Saturday, August 06, 2022

५० बढी लोक नृत्यमाथि बहस

 ५० बढी लोक नृत्यमाथि बहस

http://swaviman.com

नेपाली लोक नृत्यको आकर्षण बढाउन पोखरामा सप्ताहिव्यापी ‘राष्ट्रिय नृत्य निर्देशक कार्यशाला–२०७५’ आयोजना गरिएको कार्यशालामा ६० भन्दा बढी नृत्य निर्देशक एवम् नृत्यका विधार्थीहरुले लोक नृत्यसम्बन्धि बहस गरेका थिए।

सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर काठमाडौले अनुशीलन कला पाठशाला, पोखराको सहकार्यमा २२ देखि २६ चैतसम्म आयोजना गरेको सो कार्यशालामा देशका सातैवटा प्रदेशका लोकनृत्य निर्देशकहरुले ५० भन्दा बढी नृत्यबारे कार्यपत्र प्रस्तुत गर्दै सो माथि बहस गरेका हुन् । नेपालमा बिदेशी नृत्यको प्रभाव घटाएर लोक नृत्यको आकर्षण बढाउँदै यसको प्रवर्धनको लागि यो कार्यशाला आयोजना गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले कार्यक्रममा जानकारी दिएका छन् ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेको कार्र्यशालामा दैनिक नृत्य सम्बन्धि गोष्टी आयोजना गरिएको थियो । कार्यशालामा पहिलो दिन चर्या विज्ञ अरुण श्रेष्ठले नेपाली लोकनाचको परिभाषा सम्बन्धमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

अरुण श्रेष्ठको कार्यपत्रमा लोकनाचको जानकारी, उदेश्य, बिकाश बिस्ता, समस्या जस्ता विविध विषय उठाईएको थियो । त्यसपछि नगेन्द्र राईको साकेला, खौमा र ओहाङ नाच, सुरेन्द्र देसारको चर्या नृत्य, तुल्सी प्रभासको बालन नृत्य, अनु रजकले थारु समूदायको झर्रा नृत्य, कुलमान नेपालीको सुर्खेती झ्याउरे नृत्य, सुनिल सुवेदीले झुमरा नृत्य, रोमित कर्माचार्यले लाप्चा जातीको लोपोन्मुख परम्परागत नृत्यको विषयमा कार्यपत्र प्रस्तुतसँगै छलफल भएको थियो ।

कार्यशालाको दोस्रो दिनमा लोकचन्द्र श्रेष्ठले सन्थाल जातीको सतार नृत्य, पदमराज ढकालको सोरठि नृत्य, नगेद्र राईको डोकिनी र साकेन्वा लाक्छाम नृत्य, सन्दिप मण्डलको सामाचकेवा नृत्य, हर्क आलेको कौरा नृत्य, गोरन बहादुर चौधरी र सुभचन्द्र सुवेदीको सख्यारपैयाँ नृत्य, ओमप्रकाश बस्नेतको भानदान नृत्य, प्रितम लिम्बुको केलाङ नृत्य र पर्वत राईले चेपाङ जातीको झाक्रि नृत्यको विषयमा कार्यपत्र प्रस्तुतसँगै बहस भएको थियो ।

कार्यशालाको तेस्रो शत्रमा कल्याण राना मगरले सोरठी नचरी नृत्य, विकास घले गुरुङले नेपाली नृत्यको शैदान्तिक ज्ञान, तेजप्रसाद सिवाकोटिले विर्जा समूदायको डमकच नृत्य, प्रतिभा पुन मगरले म्याग्दी जिल्लामा बसोवास गर्ने मगर समूदायको पूर्खौली नृत्य र गम बहादुर गुरुङले कृष्ण चरित्र नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरे । यी कार्यपत्रमा विभिन्न बिज्ञहरुले बिचार राखेका थिए ।

कार्यशालाको चौथो दिन पनि विभिन्न नृत्यमा बहस भयो । चौथो दिन अमन गुप्ताले मेचे समूदायको नाच, सन्तोष मगर र भुपेन्द्र रिखाम मगरले मगर जातीमा प्रचलित हुर्रा नाच, पवित्रा खड्काले तामाङसेलो नृत्य, प्रेम सुनामले मोरङ जिल्लामा प्रचलित लोक नृत्यहरुको बारेमा, अनु रजकले मुसहर समूदायको हुरका नृत्यको कार्यपत्र प्रस्तुत गरे । यस्तै चौथो दिन नै तुल्सी प्रभावले नेवारी समूदायको छाङछाङदि नाच, सुवेक्षा मेयाङवोले लिम्बु जातीको धान नाच, ओमप्रकाश बस्नेतले विदापद नृत्य, चिना नेपालीको हुड्केली नृत्य, अमित प्रसाईले हुदुलधुरा नृत्य, नगेन्द्र राईले स्यादर पिदार र धिमाल नृत्य, हर्क आलेले झाम्रे नृत्य र मनोज राजवंशीले झिझिया, विदापद नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरे । यी कार्यपत्रमा छलफलसँगै सुझाब पनि बिज्ञहरुले दिए ।

कार्यक्रमको अन्तिम दिन मँगलबार चिना नेपालीको छलिया नृत्य, सुलप खतिवडाको लाप्चा जातीको तेन्दोङ लार्फाक नृत्य, विकास घले गुरुङको पैस्यारु नृत्य, नगेन्द्र राईको सेग्रो नृत्य र गोरे गुरुङको घाटु नृत्य विषयको कार्यपत्र प्रस्तुतिसँगै कार्यपत्रमा छलफल भएके थियो ।

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...