Tuesday, September 29, 2020

भुमेको भूमिमा सांस्कृतिक उत्सव


 भुमेको भूमिमा सांस्कृतिक उत्सव

कुलदीप न्योपाने, २०७५, असार ११, दाङ ।

भूमे खामभाषी मगरहरुको मुख्य चाड हो । स्थानीय खाम भाषामा यसलाई ‘नाकोवाङे’ पनि भन्ने गरिन्छ । परापूर्व कालदेखि हरेक वर्ष असार १ गतेदेखि हप्ता १० दिनसम्म यो पर्व मनाउने चलन छ ।

त्यसको तयारी भने १ महिना अघिदेखि नै हुन्छ । जेठ १ गते बाजा फुकाएर सुरु हुने यो पर्वमा मुख्यगरी प्रकृतिको पूजा गरिन्छ । एकातर्फ हिउँदे बाली भित्रिएको खुशीयाली र अर्कोतर्फ वर्षे बाली सप्रियोस भनेर भूमि पूजा गर्ने यो पर्वको विशेषता हो । बाजागाजा बजाउन शुरु भयो भने प्रकृतिमा भएकाका चराचुरुङी किरा फट्यांग्रा संगीत सुन्न बाहिर निस्कन्छन् र बालीनालीलाई असर हुँदैन भन्ने जनविश्वास रहिआएकोे छ

मगर जाति मध्यपहाडी भेगमा बसोबास गर्ने बासिन्दा हुन् । यिनीहरुको आफ्नै कला संस्कृति, रहनसहन र भाषा छ । मगर क्षेत्र भाषिक हिसाबले तीन क्षेत्रमा बिभाजित छ । कालीगण्डकी पूर्वलाई बाह्र मगरात भन्ने गरिन्छ भने त्योभन्दा पश्चिम अठार मगरात तथा डोल्पा क्षेत्रलाई काइके मगरात क्षेत्रको रुपमा चिनिने गर्दछ ।

यिनीहरु परापूर्वकालदेखि नै अग्ला भीर काल्नामा बस्ने कृषिकर्म गर्ने चलन थियो । वर्षातको समयमा ती भीरपाखा पखेरामा बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोप नहोस् र बालीनाली सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् ।

मगर जातिले कुनै देवी देवताको पूजाआजामा भन्दा पनि बढी आफ्नै पूर्खा र प्रकृतिको पूजामा विश्वास गर्दछन् । मगरहरु खासमा प्रकृति धर्म मान्छन् ।

भूमे गाउँपालिका वडानम्बर ६ का देवबहादुर बुढामगर भूमे आदिवासी जनजातिको वार्षिक पर्व भएको बताउँछन् । ‘हामी अरु धर्म संस्कृतिमा भन्दा प्रकृतिमा भर पर्ने हुँदा यही समयदेखि भन्ने यकिन नभए पनि परापूर्वकालदेखि नै भुमे पर्व मनाउँदै आएका छौं ।’

मगर बस्तीहरुमा भूमि बाराह, सिद्ध बाराह आदिको पूजा गरेको समेत देख्न सकिन्छ । यो दिनमा मगर समुदाय बसोबास गर्ने बस्तीहरुमा सानोतिनो मेला नै लाग्ने गर्दछ । यसैले यस भूमे पर्वलाई गाउँघरमा भूमे मेला पनि भन्ने गरिन्छ ।

यो पूजा अठार मगरात क्षेत्रमा असार १ गते एकैदिन गर्ने गरे पनि गाउँअनुसार भूमे पूजा गर्ने आआफ्नै चलन छ । गाउँठाउँ अनुसारको विशेषता र कथा पनि हुने गर्दछ भुमेको ।

भूमेमा फूलको महिमा

भुमे शुरु हुनुभन्दा दुई दिनअघि नै नजिकैको पहाडमा बुकीमध्यको दुर्लभ मानिने रथबिरथ फूल टिप्न जाने गरिन्छ । यो फूलको पनि आफ्नै महत्व छ । यो फूल लामो समयसम्म ओइलाउँदैन । यो फूल टिप्न प्राय गरेर मगर समुदायका युवायुवती जाने गर्दछन् ।

दुई दिनअघि फूल टिप्न गएकाहरु असार १ गते बिहान आफ्नो भेषभुषामा सजिएर उतैबाट नाचगान गर्दै फर्किन्छन् । एक लाइनमा यसरी आउँदै गरेको दृश्य साँच्चिकै हेर्नलायक देखिन्छ ।

