Showing posts with label जीवनकाे लक्षय. Show all posts
Showing posts with label जीवनकाे लक्षय. Show all posts

Sunday, May 30, 2021

आखिर श्रीकृष्ण रहेछन् एक

 आखिर श्रीकृष्ण रहेछन् एक

https://nepalpatra.com/life-philosophy/5595/

जीवन र जगत बुझ्नका लागि सबैभन्दा पहिले त आफैँलाइ बुझ्नुपर्दछ

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोस्त्वकर्मणि: ।।

जीवन र जगत बुझ्नका लागि सबैभन्दा पहिले त आफैँलाइ बुझ्नुपर्दछ । बिज्ञान भन्छ “सवभन्दा शक्तिशाली परमाणु हुन्छ तर त्यो असाध्यै सुक्ष्म हुन्छ” । त्यसैगरी शास्त्र भन्छ, “ब्रम्हाण्ड भन्दा पृथ्बी सुक्ष्म छ, पृथ्वी भन्दा पन्च तत्व सुक्ष्म छ, त्यो भन्दा शरिर सुक्ष्म छ, शरिर भन्दा आत्मा सुक्ष्म छ, आत्मा भन्दा परमात्मा सुक्ष्म छ तर त्यो असाध्यै शक्तिशाली छ” । वास्तबमा हेर्ने हो भने शास्त्र र बिज्ञान त्यति टाढा छैन। यो त हेर्ने दृष्टिमा मात्र फरक हो । आखिर दुबैले सबै भन्दा सुक्ष्म नै शक्तिशाली हुन्छ भनेका छन् र मानेका छन् पनि ।

बिज्ञान भन्छ “सवभन्दा शक्तिशाली परमाणु हुन्छ तर त्यो असाध्यै सुक्ष्म हुन्छ” । त्यसैगरी शास्त्र भन्छ, “ब्रम्हाण्ड भन्दा पृथ्बी सुक्ष्म छ, पृथ्वी भन्दा पन्च तत्व सुक्ष्म छ, त्यो भन्दा शरिर सुक्ष्म छ, शरिर भन्दा आत्मा सुक्ष्म छ, आत्मा भन्दा परमात्मा सुक्ष्म छ तर त्यो असाध्यै शक्तिशाली छ” ।

चाहे त्यो अध्यात्म शास्त्र होस् या बिज्ञान दुबैले भन्छ कि “किप योर कन्सनट्रेसन इन डेप्थ” (Keep your concentration in depth)। अध्यात्मलाइ हेर्ने हो भने “परमात्मा लाइ चिन, त्यसैमा लिन होउ, त्यो नै तिम्रो शक्ती हो”। बिज्ञान भन्छ, “दिमागलाई एकत्रित गर, चेतन्, अर्ध चेतन्र अचेतन् मनलाइ कनेक्ट गर” । यदी तिनैवटा मनहरुलाई एकै चोटी कनेक्ट गर्ने हो भने मानिसको दिमागको बहु प्रतिशत भागले काम गर्दछ र त्यो शक्तीमा कन्भर्ट हुन्छ। शक्ती प्राप्त गर्ने दुबै तरिका उस्तै हो, मात्र यहाँ बुझाइ फरक छ । महाभारतका एक पात्र श्रीकृष्ण शिर्फ एक पात्र मात्र नभएर एक परमात्मा हुन् अर्जुनको जसले अर्जुन लाइ कर्म गर्न सिकाइरहेका छन् । मानिसको मुख्य धर्म भनेको कर्म नै हो । कृष्ण र अर्जुनको संबादलाइ म मनोवाद भन्न चाहन्छु । अर्जुनको आत्मा र परमात्मा बिच चलेको मनको दोहोरी जसले जिवन र जगतलाइ स्पष्ट ढंगले ब्याख्या गरेको छ ।

वास्तबमा हेर्ने हो भने शास्त्र र बिज्ञान त्यति टाढा छैन। यो त हेर्ने दृष्टिमा मात्र फरक हो । आखिर दुबैले सबै भन्दा सुक्ष्म नै शक्तिशाली हुन्छ भनेका छन् र मानेका छन् पनि ।

