Sunday, July 02, 2023

लाखे जोगाउने तन्नेरीहरू

 

लाखे जोगाउने तन्नेरीहरू

प्रशान्त माली, कान्तिपुर, माघ १९, २०७९

काठमाडौँ सानैदेखि नाच्न निकै मन पराउने ललितपुरका अनिल महर्जन लाखेनाचेको देख्दा भने निकै डराउँथे तर पनि लुकीलुकी नाचको हरेक स्टेप राम्ररी नियाल्थे अनि घरमा नक्कल गर्थे

नाच्नका लागि उनीसँग मुकुट र पोसाक भने थिएन सुनाकोठीको शान्त भजन मण्डलका थकालीहरूलाई सुरुमा नाचमा भाग लिन्छु भन्दा उनी हाँसोको पात्र बनेका थिए शान्त भजन मण्डल लाखे नाच आयोजना गर्ने भजन कीर्तन गर्ने समूह हो

त्यतिबेला त म निकै पातलो थिएँ नाच्न अघि सर्दा बलियो मान्छेले सकेन तिमीले कसरी सक्छौं भनेर विश्वास गरेका थिएनन् पहिलो पटक जिद्दी गरेर नाचेको थिएँ,’ ललितपुर महानगर२७ का महर्जन सम्झन्छन्, ‘खाली खुट्टा नाच्नुपर्छ पहिलो पटक नाच्दा पैतलाको छाला उप्केर चार दिनसम्म टेक्न नहुने भएको थियो पछि नाच्ने तरिका जानेपछि बल्ल सहज भयो उनले लाखे नाच्न थालेको डेढ दशक बितिसकेको छ तर उनले हालसम्म पारिश्रमिक भने लिएका छैनन् देवताको कामलाई पैसासँग तुलना गरेको छैन,’ उनले मुस्कुराउँदै भने


पाटन हखाः टोलका २६ वर्षीय अनिल महर्जन लाखे नाच्ने परिवारकै पहिलो व्यक्ति हुन् उनी सानो छँदा नै पाटनमा नाच लोप भइसकेको थियो पेसाले हस्तकलाकर्मी उनलाई आफ्नो संस्कृतिको महत्त्वबारे बुझ्न निकै उत्सुकता छ यसकै कारण चार वर्षदेखि उनले लाखे नाच्न थालेका हुन् लाखेलाई आजु (भैरव) राक्षस दवैका रूपमा पुजिन्छ आफू पनि त्यो अवतारमा नाच्न पाए कस्तो महसुस हुन्थ्यो होला भन्ने मनमा लाग्थ्यो,’ उनी सुनाउँछन्, ‘पहिलो पटक लाखे नाच्दा निकै डर लागेको थियो मुकुट लगाइसकेपछि धुप बाल्दा डरले थरथर कामेको सम्झना नाच प्रशिक्षणका क्रममा सबै कुरा जाने पनि मुकुट लगाउँदा फरक अनुभव हुने गरेको उनी बताउँछन् भन्छन्, नृत्यकर्ममा बस्न सक्नुपर्छ नाचमा कुखुराको मासु, अन्डा खान हुर्दैन रक्सी सँगुनका रूपमा एक धुट्की खानु बेग्लै कुरा हो मादकपदार्थ सेवन गरेर नाच्दैनौं उनी लाखे नाच आयोजना गर्ने यल लायकु मिप्वा लाखे पुचः मा आबद्ध छन्

आफ्नो संस्कृति परम्परा जर्गेना गर्नकै लागि नाच्ने गरेको बताउँछन् पाटन नकबहिल टोलका २२ वर्षीय पुजन श्रेष्ठ उनी पनि यल लायुक मिप्वा लाखे पुचः मा ०७५ देखि आबद्ध छन् पुर्खाले संरक्षण नगरेको भए आज हाम्रो पुस्ता लाखे नाचबारे अनभिज्ञ हुन्थ्यौं आउँदो पुस्तालाई नाचबारेमा थाहा दिन पनि लागिपरेका हौं,’ उनले भने आफ्नो भविष्य बनाउने नाममा सम्पदा संरक्षण प्रवर्द्धनप्रति बेवास्ता गर्ने युवाहरू थुप्रै छन् उनीहरूलाई आफ्नो करिअर परम्परा सँगसँगै लैजानुपर्नेमा उनी जोड दिन्छन् संस्कृति बचेन भने विकृति मौलाउँछ,’ उनले भने