यता भूमेथानमा सम्पूर्ण तयारी गरिसकिएको हुन्छ । सम्पूर्ण गाउँलेहरु आफ्नो मौलिक पहिरनमा भूमे थानमा जम्मा भएका हुन्छन् । यसपछि भूमेथानमा पूजापाठ गर्नुका साथै भेंडाको बली दिने गरिन्छ । जम्मा भएका सबैले मान्यजनबाट बुकीपाटनदेखि लिएर आएको रथबिरथ फूल लगाउने र अशिर्वाद लिने चलन छ । यसरी फूल लगाउँदा आपसी सदभाव, सामाजिक, भाइचारा सम्बन्ध पनि फूल जस्तै नओइलाओस् भन्ने कामना गरिन्छ ।

आशिर्वाद लिइसकेपछि भूमे थानलाई बीचमा पारेर सबै गोलो घेरा बनाएर नाचगान गर्दछन् ।

लोप हुँदै नाचका ताल

मगर समुदयमा यो नाच भूमे नाचको नामले प्रख्यात छ । मगर समुदायको मुख्य पर्व भूमेको अवसरमा युवायुवती, बालबालिकादेखि बृद्धबृद्धासम्म नाचगान गरेर रमाइलो गर्ने गर्दछन् । दमाह झ्यालीसहित पञ्चेबाजा बजाएर त्यसैको तालमा नाचिने यो नाचमा भूमे गीत पनि गाउने गरिन्छ ।

यो नाचको २२ ताल हुने भए तापनि अहिले केही तालहरू लोप भइसकेका छन् । त्यसैले थबाङका युवा समाजसेवी उदय मगर भन्छन्, ‘यसको जगेर्नाका लागि युवा वर्गलाई अग्रपंक्तिमा आउन जरुरी छ ।’

पर्वबाट गाउँपालिकाको नामाकरण

भूमिको पूजा, सामूहिक जीवनशैली र अग्रजको सम्मान यो पर्वको प्रमुख विशेषता हो । रुकुमका हुकाम, मैकोट, तकसेरा, राङ्सी, जाङ, लुकुम, काँक्री, क्याङ्सी, मोराबाङ, महत, काँडा, रोल्पाका थवाङ, मिरुल, जेलवाङ, कुरेली, उवालगायतका मगर समुदायको सघन बसोबास रहेका वस्तीहरुमा यो पर्व भब्यरुपमा मनाउने गरिन्छ ।

मगरजातिहरु विशेष गरी धार्मिक संस्कृतिका हिसाबले प्राकृतिक पूजक हुन्, जसमा भूमिलाई पूज्ने गरिन्छ । यस भेगमा मगर जातिको बाहुल्यता र अन्य जाति मिश्रित रुपमा रहेका छन् । ‘हाम्रो पहिचानको लागि यो गाउँपालिकाको नामकरण गर्दा भूमे गाउँपालिका राखेका हौं,’ भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले भने, ‘स्थानीय भाषा संस्कृतिको सरक्षणको लागि पनि हामीले हाम्रा पर्वहरु धुमधामका साथ मनाउने गरेका छौं ।’

यो संस्कृति आफैमा पहिचानको आधार बनेको छ । त्यसैले त मगर समुदाय मगर हुनुमा गौरव गर्छन् ।

https://www.onlinekhabar.com/2018/06/688268

 

Thursday, September 24, 2020

के हामीले हाम्रो ईतिहाश राम्ररी पढेका छौ?

 के हामीले हाम्रो ईतिहाश राम्ररी पढेका छौ?

