Sunday, May 30, 2021

भूम्या पर्व सुरु, धुमधामसँग मनाउँदैछन् मगर समुदाय

 भूम्या पर्व सुरु, धुमधामसँग मनाउँदैछन् मगर समुदाय


प्रकाशित मिति : 16 June, 2019 9:01 am

https://nagarikkhabar.com/2019/06/4052/

काठमाडौं । प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको दोस्रो ठूलो चाड भूम्या पर्व आज (आइतबार)देखि सुरु भएको छ । प्राकृतिक विपत्ति नआओस्, भूतप्रेत, ग्रहदशा जाउन्, बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भूम्या पर्व मनाउने प्रचलन छ ।

विशेष गरी रोल्पा, रुकुमको मगर बाहुल्य क्षेत्र र अथार मगरात क्षेत्रमा मनाईने भूम्या पर्व पछिल्लो समय काठमाडौं उपत्यका लगायतमा पनि मगर समुदायले धुमधामका साथ मनाउने गरेका छन् । भूम्या पर्वको अघिल्लो दिन युवा युवतीहरुले बुकी (लेक) तथा अग्ला पहाडबाट ल्याएको फूल असार १ गते विहान बस्तीका हरेक घरमा भित्र्याएपछि भूम्या भित्रिएको मानिन्छ । असार १ गते विहान बलि दिएर पूजा गरेपछि भूम्या÷नोकोबाङ्गे नाच सुरु हुने प्रचलन छ ।

मगर संघका अध्यक्ष नवीन रोकामगर भन्छन्, ‘हामीले भूम्या पर्वलाई नयाँ आर्थिक वर्षको रुपमा, गाउँमा सत्ता परिवर्तनको रुपमा र जनगणना गर्ने दिनको रुपमा पनि मनाउने गरेका थियौँ । यो युवा युवतीले प्रेम साट्ने उचित अवसर पनि हुन्थ्यो ।’

मगर समुदायमा भूम्या पर्वलाई नयाँ आर्थिक वर्षको सुरुवात, सत्ता परिवर्तन, जनगणना गर्ने र युवा युवतीले प्रेम साट्ने समयको रुपमा समेत मनाउने प्रचलन थियो । ‘भूम्या पर्वको विभिन्न महत्व छन्, तर विस्तारै लोप हुँदै जानु दुःखद छ,’ मगर संघका अध्यक्ष नवीन रोकामगर भन्छन्, ‘हामीले भूम्या पर्वलाई नयाँ आर्थिक वर्षको रुपमा, गाउँमा सत्ता परिवर्तनको रुपमा र जनगणना गर्ने दिनको रुपमा पनि मनाउने गरेका थियौँ । यो युवा युवतीले प्रेम साट्ने उचित अवसर पनि हुन्थ्यो ।’

भूम्या पर्वमा टुँडिखेलमा विशेष कार्यक्रम

जेठको अन्तिम दिन युवायुवतीहरु बुकीमा पुगेर ल्याएको फूल असार १ गते हरेक घरमा भित्र्याएपछि सुरु हुने भूम्या पर्व स्थान विशेष तीनदेखि हप्तादिनसम्म मनाउने प्रचलन छ । भूम्याको अवसरमा नेपाल मगर संघको आयोजना र भूम्या पर्व प्रतिस्ठानको व्यवस्थापनमा काठमाडौंको टुँडिखेलमा भूम्या पर्व–२०७६ आयोजना गरिएको संघका अध्यक्ष नवीन रोकामगरले जानकारी दिए ।

आज (आईतबार) विहान ११ बजे पूजा गरेर सुरु हुने भूम्या पर्वको अपरान्ह २ बजे विशेष समारोहबीच उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ले औपचारिक उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । भूम्या पर्व सोमबार साँझसम्म चल्ने मगर संघका महासचिव ज्ञानेन्द्र पुनले जानकारी दिए ।

भूम्या पर्वलाई कतै भूमे, कतै भूमी पर्व भन्ने प्रचलन समेत रहेको छ ।

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...