Showing posts with label भूत प्रेत. Show all posts
Showing posts with label भूत प्रेत. Show all posts

Sunday, May 30, 2021

भूम्या पर्व सुरु, धुमधामसँग मनाउँदैछन् मगर समुदाय

 भूम्या पर्व सुरु, धुमधामसँग मनाउँदैछन् मगर समुदाय


प्रकाशित मिति : 16 June, 2019 9:01 am

https://nagarikkhabar.com/2019/06/4052/

काठमाडौं । प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको दोस्रो ठूलो चाड भूम्या पर्व आज (आइतबार)देखि सुरु भएको छ । प्राकृतिक विपत्ति नआओस्, भूतप्रेत, ग्रहदशा जाउन्, बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भूम्या पर्व मनाउने प्रचलन छ ।

विशेष गरी रोल्पा, रुकुमको मगर बाहुल्य क्षेत्र र अथार मगरात क्षेत्रमा मनाईने भूम्या पर्व पछिल्लो समय काठमाडौं उपत्यका लगायतमा पनि मगर समुदायले धुमधामका साथ मनाउने गरेका छन् । भूम्या पर्वको अघिल्लो दिन युवा युवतीहरुले बुकी (लेक) तथा अग्ला पहाडबाट ल्याएको फूल असार १ गते विहान बस्तीका हरेक घरमा भित्र्याएपछि भूम्या भित्रिएको मानिन्छ । असार १ गते विहान बलि दिएर पूजा गरेपछि भूम्या÷नोकोबाङ्गे नाच सुरु हुने प्रचलन छ ।

मगर संघका अध्यक्ष नवीन रोकामगर भन्छन्, ‘हामीले भूम्या पर्वलाई नयाँ आर्थिक वर्षको रुपमा, गाउँमा सत्ता परिवर्तनको रुपमा र जनगणना गर्ने दिनको रुपमा पनि मनाउने गरेका थियौँ । यो युवा युवतीले प्रेम साट्ने उचित अवसर पनि हुन्थ्यो ।’

मगर समुदायमा भूम्या पर्वलाई नयाँ आर्थिक वर्षको सुरुवात, सत्ता परिवर्तन, जनगणना गर्ने र युवा युवतीले प्रेम साट्ने समयको रुपमा समेत मनाउने प्रचलन थियो । ‘भूम्या पर्वको विभिन्न महत्व छन्, तर विस्तारै लोप हुँदै जानु दुःखद छ,’ मगर संघका अध्यक्ष नवीन रोकामगर भन्छन्, ‘हामीले भूम्या पर्वलाई नयाँ आर्थिक वर्षको रुपमा, गाउँमा सत्ता परिवर्तनको रुपमा र जनगणना गर्ने दिनको रुपमा पनि मनाउने गरेका थियौँ । यो युवा युवतीले प्रेम साट्ने उचित अवसर पनि हुन्थ्यो ।’

भूम्या पर्वमा टुँडिखेलमा विशेष कार्यक्रम

जेठको अन्तिम दिन युवायुवतीहरु बुकीमा पुगेर ल्याएको फूल असार १ गते हरेक घरमा भित्र्याएपछि सुरु हुने भूम्या पर्व स्थान विशेष तीनदेखि हप्तादिनसम्म मनाउने प्रचलन छ । भूम्याको अवसरमा नेपाल मगर संघको आयोजना र भूम्या पर्व प्रतिस्ठानको व्यवस्थापनमा काठमाडौंको टुँडिखेलमा भूम्या पर्व–२०७६ आयोजना गरिएको संघका अध्यक्ष नवीन रोकामगरले जानकारी दिए ।

आज (आईतबार) विहान ११ बजे पूजा गरेर सुरु हुने भूम्या पर्वको अपरान्ह २ बजे विशेष समारोहबीच उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले औपचारिक उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । भूम्या पर्व सोमबार साँझसम्म चल्ने मगर संघका महासचिव ज्ञानेन्द्र पुनले जानकारी दिए ।

भूम्या पर्वलाई कतै भूमे, कतै भूमी पर्व भन्ने प्रचलन समेत रहेको छ ।

 

  About The Culture of Magar MAGAR (SHORT INTRODUCTION) https://magarworld.wordpress.com/2014/02/17/about-magar/   Magar is one of th...