Monday, July 25, 2022

ठूला दल सत्ता टिकाउनमै केन्द्रित : लिङ्देन

 ठूला दल सत्ता टिकाउनमै केन्द्रित : लिङ्देन

श्रावण ८, २०७९कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ठूला दलहरु सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । नेपाल प्राज्ञिक परिषद्ले आइतबार 'नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गरे 

देश पूर्णरुपले अभिभावकविहीन भएको उनको दाबी थियो 

अध्यक्ष लिङ्देनले नेपाली जनताको चाहनाविपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम सरकारले गरेको बताए । उनले कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे 

अध्यक्ष लिङदेनले देशलाई दुर्घटनाबाट बचाउन सचेत नेपालीहरु एकजुट हुनुपर्ने बेला भएको बताए । अध्यक्ष लिङ्देनले देशमा रहेका विद्यमान समस्या समाधान पूर्ण समानुपातिक संसद्, अभिभावकीय संस्थाको रुपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको बताए । उनले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा यो मुद्दालाई मुख्य विषय बनाएर जनताको बीचमा जाने बताए 

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...