हिजो भारतमा अग्रेजको शासन कालमा जस्ले जे जती सुकै फुर्ति लगाएपनि गभर्नरको कुरै छाडौ चम्पारण वा बेतियाका कुनै लप्टन साब वा क्याप्टन साहेब आउदा हाम्रा राणा प्रधानमन्त्री स्वयं आफै तिनलाई सिकार खेलाउन ठोरी वा त्यस्तै ठाउंमा पुग्ने गर्दथे त्यो हाम्रो वास्तविक हैसियत थियो । डराएर परिवार सहित भारत पलायन भएका राजा त्रिभुवन कलकत्तामा बोरिस लिसानेविचले संचालन गरेको ूऋगिद घण्ण्ू रेष्टुरेन्टमा सुरा र सून्दरी विच भुल्न थाल्दा थाल्दै उनले नचाहदा नचाहदै पनि भारतको तत्कालिन राजनैतिक शक्तिले सरकार संचालनको निम्ती सहयोगी साथ लगाएर जवरजस्ती नेपाल पठाएपछी त्यसलाई हामीले गर्वको रुपमा लियौ र तिनै त्रिभुवनको सालिक सहिदगेटमा उच्च स्थानमा प्रतिष्ठापन पनि गर्यो । तिनै त्रिभुवनले बोरिस दम्पतीलाई ज्यादेनै अनुनय विनय गरेर नेपालमा बोलाएको र सौभाग्यवश तिनै दम्पतीको प्रयासको कारण हालको निर्वाचन आयोगको भवनमा च्यथब िजयतभ िको स्थापना भै नेपालले पर्यटनको ढोका खोल्न सफल भयो । बोरिस लिसानेविचको सम्बन्धमा लेखिएको किताब ९त्ष्नभच ायच दचभबपाबकत० भन्ने किताव पढन योग्य छ । तत्कालिन राजा त्रिभुवनले के गरे गरेनन म त्यसतर्फ जान जाहन्न । सो को कुनै औचित्य पनि छैन । तर, राजा त्रिभुवनवाट आर्थिक रुपमा हेपिएका, पहिलो पत्नी इन्द्रराज्यलक्ष्मीको मृत्युपछी उनकी वहिनी रत्नराज्यलक्ष्मीलाई विवाह गर्न मरिहत्ते गरेका तत्कालिन युवराज महेन्द्रलाई राजा त्रिभुवनले गरेको न्यूनतम ब्यवहार सायद धेरैलाई थाहा पनि नहोला । राजा त्रिभुवनको असहयोगको कारण रत्नराज्यलक्ष्मीलाई विवाह गर्न उनले अरुसंग सरसापट समेत गर्नुपरेको वारे पनि हामी धेरैलाई थाहा नहुन सक्ला । तर, तिनै महेन्द्र जव राजा भए तव उनले क्रमिक रुपमा राणाको पालामा अग्रेज( भारत र राणापछी स्वतन्त्र( भारतलाई नेपालको तर्फबाट भैरहेको ज्युहजुरीको प्रथाको अनत्य गर्ने प्रयाश गरे र सो मा सफल पनि भए ।यस्को श्रेय निर्विवाद रुपमा राष्ट््रभक्त राजा महेन्दलाईनै जान्छ । तिनै राष्ट््रभक्त राजाको छोटो समयको नेतृत्वको परिणामस्वरुप नेपालको परराष्ट्र निती, आर्थिक निति, भुमिसुधार निति, सिक्षा निति, पूर्व पक्षिम राजमार्गको परिकल्पणा, विभिन्न कलकारखाना लगायतका जे जती पनि आज छ र जे जती हामीले विगतमा तहस नहस गर्यो त्यो सवैनै राजा महेन्द्रको देन थियो । राजा महेन्द्रलेनै हामीलाई सेवक वाट वास्तविक नागरिकको स्थानमा पुर्याउन सफल भएका हुन । त्यसपछी राजा विरेन्द्र जो लर्ड हन्टिगटनको सच्चा विध्यार्थि थिए जस्ले ९उयष्तिष्अब ियचमभच ष्ल अजबलनष्लन कयअष्भतथ० भन्ने किताको दर्शन राजा विरेन्द्रलाई घोकाएका थिए । जसमध्ये उक्त कितावमा दिईएको प्रेशर कुकरको उदाहरण राजा विरेन्द्रले आफ्नो जीवनकालमा केही हदमा प्रयोग पनि गरेको थिए । उनको सम्वन्धमा धेरै उल्लेख गर्न चाहन्न ९उनको भित्री महत्वाकांक्षाको बारेमा सुधिर शर्माको किताववाट पनि केही थाहा पाउन सकिन्छ० । उनले मुलुकको निम्ती कुनै नराम्रो काम नगरेपनि नागार्जुन दरबारमा बसेर च्यथब िक्बगितभ को चुस्कीको मजा लिने बाहेक उनको पालामा कुनै उपलब्धिमुलक कार्य भएको मलाई लाग्दैन । त्यपछीको ईतिहास केवल भारतको चाकडीमानै वित्यो । उदाहरणको रुपमा दिवंगत शुर्यबहादुर थापा भारत सरकारको नजिकको मित्र हुनुहुन्थ्यो । वहा बेलाबखतमा भारत भ्रमणमा गैरहनुहुन्थ्यो । वहा साउथ ब्लकमा जानुहुन्थ्यो । नेपालको डेस्क हेर्ने दोश्रो दर्जाको कर्मचारीलाई आफ्नो याचना र फेहरिस्त सुनाएर आउनुहुथ्यो । ति कर्मचारीको अर्ति उपदेशमा कुनै प्रतिकार नजनाएर जिहा जिहा भनेर फर्किनु हुन्थ्यो । त्यसलाई भारत भ्रमणको ठूलो उपब्धिको रुपमा लिने गरिनथ्यो । लगभग सवैले गर्ने र गरेको पनि त्यही हो । आफुलाई भारतले पत्याउछकी भनेर आशा गर्दा गर्दै माधव नेपाललाई प्रधानमन्त्री बनाएकोमा असहमती जनाउने क्रममा बर्तमान प्रधानमन्त्री ओलीमा पलाएको भारत प्रतिको कडां रवैया कालान्तरमा फल्दै फुल्दै आज पूर्ण रुपमा बर पिपलको बृक्षको रुपमा खडा भएको छ । राजा महेन्द्र पछाडी पहिलो पटक प्रधानमन्त्री ओलिको नेतृत्वमा हामी नेपालीले वास्तविक नेपाली नागरिक भएको अनुभूती गरिरहेका छौ । आज भारत र नेपालको सम्वन्ध राजनैतिक रुपमा बल्ल तल्ल बराबरीमा उक्लिएको छ । त्यसमा किमार्थ पनि तलमाथि नहोस । जस्तै सुकै विषम परिस्थितीको सामना हामी नेपालीले किन गर्नु नपरोस अव हामी भारतको अगाडी झुक्न हुदैन । यदी यो परिस्थितीमा हामी टिक्यौ भने हामी सदाको लागि सार्वभौम नेपाली भएर उभ्भिन सक्छौ। हामी भारतको सानो भाई भएर हैन समान राष्ट्र्को हैसियतमा विश्व सामु खडा हुन चाहन्छौ । यो नै मेरो अन्तश्करणको कामना हो । त्यसर्थ, भविष्यको उपलब्धी प्रति प्रधानमन्त्री ओलिलाई अग्रिम रुपमा शुभकामना दिन चाहन्छु ।