पाटन नःटोलका १८ वर्षीय सुप्रिन्स शाक्यलाई संस्कृतिप्रति औधी मोह छ उनी कात्तिक नाच, अष्टमाटिका नाचमा पनि नृत्य गर्छन् लाखे नाचमा बाजा बजाउँछन् तीनपाकु (लाखेसँगै नाच्ने अर्को पात्र) का रूपमा पनि नृत्य गर्छन् सानै उमेरदेखि संस्कृति सम्पदाप्रति रुचि भएकाले संस्कृतिको अभिन्न अंगका रूपमा काम गर्दै आएको उनी बताउँछन् लाखे नाच अन्य नाचमा निकै भिन्नता अरू नाचमा देवहरूको नृत्य हुन्छ लाखेमा दानवको बाजाको ताल पनि छुट्टाछुट्टै हुन्छ,’ उनले भने यल ल्याकु मिप्वा लाखे पुचःका अध्यक्ष उत्तमरत्न शाक्य मूर्तिकार हुन् ०३९ सालदेखि कात्तिक नाचमा कामसेन राजा, बुद्धअवतारको भूमिका खेल्दै आइरहेका उनी पछिल्लो समय लोप भइसकेको लाखे नाच जर्गेना गर्न लागिपरेका छन् लाखे नाचका गुरु उनकै अग्रसरतामा दुई दशकभन्दा बढी समय बन्द भइसकेको नाच ०७४ यता निरन्तर रूपमा चल्दै आएको नाचलाई अझै दिगो बनाउन ०७५ मा उनकै नेतृत्वमा यल ल्याकु मिप्वा लाखे पुचःसंस्था पनि दर्ता गरेका छन् लाखे नाच नेवार समदायले विशेष चाडपर्वमा मात्र नचाइन्छ यो ठूलठूला आँखा, जामा, चोलो, दाह्रा निस्केको रातो वर्णको मुकुट पहिरिएर झ्याप्प बाक्लो डरलाग्दो कपाल, कम्मरमा धँगलाको आवाज निकाल्दै, धिमे र भुस्याको जीउ नै थर्किने आवाजमा मञ्चन गरिने नाच हो नाचमा शरीर पूरै हल्लाउनुपर्ने भएकाले निकै ऊर्जा चाहिन्छ



नेवार समदायमा विभिन्न प्रकारका नाचहरू नचाइन्छ प्रायः देवी नाचहरू छन् यीमध्ये लाखे नाच भिन्नै फरक रोचकको धिमे, धाः, दमोखी बाजाको तालमा नचाइने नाच घण्टाकर्ण चतुदर्शी, गाईजात्रा, मतयाः, जनैपूर्णिमाका अवसरमा विभिन्न ठाउँमा नचाइन्छ र इन्द्रजात्रामा काठमाडौंमा देखाइन्छ नाचका लागि नाथ गुरु अनिवार्य रूपमा पूजा गर्नुपर्छ

यल ल्याकु मिप्वा लाखे पुचःका अध्यक्ष शाक्यका अनुसार नेपाल भाषामा ‘ला’ को अर्थ मासु र ‘खे’ को अन्डा बुझिन्छ ‘मासु अण्डा अत्यधिक मन पराउने राक्षस भएकाले लाखे भनिएको हो लाखे नेपालमा १२ वर्षसम्म अनिकाल परेका बेला वृष्टि गराउन भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धदत्त आचाज र रथचक्र भनिने ललितपुरका ललित ज्यापूले भारत असमको कामरूपकामाक्ष पर्वतबाट यक्षका सन्तान रातो मत्स्येन्द्रनाथ ल्याउँदा सँगै आएको मानिन्छ,’ उनले भने, ‘त्यसैले लाखेलाई राक्षसका सन्तानका रूपमा पनि लिइन्छ।’

नेपालमा धेरै प्रकारका लाखे छन् संरक्षक देवताका रूपमा सबै लाखेको छुट्टाछुट्टै महत्त्व धेरै लाखे नाच स्तित्वविहीन भइसकेका छन् पुचःका अध्यक्ष शाक्यले युवाहरूको समर्थनमा ‘मिप्वाः’ लाखे नाच पुनः ब्युँताइएको बताए नेपाल भाषामा ‘मि’ को अर्थ ‘आगो ‘प्वाः’ को ‘आगोवाला’ लाखे भन्ने बुझिन्छ नाचमा लाखेसँगै अर्को पात्र ब्याँचा (भ्यागुतो) अथवा ‘तीनपाकु’ पनि नाच्ने गर्दछ कथनअनुसार मिप्वाः लाखे भ्यागुतो तीनपाकुलाई कृषकका सहयोगी हुन् रोपाइँ सकेर सबै किसान आराम गर्दै थिए लाखेले धानबाली बिगार्न थाल्छ भ्यागुतोले बाली नबिगार्न लाखेसँग आग्रह गर्छ तर, लाखेले उल्टै भ्यागतोलाई लखेट्छ लाखे खाल्डोमा फस्छ भ्यागुता ज्यान जोगाएर उफ्रिएर बाहिरिन्छ नष्ट हुन लागेको बाली भ्यागुताले जोगाइदिएको विश्वासमा त्यही हाउभाउमा नाच नचाउने गरेको पुचःका अध्यक्ष शाक्य बताउँछन्

