्यसै तालमा मरूनीले नाच्नु पर्ने हुन्छ र मादलेहरू एक पछि अर्को बदलिन सक्छ ।

लाखे

लाखे पनि मारूनी नाचको एक मुख्य पात्र हो । एक जनालाई मुखमा लाखे खपर अथवा कार्टुनिस्टहरूले प्रयोग गर्ने मुखौटा लगाएर र शरीरमा पराल बाँधेर एक लाखे बनाइन्छ । लाखेको हातमा एक बाङ्गे लौरो हुन्छ ।

लाखेको मुख्य काम नाँचमा व्यांगात्मक कलाहरू देखाएर मनोरञ्जन गराउनु हो । यो बाहेक लाखेले दर्शकहरूबाट केही पैँसा माग्ने पनि गर्छ । लाखेलाई मारूनीको पतिको रूपमा बनाइएको हुन्छ ।

कतै कतै मारूनी नाचमा लाखे र मारूनीलाई महादेव र पार्वती को जोडी पनि भनिन्छ । त्यसैले लाखेलाई धेरै जिस्कायो भने भैरव चढेर बहुलाउछ भन्ने विश्वास गरिन्छ । [१]

मारुनी नाचमा प्रयोग हुने बाजाहरू

मारूनी नाचमा प्रयोग हुने बाजामा मादल मुख्य बाजा हो, मादलमा एक गुरु मादल पनि हुन्छ। मादल मादलेहरूले कमरमा भिरेर बजाउदै नाँच्दछन्।

यसै गरी खाँकर अर्को मुख्य बाजा हो, खाँकरलाई मारुनी तथा मादलेहरूले नाँच्दा खुट्टामा लगाउँछन्। खाँकर एक पितल र काँसोको मिश्रण धातु (जसलाई नेपालको गाउँले भाषामा “भरत धातु” पनि भनिन्छ) बाट बनेको गोलाकार रिँग हो।

रिँग भित्र साना साना फलामका गोटीहरू भरेको हुन्छ, जसले गर्दा खाँकर हल्लिदाँ “छम-छम” गरेर बज्दछ। यसै गरी मंजीरा मारूनी नाचमा प्रयोग गरिने अर्को बाजा हो। मंजीरा गायक टोलीले बजाउने गर्छन्। मारूनी नाचमा अन्य बाजाहरूमा बाँसुरी, मोरचंगा, हारमुनियम, गितार आदी आधुनीक बाजाहरूको पनि प्रयोग गर्न सकिन्छ।

केही प्रचलित गीतहरू

मारूनी नाचमा मारूनी नचाउनको लागि पौराणिक कथामा आधारीत गीतहरू गाइन्छन्। यसका साथै मारूनीको रूपको वर्णन, नाचको सुरुवात तथा अन्तमा प्रयोग हुने आरम्भ गित र अन्त्य गित, नाचको बीच बीचमा सल्याणी टप्पा आदी पनि गाइन्छन्। गितका केही उधारणहरू यहाँ दिइएका छन्।

आरम्भ गीत

पूरवै सुमेरू, पश्चीमै सुमेरू धार मधुम। चारै दिशा चारे किल्ला सुमेरू धार मधुम॥” अथवा पूर्व, पश्चीम, उत्तर, दक्षिण चारै दिशा चारै किल्लालाई बाँधेर राख्छौँ ताकि हाम्रो कार्यमा कुनै बाधा न आवस्।

उघारैलो, उघारैलो, सुनकै सँघार रूपकै द्वार उघारैलो, धारमी द्वार उघारैलो।” अथवा सुनको दरबाजा र रूपको खाँबा (सँघार) भएको यो संस्कृतिको ढोका उघारौँ।

हामरो नाचकी सरस्वती देवीले शरण देउ। शरण देउन शरण देउ सरस्वती देवीले शरण देउ” अथवा हामीहरू सबै मिलेर हाम्रा देवी देवताहरूलाई प्रणाम गरौँ । जसले गर्दा ति देवी देवताहरूले हाम्रो नाचलाई शरण दिउन् । (यसमा सरस्वतीको मात्र नभएर सबै देवी देवताहरूको नाम लिइन्छ।)

रामायण गीतहरू

बारहै बरषको सोमवारे औँसी लैजाउ लैजाउ श्रवण तिरथ घुमाउन।”

अथवा बाह्र बर्षमा एक पटक सोमती आमावस्या परेकोले यो पुण्य तिथीमा श्रवण कुमारका आमा बाबुले तिर्थ घुम्ने इछ्छा प्रकट गर्छन् ।