https://www.facebook.com/mainali.lav/posts/4155543417850704

June 15, 2020

भ्रष्टाचार यहाँ छ, कारबाही कसले गर्छ ?

 

भ्रष्टाचार यहाँ छ, कारबाही कसले गर्छ ?

-गरिब देशको ३३ अर्ब दोहन गरेर ठेकेदार पोस्ने खेल, टेन्डर मूल्यांकन नहुँदै रेलको ठेक्का बाँडफाँड

सरकार भन्छ– आर्थिक प्रस्ताव खोलिएकै छैननयाँ पत्रिका खोज भन्छ– कुन ठेकेदारले कति अर्बको ठेक्का पाउने भन्ने पनि टुंगो भइसक्यो

.......................

यति ठूलो ठेक्कामा स्वाभाविक रूपले मिलेमतो हुन्छ  : यक्षध्वज कार्कीपूर्वअध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ : रेलको ठेक्कामा सीमित निर्माण व्यवसायी मात्र योग्य हुने गरी खरिद प्रक्रिया थालियो यति ठूलो ठेक्का भएपछि स्वाभाविक रूपले मिलेमतो हुन्छ आफूले टेन्डर हालेको प्याकेजमा अर्कोले पनि हाल्ला भनेर रोक्न उसलाई ज्वाइन्ट भेन्चरमा लिने वा ‘यो प्याकेजमा चाहिँ नहालिदेऊ है’ भनेर आग्रह गरिन्छ ठेक्कामा सीमित व्यवसायी मात्र योग्य भएपछि अन्य व्यवसायीसँग धेरै विकल्प हँुदैनन् उसैसँग मिल्नुपर्छ

.......................