कतिपय ठाउँको लाखे नाच तान्त्रिक विधिबाट नचाइन्छ कतिपयका लागि धार्मिक विधि, शास्त्रगत कुरा चाहिँदैन। कुनै लाखे नाचमा जाति विशेष पनि हुनुपर्छ भन्ने छैन नेवार समुदायका बाहेक अन्य जातीय समुदाय पनि नाचमा सहभागी हुन सक्छन् नाचमा भाग लिन रमाउन पाउँछन् यसका लागि कुनै गठीको विशेष तालिम पनि चाहिँदैन काठमाडौंको मजिपात लाखे भने विधिवत् रूपमा नचाइने भएकाले अन्य स्थानमा नचाउन मिल्दैन मजिपाटको लाखे नाच, कुमारीको रथयात्राको भीड सँगसँगै देखापर्ने सबभन्दा आकर्षित एउटा डरलाग्दो राक्षसको नाच हो इन्द्रजात्राको साता दिनसम्म यो नाच देखाइन्छ।शान्त भजन मण्डलका कोषाध्यक्ष सुनील महर्जनका अनुसार सुनाकोठीमा १५ वटा समूहले छुट्टाछुट्टै लाखे नचाइन्छ ‘तीमध्ये अझै दुई वटा समूहले तान्त्रिक विधिबाट नचाउँदै आएको ,’ उनले भने लाखे नाचका अध्येता गणेशराम लाछी भन्छन्, ‘ठाउँअनुसार लाखेको कथा छुट्टाछुट्टै छ काठमाडौंमा सिमरौनगढबाट तलेजु भित्रिँदा कुमारीको अंगरक्षक रूपमा लाखेलाई ल्याएको पनि भनिन्छ।’ उनका अनुसार लंकाबाट लाखे बोलाई एकै रातमा ‘सिमरौनगढ नगर बनाइदिए सिमरौनगढमा तलेजु भवानी रहेकाले लाखेहरू नगर सुरक्षाका लागि त्यहीं बसेको समय परिस्थितिवश तलेजुलाई नेपाल ल्याएपछि त्यसको सुरक्षासँगै लाखे पनि नेपाल आएको भन्ने कुरा राजा नान्यदेवले सिमरौनगढ निर्माण गरेको प्रसंग भाषा वंशावलीहरू उल्लेख छ अध्येता लाछी भन्छन्, ‘कुमारी तलेजुकी प्रतीक हुन् इन्द्रजात्रामा कुमारीको जात्रा हुने भएकाले उसका सुरक्षाका लागि लाखे पनि सँगै नचाइएको पनि किंवदन्ती रहिआएको

उनका अनुसार लाखेलाई शान्त भैरवका रूपमा पनि पुजिन्छ कुनै समय मनुष्य रूपी लाखे (राक्षस) काठमाडौंकी ज्यापू युवतीबीच माया बस्छ छिमेकीले लाखेलाई मानिसभन्दा फरकको रूप देखेपछि राजाकहाँ सुटुक्क खबर गर्छन् राजाको आदेशमा सैनिकले लाखेलाई समात्छ अनि उक्त लाखेले राक्षस भए पनि सबैको भलो/सहयोग गर्ने वाचा गर्छन् राजाले लाखेको इच्छाअनुरूप काम गर्न छुट दिन्छ लाखे नाच्न थालेदेखि उपत्यकामा भूतप्रेतको डर हट्न थाल्यो शान्त भैरवका रूपमा मान्न थालियो अनि उपत्यका नेवार समुदायले टोलटोलमा लाखे नचाउने चलन चलेको अध्येता लाछी बताउँछन् पछिल्लो समय लाखे नाच राजनीतिक दलका सभासमारोह, जुलुसमा पनि नचाउन थालेको छ परम्परागत रूपमा नचाउँदै आएको लाखेलाई देवताका रूपमा पुजिने भएकाले निश्चित समयबाहेक अन्यमा नचाउनु गलत भएको लाछी बताउँछन्

प्रकाशित : माघ १९, २०७९ ०८:४५



Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...