उदय आलेले तयार पारे ७ वर्ष खोज तथा अध्ययन गरेर थारु जातिको
शोधग्रन्थ
काठमाण्डु टुडे२०७४ कार्तिक २७ गते ८:५५ मा प्रकाशित
काठमाण्डु, २७ कात्तिक– दाङको गढवा गाउँपालिका– ६ निवासी उदयराज आलेले सात वर्ष लगाएर
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति थारु जातिको खोज तथा अध्ययन
गरि Tharu:
A Revelation, Saga of Struggle and Survival शोधग्रन्थ तयार
गरेका छन् ।
उनले दाङ देउखुरीमा बसोवास
गर्ने थारु जातिलाई केन्द्रित गरि बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, र कपिलवस्तु जिल्लामा बसोबास गरिरहेका थारु जातिको
चिनारी, जीवनचक्र
संस्कार जन्म, मृत्यु र
विवाह, सामाजिक
जीवन, भौतिक र
अभौतिक संस्कृति, धर्म, परम्परा, पूजा, भाषा तथा लोकसाहित्य र थारु
समुदायमा आइरहेको परिवर्तनलगायतका विषयवस्तु समावेश गरि पुस्तकमा उल्लेख गरेका छन्
।
उनले थारु जातिलाई दाङ
जिल्लामा बसोबास गर्ने पहिलो जातिका रुपमा उल्लेख गरेका छन् । नेपालको पश्चिम तराई
र भित्री तराईमा बसोवास गर्ने थारुको मूल थलो दाङ रहेको अध्येयता आलेले बताएका छन्
। वर्षौ पहिले तराई क्षेत्रलाई खेतियोग्य भूमिमा परिणत गर्ने थारु जातिको आफ्नै
भाषा, संस्कृति, कला, परम्परा र सामाजिक
जीवनपद्धति रहेको छ । आधुनिकतामा प्रवेश गर्नु पूर्व थारु समाज व्यवस्थित र
संगठितरुपमा सञ्चालित थियो । विशिष्ट चिनारी बोकेका थारु जातिको भाषिक विकास र
सांस्कृतिक संरक्षणमा समयमै ध्यान पु¥याउन आवश्यक रहेको छ ।
अध्येयता आलेले थारु जातिको
मौलिक संस्कृति, परम्परागत
प्रथा गरधुरिया, सामाजिक
संस्था खेल, भाषा तथा
मौलिक भेषभुषा, जीवनशैली
आदि परिवर्तन हुँदै गइरहेको उल्लेख गरेका छन् । आलेले थारु जातिको महत्वपूर्ण
परम्परागत कला, सीप, मूल्य मान्यता, सामाजिक प्रथा र संस्था, भाषा र लोकसाहित्य संरक्षण
गर्नु पर्नेमा जोड दिएका छन् । आधुनिकीकरण र परसंस्कृतिकरणको प्रभाव थारु जातिमा
परिरहेकाले थारु जातिको मौलिक चिनारी जोगाउन राज्य र थारु जातिले ध्यान दिन आवश्यक
छ ।
पुस्तकमा अध्येयता आले थारु
जतिको विगत र वर्तमानलाई केलाउने प्रयास गरेका छन् ।
पुस्तक अङ्ग्रेजी भाषामा तयार गरिएकाले नेपालीलगायत विदेशी पाठकलाई
उपयोगी हुने देखिन्छ ।
अध्येयता उदयराज आलेले यस पूर्व लोपोन्मुख आदिवासी कुसुण्डा जातिको
अनुसन्धानात्मक पुस्तक ‘कुसुण्डा जाति र शब्दकोश’ प्रकाशन गरिसकेका छन् ।