इनरुवा–काँकडभिट्टा रेलमार्गमा माटो भर्न सरकारले भ्याटसहित ३३ अर्बको टेन्डर निकालेको छ तर, प्राविधिक र आर्थिक मूल्यांकन नहुँदै कुन ठेकेदारले कुन प्याकेज पाउँदै छन् भन्ने निश्चित भइसकेको छ देशको कानुन तथा अख्तियार महालेखाले िएको निर्देशन मिचेर राज्यको ३३ अर्ब खुलेआम भागबन्डा हुँदा औँला उठाउने कुनै संयन्त्र छैन

जम्मा एक सय ६ किलोमिटर लामो रेलमार्गमा माटो भर्न सरकारले ५४ वटा प्याकेजमा टेन्डर सूचना प्रकाशित गरेको थियो जब कि सो क्षेत्रमा कहाँबाट रेल जाने हो भन्ने स्थानीय तहलाई समेत जानकारी छैन सार्वजनिक खरिद नियमावली भन्छ– कुनै पनि साइट क्लियर नभएसम्म ठेक्का लगाउन पाइनेछैन 

महालेखा र अख्तियारले पनि साइट क्लियर नभएरसम्म ठेक्का लगाउन नमिल्ने निर्देशन जारी गरेका थिए तर, सार्वजनिक खरिद नियमावली मिचिँदा सार्वजनिक लेखा समितिलगायत संसद् मौन छ, आफ्नै निर्देशन उल्लंघन हुँदा अख्तियार मूकदर्शक छ अहिले ठेक्काबापतको रकम लिने, तर भोलि साइट क्लियर भएन भनेर आयोजना अलपत्र पार्ने योजनाअन्तर्गत अहिलेको ठेक्का प्रक्रिया अघि बढेको छ

रेल विभागका महानिर्देशक बलराम मिश्र भन्छन्, ‘अहिले प्राविधिक प्रस्ताव मूल्यांकन भइरहेको छ, आर्थिक प्रस्ताव खोलिएकै छैन एक–डेढ महिनामा ठेक्का प्रक्रिया सकिन्छ।’ तर, नयाँ पत्रिकाले प्राप्त गरेको दस्ताबेजअनुसार कुन ठेकेदारले कति रकमको ठेक्का पाउने भन्ने निश्चित भइसकेको छ 

सत्तारुढ नेकपादेखि प्रतिपक्षी कांग्रेस र राप्रपासम्मका नेताका कम्पनीले ठेक्कामा प्रमुख हिस्सा पाउने गरी मिलेमतो भएको छ प्रतिस्पर्धालाई निषेध गरेर सरकारकै मिलेमतोमा भागबन्डा गरिँदा राज्यलाई कम्तीमा सात अर्बजति घाटा हुने विज्ञहरूको भनाइ  

सरकारले सबै ठूला ठेकेदारलाई भाग पु¥याउन काँकडभिट्टा–इनरुवा खण्डलाई ५४ प्याकेजमा टुक्र््याएर टेन्डर गरेको थियो भ्याटसहित ठेक्काको कुल रकम ३३ अर्ब ३४ करोड ८० लाख रहेको ढुकुटीमा दोहन गरेर ठेकेदार पोस्ने योजनाका साथ सबै टाठाबाठा ठेकेदारलाई भाग पु¥याउने खेल भएको छ 



५४ मध्ये ३९ प्याकेजको २६ अर्ब ९२ करोड ७९ लाखको ठेक्का २० कम्पनीले हत्याउने ‘सेटिङ’ भइसकेको छ जसअनुसार सबै ठेकेदारले एक अर्बभन्दा बढीका ठेक्का पाउनेछन् सबैभन्दा धेरै धीरेन्द्र दाहालको रौताहा कन्स्ट्रक्सनको भागमा एक अर्ब ५० करोड ३१ लाख सबैभन्दा कम जिप छिरिङ लामाको लामा कन्स्ट्रक्सनको भागमा एक अर्ब २८ करोड ३ लाखको ठेक्का पारिएको छ सिंहको महादेव खिम्ती निर्माण सेवा अधिकारीको मैनाचुली निर्माण सेवाले पनि ज्वाइन्ट भेन्चरमा एक–एक अर्बमाथिका ठेक्का हात पार्ने गरी मिलेमतो भएको  

त्यस्तै, राप्रपा नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले एक अर्ब ३७ करोड ४२ लाख, कांग्रेस सांसदहरू जिपछिरिङ लामाकोे लामा कन्स्ट्रक्सनले एक अर्ब २८ करोड तीन लाख, मोहन आचार्यको रसुवा कन्स्ट्रक्सनले एक अर्ब ४० करोड ८० लाख र बहादुरसिंह लामाको हिमडुङ एन्ड थोकरले एक अर्ब ३६ करोड ५० लाखको ठेक्का पाउने भएका छन्