अर्जुनलाइ कृष्ण भन्छन “म” मा लीन होउ जुन तिमी आफैँ भित्र छ । यसको मतलब एकाग्र भएर, एकचित्त भएर काम गर । जुन काम तिम्रो हो तेही काममा दिमागलाइ फोकस गर, समर्पित होउ अनि आफ्नो कर्म गर । त्यहीनै तिम्रो धर्म हो । तिमी जती-जती परमात्मामा लीन हुन्छौ, त्यती त्यती तिमी शक्ती प्राप्ती गर्छौ। त्यो शक्तीनै तिम्रो जीत बन्न जान्छ । अनि आजकल मानिसहरु काम गर्नु भन्दा पहिले नै फाइदा बेफाइदाका कुरा गर्छन । महाभरत युद्द हाम्रो मन भित्र चलिरहेने अन्तरद्वन्द को युद्द हो । यहाँ धेरै पात्रहरु आइरहन्छन । द्वन्द भई नै रहन्छ । तर धेरै कम मान्छेले मात्र अन्तरात्माको पहिचान गर्न सक्छ र सोही अनुरुप कर्म गरी मन रुपी महाभारतको युद्ध जित्न सक्छ ।

तिमी जित्न चाहन्छौ, कुनै चिज प्राप्त गर्न चाहन्छौ भने सबभन्दा पहिले तिमीमा प्राप्ती प्रतिको मोह हट्नु पर्छ । जीत प्रतिको मोह र हार प्रतिको चिन्ता दुबै हट्नु पर्छ । तिमी निस्चिन्त भएर, आरामले काम गर । डर, पिर्, रिस्, घ्रीणाँ सबैलाइ त्यागी देउ र केबल कर्म गर, जीत तिम्रो सुनिस्चित छ। मैले जीत्नै पर्छ, हारेँ भने कसरी मुख देखाउने, आदी अनाबस्यक चिन्ताले हामी हाम्रो काम पुरै होसमा गर्दैनौ भनौ हामी पुरै रुपमा कर्ममा लीन हुना सक्दैनै । डर बढ्दै जान्छ, शक्ती घट्दै जान्छ्, एकाग्रता तोडिन्छ, मन बिचलित हुन्छ र सबै बिग्रन्छ । उदाहरणको लागी म लेख लेख्दैछु । यदी मेरो मनमा लेख राम्रो हुन्न कि भन्ने चिन्ता भयो भने म कहिले पनि लेख लेख्न सक्दिन । जब म लेखमा हराउँछु, यसैमा आनन्द पाउँछु भने मलाइ दोस्रो पटक लेख्न मन लाग्दछ ।

सारांशमा श्रीमद्भगवत गीताको अति नै मोटिभेसनल श्लोकहरुमध्ये माथी उल्लेखित श्लोकमा जीवन छ, कर्म योगको बर्णन छ अझ भनौ भने पुरै ज्ञान र बिज्ञान छ । कर्म गर सिर्फ कर्म गर, फलको आशा नगर । सत्कर्म गरे फल आफैँ प्राप्त हुन्छ किनकी सत्कर्ममा फलको आशा नै हुदैन । आजको युगमा हरेक हरुलाई लालसा, अहमता, क्रोध्, लोभ, मोह, ईर्श्या, जस्ता चिजहरुले गलाईरहेको छ ।

सारांशमा श्रीमद्भगवत गीताको अति नै मोटिभेसनल श्लोकहरुमध्ये माथी उल्लेखित श्लोकमा जीवन छ, कर्म योगको बर्णन छ अझ भनौ भने पुरै ज्ञान र बिज्ञान छ । कर्म गर सिर्फ कर्म गर, फलको आशा नगर । सत्कर्म गरे फल आफैँ प्राप्त हुन्छ किनकी सत्कर्ममा फलको आशा नै हुदैन । आजको युगमा हरेक हरुलाई लालसा, अहमता, क्रोध्, लोभ, मोह, ईर्श्या, जस्ता चिजहरुले गलाईरहेको छ ।

हरेक मानिस भित्र एउटा श्रीकृष्ण छ, त्यो हामी भित्रै लुकेको छ, त्यसलाई भन्छ “हिडन ट्यालेन्ट” वा “बर्निङ्ग डिजाएर”। सबैले यसको पहिचान गरी सत्कर्म गरे अबश्य सफलता प्राप्त गर्न सकिन्छ । यसरी द्वापर युगका श्रीकृष्णलाई कलियुगको मन रुपी बिज्ञानमा जोडेर हेर्दा श्रीकृष्ण प्रतिको बिचारलाई यसरी टुङ्याउन मन लाग्यो ।

शत्मार्ग शक्ती अनि कर्म ज्ञान

घृणा र माया अनि श्वास ध्यान ।
बिज्ञान ज्ञान र दया विवेक
आखिर श्रीकृष्ण रहेछन एक ।

*भरत भण्डारी त्रिभुवन विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक, भूगर्भविद् तथा पीएचडी स्कलर हुन् ।

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...