Sunday, April 26, 2026

सानी र न्याय, एउटा केस अध्ययन बाट

 सानी र न्याय, एउटा केस अध्ययन बाट

डा. गोविन्द प्रसाद थापा

सानी १२ वर्षकी भएपछि नुवाकोटबाट काठमान्डुको बालाजुको गलैचा कारखानामा मा संग काम गर्न थाल्छिन् । त्यहाँ माछोरीले जेनतेन ज्यान पालेका हुन्छन् । यस्तैमा करीब १५ महिना पछि सानी अचानक हराउँछिन् । उनकी माले हार गुहार गर्छिन् । बालाजुकोप्रहरी थानामा मोखिक खबर गर्न पुग्छिन् । थानाले हुलिया जाहेरी गर्छ ।

उता सानीलार्इ बम्बर्इको कुनै कोठीमा पुरयाइन्छ । शारीरिक र मानसिक यातना हरू माझ उनि कलिलै उमेरमा पाशविक कार्यको शिकार हुन पुग्छिन् । नरकतुल्य वेश्यालयमा सात वर्ष जति विताए पछि अत्यन्त कडा योनरोगबाट ग्रस्त हुन्छिन् । उनलार्इ वेश्यालयकी मालिकनीले कोठीबाट निकाले पछि उनीलार्इ असहाय अवस्थामा प्रेरणा नामक सामाजिक संस्थाले फेला पार्छ । फनो र गाउँको नाउँ मात्र भन्न सक्ने सानी संग वेश्यालयको बारेमा खासै उपयोगी जानकारी हुन्न । प्रेरणाको सहयोगमा सानीलार्इ नेपालको वेलहिया थानामा बुझाइन्छ । प्रहरी थानाले सोधपुछ गर्दा आफुलार्इ नुवाकोटकै एक जना लाहुरेले ललार्इ फकार्इ भगाएको भन्ने सम्मको कुरा भन्छीन् ।

सानी डरलाग्दो रोगबाट ग्रस्त भएकोले प्रहरीले नजीकको अस्पतालमा जँचाउन लैजाँदा औषधि खर्चकालागी पनि सानी संग पैसा हुदैन । प्रहरी कार्यालयसंग पनि यस्तो प्रयोजनकालागि बजेट हुँदैन । प्रहरी थानाले सानीलार्इ एउटा सामाजिक संस्थामा सहयोगकालागी पुरयाउँ छ । उक्त संस्थाले सामान्य उपचार एवम् रेखदेख गर्छ । संस्थाकै पहलमा सानीलार्इ ललार्इ फकार्इ बम्बर्इसम्म पुरयाउने नुवाकोट गाउँकै लाहुरे भन्ने माथि कारवाहीकालागी रूपन्देहि प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिइन्छ । रूपन्देही जिल्ला अदालतबाट सानीको भनाइलार्इ प्रमाणित गरेपछि मुद्दाको मिसील थप अनुसन्धानकालागी काठमान्डु जिल्ला प्रहरी कार्यालयमा पुग्छ । सानी पनि मिसिलसंगै पुग्छिन् । यतिका वर्ष भित्र धेरै परिवर्तन भएकोहुन्छ । सानीको अमाको मृत्यु भै सकेको हुन्छ । कतै गएर बस्ने त पनि हुदैन । सानी पिडित पक्ष भए पनि अपराधी झैं प्रहरी कार्यालयमै बस्नु पर्ने वाध्यता हुन्छ ।

प्रहरी कार्यालयकै अनुरोधमा एउटा गैह्र सरकारी संस्थाले सानीलार्इ त दिन्छ । उता लाहुरेको खोजी कार्य शुरू हुन्छ । तीन वर्ष पछि मात्र लाहुरे फेला पर्छ । लाहुरेले प्रहरी समक्ष अपराध सकार्छ । काठमान्डु जिल्ला अदालतमा मुद्दा दर्ता गरिन्छ । लाहुरेको तर्फबाट उक्त सामाजिक संस्थालार्इ विभिन्न प्रकारका डर, धमकी दिर्इन्छ ।

सानी लार्इ अदालतमा झिकाइन्छ । अपराध प्रमाणित गर्न र सहयोग पुग्ने कुनै खास प्रमाण सानी संग हुदैन । अदालतमा लाहुरेले प्रहरी कार्यालयमा गरेको वयान बदलिन्छ । प्रहरीले कुटपिट गरेर गर्दै नगरेको अपराध गरेको भनि झुटठा मुद्दा लगाएको दावि गर्छ । अदालतमा सरकारी पक्षको दावि प्रमाणित हुदैन । लाहुरेले सफार्इ पाउँछ । सानीको स्वास्थ्य विग्रदै गएर केही समय पछि उसको मृत्यु हुन्छ ।

न्याय निरूपणकालागी केही जल्दो बल्दो विषय हरूमा उठने गरेका प्रश्न हरू । सबै जनाबाट यि प्रश्न हरू बारे यथोचित उपायहरूको अशा गरेको छु । धन्यवाद ।

क.    विदेशमा रोजगार सम्बन्धि विध्दधमान व्यवस्थामा के कस्तो कानुनी व्यवस्था हुन उपयुक्त होला?

ख.    भारतीय भूभागमा हुने योनजन्य अपराधिक कार्य नियन्त्रणकालागी के कस्तो व्यवस्था गर्ने ?

ग.     पिडित पक्षकालागी नेपाल सरकारले के कस्तो व्यवस्था गर्न उपयुक्त होला?

घ.     छिटो छरितो र सरल र सुलभ न्यायकालागी कसरी, कहाँ, के गर्न सकिदन्छ?

ङ.      सामाजिक चेतना अभिवृद्धिका लागि प्रभावकारी कदम हरू के, कसरी गर्न सकिन्छ?

च.     हराएका व्यक्ति हरूको खोजतलाशकालागी के कस्तो व्यवस्था भए प्रभावकारी हुन सक्छ होला?

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...