त्यस्तै, रमेश शर्माको शर्मा एन्ड कम्पनीले एक अर्ब ३७ करोड ८४ लाख, ऋषि सुवेदीको तुदी कन्स्ट्रक्सनले एक अर्ब ४३ करोड २० लाख, सुहृदराज घिमिरेको कन्टेक कन्स्ट्रक्सनले एक अर्ब ३७ करोड ९५ लाख, केशवराज कँडेलको सन्तोषी निर्माण सेवाले एक अर्ब ४० करोड १४ लाख, रमेश अधिकारीको एपेक्स निर्माण सेवाले एक अर्ब ३८ करोड ९८ लाख र दीपक गौतमको गजुरमुखी निर्माण सेवाले एक अर्ब ३७ करोड १५ लाख पाउने सेटिङ भइसकेको छ

ए.डी. लामाको पिएस कन्स्ट्रक्सनले एक अर्ब ३८ करोड ८३ लाख, विष्णु शर्माको लुम्बिनी कन्स्ट्रक्सन (बिल्डर्स)ले एक अर्ब ४१ करोड ६७ लाख, सञ्जय गुप्ताको रोसन कन्स्ट्रक्सनले एक अर्ब ४० करोड ४१ लाख, ग्याल्जे शेर्पाको गोल्डेन गुड कन्स्ट्रक्सनले एक अर्ब ४८ करोड २२ लाख, ऋषि गौलीको आशिष निर्माण सेवाले एक अर्ब ३९ करोड ६९ लाख र रत्न गौतमको खानी निर्माण सेवाले एक अर्ब ४३ करोड ६ लाखको ठेक्का पाउनेछन् 

बाँकी १५ प्याकेजमा पनि सिंह र अधिकारीबाहेकका १८ निर्माण कम्पनीले नै ज्वाइन्ट भेन्चर (संयुक्त उपक्रम)मा काम गर्नेछन् टेन्डर गर्दा तोकिएको योग्यताको मापदण्डलाई हतियार बनाएर आफू मुख्य साझेदार रहने अन्य ठेकेदार कम्पनीलाई सहायक साझेदार बनाएर काम गराउने उनीहरूको योजना छ सहायक साझेदार बनेर काम गर्ने ठेकेदारको संख्या एक सयको हाराहारीमा रहेको ठेक्का प्रक्रियाको मिलेमतोबारे जानकारी एक निर्माण व्यवसायीले बताए तर, सिंह र अधिकारीको निर्माण कम्पनीबाहेक अरूको नाम सार्वजनिक भएको छैन 

मिलेमतो हुन बाँकी १५ प्याकेजमा पूर्वएमाले, पूर्वमाओवादी र कांग्रेससँग सम्बद्ध निर्माण संगठनले समन्वय गरी ज्वाइन्ट भेन्चरमा निकट ठेकेदारलाई भाग पु¥याउने तयारी गरिएको छ स्रोतका अनुसार तीनवटै पार्टीनिकट ठेकेदार सहभागी हुने गरी पाँच–पाँचवटा प्याकेज बाँड्ने सहमति भएको छ 

१५ वटै प्याकेजमा मुख्य साझेदार भने योग्यता पुगेका १८ मध्ये कुनै एक न एक ठेकेदार कम्पनी रहनेछन् सबै निर्माण व्यवसायी कुनै कुनै पार्टी समर्थित रहेको सबै पार्टी समर्थित व्यवसायी ठेक्कामा सहभागी भएको महासंघका अध्यक्ष सिंहले बताए 

मिलेमतो गराउन प्रमुख दलनिकट निर्माण व्यवसायी संगठनहरू सक्रिय भएका थिए पूर्वएमालेनिकट नेपाल निर्माण व्यवसायी संगठनका संयोजक यक्षध्वज कार्की, पूर्वमाओवादी समर्थित नेपाल निर्माण व्यवसायी संगठनका सल्लाहकार तथा शैलुङ निर्माण सेवाका शारदा अधिकारी र साप निर्माण सेवाका सञ्चालक शिव चौलागाईं तथा कांग्रेस समर्थित लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष तथा बी कोई बिल्डर्सका होमनाथ कोइराला समन्वय गर्न जुटेका थिए उनीहरूले नै पार्टीनिकट कुन व्यवसायीलाई राख्ने भन्ने सम्बन्धमा ‘डिल’ गरेको स्रोतको दाबी  