शिव शिव राम राम भानिजलाई बाण लाग्यो।” अथवा श्रवण कुमारले आफ्ना आमा बाबुलाई घुमाउन लगेको क्रममा जंगलको कुवामा पानी भर्दा राजा दशरथको बाण लागेर घाइते श्रवण कुमारलाई देखेर राजा दशरथले पश्चाताप गर्छन् ।
बाहिर बस्यो लक्षुमन बाहिर रह्यो राम । हेर दाजु राम चन्द्र देहलीका थाम । हेरें भाइ लक्षुमन लेख्यो वनवास ।”

अथवा रामलाई राजा दशरथले वनवासको आज्ञा गरेका दिन राम र लक्ष्मण दरबार प्रवेस गर्दा राम भित्र पसे भने लक्ष्मणले दैलो अथवा देहलीमा रामले वनवास जानु पर्ने सूचना टाँसेको देखेर दुइ भाइले आपसमा कुरा गर्छन् ।

लैगो लैगो सिता लैगो, लङ्कापति रावन्नेले सिता लैगो । ” अथवा राम वनवास गएको बेला लंकाको राजा रावणले सीतालाई हरण गरेर लियो ।

श्री राम नारायणले अश्वमारी जग्य लायो” अथवा भगवान श्रीरामले अश्वमेध (अश्वमार्ने) यज्ञा लगाए ।
यसै प्रकार रामायण तथा महाभारतलाई गीतहरूको पारामा ढालेर गाउँदै मारूनीलाई नचाइन्छ।

मारूनीलाई फुल्ल्याउने गीतहरू

शिरखण्ड काठको मादलु मेरो बजाउ गुरु दम दम, नाच मेरी मारूनै आगनीमा छम छम।”

नाच मारूनै मादलेको अगी पछि नाच मारुनै।”

यस्तै प्रकारका अनेक गितहरू बीच बीचमा गाएर मारूनीको हौशला बढाएर नचाइन्छ।

टप्पा

टप्पा सल्यान जिल्ला तिरको प्रचलित गीत भएर होला यसलाई सल्यानी टप्पा पनि भनेको सुनिन्छ। केही टप्पा गितहरू:-
चामल सरी आटो जुमलाको तिते फापर, जुम्ला जाने बाटो सिकाइ देउन मारुनी।

सँगै जाउँला बेंसी सितल पाटी झर्यौ भने, बनाइएल्यो आँसी, चिर्ते मिर्ते फलामको।
यस्तै प्रकारका अनेकौँ टप्पाहरू नाचको बिच बिचमा गाएर रमाइलो टप्पा नाच नाचिन्छ।

बीट मार्ने गीतहरू

मारूनी नाचको अन्तमा बीट मार्ने गीतहरू गाएर मारूनीले लगाएका कपडा गहना आदी फुकाल्न लगाइन्छ। केही बीट मार्ने गीतहरू:-
शिरैको शिरफूल खोलेर राख, हिजो थियौ जनाना आज मरिद।

आङको चोलिया खोलेर राख, हिजो थियौ जनाना आज मरिद।
यसरी नै बिट मार्ने गितहरू गाएर मारूनीको पहिरन उतार्न लगाएर मारूनी नाचको बीट मारीन्छ।

नाचको परम्परागत नियम

मारूनी नाच नेपाली समुदायको परम्परागत नृत्य भएता पनि यो नाचलाई जहिले कहिले जहाँ तहीं प्रदर्शन गर्दा अनिष्ठ हुन्छ भन्ने विश्वास गरिन्छ ।

मारूनी नाच प्रदर्शन गर्ने समुदायहरूमा दशैंको फूलपातीको दिन विशेष पूजा आजाका साथ नाचको आरम्भ गरिन्छ अथवा नाच बाँधिन्छ भने दशैं र तिहारको समयमा देउसी, भैलो, खेल्दा मारूनी नाचको प्रदर्शन गरिन्छ ।

चाडवाडहरू सिद्धिएपछी फेरी विशिष पूजाआजा गरेर नाच फुकुवा गरिन्छ अथवा नाचको अन्त गरिन्छ । नाच फुकुवा गरीसके पछी नाचमा प्रयोग गरिने मादल, खाँकर, मारूनीको लुगा, लाखेको खपर र लौरो आदी सबै सामानहरू लुकाएर राखिन्छ ।

यसरी नाच फुकाइ सकेपछी अर्को वर्ष नाच नबाँधुन्जेलसम्म नाचको प्रदर्शन गर्नु त परै जावस यदी गुरु मादल बजेको सुनिएमा पनि अनिष्ठ हुन्छ भन्ने जन विश्वास गरिन्छ ।

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...