Sunday, July 17, 2022

२० वर्षपछि ‘भोटे मेला’

 २० वर्षपछि ‘भोटे मेला’ 

 दुर्गालाल केसी

https://saptahik.com.np/culture/2020/02/27/20200227133710

२० वर्षअघिसम्म भोटबाट घोडालाई नुन बोकाएर ल्याई तराईमा बेच्ने ‘भोटे’हरु दाङको तुलसीपुरस्थित पर्सेनीमा भेला भएर मेला भर्थे । नुन किन्न मानिसको भीड लाग्थ्यो । मेलामा घोडादौड हुन्थ्यो । धेरै दौडनसक्ने घोडा राम्रो मूल्यमा बिक्री हुन्थ्यो । जिल्लाभर भोटे मेला चर्चित थियो ।

सडक र सहरको विकाससँगै भोटेहरु दाङतिर झर्न छोडे । मेला पनि हरायो । तर, अहिले तीनै भोटेहरुको सम्झनामा शुक्रबार भोटेमेला मनाइएको छ । शिवरात्रिको अवसर पारेर तुलसीपुर–७ स्थित कालाखोलामा आयोजना गरिएको मेलामा स्थानीयको उल्लेख्य सहभागिता थियो ।

इतिहास सम्झने प्रयास स्वरूप मेला आयोजना गरिएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताए । आगामी वर्षमा पनि यस्तो मेलाको आयोजना गर्ने योजना भएको तुलसीपुर–७ का वडा अध्यक्ष टोपबहादुर केसीले बताए । २०५६ सालदेखि उक्त मेला आयोजना भएको थिएन ।



https://saptahik.com.np/culture/2020/02/27/20200227133710

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...