स्काई बिल्डर्सका संस्थापकसमेत रहेका कार्कीले भने भागै लगाएर पार्टीनिकटकालाई सहभागी गराउने काम नभएको दाबी गरे ‘तर, ठूला नेताले समेत फोन गरेर यसलाई वा त्यसलाई मिलाइदिनु भनेर धेरैपटक फोन आएपछि दुई दिनसम्म मोबाइल अफ गरेर बसेँ,’ उनले भने 

पछि परेका केही साथीहरूलाई ठेक्काका लागि सिफारिस भने गरेको कार्कीले बताए आफूले पनि एउटा प्याकेजमा भाग लिएको उनको भनाइ  

मिलेमतोमा सहयोग गर्दा अध्यक्ष सिंह र सल्लाहकार अधिकारीलाई अर्बका ठेक्का

स्रोतका अनुसार निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र सल्लाहकार मदन अधिकारीले मिलेमतोमा सहयोग पु¥याएबापत एक–एक अर्बभन्दा बढीको ठेक्का ‘पुरस्कार’ पाएका छन् 

सिंहको महादेव खिम्ती निर्माण सेवा र अधिकारीको मैनाचुली निर्माण सेवा कम्पनीसँग रेल विभागले तोकेअनुसारको योग्यता छैन योग्यता पुगेका १८ निर्माण कम्पनीसँगको ज्वाइन्ट भेन्चरमा सहयोगी कम्पनीका रूपमा उनीहरूलाई दुई अर्ब १० करोडको ठेक्का दिने सेटिङ भएको छ उनीहरूसँग ज्वाइन्ट भेन्चर गर्ने योग्यता पुगेको कम्पनी भने गोप्य राखिएको

यता, निर्माण व्यवसायीको आचारसंहिताविपरीत सीमित ठेकेदारलाई पोस्ने गरी गरिएको टेन्डर प्रक्रिया रोक्न पहल गर्नुको साटो महासंघका अध्यक्ष नै मिलेमतोमा सहभागी भएको भन्दै निर्माण व्यवसायीहरू आक्रोशित भएका छन् यसले निर्माण व्यवसायीको बचेखुचेको सम्मानलाई पनि समाप्त गरेको उनीहरूको भनाइ

महासंघको आचासंहितामा व्यवसायीले मिलेमतो गर्न नहुने, सिन्डिकेट चलाउन नहुने उल्लेख छ तर, अध्यक्ष आफैँ मिलेमतोमा सहभागी भएर आचारसंहिताको धज्जी उडाएको व्यवसायीहरूको आरोप छ 

तर, सिंहले भने महासंघको अध्यक्ष भए पनि व्यवसायीसमेत भएकाले ठेक्कामा भाग लिनु र प्रतिस्पर्धा गर्नु आफ्नो अधिकार भएको बताए ‘मैले कुनै आचारसंहिताविरुद्धको काम गरेको छैन,’ उनले भने रेलको ठेक्का पारदर्शी प्रतिस्पर्धात्मक भएको पनि उनको दाबी मिलेमतोमा नभएर क्षमताको आधारमा एउटा प्याकेजमा आफ्नो कम्पनी सहभागी भएको सिंहको भनाइ  

काम सुरु गर्ने वेलासम्ममा ठाउँ उपलब्ध नगराए स्वाभाविक रूपमा क्षतिपूर्ति दाबी गरिन्छ  : रवि सिंहअध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ 

अहिले रेल विभागले आह्वान गरेको ठेक्का प्रक्रिया सही छ निर्माण व्यवसायीको काम कुनै सार्वजनिक निकायले ठेक्का आह्वान गरेपछि सहभागी हुने, प्रतिस्पर्धा गर्ने र ठेक्का प्राप्त गरी समयमै काम थाल्ने हो सम्झौता गरेर काम गर्न अनुमति दिएपछि आयोजना स्थलमा ठाउँ उपलब्ध गराउने काम सार्वजनिक निकायको हो जग्गा प्राप्ति नभएर वा अन्य कारणले ठाउँ उपलब्ध गराउन नसकेमा ठेक्का सम्झौताअनुसार सरकारी निकायले क्षतिपूर्ति भर्नुपर्छ त्यसका लागि व्यवसायीले स्वाभाविक रूपमा क्षतिपूर्ति माग गर्छन् 

 




धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...