Friday, July 15, 2022

१४ जातिको नृत्यमाथि प्रतिष्ठानको अनुसन्धान

 १४ जातिको नृत्यमाथि प्रतिष्ठानको अनुसन्धान

Naya Patrika, २०७८ चैत ७ सोमबार

लोपोन्मुख नृत्यको संरक्षण गर्दै नयाँ पिँढीलाई ती नृत्यबारे जानकारी दिने उद्देश्यसहित गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशका १४ जातिको नृत्यमाथि अनुसन्धान सुरु गरेको छ प्रतिष्ठानले उपकुलपति गोरे गुरुङको संयोजकत्वमा उपसमिति बनाएर ती नृत्यहरूको अध्ययन अनुसन्धान सुरु गरेको हो

उपकुलपति गुरुङका अनुसार थकाली, कुमाल, छन्त्याल, माझी, गुरुङ, मगर, थारू, दरै, तामाङ, दुरा, ब्राह्मण तथा क्षेत्री, नेवार, दमाईं र गन्धर्व जातिको नृत्यको अध्ययन र अनुसन्धान सुरु भएको हो जसका लागि १४ जना अनुसन्धानकर्तालाई जिम्मा दिएको

अनुसन्धानकर्ताहरूले ३० चैतभित्र अनुसन्धान प्रतिवेदनसहितको सामग्री प्रतिष्ठानमा बुझाउनुपर्ने संयोजक गुरुङले जानकारी दिए अनुसन्धानकर्ताहरूले अक्षर भिडियोमा नृत्यको आवश्यक जानकारी संकलन गरिरहेका छन् छायांकन गर्नुपर्ने नृत्यका भिडियो २३ मिनेटदेखि दुई घन्टा ५८ मिनेटसम्मका हुने गुरुङले जानकारी दिए 

गुरुङका अनुसार प्राप्त भिडियो नयाँ पिँढीलाई देखाउन प्रतिष्ठानले श्रव्यदृश्य कक्षा तयार गर्न लागेको छ प्राप्त भिडियो लाइब्रेरीमा समेत राखिनेछ 

 

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...